गोरखा समाचारदाता
गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले मुलुकको समृद्धीका लागि सबै दल मिल्नुको बिकल्प नभएको बताएका छन । सिरानचोक ३ हर्मीमा रहेको महेन्द्र लिला माविको ५६ औं वार्षिक उत्सव कार्याक्रमलाई संबोधन गर्ने मन्त्री बस्नेतले बिकासका नाममा हुने गरेका दलिय राजनितिले देश पछि परेको भन्दै अब त्यसलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । ‘हाम्रो लक्ष्य अब बिकास र समृद्धि हो भने सबै राजनितिक दल एक ठाउँमा आउनुको बिकल्प छैन’ उनले भने ‘स्थानीय स्तरमा हुने बिकास निर्माणका काममा राजनिति गर्ने काम अब बन्द गर्नुपर्छ ।’
प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनले सरकारले शान्ति, अमनचयन, समृद्धि र बिकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । सोही अनुरुप पूर्वधार बिकास, पर्यटन प्रवृद्र्धन, कृषि, खानेपानी, सिञ्चाइँ लगायत जनजिविकासँग जोडिएका कुराहरुलाई जोड दिए काम गरेको दाबी गर्दै उनले स्थानीय सरकारलाई पनि सोही अनुरुप आफ्ना कामहरु अगाडी बढाउन आग्रह गरे । ‘स्थानीय सरकारको ब्याक र्फोसको रुपमा सधै हामी छौ’ उनले भने ‘स्थानीय सरकार एक्लै हिड्ने खोजेर हुँदैन प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्छ तब मात्र नतिजा निकल्छ ।’
महेन्द्र लिला माविको तिन दिने वार्षिक उत्सव कार्यक्रमको समापन गर्दै मन्त्री बस्नेतले गण्डकी प्रदेशले प्राविधिक शिक्षालाई विशेष जोड दिने योजना बनाएको बताए । केन्द्र सरकारको शिक्षा नीति कुरेर बसेको भन्दै उनले उक्त नीति सार्वजानिक हुने बित्तिकै प्रदेशले कार्यक्रम घोषणा गर्ने दाबी गरे । ‘हामी केन्द्रको नीति कुरेर बसेका छौ’ उनले भने ‘हाम्रो उदेश्य गण्डकी प्रदेशलाई शिक्षामा नमूना बनाउने हो ।’ कृषिमा व्यवसायिकरण गर्ने उदेश्य अनुरुप प्रदेश सरकारले ४०० वटा नमूना कृषि फार्म बनाउने योजना अघि सारेको उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनाथ मरहट्टाको अध्यक्षतमा भएको कार्यक्रममा सिरानचोक गाउँपालिका शिक्षा शाखाका ज्ञानेन्द्र पोखेरल, बाल मैत्री अभियानका मधुबिलास खनाल, पूर्व प्रधानाध्यक रामचन्द्र देवकोटा, जनता मावि आँपिपलका प्रधानाध्यक दामोदर देवकोटा लगायतले मन्तव्य राखेका थिए । वार्षिक उत्सव कार्यक्रममा सोमबार गाउँपालिका अध्यक्ष राजु गुरुङले संबोधन गरेका थिए । मंगलबार पुगेका मन्त्री बस्नेत भने अन्य कार्यक्रम पनि सहभागी भएका थिए । उनले शहिद स्मृती भवनमा अवस्गिथत शहिदको शिलालेख पनि अनावरण गरेका थिए । उक्त शिलालेखमा माओवादी शसस्त्र सघर्षका क्रममा मारिएका १२ जना स्थानीयको नाम उक्त शिलालेखमा उल्लेख गरिएको छ ।
बिकासका लागि राजनिति नगरौंः मन्त्री बस्नेत
बिकासका लागि राजनिति नगरौंः मन्त्री बस्नेत
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















