×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बुढीगण्डकीको तीरैतीर चुम उपत्यका

  •  
  • शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    डा.चेतकुमारी गुरुङ

    गोरखा सदरमुकामदेखि आरुघाटसम्म नियमित बस चल्छ । पानी परेन, मौसम सफा भयो भने माथि आर्खेतसम्म नै बस जाने गर्छ । मौसम सफा भएकाले सदरमुकाम गोरखादेखि आर्खेतसम्मै बसमा जाने भयौं । हामी चढेको बस बिहान ७ बजे गोरखा सदरमुकामबाट आर्खेततर्फ लाग्यो ।
    विशेष गरेर यो बाटो गोर्खा जिल्लाको उत्तरी भेगका लार्के, सामागाउँ, बिही, प्रोक, चुमको चुमचेत र छेकम्पार लगायतका गाउँ जानका लागि पायक पर्छ । तर हामी चढेको बसमा भने आर्खेतसम्म जाने यात्रुहरूमा कोही थुमितिरका र कोही आर्खेत बजारका समेत गरेर खचाखच थिए । हामी चढेको बस करिब ५ घण्टापछि आर्खेत पुगेर रोकियो ।
    हाम्रो गन्तव्य चुम उपत्यका थियो । जलवायु परिवतर्ननको कारण चुमबासीको सामाजिक आर्थिक अवस्थामा परेको प्रभावबारे अध्ययन गर्ने शिलशिलामा हाम्रो यात्रा तय भएको थियो । चुम उपत्यका गोरखा जिल्ला सदरमुकामदेखि उत्तर ५० कोष टाढा रहेको छ । सदरमुकाम गोरखाबाट छ दिन पैदल हिँडेर यो उपत्यका पुग्न सकिन्छ । यस उपत्यकामा चुमनुब्री गाउँपालिका अन्र्तगतका दुई वार्डहरू छेकम्पार र चुमचेत पर्दछन् । नेपाल सरकारद्वारा सूचीकृत गरिएका ५९ आदिवासी जनजातिमध्ये चुम्बा (शियार) जातिको बसोबास भएको यस उपत्यकाबाट उत्तरी सिमाना चीनको तिब्बत पुग्न म्हु गुम्बाबाट एक बिहानको समय लाग्दछ । बाह्रौं शताब्दीदेखि बसोबास गर्दै आएका हौं भन्ने यी चुम्बा जातिहरूको जनसंख्या कुल दुई हजार एक सय चार रहेको छ (जनगणना, २०६८) ।
    chet kumari gurung_1आर्खेतबाट चुम जाने बाटोको खोजी गरेऔं । त्यहाँबाट सोतीसम्म जाने जीप भेटियो । हामी आर्खेतबाट जीप चढ्यौं । हामी चढेको जीप बुढीगण्डकीको किनारै किनार भिरालो र अत्यास लाग्दो कच्ची बाटोहँुदै अगाडि बढ्यो । अप्ठ्यारा घुम्तीहरूमा जिप मोड्दा यात्रीहरू बुढीगण्डकीमा खसिहाल्यौं जस्तै गरी कहालिन्थे । कोही भने चर्काे चर्काे स्वरमा कुरा गर्थे । पहाडी कच्ची बाटोमा जीप चलाउन सजिलो छैन ।
    जीपबाट दुई तीन घण्टा पार गरेपछि बल्ल सोती पुगियो । जीप सोतीसम्म मात्र जाने भएकाले त्यहीँबाट पैदल यात्रा शुरु हुन्छ । सोतीदेखि लिदिङसम्म भने पैदल बाटो धेरै राम्रो छ । सोतीमा पुगेपछि सबै यात्रुहरू खाना, खाजा खाएर मात्र आफ्नो गन्तव्य तय गर्छन् किनकि त्यहाँ भन्दा अगाडिको यात्रामा खाना र बासको लागि सुविधायुक्त ठाउँ पुग्न निकै समय हिँड्नुपर्ने हुन्छ, चाँडै भेटिँदैन । हाम्रो पैदल यात्रा त्यहीँको होटलमा खाना खाएर शुरु भयो, लिदिङ हुँदै । मसँग सहयोगी भाइ शेर बहादुर गुरुङ र साथी पवित्रा गुरुङ थिए । हामी तीनजनाकै यो पहिलो यात्रा थियो । हामीसँग चुममा जाँदा खाने, बस्नेबारे जानकारी समेटिएको यात्रा तालिका थियो नै तैपनि पक्का गर्न बाटोमा भेटिएका स्थानीय बटुवाहरूसँगै पनि सोध्ने गथ्र्याैं । त्यसै क्रममा एकजना होटल सञ्चालकसँग भेट भयो । उनले लापुबेसी जाने बाटोमा होटल खोलेका रहेछन् । कुरा गर्दै जाँदा थाहा भयो अघि जीपका यात्रुहरूले भनेका सिरीमाया उनकै नाम रहेछ ।
