साँकेतिक तस्बिर
गोरखा । सरकारी छाप तथा दस्तखत किर्ते गोरखा १ जना पुरुषलाई प्रहरीले गोरखा सदरमुकामबाट पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–११ तेह्रकिलो बजार बस्ने ५० बर्षका पदम बहादुर गुरुङ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी राज कुमार श्रेष्ठले पुष्टी गरेको हो ।
उनका अनुसार सरकारी छाप तथा दस्तखत भएको कागज किर्ते गरेको आरोपमा गोरखा जिल्ला अदालतले २०७५ साल कार्तिक २८ गते गुरुङलाई १ बर्ष कैद र ५० रुपैयाँ जरिवाना फैसला गरेको थियो ।
त्यस लगत्तै फरार भएका गुरुङलाई प्रहरीले ९ बर्ष पछी गोरखा प्रहरीले पक्राउ गरेको हो । भदौ २० गते शनिबार पक्राउ परेका उनलाई २२ गते सोमबार अदालत उपस्थित गराउदा अदालतले गुरुङलाई गोरखा कारागार चलान गरेको छ ।
गुरुङले ११ महिना २० दिन कैद भुक्तान गर्न बाँकी रहेको गोरखा अदालतले जानकारी दिएको छ ।



