गोरखा । गोरखा सदरमुकामको खोले आहालेमा भाेली ‘कोखेली हिलटप मिनी म्याराथन’ हुने भएको छ ।
गोरखा नगरपालिका–२ वडा कार्यालयको आयोजनामा पहिलो पटक ‘कोखेली हिलटप मिनी म्याराथन’ हुन लागेको हो ।
गाईखुर सामुदायिक सिकाई केन्द्रको सहकार्यमा हुने मिनी म्याराथन पुरुष र महिला २ बिधामा हुन लागेको सन्दिप बयलकोटीले जानकारी दिए ।
उनका अनुसार पुरुष तर्फका शिर्ष २५ जना धावकलाई मेडल तथा प्रमाण–पत्र प्रदान गरिने छ भने महिला तर्फको शिर्ष १० जना धावकलाई समेत मेडल तथा प्रमाण–पत्र प्रदान गरिने छ ।
पुरुष म्याराथन तर्फ प्रर्थम, द्वितिय, तृतिय र थौथो हुनेलाई क्रमश. २५, १५, ८ र ५ हजार नगर तथा महिला तर्फ ११ हजार १११, ७ हजार ७७७, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद प्रदान गरिने छ ।
शिखरबाट थर्पुसम्मको म्याराथनमा पुरुषलाई १० किलो मिटर र महिलालाई ५ किलो मिटरको दुरी राखिएको छ ।
प्रतियोगितामा सहभागी हुने सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरका धावकलाई समेत मेडल तथा प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


