×
बिहिबार, भदौ १८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा १२ सयले घट्याे
  • ९ मिनेट अघि

काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
  • २ घण्टा अघि

भोटेकोशी बाढी कहर : गोरखामा हालसम्म ६९ शव फेला, ५९ शव सुरक्षित ब्यवस्थापन, ६ शव आफन्तले लगे
  • २ घण्टा अघि

भोटेकोशी बाढीकाे कहर : आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आज रास्वपा सचिवालय बैठक
  • ३ घण्टा अघि

चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे
  • १ दिन अघि

काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)

  •  गोरखा समाचार
  • बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    हेर्दा लोक्ता र अर्गेली दुबैबाट बनेको कागजमा खासै भिन्नता नभेटिए पनि पानीमा भिजाएर झड्कार्दा च्यातिएमा अर्गेलीबाट बनेको अथवा नच्यातिएमा लोक्ताबाट बनेको भनी छुट्याउन सकिने व्यहोरा पनि थाहा लाग्यो । (५-१०-२०-४०) ग्राम तौल भएका प्रतिहरू तयार हुने र २०० पीसको १ कोरी मान्ने मापनविधिबारे पनि जानकारी भयो । ४० ग्रामको कागज त झोला बनाउन प्रयोग हुँदो रहेछ । ५ ग्रामे कागज लेख्ने प्रयोजनका लागि तयार पारिँदो रहेछ । यस्तो १ कोरी तयार पार्न ६ धार्नी लोक्ता आवश्यक हुने व्यहोरा पनि जानकारी भयो । मुसाले खाए पनि तयारीका क्रममा कास्टिक सोडा राखिएकाले हुनसक्छ, किरा नलाग्ने भएकाले पुराना लिखत वा पछिसम्म चाहिने लिखतहरू नेपाली कागजमा तयार गर्न उपयुक्त हुने चर्चाहरू पनि भए । त्यतिबेला यदि यस्ता उद्योगबाट वातावरणमा प्रतिकूल प्रभाव पर्दैन भने फस्टाउनका लागि कमसेकम सरकारी अड्डाहरूमा पेश गर्दा, सेमिनार, कार्यशाला, गोष्ठीहरूमा नेपाली कागज कै झोलाहरू प्रयोग गर्न बाध्य गराउने प्रावधान राखेमा सम्भवको दायराभित्र समेटिने अड्कल गरेँ र यस्तो व्यवस्थाका लागि पहल गर्न प्रोपाइटरलाई अनुरोध पनि गरियो ।

    प्रति पीस ५ पैसा खुद नाफा हुने व्यहोरा “कति नाफा हुन्छ ?” को उत्तरमा प्राप्त भए पनि ग्रस बिक्री र लगानी हिसाब गर्दा प्रति पीस रु.१।- सम्म नाफा हुने हिसाब निस्क्यो । वर्तमानमा निजी वा सार्वजनिक वनबाट आफूखुशी जम्मा गर्ने गरेको लोक्दा खरिद गरिने गर्दा दिगो उपलब्धताप्रति आशङ्का व्यक्त गर्ने संस्थापक/सञ्चालकले वनलाई सीमाङ्कन गरी घुम्ति प्रणालीमा लोक्ता प्रयोगमा ल्याउने हो भने ३/४ वटा सीमाबद्ध वनबाटै पनि एउटा सानो उद्योग सञ्चालन हुन सक्ने व्यहोरा जानकारी गराउनु भयो । १५००-२५०० मीटरसम्मको उचाइमा पाउन सकिने लोक्ता स्याहार्ने वर्तमान तौर तरिकामा कुनै किसिमको सरकारी निगरानी नहुने हो भने सार्वजनिक/सरकारी वन लोक्ताविहीन हुन धेरै वर्ष कुर्न नपर्ने देखिन्छ – प्रोपाइटरको अड्कलमा । ४/५ वर्षसम्मको सञ्चालनबाट के-कस्तो आम्दानी गर्न सक्नु भयो ? भन्दा “ठीकै छ” उत्तर दिँदा – व्यक्तिको रहन-सहनमा सुधार मापन जाउलो, ताउलो र बाहुलो हेर्दा थाहा लाग्ने कर्णालीको व्यहोरा पनि स्मरणीय थियो । आय बढेपछि खाने वस्तु (जाउलो), पकाउने वर्तन (ताउलो) र हर ढाक्ने (बाहुलो) पनि वृद्धितर हुन जाने हुँदा व्यहोरा स्वीकार्यै ठहरियो पनि ।

