×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुठभेड होइन, सहमति खोजौं

  •  
  • मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • यतिबेला एमाले होस् वा मधेसी मोर्चा दुवै अतिसम्म जान हुँदैन, जहाँबाट फर्कन गाह्रो होस् ।
    – प्रा. कृष्ण पोखरेल

    फाल्गुन २४, २०७३- स्थानीय निर्वाचन घोषणा भएदेखि मधेसी मोर्चा र संघीय गठबन्धन दबाबमा छ । निर्वाचनमा नजाऊँ वा त्यसलाई बिथोलौं त निर्वाचन विरोधी होइने डर र जाऊँ त संविधान संशोधनको आफ्नो माग ओझेलमा पर्ने डर । यो असमञ्जसमा मधेसी नेताहरू यतिबेला एकातिर हामी निर्वाचन हुनदिँंदैनौं पनि भन्दैछन् भने साथमा हामीलाई निर्वाचन विरोधी भनेर चित्रित नगरियोस् वा हामी निर्वाचनका विरोधी होइनौं पनि भन्दैछन् । तर अहिलेको धरातलीय यथार्थ के हो भने मधेस केन्द्रित दलहरूले जति नै मरिहत्ये गरे पनि जबसम्म एमाले सहमत हुँदैन, तबसम्म संविधान संशोधन हुनेवाला छैन । र जहाँसम्म एमाले सहमत हुने कुरा छ, त्यो तत्कालै सम्भव देखिन्न ।

    यतिबेला आफूसँग गरिएको तीनबुँदे सहमति प्रचण्ड सरकारले लत्यायो भनेर मधेसी मोर्चाले सरकारलाई आरोप लगाउनुको कुनै तुक छैन । किनकि सरकारसँग दुई तिहाइ बहुमत नभएको अवस्थामा उसले संविधान संशोधनको प्रस्ताव त दर्ता गर्न सक्छ, तर पारित गराउन कसरी सक्छ ? कित मोर्चाले संशोधन प्रस्ताव प्रक्रियामा लगियोस्, त्यसबाट निस्कने परिणाम हामी स्वीकार्छौं भन्न सक्नुपर्‍यो । कित दुई तिहाइ पुर्‍याउन एमालेलाई सहमत गराउन सक्नुपर्‍यो । यी दुइटै कुरा नभएको अवस्थामा संशोधन प्रस्तावलाई ‘होल्ड’मा राखेर निर्वाचनमा जानुबाहेक अब अर्को कुन विकल्प बाँकी हुन्छ ?

    एमालेलाई मधेस विरोधी भनी चित्रण गरेर राजनीतिक लाभ त लिन सकिएला, तर संविधान संशोधन हुनसक्दैन । फेरि एमालेले पनि यदि मधेस केन्द्रित दललाई आफू विरोधी ठान्छ र उसलाई ‘इग्नोर’ गर्न चाहन्छ भने कसरी अन्यथा भन्न सकिन्छ ? मधेसमा आन्दोलनको ज्वारभाटा उठिरहेकै बेला पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा हराउन मधेसी मोर्चा संसद्मा भोट हाल्न आएकै हो । त्यति मात्र होइन, ओली सरकारलाई ढाल्ने खेलमा पनि मोर्चा खुलेर लागेकै हो । यस्तोमा एमाले मधेसी मोर्चाको मागप्रति असहिष्णु देखिन्छ भने त्यो बुझ्न सकिने कुरा हो । यो बेग्लै कुरा हो कि मुलुकको एक जिम्मेवार पार्टीका रूपमा एमालेले ‘जस्तालाई त्यस्तै’को सोच राख्नु ठिक होइन ।

    यतिबेला स्थानीय निर्वाचन हुन्छ/हुँदैन वा हुन्छ भने त्यो कति सहज र विना अवरोध हुन्छ भन्ने विषय नै महत्त्वपूर्ण छ ।

    सामान्यतया निर्वाचनलाई राजनीतिक विवाद समाधान गर्ने युक्तिका रूपमा लिइन्छ । तर विवादबीच निर्वाचन हुँदा निर्वाचन स्वयं पनि थप विवादको कारण बन्न सक्छ । अहिले हामी दोस्रो अवस्थामा छौं । निर्वाचनका दृष्टिले अबका एक, दुई हप्ता अत्यन्त संगीन हुने देखिन्छ । हामीले चाहे पनि, नचाहे पनि यतिबेला एमालेले सञ्चालन गरेको मधेस केन्द्रित मेची–महाकाली अभियान कसरी सम्पन्न हुन्छ, त्यससँग स्थानीय निर्वाचनको भविष्य जोडिन पुगेको छ । भने पनि, नभने पनि यो अभियानलाई एमाले र मधेस केन्द्रित दल दुवैले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्, एकअर्काको तेजोवध गर्ने अवसरका रूपमा लिएका छन् । यो अभियान मुठभेडमा परिणत भएर रक्तरञ्जित नहोस् र दुवै पक्षले संयम अपनाउन् भनी कामना गर्न सकिन्छ । तर सोमबार दुखद घटना हुन पुगेको छ । राजविराजमा गर्ने भनिएको कार्यक्रम मोर्चाका कार्यकर्ताहरुले विथोल्न सक्ने देखेर एमालेले औद्योगिक क्षेत्रमा सार्‍यो । त्यस स्थानमा समेत मोर्चाका कार्यकर्ताले विथोल्न खोजेपछि  प्रहरीले चलाएको गोली लागी प्रर्दशनकारीको निधन भएको छ ।

