गोरखा । सहिद लखन गाउँपालिकाले जिल्ला सदरमुकाम २ वटा क्याम्पसमा अध्ययनरत २० जना बिद्यार्थीहरुलाई छात्रबृति वितरण गरेको छ । सदरमुकामको गोरखा क्याम्पस र द्रब्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेको हो ।
गुणस्तरीय शिक्षाको नाममा जिल्ला बाहिर अध्ययन गर्न जाने प्रबृत्तिलाई निरुत्साहीत गर्ने उद्वेश्यका साथ पालिका भित्रका बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गरिएको पालिका अध्यक्ष रमेशबावु थापा मगरले बताए । उनका अनुसार यसरी कार्यक्रम ल्याउदा आगामी दिनमा जिल्ला भित्रकै क्याम्पसमा अध्ययनगर्नेको संख्यामा बृद्विहुने छ ।
पालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को स्विकृत कार्यक्रम अन्तरर्गत प्रतिव्यक्ति ५ हजार रुपैयाका दरले छात्रवृति रकम उपलब्ध गराएको छ । छात्रबृति पाउनेमा द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्ययनरत १३ जना र गोरखा क्याम्पसमा अध्ययनरत ७ जना रहेको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।