    त्यहाँबाट ९:३० बजे बिदा भई चरिकोटमा प्रात:कालीन नास्ता खाई हामी १०:३० बजे “भित्तेरी वन पैदावार अर्गेली लोक्ता प्रशोधन प्रा. लि.” बोचामा पुग्यौँ । २०५६ सालमा जिल्ला वन कार्यालय, ANSAB/FNPCU को आर्थिक एवम् प्राविधिक सहयोगमा स्थापित एवम् सञ्चालित सो प्रा. लि. २०५४ सालमा जिल्ला वन कार्यालयबाट हस्तान्तरित ३४५ हेक्टर सामुदायिक वनको वर्तमान स्वरूप भएको व्यहोरा भित्तेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गोरखबहादुर वस्नेतजीबाट थाहा लाग्यो ।

    लोक्ताभन्दा अर्गेलीमा जोड दिएको सो प्रा.लि.का अध्यक्षले वृक्षारोपण गर्ने समय जेठ अन्तिमदेखि  साउन अन्तिमसम्म र थन्क्याउने समय कात्तिकदेखि माघ अन्तिमसम्म भएको व्यहोरा जानकारी गराउँदै एक-डेड फिटको अर्गेलीको कटिङ्ग नै पनि सर्ने र सार्न सकिने हुनाले नर्सरीको आवश्यकता नहुने, अर्गेली थन्क्याउँदा एक-डेड मीटर उचाइभन्दा माथिको भागमात्र प्रयोग गरेमा हरेकवर्ष Harvest गर्न सकिने, कम्तिमा २०-४० सेमी. परिधि भएको हाँगा काटी पात बाहेक सम्पूर्ण भाग प्रयोग गर्न हुने, ३ वर्षको भएपछि रेशा रातो हुँदै जाने हुँदा कागज सफा नहुने हुनाले बुढो रुख कटिङ्गमा प्रयोग गर्नु उपयुक्त हुने जस्ता व्यहोराहरू पनि जानकारी गराउनु भयो ।

    अन्ततः १२:१० बजे त्यहाँबाट हिँडी १२:२० बजे लाँकुरीडाँडा-१ स्थित धसिंगरे प्रशोधन उद्योग लि. नाप्केयानमारामा पुगियो । देउढुङ्गा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापित सो लिमिटेडबाट मालिस गर्ने तेल बनाउन प्रयोग हुने धसिंगरे (आयोडेक्सको गन्धजस्तो आउने) को प्रशोधन गरिंदो रहेछ । हालमा कोही भेट्न सकिएन र १२:२५ मा हिँडी १२:५० बजे मुढेबजारमा आई दक्षिणकाली भोजनालयमा खाना खाइयो । खाना खाइसक्दा दोश्रो टोली पनि चरिकोट जाने क्रममा त्यहीँ भेट भयो । हामी १:५५ बजे हिँडी खाडीचौरमा २:५५ मा आई सामानहरू खरिद गरी साँझ ४:४५ बजे धुलीखेल तालीमकेन्द्रमा बास बसियो । साँझ बिदाइ भोजको रूपमा बडो हाँसी खुशीसँग गायन, नृत्य, मुक्तक/चुट्कीला वाचन आदि गर्दै झण्डै यात्रान्त्यको भान पारियो ।

