×
बुधबार, भदौ १७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो
  • ३२ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे
  • ५ घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुनकाे मूल्य घट्याे
  • १ दिन अघि

काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला
  • १ दिन अघि

सुनकाे मूल्य आज पनि घट्याे (कतीमा काराेबार भयाे त ?)
  • २ दिन अघि

चिनले केरुङ नाकाबाट बाढीमा बेपत्ता भएका ९८ नेपालीको नामावली सार्वजनिक गर्याे (पुरा नामावलीसहित)
  • २ दिन अघि

चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

  •  गोरखा समाचार
  • बुधबार, भदौ १७, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ ।

    चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत मंगलबार साँझ राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

    सोही विमानबाट नेपालका लागि चिनियाँ सहयोगी विशेषज्ञको तेस्रो टोलीअन्तर्गत ५ जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन् । उनीहरूले विपद्का कारण बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी कार्यमा नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ ।

    राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थिति थियो । सो अवसरमा चिनियाँ विशेषज्ञ टोलीलाई स्वागतसमेत गरिएको थियो ।

    नेपालको आवश्यकता र विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्रीलाई प्राथमिकतामा राखेर चीनले राहत सामग्री उपलब्ध गराएको जनाएको छ । दोस्रो खेपमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाश व्यवस्थापनका सामग्रीलगायत अत्यावश्यक सामग्री रहेका छन् ।

    नेपाल आइपुगेका डीएनए पहिचान विशेषज्ञहरू आवश्यक समन्वय गरी तत्कालै विपद् प्रभावित क्षेत्रतर्फ जाने र खोज तथा पहिचान कार्यमा सहयोग गर्ने जनाइएको छ ।

    लेखकबाट थप:

    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे
    • साताकाे तेस्राे दिन पनि सुनकाे मूल्य घट्याे
    • काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, भदौ १७, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे
    साताकाे तेस्राे दिन पनि सुनकाे मूल्य घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो

    • २. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे

    • ४. साताकाे तेस्राे दिन पनि सुनकाे मूल्य घट्याे

    • ५. काठमाडौं प्रेवश तथा बाहिरीन एकतर्फी बनाइयाे

    • ६. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. भाेटेकाेशी बाढी कहर : एउटै घरमा २४ शव फेला

    धेरै पढिएको
    • १. भोटेकोशी बाढीमा परी गोरखाका ५१ जना सम्पर्क बिहीन

    • २. रसुवा बाढी कहर : ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता

    • ३. रसुवा बाढीकाे कहर : गाेरखाकाे विभिन्न क्षेत्रमा १९ जनाकाे शव फेला, आज पनि खाेजी कार्य सुरु

    • ४. गोरखाको नदी किनारमा फेला परेका ११ शव पोखरा पठाईयो

    • ५. गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.