×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना

  •  
  • शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपालको संविधानले नि:शुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको छ । तर, त्यसको व्यवहारिक कार्यान्वयनमा भने आकाश–जमिनको फरक छ ।संविधान प्रदत्त नि:शुल्क आधारभूत स्वास्थ्य सेवाको अधिकारबाट अझै पनि धेरै नेपाली बञ्चित छन् । सरकारले स्थानीय तह (वाडस्तर)बाटै नि:शुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने भनेपनि अझै पनि करिब २५ सय वडामा स्वास्थ्य संस्थाको संरचना नै छैन ।जनतालाई नि:शुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने भनेर ‘स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०७५’ पनि ल्याएको थियो । सो कार्यविधिमा २ वर्ष भित्र स्वास्थ्यसंस्था विहीन २५ सय वडामा प्राथमिक स्वास्थ्य चौकी निर्माण गरिने उल्लेख छ ।

    कार्यविधि कार्यन्वयनका लागि सरकारले गत वर्षको बजेट वक्तव्यमा २ वर्ष भित्र सबै वडाहरुमा एक स्वास्थ्य चौकी स्थापना गरिसक्ने घोषणा पनि गरेको थियो ।सरकारले गरेको घोषणामा प्रथामिक स्वास्थ्य चौकीमार्फत खोप, परिवार नियोजन, गर्भवती एवमू शिशु जाँच, साधारण पसूती, नवजात शिशु सेवा, डट्स सेवा, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङ, औषधि वितरण, स्वास्थ्य प्रवद्र्धन र सामान्य उपचार लगायतको स्वास्थ्य सेवा वडाबाटै उपलब्ध गराउने विषय उल्लेख छ ।आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि न्यूनतम जनशक्ति (हेल्थ असिस्टेन्ट वा अहेव) १ जना, स्टाफ नर्स वा अनमी १ जना र कार्यालय सहयोगी १ जना गरी ३ जना कर्मचारी रहने व्यवस्था पनि गरेको छ ।सोही योजना कार्यन्वयनका लागि सरकारले आर्थिष वर्ष २०७५/७६ मा पहिलो चरणमा १२ सय वडामा स्वास्थ्य चौकी निर्माणका लागि ४ अर्ब रुपैयाँ विनियोजन पनि गरेको थियो । तर, विनियोजन भएको बजेट स्थानीय तहमा पुग्नै समय लाग्यो । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ का लागि छुट्याएको रकम स्थानीय तहहरुले २०७६ साल असार १७ गते मात्रै पाए ।आर्थिक वर्ष २०७५/७६ मा १२ सय वडामा स्वास्थ्यसंस्था निर्माणका लागि पहिलो चरणमा २ अर्व ५९ करोड ४७ लाख ७५ हजार रुपैयाँ बजेट स्थानीय तहमा गएको थियो ।

    स्वास्थ्य मन्त्रालयले आधारभू स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ७ हजार वडा सो भन्दा बढी जनसंख्या भएका वडामा १६ आनासम्म जमिन उपलब्ध भएका प्रसूति सेवा सहित र ७ हजारभन्दा कम र ९ आनासम्म जग्गा भएका वडालाई प्रसूति सेवा बाहेक गरी २ प्रकासरका डिजाइन सहित स्वास्थ्य चौकी निर्माणका लागि बजेट पठाएको थियो ।स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था निर्माणका लागि बाँकी ६० प्रतिशत बजेट प्रदेशको कार्य प्रगतिका आधारमा थप २ किस्तासम्म उपलब्ध गराइने भनेको थियो । तर, आर्थिक वर्षको अन्त्यतिर गएको सो बजेटले कति स्थानीयत तहमा स्वास्थ्य चौकी निर्माणको काम शुरु भयो वा भएन भन्नेमा स्वास्थ्य मन्त्रालय नै अनविज्ञ छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए
    • अभिनेत्री रिचा शर्माको बिवाह

    शनिबार, मङि्सर २१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.