    केटीको जस्तै मसिनो स्वर भएकाले त्यस क्षेत्रमा उनी सिरीमाया नामले चिनिँदा रहेछन् । यस्तो सुनेर एकछिन त अचम्म पनि लागेको थियो । तर उनीसँग कुरा गर्दै हिँड्दा बाटो कटेको पत्तै भएन छ । हामी त उनकै होटल पुगेछौ । मिजासिला स्वभावका सिरीमाया भाइ जाँगरिला पनि रहेछन् । होटल निकै सफा र चिटिक्क थियो । वरिपरि कुनै बस्ती छैन । अलि तल गहिरो खोँच बनाएर बुढीगण्डकी बगेको छ । पारितिर हेर्दा आकाश छुने जस्ता पहाड मात्र देखिन्छन् । यस्तो ठाउँमा रहेको उनको होटलले चुम उपत्यका र लार्के पास जाने पर्यटक र स्थानीय पैदल यात्रीलाई राम्रै सेवा पु¥याएको देखियो । हामी पनि स्वादिलो कफि पिएर त्यस दिन बेलुकीको बास बस्न चाँहि अलि पर लापुबेंसी गयौं । लापुबेंसीमा एउटै मात्र होटल रहेछ । निकै व्यवस्थित र सफा पनि लाग्यो तर होटल चाँहि अग्लो डाँडाँको तल खोंच भित्र पर्दाेरहेछ ।
    बुढीगण्डकीको तीरैतीर
    भोलिपल्ट भ्रमण तालिका अनुसार नै बुढीगण्डकीको लामो यात्रा गर्नुपथ्र्यो । हामीहरू लापुबेसीबाट माछाखोला, तातोपानीहँुदै बुढीगण्डकीको तीरैतीर हिँड्दै गयौं । साँगुरो बाटोमा खच्चरको ताँतीलाई बाटो दिँदा चाँहि केही समय पर्खनु पथ्र्याे । सजिलै बाटो काट्न सकिंदैन । चुम उपत्यकाको लागि यातायातको साधन भनेकै खच्चर र घोडा हुन् । यी खच्चरहरूले चुममा खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरू गोरखा सदरमुकाम आरुघाटबाट लैजाने गर्छन् । चुम जाँदा बाटो हिँड्दाको शारीरिक थकान भए पनि प्राकृतिक सौन्दर्यले आर्खेतदेखि नै रमाइलो महसुस गराउँछ । काठमाडाँैबाट हिँडेको तेस्रो दिन हामी बुढीगण्डकीको तीरैतीर दिनैभरि झरीमा भिज्दै हिँड्यौं ।
    त्यो दिन बिहानैदेखि पानी पर्न सुरु गरिसकेको थियो । हामीसँग पानी पर्दा ओढ्ने वर्षादी अर्थात् रेन्कोट त थियो तैपनि ओढ्न मन लागेन । पानीमा भिज्दै बुढीगण्डकीलाई नजिकैबाट हेर्दै हिँडिरह्यौं । बेलुकी हुँदै जाँदा बुढीगण्डकीको पानी कालो कालो धुँवा उडाउँदै बग्न थाल्यो । केही छिन अघि देखिएको सङ्लो पानी र पानीभित्र असरल्ल केश फिँजाएर आरामसँग सुतिरहेका सुन्दर महिला जस्ता लाग्ने ढुंगाका कलात्मक आकृति पनि क्रमशः छोपिन थाले । हामीले हतार हतार केही फोटो खिच्न भ्यायौं । आकाश कालो बादलले ढाकिसकेको थियो । नजिकैका डाँडा र खोल्सा खोल्सीबाट बगेका पानीका छाँगाहरू बुढीगण्डकीमा मिसिइरहेका थिए । हामी हिँडी रह्यौंं । बेलुकी ठुल्ढुङ्गामा बास बस्न पुग्यौं ।
