गाेरखा । आज नेपाली बजारमा आज पनि सुन र चाँदीकाे मूल्य घटेकाे छ ।
सुन ताेलामा ३ हजार रुपैयाँले घटेर तोलाकाे ३ लाख २ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुन हिजाे ताेलाको ३ लाख ५ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियो ।
नेपाली बजारमा सुन संगै चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी ताेलामा ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदी हिजाे प्रतितोला ४ हजार ७९० रुपैयाँमा काराेबार भएको थियाे ।



