×
मङ्गलबार, भदौ ०२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
  • ८ मिनेट अघि

साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
  • ३ घण्टा अघि

आज प्रतिनिधिसभाको बैठक बस्दै
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ
  • १७ घण्टा अघि

गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा
  • १८ घण्टा अघि

पोखरा महानगरका मेयर आचार्यद्वारा बंगलादेशका फोटो पत्रकारलाई स्वागत तथा बिदाइ
  • २१ घण्टा अघि

नेपाल–बङ्गलादेशका फोटो पत्रकारद्वारा पोखरा रङ्गशालामा वृक्षारोपण, मित्रताको ‘हरियो सम्झना’
  • २१ घण्टा अघि

साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । यो आर्थिक बर्षको पहिलो १ महिनामा करिब ७ हजार जनाले गोरखा संग्रालय अवलोकन गरेका छन् ।

    संग्रालयको साउन महिनामा मात्रै कुल ६ हजार ८१० जनाले अवलोकन गरेको गोरखा संग्रालयका प्रमुख जित नारायण कार्कीले बताए ।

    सदरमुकामको ठूलो आँगनमा रहेको ऐतिहासिक तथा पुरातात्विक दरर्वार भित्र रहेको उक्त संग्रालयमा सबैभन्दा धेरै नेपाली पर्यटकहरुले अवलोकन गरेको प्रमुख कार्कीले जानकारी दिए ।

    साउनको ३१ दिनमा ५ हजार ७५८ जना सर्व साधारण नेपालीले संग्रालयको अवलोकन गरेका छन् ।

    त्यस्तैगरी, सोही अवधिमा ९६६ जना नेपाली बिधार्थी, तेस्रो देशका ६१ जना पर्यटक र २५ जना सार्क राष्ट्रका पर्यटकले संग्रालयको अवलोकन गरेका छन् ।

    संग्रालय प्रशासनले दिएको जानकारी अनुसार अधिल्लो बर्षको सोही अवधिमा ७ हजार २४७ जनाले संग्रालयको अवलोकन गरेका थिए ।

    यो बर्ष बर्षाका कारण संग्रालय अवलोकन गर्नेको संख्यामा कमी आउनुको मुख्य कारण भएको प्रशासनले जनाएको छ ।

    यो आर्थिक बर्षको पहिलो १ महिनामा अवलोकन कर्ताहरुबाट १ लाख ७२ हजार ३५० रुपैयाँ राजश्व संकलन भएको लेखा शाखाले जानकारी दिएको छ ।

    तात्कालिन राजा राजेन्द्र बिक्रम शाहको पालामा बिक्रम संम्बत १८९६ सालमा निर्माण भएको उक्त दरर्बार ६८ रोपनी क्षेत्रफलमा फैलिएको छ । नेपाली ईतिहासमा राज परिवारले बनाएको यो नै अन्तिम दरर्बार हो ।

    पंञ्चायत कालमा जिल्ला भित्रका सबै सरकारी कार्यालय रहेको यो दरर्बारमा बिक्रम संम्बत २०६५ साल जेठ १९ गते विधीवत रुपमा संग्रालयको रुपमा खुल्ला गरीएको हो । संग्रालय बाहिर भने करिब ३०० प्रजातिका बोट बिरुवाहरु देख्न पाइन्छ ।

    दरर्बारको बिच भागमा रहेको १२ वटा कोठामा नेपाल एकिकरणका पिता एवं तात्कालिन राजा पृथ्वीनारायण शाहका ४४ हात १६ अंगुल लामो चिना, उनले तात्कालिन अबस्थामा लडाइमा प्रयोग गरिएका हात हतियार, दिब्य उपदेश, भाँडा बर्तनका साथै सोही बेला प्रयोगमा आएको मोहर (सिक्का–पैसा), लिच्छबी कालिन चैत्यहरुका साथै विभिन्न जातजातिलाई दर्शाउने गरगहना तथा भेषभूषा र बाजागाजाहरु प्रर्दशनमा राखिएको छ ।

    लेखकबाट थप:

    • सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    • आज प्रतिनिधिसभाको बैठक बस्दै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
    • प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ

    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे
    आज प्रतिनिधिसभाको बैठक बस्दै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुनकाे मूल्य स्थिर रहदा चाँदीमा सामान्य घट्याे

    • २. साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय

    • ३. आज प्रतिनिधिसभाको बैठक बस्दै

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    • ६. प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर प्रश्नको जबाफ दिन सभामुखकाे रूलिङ

    • ७. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    धेरै पढिएको
    • १. प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित

    • २. काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)

    • ३. गोरखामा लुटपाट गरेको आरोपमा श्रीकृण्ण र कुशल पक्राउ

    • ४. गाेरखा घर भएका नेपाल वायु सेवा निगमका कर्मचारी ममता पाण्डे सहित २ जना प्रहरी नियन्त्रणमा

    • ५. काठमाडौंका ७ स्थान जहाँबाट ग्यास वितरण हुदै छ (कुन कुन स्थानबाट पाइन्छ ?)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.