    ठुल्ढुङ्गा साँच्चै ठूलो रहेछ । चुम जाने बाटोमा पर्ने यो ढुङ्गालाई सबैले ठूल्ढुङ्गा नै भन्दा रहेछन् । त्यही ढुङ्गाको आड गरेर तीन चारवटा रेस्टुरेन्ट चलाएका रहेछन् । यो ठूल्ढुङ्गाको वरिपरि अग्लो अग्लो पहाड, गहिरो खोँचमा बुढीगण्डकी साँच्चै अचम्मको भौगोलिक अवस्थिति लाग्छ । दिनभरिको हिँडाइ र पानीले भिजेको जिउ थकान धेरै थियो । खाना खाएर भुसुक्कै निदाइएछ । भोलिपल्ट नास्तामा रोटी र मह अनि चिया खायौं । नास्ता के पाइन्छ भनेर सोध्दा रेस्टुरेन्ट मालिकले ‘च्यापती’ भनेका थिए । कुरा नबुझेर एकछिन अलमल परेका हामी नास्ता आएपछि बल्ल बुझ्यौं कि च्यापती भनेको त चपाती
    (बाटुलो रोटी) पो रहेछ ।
    लिदिङबाट हिँडेपछि बाटोमा पर्ने प्रचलित ठाँउहरू लापुबेसी, माछाखोला, खोर्लाबेसी, तातोपानी, दोभान, स्याउले भट्टी, जगत्, सल्लेरी, फिलिम, आदि हुन् ती मध्ये ठुल्ढुङ्गा पनि प्रचलित नै रहेछ । तातोपानी पनि प्रचलित भएको बताए स्थानीयहरूले । उनीहरूका अनुसार यस ठाउँको तातो पानीमा नुहाएपछि कुरा पुग्ने र लुतो, खटिरा, डण्डिफोर, दादजस्ता छालाका रोगहरू निको हुने विश्वास गरिन्छ । तातोपानीमा वर्षेनी माघ १५ देखि १९ गतेसम्म तातोपानी माईको नाममा ठूलो मेला लाग्ने स्थानीयले बताए ।
    ठुल्ढुङ्गाबाट हिँडेपछि यार्सागुम्बा टिप्न जाने थुप्रै समुहसँग बाटोमा भेट भयो । उनीहरू अघिपछि हँुदै केहीबेरमै हामीलाई छोडेर अघि बढे । हामी चाँहि जगत भन्ने ठाँउमा खाना खाएपछि सल्लेरी हँुदै फिलिम पुगेर बास बस्यौं । सिर्दीबासको फिलिम उत्तरी चुमनुब्री क्षेत्रको मुख्य केन्द्र हो । सबै सरकारी कार्यालयहरू त्यहीँ छन्् । अर्काे दिनको यात्रा फिलिमबाट शुरु भएर एक्लेभट्टीको केही घण्टा तेर्साे बाटो हिँडेपछि लार्के जाने र चुम जाने बाटो छुटिन्छ । चुम जान उकालो लाग्नु पर्छ । जंगलको उकालो बाटो निकैबेर हिँड्नु पर्छ । लोक्पामा एक होटल सञ्चालित छ । त्यहाँबाट तल्लो चुम शुरु हुन्छ । लोक्पापछि चुम्लिङ पुगिन्छ । हामी चौथो दिन चुम्लिङ बास बस्न पुग्यौं । त्यहाँ पनि खान बस्नको सुविधा भएको होटल पाइन्छ ।
    पाँचौं दिन चुम्लिङबाट रेन्जमको उकालो हुँदै छेक्याङ् पुग्न सकिन्छ । छेक्याङ् पुगेपछि माथिल्लो चुम अर्थात् छेकम्पार शुरु हुन्छ । छेकम्पारमा ल्हार, राजेन गुम्बा, छुले, निले, लामागाउँ, म्हुगुम्बा प्रमुख ठाँउहरू हुन् । यी ठाँउहरूमा पुग्नको लागि प्रायः एक एक दिनको समय छुट्याउनु राम्रो हुन्छ । हामी पनि छेक्याङ्मा बास बसेर भोलिपल्ट छैटौं दिन ल्हार पुगेका थियौं । ल्हार पुग्नु अघिका दृश्यहरू निकै सुन्दर लाग्छन् । चारैतिर अग्ला हिमालका चुचुराले ढाकिएको र बीचमा लामो सुलुत्त परेको खोंचमा खुल्ला र फराकिला चौर, कृषिबाली संरक्षणका लागि लगाइएको ढुंगाको लामो पर्खाल, छुले, निलेमा बाक्लो झुरूपप परेका पुराना परम्परागत बस्तीहरू छन् । दायाँतिर शियार खोला बगेको र सिर्रसिर्र चल्ने चिसो हावा, अग्लाअग्ला मानिस, कोही घोडामा चढेका, कोही डोको बोकेका यत्रतत्र पाइन्छन् । प्रकृति सुनसान र शान्त लाग्छ ।
