भगवान भाई
जस्तो सुकै नकारात्मक परिस्थितिमा पनि त्यसको सकारात्मक पक्षलाई हेरेर अकल्याणलाई पनि कल्याणमा परिणत गर्नुु नै जीविनमा निर्विघ्न बन्ने सजिलो उपाय हो ।
यदि हाम्रो मनमा नकरात्मक विचारहरु चल्छन् भने अवश्य जीवनमा कुनै न कुनै समस्या र विघ्नहरुको उत्तपति भई नै रहन्छन् । नकारात्मक चिन्तन गर्नाले वायुमण्डल पनि दुषित भइरहेको हुन्छ । गुणवान शक्तिशाली बन्नका लागि हरेक व्यर्थ र नकारात्मकता बाट बच्नु पर्ने हुन्छ । विचारलाई सकारात्मक बनाउन सके मानवमा उच्च सफलता हासिल गर्न सकिन्छ ।
कुनै पनि समस्याको कारण खोज्नुको सट्टा त्यसको निवारण गर्ने गरौं । समस्याका बारेमा चिन्तन गर्नाले तनावको उत्पति हुन्छ । जसमा इच्छा, तृष्णा, संक्लप विकल्पहरु कम चल्छन, त्यो व्यक्ति नै सच्चा योगी हो । जीवनमा आई पर्ने हरेक घटना वा परिस्थितिमा हाम्रो कल्याण नै लुकेको हुन्छ । त्यसैले हर समस्याको समाधानका लागि धैर्यताको खाँचो हुन्छ ।
गुणवान शक्तिशाली बन्नका लागि व्यर्थ चिन्तनवाट मुक्त बन्नु पर्छ । जीवनमा आउने विभिन्न समस्या र परिस्थिति एवं विघ्नहरुले नै वास्तवमा जीवनलाई महान बनाउने उर्जा प्रदान गर्छन् । त्यसैले जस्तो सुकै विषम परिस्थितिमा पनि व्यर्थ र नकारात्मकता बाट मुक्त रहनु नै आध्यत्मिक यात्रामा तीब्र पुरुषार्र्थी बन्नु हो ।
हामी समाजको लागि प्रेरणाको स्रोत हौं । अरुलाई अनुशासन सिखाउने वाला हौं । त्यसैले हामी स्वयं अनुशासित हुनु अति जरुरी छ । हामीले भनेको कुरा समाजले तब मात्र स्वीकार गर्छ जब हामी स्वयं त्यसलाई आफ्नो व्यवहारीक जीवनमा अनुसरण गरेका हुन्छौ ।
सवैलाई अनुशासनमा राख्नका लागि जीवनमा नैतिक मूल्यहरुलाई अपनाउनु जरुरी छ । आज समाजमा विकृति र विसंगतिको मूल कारण मूल्यको कमी हो । एक समय थियो जबकि यो संसार एवं समाज मूल्यनिष्ठ थियो, जहाँ न कुनै अनैतिक क्रियाकलाप या लडाई झगडा हुन्थे न कुनै प्रशासनको खाँचो थियो । न कारागर न अदालतको खाँचो थियो ।
वर्तमान समाजमा दिन प्रतिदिन समस्याहरु बढ्दै जानुको कारण मानिसको व्यवहारीक जीवनमा आएको मूल्यको कमी नै हो । समाजमा वरिवर्तन ल्याउने नै हो भने स्वयंलाई गुणवान बनाउनु अति जरुरी छ । यो नै स्वयंको, समाजको र देशको सबै भन्दा ठूलो सेवा हो ।
आध्यात्मिक ज्ञान अर्थात ईश्वरीय महावाक्य नै सकरात्मक सोचको सर्वोत्कृष्ट स्रोत हो । जब सम्म हामी आफ्नो जीवनमा आध्यात्मिकतालाई महत्व दिदैनौं तब सम्म हाम्रो सकारात्मक दृष्टिकोण बन्न सक्दैन । आध्यत्मिकताले मनमा शान्ति, एकाग्रता, अन्तरमुखता, सहनशीलता आदि सद्गुणहरु आउँछन । वास्तवमा सद्गुण नै हाम्रो यथार्थ सम्पति हो । सद्गुणहरुले नै व्यवहारमा निखार आउने गर्दछ ।



