×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्ववियु निर्वाचन आशा कि पाशा

  •  
  • मङ्गलबार, फागुन १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डा. अतीन्द्र दाहाल

    सरकारले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने बताएसँगै विभिन्न अन्तर्विरोधहरूले ग्रस्त राजनीतिमा अर्को तरंग आउँदैछ ।  अहिले स्थानीय, प्रादेशिक अनि राष्ट्रिय चुनावको आवश्यकता छ यद्यपि विद्यार्थीको चुनाव पनि एक परम्परा हो ।  हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि भएको छैन ।
    देशका राजनीतिक परिवर्तनमा विद्यार्थीको सबल संलग्नता थियो ।  युवा सम्मद्ध देशको आधार स्तम्भ भने जस्तै विद्यार्थी राजनीतिको आधार स्तम्भ बनेका छन् ।  अझ शिक्षा र युवा दुवैलाई समेटेर हुने गतिविधिले धेरैको ध्यान तान्छ, स्ववियु चुनाव यस्तै एउटा मोड हो ।  विद्यार्थीको सरकार भनेर विश्वव्यापी मान्यता स्थापित गरेको यस्तो चुनाव शिक्षाका विभिन्न बेथितिहरूलाई सम्बोधन गर्दै विद्यार्थीको हकहित प्रत्याभूति गर्नलाई एक आवश्यकता समेत हो ।

    आवश्यकताको आत्मसात्

    हाम्रो शिक्षा प्रणालीमा असंख्य समस्या छन् ।  दीक्षितहरू शिक्षाले दिनुपर्ने दक्षता र विशिष्टता प्राप्त नगरेको महसुस गर्छन् ।  विश्वविद्यालयहरू निराश मनस्थिति भएका बेरोजगार जन्माउने यन्त्र बन्दैछन् ।  प्राध्यापक÷शिक्षकहरू शिक्षामा कम र राजनीतिमा बढी सक्रिय छन् ।  यस्ता अनेकन समस्याको निराकरणमा विद्यार्थीको सरकार भनिने यस्तो निकायको सकारात्मक योगदान चाहिन्छ ।
    विश्वविद्यालयका प्राध्यापकहरूको विज्ञता र विद्वताको परिमिश्रणबाट समाजमा नयाँ चिन्तनहरू प्रस्फुटन हुन्छन् ।  नासाका वैज्ञानिक प्राध्यापकहरू मंगलग्रहमा मानव वस्ती बसाउन अनुसन्धान गर्दैछन् ।  लण्डन स्कुल अफ इकोनोमिक्सका प्राध्यापकहरू समस्त युरोपको आर्थिक पुनर्जागरणलाई बलियो गराउन नयाँ चिन्तन÷मन्थनमा छन् ।  लगभग ३५ वटा संस्कृत विश्वविद्यालयहरू रहेको जर्मनीका थुप्रै प्राध्यापकहरू ज्ञानको खोजमा नयाँ क्षितिज केलाउँदैछन् ।  पूर्वीय दर्शनमा ज्ञानको विशाल भण्डार सिर्जना गरेका कौटिल्य तत्कालीन तक्षशीला विश्वविद्यालयका प्राध्यापक हुनुहुन्थ्यो ।  राज्यले सबै विषयमा अन्तिम धारणा बनाउन उहाँको सहयोग लिन्थ्यो ।  संसारका नामुद दर्शन तथा सामाजिक एवं आर्थिक परिवर्तनका सूत्रपात गर्नेहरू अधिकांश प्राज्ञिक पृष्ठभूमिकै छन् ।  यस्ता नजिरका बाबजुद हाम्रा प्राध्यापकहरू चाहिँ कहिले र कस्तो आन्दोलन गर्ने, धर्नामा के हुने भन्ने मात्र कार्यक्रम बनाउँछन् ।  आम विद्यार्थी प्रताडित छन् ।  शिक्षाले देशमा बस्ने र देशको सम्मान गर्ने नागरिक उत्पादन गरेको छैन ।  विश्वविद्यालयले उच्च स्तरका जनशक्ति उत्पादन गर्न सकेन ।
    समुन्नत राष्ट्र निर्माण सिद्धान्तका प्रतिपादकहरू सान्हा बन्धोपाध्याय, सि हार्वर, जान जी जानम्याट शिक्षाको गुणस्तर र समय सामयिकतालाई उच्च महìव दिनुहुन्छ ।  प्राचीन दर्शनमा पूर्वका कौटिल्य, कन्फुसियस, मनुदेखि पाश्चात्य जगत्का प्लेटो, सुकरातले समेत शिक्षामा राज्यको विशेष निगरानी तथा प्रयासको आवश्यकता दर्साउनु हुन्थ्यो ।  विकशित देशहरूले त ‘इजुकेशन इज द चिफ डिफेन्स अफ नेसन’ अर्थात् राष्ट्रको मुख्य सक्षमता नै शिक्षा हो भन्छन् ।  सोही आत्मसात्मा जापानले दोस्रो विश्वयुद्धपछि धेरै वर्षसम्म बजेटको लगभग ४९ प्रतिशत शिक्षामा लगाउँथ्यो ।  हाम्रो बजेटको विशाल हिस्सा शिक्षामा नै जान्छ ।  सम्मृद्ध देश निर्माण त्यो खर्चको एकमात्र र अन्तिम अपेक्षा हो ।  उच्च शिक्षामा भएका यही आशाकोे प्रत्याभूति गर्न सकारात्मक, समन्वयकारी काम गर्नु विद्यार्थीको सरकार भनिने त्यसको संगठनको प्रमुख जिम्मेवारी हो ।  तर विद्यार्थी राजनीतिको ध्यान अन्तै बिटुलिएको छ ।

