गाेरखा । राजधानीकाे किर्तिपुरमा रहेकाे नागरिक समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयाेग उपपब्ध गराएकाे छ ।
किर्तिपुर नगरपालिका-१ र २ रहेकाे हाम्रो अमृतनगर नागरिक समाजले काेषमा जम्मा हुने गरी १ लाख ११ हजार १११ रुपैयाँ उपलब्ध गराएकाे समाजका तिलक पाैडेलले जानकारी दिए ।
उनका अनुसार भदाैं १० गते बुधबार रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीले क्षती पुर्याएकाे संरचना तथा जिवितकाे उद्धार र राहतमा सहयाेग पुग्ने उद्देश्य सहित उक्त रकम उपलब्ध गराएकाे हाे ।
रकम बैंक मार्फत जम्मा गरी काेषमा पठाईएकाे छ । उक्त रकम समाजमा बसाेबास गर्ने सर्वसाधारणहरुले स्वतस्फुर्त रुपमा संकलन गरेर काेषमा जम्मा गरीएकाे पाैडेलले बताए ।