    चुममा सञ्चारको सुविधा त्यति राम्रो थिएन, छैन त्यसैले चुम जाँदा सिडिएमए फोन लानु राम्रो हुन्छ । छेकम्पारको ल्हारमा सिडिएमएको भिएचएफ सेट जडान गरिएको छ । तर मौसम खराब हुनेबित्तिकै सम्पर्क हुन गाह्रो हुने समस्या बताउँथे स्थानीय । हामीले पनि चुममा रहुन्जेल कसैसँग सम्पर्क गर्न सकेका थिएनौं ।
    चुममा नेपालका अन्य दुर्गम गाउँमा जस्तै स्वास्थ्य उपचारमा पनि समस्या छ । एक बिहान हामी खाना खाने क्रममा लामागाउँ पुग्यौं । त्यहाँकी एक गर्भवती महिलाले ५ महिना अघि हेलिकोप्टरमा काठमाडौं गई स्वास्थ्य जाँच गराएको आफ्नो कागजपत्र देखाउन ल्याएपछि थाहा भयो, डाक्टर हुन् कि जस्तो लागेर हामीलाई कागजपत्र देखाएका रहेछन् ।
    संयोगले त्यो बेला भुटान निवासी गुरु डुक्पा रिम्पोछे गेसे शेरब दोर्जेको अवतारीको रूपमा छेकम्पारमा जन्मनु भएका गुरु नवाङ खेनरव डुक्पा रिम्पोछेसँग पनि राजेन गुम्बामा भेट भएको थियो । उनी प्रायः भारतको सिलीगुडी, खर्साङ बस्छन् । चुम साक्या महोत्सवको अवसरमा गुरु उक्त समय चुम पुगेका रहेछन् । केही बेर उनीसँग कुरा गरेपछि हामी ल्हार लोप्साङ दाइको घरमा बास बस्यौं ।
    पुरानो राजेन गुम्बा पनि त्यही छ । भुटान निवासी गुरु डुक्पा रिम्पोछे गेसे शेरब दोर्जेले निर्माण गरेको राजेन र म्हु गुम्बाको ऐतिहासिक र धार्मिक महìव धेरै छ । म्हु गुम्बा भने निकै अग्लो ठाँउमा निर्माण गरिएको छ । ल्हारबाट एक दिनमा पुगिन्छ । त्यहाँबाट गणेश हिमाल साह्रै नजिक देखिँदो रहेछ । म्हु गुम्बामा पर्यटकहरू अर्थात् पाहुनाहरू बस्न मिल्ने राम्रो व्यवस्था छ । हामी त्यहाँ दुई दिन बसेका थियौं । त्यहाँबाट तिब्बत सिमाना पुग्न एक बिहान हिँड्नु पर्छ भन्थे तर हामी चाँहि हिउँ परेकाले जान सकेनौं । फर्कंदा लामागाउँ हँुदै तल्लो चुमका विभिन्न ठाउँ घुम्न झ¥यौं ।
    चुम उपत्यकामा कुनै काटमार हुँदैन । यो उपत्यका अहिंसा क्षेत्र हो । वन्यजन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । त्यसैले यो उपत्यका एक खुल्ला सङ्ग्राहलयजस्तै लाग्छ । चुम उपत्यका धेरै वर्षदेखि अहिंसा क्षेत्र रहिआएको प्रमाणको रूपमा विक्रम संवत् १९७७ सालमा सालमा महागुरु गूरु अवतारी डुक्पा लामा सेराब दोर्जेको रोहबरमा अहिंसात्मक परम्परालाई पालन गर्ने÷गराउने प्रतिबद्धता जनाई चुम निवासी आफ्नो धर्मकर्ममा तल्लिन रहिआएका छौं भनी चुमबासीहरूले प्रतिबद्धता गरेका हस्तलिखित कागजात अझैसम्म सुरक्षित पाइन्छ । स्रोत (चुम कल्याण समिति काठमाडौं) । त्यसपटक हामी २२ दिनपछि काठमाडाँै फर्केका थियौं । घुम्ने थुप्रै ठाँउ छन् चुम उपयकामा । समय निकै लिएर जानु उपयुक्त हुन्छ ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ३०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.