    बिटुलिएको ध्यान

    शिक्षाको विकास, पुनर्संरचना अनि विद्यार्थी हकहितको दुहाई दिने थुप्रै संगठन भए पनि शिक्षाको अवस्था निकै कमजोर छ ।  सरकारी शिक्षा भयावह अनि निजी शिक्षा व्यपारीकरण हुँदैछ ।  हाम्रो शिक्षाले केवल खाडी मुलुकलाई कुल्ली र विकसित देशलाई प्राविधिक जनशक्ति बनाउँदैछ ।  शहरका गल्ली÷गल्लीमा विदेश पठाउने परामर्शदाताहरू छन् ।  हामीले अभ्यास गरेको शिक्षाले देशको प्रगति सोच्ने, त्यसका लागि काम गर्ने मानव स्रोत साधन तयार गरेकै छैन ।  शिक्षा भनेको प्रमाणपत्रको थाक र सूचनाको भारी हैन, सोच र चेतनाको स्तर हो ।  सत्कर्म, सदाचार, शिष्टाचारको बढावा हो ।  तर विद्यार्थीको राजनीतिले शिक्षामा यस्तो विशेषता निर्माण गराउन सकेन ।
    पहिले÷पहिले विद्यार्थीको पढ्ने अधिकार स्थापित गर्न विद्यार्थी राजनीतिको अभ्यास हुन्थ्यो ।  तर आजकाल विद्यार्थीलाई अध्ययनबाट वञ्चित गर्नु चाहिँ विद्यार्थी राजनीतिको मुख्य ध्येय जस्तो देखिन्छ ।  धर्ना, जुलुस बाहेक अन्य कुराहरूमा विद्यार्थी राजनीति केन्द्रित हुनसकेको छैन ।  शिक्षालयहरू पार्टीका प्रयोगशाला बन्दैछन् ।  कलेजभित्र ठूलठूला ब्यानर टाँगिन्छन्, आन्तरिक लफडाबाजी चल्छ ।  तोडफोड मात्र हैन, पुस्तकालयमा आगजनी गर्ने काम हुन्छन् ।  कलेज प्रशासनलाई भर्ना, परीक्षा जस्ता पक्षमा दबाब दिइन्छ ।  विद्यार्थी राजनीति गर्न र त्यसलाई कमाई खाने भाँडो बनाउन एउटा मानिस वर्षौंसम्म विश्वविद्यालय आइरहन्छ ।  प्रशासनको मिलेमतोमा भ्रष्टाचार गरिएको पनि सुनिन्छ ।  देशमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउने हैसियतमा शिक्षण गतिविधि गरिरहेका केही संस्था छन् ।  उनीहरू विद्यार्थी राजनीतिलाई कत्ति पनि चाहँदैनन् ।  अधिक राजनीतिका र बेवास्ताका कारण क्षमताले भ्याएसम्म कसैको पनि प्राथमिकतामा सरकारी शिक्षा पर्दैन ।  विद्यार्थी राजनीति पढ्न चाहने विद्यार्थीलाई आश कम र त्रास बढी बन्दैछ ।  अधिकांश विद्यार्थी राजनीतिले गर्दा अध्ययन÷अध्यापन अस्तव्यस्त रहेको भन्छन् ।  यसरी विद्यार्थीका कस्ता हक अधिकार सम्भव हुन्छ, यो प्रश्न पेचिलो बन्दैछ ।  सघन विद्यार्थी राजनीति हुने कलेजका उत्पादन अधिकांश असफल देखिन्छन् ।  यसले पनि विद्यार्थी राजनीतिले गलत पथ लिएको प्रमाण दिन्छ ।  तर विश्वजगत्मा विद्यार्थी राजनीतिका अलौकिक उदाहरणहरू पनि प्रशस्त छन् ।