    तथापि के अडकल काट्न सकिन्छ भने दुवै पक्षका अभिप्राय: आंशिक रूपमा मात्र पुरा हुनसक्छन् । न यो अभियान दुई नम्बर प्रदेशमा एमालेले सोचेजस्तो हुनेवाला छ, नत मधेसी दलले विथोल्न खोजेजस्तो हुनेवाला छ । बरु अन्त्यमा दुवै पक्षले हामी सफल भयौं भनी दाबी गर्नेवाला छन् । र फाट्टफुट्ट हुने घटनाका लागि दुवै पक्षले शान्ति सुरक्षा बहाल गर्न नसकेको भनी सरकारलाई आरोप लगाउनेवाला छन् । तर स्थिति यो अड्कलबाजी सोचेभन्दा नितान्त फरक पनि हुनसक्छ । साँच्चै यसले उग्र भिडन्तको रूप लियो भने त्यसको गुञ्ज धेरै पछिसम्म रहन सक्छ र मुलुकले ठूलो मूल्य बेहोर्नुपर्ने अवस्था पनि आउन सक्छ ।

    यो बेला मधेसको ५१ प्रतिशत जनसंख्या भएकाले स्थानीय तहको संख्या पनि ५१ प्रतिशत नै हुनुपर्छ भन्नु तर्कका लागि तर्क गर्नुमात्र हो । प्रतिनिधिसभाको सदस्यको हकमा सम्म यो तर्क मान्न सकिन्छ । तर स्थानीय तहको गठन र संख्या जनसंख्याको तराजुमा राखेर जोख्ने विषय होइन । यो त आवागमनको सुविधा/असुविधा, सहज/असहज पहुँचजस्ता विषयसँग जोडिने कुरा हो । फेरि प्रदेशचाहिंँ मधेसमा एउटा वा दुइटा मात्र चाहिने अनि गाउँपालिकाहरू मात्रै किन धेरै चाहिने ? तर्कै गर्ने हो भने मधेसमा चाहिँं किन दुइटामात्र मुख्यमन्त्री, दुइटामात्र प्रदेश प्रमुख र पहाडमा चाहिंँ किन पाँच–पाँचवटा मुख्यमन्त्री र प्रदेश प्रमुख भनेर पनि तर्क गर्न सकिन्छ नि ! तर यस्ता अर्थहीन तर्कले हामीलाई कहीं पुर्‍याउँदैन ।

    वस्तुत: अबका स्थानीय तह भनेका उपजिल्लाहरू हुन् । तिनलाई हिजोका गाविसहरूसँग तुलना गर्नुको कुनै तुक छैन । न अधिकार न हैसियत कुनैमा पनि ती एकअर्कोमा तुलनायोग्य छैनन् । कहाँ आजका संवैधानिक हैसियतका स्थानीय तह, कहाँ हिजोका कानुनले खडा गरेका स्थानीय निकाय । हो, अब हिजोको गाविसले दिनेभन्दा बढी सेवा दिने हैसियतमा स्थानीय तहका वडाहरू हुन्छन् । ती वडासँगै सेवाकेन्द्र पनि हुन्छन् । त्यसैले यतिबेला मधेसी मोर्चा र संघीय गठबन्धनले यथास्थितिमा सम्भव नहुने संविधान संशोधनका लागि ढिपी गर्नु र त्यस बहानामा निर्वाचन बहिष्कार गर्नु वा बिथोल्न खोज्नु सही रणनीति होइन । मधेसमा स्थानीय तहको संख्या बढाएर सरकारले एउटा ‘जेस्चर’ दिएको छ । त्यसैलाई आधार मानेर निर्वाचनलाई पनि आन्दोलनको रूपमा प्रयोग गरेर जानु ‘सेफ साइड’ हुन्छ । यतिबेला मधेसी मोर्चाको मागको विरोध गर्नेहरू अहिलेको संसद्मा मोर्चाको न्युन उपस्थिति देखाउँछन् र तिनसँग मधेसको जनमत छैन भन्छन् । हुन त त्यसो भन्नेहरू निकट अतितमा भएको बलिदानपूर्ण मधेस आन्दोलनमा उर्लेको जनसागरलाई बिर्सन्छन् ।

