गोरखा समाचारदाता
कुन्दुर घटनाका २ आरोपी विरुद्ध सार्वजानिक मुद्दा दर्ता गरिएको छ । गोरखा नगरपालिका १२ नौ किलोमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनाका दोषीको पहिचान, घाइतेको उपचार र क्षतिपूर्तीको माग गर्दै प्रर्दशन गर्ने मध्ये २ जनालाई सार्वजानिक शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । प्रक्राउ परेका मध्ये वर्ष २४ का सुनिल संग्रौला र वर्ष ४० का हिराबहादुर अक्षामीलाई आईतबार उक्त शीर्षक मुद्धा दर्ता गरी म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । उनीहरुले अनावश्यक डर त्रास फैलाएर यातायात बन्द गरेको, ड्युटिमा रहेका प्रहरीलाई धम्क्याएको, गालीगलौज र आक्रमण समेत गरेको आरोप लगाइएको छ । शुक्रबार भएको घटनाका क्रममा १० जना प्रक्राउ परे पनि प्रहरीले अन्यलाई छोडिसकेको छ । गोरखा नगरपालिका १२ को नौ किलोमा स्थानीय रुद्रबहादुर कुमाललाई अज्ञात मोटरसाइकलले ठक्कर दिइ घाइते बनाएपछि स्थानीय प्रदर्शनमा उत्रिएका थिए । ठक्कर दिइ फरार रहेको मोटरसाइकलको पहिचान नखुलेपछि स्थानीयले करिब ४ घण्टा सो सडकखण्ड अवरुद्ध गरेका हुन् । उक्त अबरोध खुलाउने क्रममा आफूमाथि जाइलागेको भन्दै केही व्यक्तिलाई प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
सडक अबरुद्ध गर्ने बिरुद्ध सार्वजानिक मुद्धा दर्ता
सडक अबरुद्ध गर्ने बिरुद्ध सार्वजानिक मुद्धा दर्ता
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