    अनुपम उदाहरण

    थुप्रै देशमा सबल र सक्षम विद्यार्थी राजनीतिमा हुन्छन् ।  शिक्षाको परिवर्तन मार्पmत देशको अग्रगमनलाई जोड दिन्छन् ।  अमेरिकामा सन् २००९ पछिका शोधले अहिलेका अधिकांश चिन्तक, दार्शनिकहरू पहिले विद्यार्थी राजनीतिमा भएको देखाउँछ ।
    इटालीका कतिपय विश्वविद्यालयहरू पढाइमा अब्बल र सर्वाेत्कृष्ट विद्यार्थीलाई मात्र राजनीति गर्ने छुट दिन्छन् ।  उनीहरू अध्ययन तथा अनुसन्धानमा निकै समय खर्चन्छन् ।  विद्यार्थीको शैक्षिक तथा सिर्जनात्मक पक्षलाई सघन पार्ने रचनात्मक कार्यक्रम गर्छन् ।
    क्यामब्रिज विश्वविद्यालयमा राजनीतिमा संलग्न विद्यार्थीहरूले घरविहीनका लागि घर निर्माण गरेका उदाहरण छन् ।  चलिरहेका पाठ्यक्रमको उपादेयतामा छलफल गर्दै समय सुहाउँदो पाठ्यक्रम ल्याउन सहयोग गर्छन् ।  समुदायमा गएर मानिसहरूलाई सचेत गराउँछन् ।  बेलायतका अधिकांश कलेजहरूमा नेशनल युनियन अफ स्टुडेन्ट नामक स्ववियु जस्तै संगठन हुन्छ ।  त्यसका सदस्यहरू मानिसहरूलाई अध्ययन गर्ने संस्कार बसाउने, सीपमूलक तालिम दिने, समुदायको सरसफाई गर्ने, सरकारलाई कानुन कार्यान्वयनमा सघाउने, प्रहरीलाई अपराध नियन्त्रणमा सघाउने कामहरू गर्छन् ।
    क्याटरिङ फाउन्डेसनका निकोलस पि लाेंगो र न्युयोर्क विश्वविद्यालयका रोज पि मोयरको संयुक्त अध्यननले संसारका विभिन्न देशमा विद्यार्थी राजनीतिको ब्यानरमा असंख्य सकारात्मक परिवर्तनका काम भएको देखाउँछ ।  पोल्यान्डका विद्यार्थी संगठनहरूले शहरका चोकमा धनीहरूबाट सहयोग संकलन गरी गरिबहरूलाई बाँड्ने गरेका देखिन्छ ।  जापान, कोरिया, हङकङ जस्ता देशमा विद्यार्थी संगठनले देशको आवश्यकता अनुसार दक्ष, प्राविधिक, वैज्ञानिक प्रकारको शिक्षा प्रणाली निर्माण गर्न सघाउँछन् ।  शैक्षिक गतिविधिलाई नियमित र निःसन्देह बनाउँछन् ।  विद्यार्थीहरू सकेसम्म धेरै दक्ष र लाभान्वित बनुन् भन्ने उद्देश्य राख्छन् ।  विश्वविद्यालयबाट मात्र सम्भव नभए संगठनको तर्पmबाट विद्यार्थीका लागि अतिरिक्त कक्षाहरू चलाउँछन् ।  सरकार तथा विश्वविद्यालयका तर्पmबाट हुने शिक्षाका विकासका सशक्त सहयोगी बन्छन् ।  तर सहप्राध्यापक मिना ओझाको शोधले नेपालका विद्यार्थी संगठनहरूलाई तोडफोड, नारा जुलुस तथा राजनीतिक नेता जन्माउने ‘इन्कुवेटर’ भएको देखाउँछ ।  यसरी बिटुलिएको विद्यार्थी राजनीतिलाई सम्मान योग्य बनाउन  फरक बाटो हिँड्नुपर्छ ।

