गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा १ हजार २०० रुपैयाँले घटेर तोलाकाे ३ लाख ४ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख ६ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७६५ रुपैयाँमा काराेबार भएको थियाे ।



