गाेरखा । काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी गाेरखा सदरमुकामकी १ जना युवतीकाे वीर अस्पताल उपचार भईरहेकाे छ ।
गोरखा नगरपालिका-८ घर भई काठमाडौँकाे बानेश्वर बस्ने ३० वर्षकी लक्ष्मीदेवी बस्नेतले मंगलबार साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन् ।
जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन भइरहँदा बस्नेतले भने आगो लगाएको देखेपछि तत्काल निभाएर प्रहरीले अस्पताल पुर्याएको काठमाडौँकाे हाे ।
बस्नेत बोल्न नसकेकाले आगो लगाउनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।



