गाेरखा । गाेरखामा हालै स्थापना भएकाे एक प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा ३ लाख बढी सहयाेग उपलब्ध गराएकाे छ ।
गाेरखा नगरपालिका-६ बैक राेडमा रहेकाे बद्री-चित्र मास्के प्रतिष्ठानले ३ लाख ५३ हजार ३२० रुपैयाँ ७५ पैसा सहयाेग उपलब्ध गराएकाे प्रतिष्ठानका बद्री बहादुर मास्केले बताए ।
श्रीमती चित्र कुमारी मास्के सहितकाे उक्त प्रतिष्ठानले भदाै १० गते भाेटेकाेशी नदीमा आएकाे बाढीबाट क्षती पुगेकाहरुलाई सहयाेग हाेस भनेर काेषमा रकम जम्मा गरिएकाे हाे ।
BCM Foundation, Gorkha नाम रहेकाे प्रतिष्ठानले आगामी दिनमा पनि सामाजिक काममा हातेमालाे गर्दै जाने प्रतिष्ठानका बद्री मास्केल बताए ।
पेशाले चिकित्सक रहेका उनले जिल्ला तथा जिल्ला बाहिर पनि स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयाेग गर्दै आएका छन् ।



