×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सेटिङको आशङ्का र नियतमा प्रश्न

  •  गोरखा समाचार
  • सोमबार, माघ १२, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चिया–पसलको गफमा कन्टिर–बाबूको कानमा परेको कुरो– चुनाउ ‘आयोग’ त नेकपा विवादका सन्दर्भमा दुई पक्षलाई मिलाउन हस्तक्षेपकारी मध्यस्तकर्ताको भूमिका पो निर्वाह गर्दैछ रे ! चिया–पसलको त्यो गफमा यसको भित्री खेला र टिप्पणी चाहिँ सुन्न छुटाएछन् कन्टिर–बाबूले । तर उनलाई त्यसबारे अनुमान गर्न खासै कठिन भने भएन । आखिर सबैले बुझेकै कुरा हो, हावा नचली पात हल्लिँदैन !

    यता नयाँ वर्षको पहिलो महिना चुनाउ गराउने ढोल पिटिएको–पिटियै छ उता सत्ताधारी पार्टीको तानातान सकेसम्म तन्काउने प्रयास पनि जारी छ । वादविवाद सुरु भएको महिनाभन्दा बढी भइसक्यो तर समबन्धित ठाउँबाट स्पष्ट निर्णय हुने छाँटकाँट देखिएको छैन ।

    अरे यार ‘ जब दुवै पक्षले आफ्नो दाबी गरेर केन्द्रीय समितिको फेहरिस्त बुझाइसकेपछि पाटी फुटेको जानकारी नै नभएको रटानसहित लम्बेतान खिचिरहनुको अर्थ के ? के हामी यसरी फुट्यौँ भनेर प्रमाणित गर्न छाती नै चिरेर देखाउनुपर्ने हो, २१औँ शताब्दीका हनुमानहरूले पनि ? दुईवटा नेतृत्व, दुईवटा केन्द्रीय समिति, दुईवटा माइन्युट, एकले अर्कालाई गरेको कारबाही–सूची आदिको कुनै अर्थ र महत्त्व छैन ? कन्टिर–बाबूले नबुझेको कुरो नि !

    यस्तोमा ‘आयोग’ले विवादित नेकपाका दुवै पक्षलाई आग्रह गर्न खोजे जस्तो पो देखियो कि तिमीहरू मिलेर आओ र हामीलाई के गर्ने भनेर भन । साँच्चै यस्तै हो भने त यसलाई कसरी ठीक मान्नु ? कन्टिर–बाबूको प्रश्न छ– यसमा नियतको प्रश्न उठ्छ कि उठ्दैन ? सेटिङको आशङ्का गर्न मिल्छ कि मिल्दैन ?

    अरे यार सरोकारवालाहरू चुनावप्रति साँच्चै इमानदार हो भने समय छँदै एउटा निर्णय गर्नु नि, चित्त नबुझ्नेहरू अदालत जान्छन् । समय छँदै तोरी र कोदो छुट्याउन सजिलो पर्छ । बेकारमा केको ल्याङल्याङ !

    कन्टिर–बाबू भन्छन्– समय जति आफैँ होल्ड गरेर, चुनावको तयारीका लागि समय अपुग बनाएर आखिर गर्न चाहिँ के खोजिँदै छ ? आखिर नेकपा र सूर्य चिन्हको विवाद कायम राखेर चुनाव नहुने, नगराउने नियत त स्पष्टै देखियो नि ‘ कि होइन ?

    संविधान र कानुनअनुसार दल नै विभाजित नभएको भन्ने आयोगको स्पष्टोक्तिपछि सरकारलाई संसद्मा कुनै समस्या परेको भन्ने तर्क स्वतः खण्डित भयो । सरकारलाई कुनै कानुनी चुनौती नभएको अवस्थामा प्रतिनिधिसभा विघटनको आधार नदेखिएको पनि स्पष्ट भएको सहरमा व्यापक चर्चा छ ।

    कन्टिर–बाबू भन्छन्– यति सफा कुरा अदालतले नदेख्ने प्रश्नै छैन । आखिर पाटी फुट्न पनि संसद् चाहिने नै भयो ।

    कन्टिर–बाबू मान्न तयार छैनन्– यति सामान्य कुरा पनि आयोगले बुझेको छैन भन्ने !

    साभार : koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, माघ १२, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.