गाेरखा । रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ४६९ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७:३० बजे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ९७७ जना अझै बेपत्ता छन् ।
मन्त्रालयका अनुसार फेला परेका ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेकाे छ ।
त्यस्तैगरी, नवलपरासी पूर्वमा ११० जना, गोरखामा ४४ जना (विभिन्न मानव अङ्गसहित), नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना, तनहुँमा २८ जना, नवलपरासी पश्चिममा २७ जना र रसुवामा १२ जनाकाे शव फेला परेकाे छ ।
विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन् । हालसम्म ३ हजार २५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीमा परी अहिलेसम्म ९७७ जना सम्पर्क बिहीन भएका छन् । याे संख्या विदेशी नागरिक र सुरक्षाकर्मीहरुको समेत भएकाे मन्त्रालयले जनाएकाे छ ।
सम्पर्कविहीनकाे विवरण :
विदेशी नागरिक : ५१७ जना बेपत्ता
नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली : १२७ जना
सुरक्षाकर्मी : नेपाली सेना ४५, नेपाल प्रहरी २८ र सशस्त्र प्रहरी बलका १३ जना
स्थानीय : रसुवाबाट १६१ जना र मकवानपुरबाट ६६ जना
कर्मचारी : भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना
विपद् प्रतिकार्यका लागि देशभर ९ हजार ४०५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ४ हजार २४३, नेपाल प्रहरीका ३ हजार ३१८ र सशस्त्र प्रहरी बलका १ हजार ८४४ जना छन् ।
उद्धार कार्यका लागि नेपाली सेनाका ६ वटा र निजी क्षेत्रका ९ वटा गरी जम्मा १५ वटा हेलिकप्टर प्रयोग भइरहेका छन् ।


