गोरखा समाचारदाता
गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सहकारीले आफ्नो मुलमत्र भुल्न नहुने बताएका छन ।
गोरखा साइन्स एण्ड टेक्निकल एजुकेशन सहकारी सस्था लिमिटेलको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले नेपाल धेरै सहकारी भएपनि तिनीहरुले जनताको भावना चाहना अनुसार काम गर्न नसकेको बताए ।
सोही अनुरुप गण्डकी प्रदेशले छिट्टै सहकारी ऐन ल्याउन लागेको उनको भनाई छ । आगामी २३ गते शुरु हुने हिउँदे अधिवेशनले ऐन जारी गर्ने भन्दै उनले त्यसपछि सहकारी क्षेत्रका बिकृती हटेर जाने दाबी गरेका छन् ।
गोरखा साइन्स एण्ड टेक्निकल एजुकेसन सहकारीका अध्यक्ष बाबुराम थापाको अध्यक्षता तथा मन्त्री थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेल, शेयर सदस्द कृष्णसिं बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
गोरखा साइन्स एण्ड टेक्निकल एजुकेसन सहकारीले सहकारी शिक्षा र रोजगारीलाई प्राथमिकता दिएको छ । जसअन्र्तगत अहिले भेटेनरी जेटिए, कृषि जेटिए, ल्याब असिस्टेन विषयमा ८९ जना विद्यार्थी अध्ययनरत छन् ।
५ वटा विषय सहित डिप्लोमा तहको अनुमती मागेको पनि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् सिटिइभिटिले अहिले सम्म स्वीकृत नदिएको भन्दै पहल गरिदिन सहकारीका सदस्यले मन्त्री थापालाई आग्रह गरेका थिए । उक्त सहकारीमा २ सय ५७ सदस्य छन् ।