    अत: मधेसी मोर्चाले स्थानीय निर्वाचनमा भाग लिएर झापादेखि कञ्चनपुरसम्मका नगरपालिका/गाउँपालिकाहरूमा आफ्नो उल्लेख्य उपस्थिति दर्ज गर्नुपर्छ । यसो गर्नसके मधेस आन्दोलन र मधेसी मोर्चाको माग नयाँ उचाइमा त पुग्ने नै छ, साथमा त्यसले मधेसी मोर्चालाई थप ऊर्जावान पनि बनाउनेछ । मोर्चाले आफ्नो संविधान संशोधनको मागलाई नवनिर्वाचित जनप्रतिनिधिहरूको मागस्वरूप दिनसक्यो भने संविधान संशोधनका लागि त्योभन्दा ठूलो दबाब अरू के हुनसक्छ ? अझ संविधान संशोधनको माग मधेसीको होइन, मोर्चाका नेताहरूको मात्र हो भन्नेहरूलाई योभन्दा ठूलो जवाफ अर्को के हुनसक्छ ? वस्तुत: मधेसी मोर्चाले यसो गरेमा त्यो नेपालको वर्तमान राजनीतिको साँच्चै ‘टर्निङ प्वाइन्ट’ हुनेछ ।

    संविधान संशोधनमा उठाइएका कतिपय विषय राष्ट्रिय स्तरका छन् भने कतिको सम्बन्ध स्थानीय तहसँग भन्दा पनि प्रदेशसँग देखिन्छ । यस्तोमा स्थानीय तहको निर्वाचनको प्रक्रिया अवरुद्ध गर्नुभन्दा त्यसलाई सफल बनाएर नयाँ जनमतका साथ संविधान संशोधनको सवालमा प्रवेश गर्नु बढी निरापद् देखिन्छ । प्रदेश र संघीय संसद्को निर्वाचन भनेको अब २०७४ को कात्तिक/मंसिर नभई हुने होइन । अत: स्थानीय तहको निर्वाचनपछि मुुलुकले संविधान संशोधनका विषयमा सोच्ने र काम गर्ने पर्याप्त ‘ब्रेदिङ स्पेस’ पाउँछ । त्यो समयलाई अहिले ‘होल्ड’मा रहेको संविधान संशोधनका लागि खर्च गरे भइहाल्छ ।

    यो बेला जोखिम लिने बेला हो । तर मधेसी मोर्चाको सबैभन्दा ठूलो समस्या के हो भने त्यसमा त्यस्तो कुनै नेता छैन, जसले त्यो जोखिम लिन सकोस् । र यदि कोही अग्रसर भइहाल्यो भने पनि उसको निर्णय कसैले मान्छन् भन्ने सुनिश्चित छैन । आन्दोलनमा सँगै हिंँड्नेहरू र मोर्चाबन्दी गर्नेहरू आजसम्म पनि निर्वाचनमा कहिल्यै मोर्चाबन्दी गर्न सफल भएनन् । बरु उल्टो जहिल्यै पनि आपसमा हानाथाप गरिरहे । यही आन्दोलनका दौरान पनि एकको कमजोरीबाट अर्कोले फाइदा लिने मौका खोजेको देखिएकै हो । वस्तुत: उनीहरूको यही कमजोरीको ठूला पार्टीहरूले फाइदा उठाएका हुन् र मोर्चालाई दच्काउने मौका पाएका हुन् । तर अब आफ्नो यो पुरानो बानी दोहोर्‍याउने सुविधा मोर्चामा आबद्ध दलहरूलाई छैन । अहिले ती एउटै नाउमा सवार छन् । अत: तिनले किनार भेट्टाए सँगै भेट्टाउने वा डुबे सँगै डुब्ने अवस्था छ ।

    यतिबेला एमाले होस् वा मधेसी मोर्चा दुवै त्यो अतिसम्म जान हुँदैन, जहाँबाट फर्कन गाह्रो होस् । राजनीतिक दलहरूले समयको पदचाप बुझेर कदम बढाउनुपर्छ । जसले जे भने पनि अहिलेसम्मको अवस्थामा मधेसी मोर्चा भनेको मधेसको शान्तिपूर्ण राजनीति गर्ने मूलधारको शक्ति हो । त्यो असफल भयो भने अघिदेखि नै टाउको उठाउन खोजिरहेको अतिवादी शक्ति मधेसको राजनीतिमा हावी हुने अवस्था छ । त्यतिमात्र होइन, छिमेकी मनसुवाले नयाँ ढंगले फणा उठाउने खतरा पनि उत्तिकै छ । त्यसो हुनु न मधेस केन्द्रित दलहरूको हितमा छ, नत मुलुकका अन्य ठूला राजनीतिक दलहरूको हितमा छ । त्यो स्थिति मुलुकको कुरै छाडौं, मधेसको हितमा समेत छैन । यो सरल सत्यको बोध सबैलाई यथाशक्य छिटो होस् र मुलुक मुठभेडको बाटोमा होइन, सहमतिको बाटोमा हिँंडोस् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.