    २९ गते सोमबार बिहान उठी भ्रमणबाट सिकेका मुख्य सिकाइहरूका बारेमा पुनरावलोकन गरियो । जसका प्राप्तिहरू निम्नानुसार छन् :
    F जडीबुटी व्यवसायी संघ, नेपाल -JABAN – Jadeebootee and Byabasayee Association Nepal_, नेपालगञ्जको जडीबुटी सम्बन्धी पहिचान, बजार सूचना प्रवाह, वकालती, मूल्य निर्धारण, संग्रह एवम् आपूर्तिमा गरेको कार्य हिमाली जडीबुटी सरोकार समूहलाई सक्रिय गराएर गर्नु/गराउनु उफयुक्त हुने,
    F कैलालीको शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूहद्वारा वेत व्यवस्थापन गरी नगदे बालीका रूपमा उपयोग गरेर गरिबी निवारणमा टेवा पुगेको व्यहोरा स्थानीय समेतका उद्यमहरूको संभाव्यता अध्ययन एवम् संभाव्य ठहरिएका उद्योगहरूलाई अघि बढ्न उत्प्रेरित गर्ने/गराउने,
    F जैविक विविधता संरक्षणमा सरकारी वनभन्दा सामुदायिक वन व्यवस्थापन सक्षम देखिएकाले :
    • सामुदायिक वन उपभोक्ता समूहलाई उद्यममा आधारित व्यवस्थापन गर्न पहल गरिनु पर्ने,
    • बहुखेती -Multi-crops_ व्यवस्थापनमा पहल गरिनु पर्ने,
    • सुधारबाट प्राप्त लाभ महिला एवम् पर्घेलिएका वर्गमा पुर्‍याउनु पर्ने ।
    F वन उपभोक्ता सहकारी संस्थाद्वारा जडीबुटी सङ्कलन र बेचबिखन प्रभावकारी पाइएकाले वन उपभोक्तालाई सहकारी सञ्जाल बनाउन अभिप्रेरित गर्नु उपयुक्त हुने,
    F लोप हुन लागेका जातिहरूलाई संरक्षण गर्न Trail Plot को व्यवस्थापन गर्ने/गराउने साथै जडीबुटी नर्सरीलाई व्यवस्थित गराउन सहजीकरण गर्नु/गराउनु पर्ने, जस्ता व्यहोराहरू निष्कर्ष्याइएको थियो ।
    यसैगरी भ्रमण व्यवस्थित गराउनु निम्नानुसारका सुधारका क्षेत्रहरू सहभागीहरूद्वारा सुझाइएको थियो :-
     भ्रमणको विषयगत/भौगोलिक क्षेत्रको पहिचान गरिनु पर्ने,
     जिल्लामा भ्रमणका बारेमा सम्बन्धित व्यक्ति/निकायहरूबीच सघन समन्वय हुनु पर्ने,
     अगाडिका भ्रमणमा सुझाइएका सुझावहरूको पुनरावलोकन गरी नदोहोर्‍याइनु पर्ने,
     वित्त सहयोगीलाई भ्रमणदलमा समावेश गरिनु पर्ने,
     जगेडा समयको -Buffer Time_ व्यवस्था गरिनु पर्ने,
     भ्रमण गरिने ठाउँका संस्थाहरूलाई स्मरणीय उपहारको व्यवस्था गर्नु पर्ने,
     भ्रमणको समष्ठिगत छलफल -Debriefing_ ANSAB को मुख्य कार्यालयमा आयोजना गर्नु उपयुक्त हुने आदि ।
    उपरोक्तानुसारको संक्षेपीकरण पश्चात् खाना खाई धुलीखेल तालीम केन्द्रबाट १:३० बजे रमाना भई १:३५ बजे डाबर नेपाल प्रा.लि.को Green House Nursery Project for medicinal Plants जनगल काभ्रेपलाञ्चोक आइयो । ५० रोपनी जग्गा भाडामा लिई २०५५ सालमा करिव १० करोडको लगानीमा Conservation through Cultivation को मूल उद्देश्यले स्थापना गरिएको सो परियोजनाका ४ वटा हरितगृहबाट ४०-५० लाख बेर्नाहरू (जैविक एवम् आर्थिक महत्त्वका बिरुवाहरूका) उत्पादन गर्न सकिने, व्यावसायिक जडीबुटी खेती गर्न नर्सरीको अभाव पूर्ति गर्न र उत्पादित परिमाणको समूचित मूल्यमा खरिद गर्ने प्रत्याभूति दिँदै खेती गर्न प्राविधिक सहयोग गरिने गरिएको व्यहोरा अलि ठाडो पारामा नर्सरी विशेषज्ञ शशिकान्त झाले जानकारी गराउनु भएपछि ३:१० बजेसम्म हरितगृहहरूको समेत अवलोकन गरी काठमाडौँ तर्फ रमाना भइयो ।

