×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • ११ घण्टा अघि

आज कुशे औँसी
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग

  •  गोरखा समाचार
  • बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ७७ हजार ७७७ सहयोग गरेको छ ।

    एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई उक्त सहयोग रकम बैंकमा दाखिला गरेको भौचर हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा एनएफपिजे नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।

    विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले फोटो पत्रकारहरूले आफ्नो खाजा खर्चसमेत कटाएर सहयोग रकम संकलन गरेको एनएफपिजे नेपालले जनाएको छ ।

    अध्यक्ष वन्तले सहयोग रकम सानो भए पनि विपद्मा परेका नागरिकप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सहयोग गरिएको बताए ।

    एनएफपिजे नेपालले फोटो पत्रकारिता समाचार तथा सूचना सम्प्रेषणमा मात्र सीमित नभई विपद्का समयमा उद्धार, राहत तथा मानवीय संवेदनासँग जोडिएका सकारात्मक सन्देश प्रवाहमा समेत भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

    समूहका वरिष्ठ अध्यक्ष सागर श्रेष्ठले फिल्डमा प्रत्यक्ष खटिएर विपद्का घटना देखेका, भोगेका तथा अभिलेखीकरण गरेका फोटो पत्रकारहरूले दुःखको समयमा समाजप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भावनासहित सहयोग गरेको बताए ।

    सहयोग रकम हस्तान्तरणका क्रममा मन्त्री डा. तिमिल्सिनाले विपद्को दुःखद घडीमा फोटो पत्रकारहरू एकताबद्ध भएर मानवीय संवेदना र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको सहयोगले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

    मन्त्री तिमिल्सिनाले विपद्को कठिन समयमा संस्थागत रूपमा अघि बढेर सहयोग गरेकोमा एनएफपिजे नेपालका पदाधिकारी तथा सम्पूर्ण फोटो पत्रकारहरूको प्रशंसा गर्दै यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.