गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ३ हजार १०० रुपैयाँले घटेर तोलाकाे ३ लाख ४ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाको ३ लाख ७ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी गएकाे शुक्रबार प्रतितोला ४ हजार ७६५ रुपैयाँमा काराेबार भएको थियाे ।