    यात्राको क्रममा स्मृतियोग्य क्षणहरूलाई समेटी तयार पारेको निम्न व्यहोरा सहभागीसामु सुनाएँ –
    सडकले धेरै भित्र्याए झैँ लाग्यो,
    लौरा र जाड्लौराको काम –
    गुडेका गाडीका टायरले गर्न थालेछ;
    बरु, हजुरामा-नातिनीले गहुँ-कोदाका कपनीहरूलाई,
    टायर मार्गमा मिलाउँदै गरेको पनि भेटियो ।
    शायद भरियाको रोजगार खोसिए झैँ लाग्यो,
    ढाकर र खकनको सट्टा-
    दहल र एक्काले दसौँलालाई रोजगारी दिन थालेछ,
    सडक छेउमा पाहार ताप्दै युवाहरूले –
    द्यूतक्रीडा गरेको पनि भेटियो ।
    कतै सडक किनारमै पिठ्यूँ सेकिने गरी,
    घाम तापेको पनि देखियो ।
    कतै आहा ! कति चाक्लो मोटरबाटो ठानी –
    हिँड्दै गर्दा गाडीको आवाज सुनेर,
    अत्तालिँदै सडक छेउ पुगेर, आश्चर्यबोधक दृष्टिपात गर्ने,
    आमा-छोरा-छोरी पनि भेटियो ।
    आवादिका हुन् रे ! बञ्चराको के काम ?
    आह्राले मुठारिएका काठका मुढाहरू,
    शहरागमनमा आत्तिँदै घाम तापेजस्ता दृश्यहरू पनि देखियो;
    उचाइमै पर्दोरहेछ खरीढुङ्गा (जनकपुर अञ्चल),
    त्यसै र त्यहिँका विविध सामग्री तयार पारी –
    मुढेबजार (वाग्मती अञ्चल) मा बेचेको पनि देखियो ।
    भन्थे-
    बस-मोटरहरू वेगसँग कुद्नाले,
    कच्चीबाटो हुँदा धेरै धुलो उड्नाले,
    ठण्डी धेरै हुँदा तुषारो पर्ने हुनाले,
    प्राकृतिक पानीले प्रायशः नधोइनाले;
    अलकत्रा छरे जस्ता काला ढुङ्गाका चट्टाहरू पनि देखियो ।
    साथीहरूको मष्तिष्कमा अरू भण्डारियो होला !
    तर मेरो स्मृतिमा त यत्ति हो ।
    तर मेरो स्मृतिमा त यत्ति हो ।।

    काठमाडौँ आई महाङ्कालस्थानमा गाडी राखी नयाँ सडक गेटमा गई चियापान गरी सहभागितामूलक हात मिलाई बिदाबादी भइयो । भ्रमण संयोजक श्री रामकुमार पाण्डे लगायत ANSAB टीमको सहयोगात्मक भूमिका एवम् भ्रमणदलका सहभागीहरूको सौहार्द्रपूर्ण एवम् सक्रिय सहभागितात्मक सहयात्रा वर्णनीय हुँदा स्मरणका खाँतिर यो भ्रमणको संस्मरण लेखिएको हो । सो क्रममा जान/अन्जानमा भए/गरेका त्रुर्टिहरूउपर यसै आलेख मार्फत् सम्बन्धितमा यथोचित याचना गर्नु लेखकले आफ्नो कर्तव्य ठहर्‍याउँछ ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    २०५९/१०/११
    कलङ्कीस्थान, काठमाडौँ ।

    लेखकबाट थप:

    • सुन ताेलामा १२ सयले घट्याे
    • भोटेकोशी बाढी कहर : गोरखामा हालसम्म ६९ शव फेला, ५९ शव सुरक्षित ब्यवस्थापन, ६ शव आफन्तले लगे
    • भोटेकोशी बाढीकाे कहर : आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही
    • नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आज रास्वपा सचिवालय बैठक

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    दुई दशक पहिले बालाजु र स्वयम्भू जाँदाको दिन
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा १२ सयले घट्याे

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)

    • ३. भोटेकोशी बाढी कहर : गोरखामा हालसम्म ६९ शव फेला, ५९ शव सुरक्षित ब्यवस्थापन, ६ शव आफन्तले लगे

    • ४. भोटेकोशी बाढीकाे कहर : आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही

    • ५. नेपाल राष्ट्र बैङ्कले बिहीबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आज रास्वपा सचिवालय बैठक

    • ७. चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ३. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ४. चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)

    • ५. गाेरखा-धादिङ जाेडने चरौंदी झाेलुङे पुल बाढीले बगायाे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.