गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे मूल्य बढेकाे छ ।
सुन ताेलामा ३ हजार ४०० रुपैयाँले बढेर तोलाकाे ३ लाख ५ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख २ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि बढेकाे छ । चाँदी ताेलामा १०५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७५० रुपैयाँमा काराेबार भएको थियाे ।



