गोरखा समाचारदाता
मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आँबुखैरेनी–३, तनहुँको १२ औं साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्वमा तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कायार्यक्रममा जिल्ला सहकारी संघ तनहुँका सचिव मदन पण्डित, आँबुखैरेनी क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष सन्तबहादुर के.सी, क्याम्पस प्रमुख ऋषि के.सी, राम शाह उच्च मावि व्यवस्थापन समितीका अध्यक्ष सानुकाजी थापा, प्रधानाध्यापक प्रेमराज लामिछाने, सहकारीका संस्थापक अध्यक्ष विपिन मल्ल, तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाइका सभापति कृष्णमान तामाङ्ग लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