    फेर्नुपर्ने बाटो

    अब स्वबियु तथा पूरै विद्यार्थी राजनीति पुनर्गठित बन्नुपर्छ ।  विद्यार्थीको गुणस्तर प्रवद्र्धनको पहल गर्नुपर्छ ।  उनीहरूको सिकाइ क्रियाकलापले समाजलाई दिएको योगदानको मूल्याङ्कन गर्नुपर्छ ।  अनुसन्धानमा लगानी गर्नुपर्छ ।
    राष्ट्रिय÷अन्तराष्ट्रिय सभा तथा सेमिनार गर्दै नयाँ प्रकारका पाठ्यक्रम निर्माण गर्नुपर्छ ।  देशमा आगामी ५, १० र १५ वर्ष भित्र शिक्षामा हुनुपर्ने परिवर्तनको मार्गचित्र बनाउँदै त्यसको अभ्यास गर्नुपर्छ ।  राजनीति गर्नलाई शिक्षालयहरूको प्रयोग बन्द गरिनुपर्छ ।  रामरमिता, लडाइँ, झगडा मात्र पर्यायबाची बन्ने परम्परा विस्थापित हुनुपर्छ ।  शिक्षामा पछिल्लो पटक निकै प्रभावकारी मानिएका ‘केएसए’ र ‘आईफोर’ जस्ता अवधारणा साकार पार्न योगदान गर्नुपर्छ ।  भारतमा शिक्षामा ‘क्वालटी सर्कल’को अवधारणा ल्याइयो ।  देशको आर्थिक सम्मृद्धिमा प्रविधिको महìवपूर्ण भूमिका औँल्याउदै थाइल्याण्डले विद्यार्थी संगठनको सुझावमा २४ वटा बायोटेक्नोलोजी विश्वविद्यालय स्थापना ग¥यो ।  अहिले गुणस्तरीय, उत्पादनमूलक, वैज्ञानिक र प्राविधिक शिक्षाको आवश्यकता छ ।  विद्यार्थीको राजनीतिले देशको आर्थिक विकासलाई सघाउने र दीक्षितलाई आत्मनिर्भर गराउने नयाँपन शिक्षा सिर्जनामा योगदान गर्नुुपर्छ ।
    समयमै नतिजा प्रकाशन गर्ने, समय समयमा पाठ्यक्रम पुनरावलोकन गराउने, विद्यार्थीहरूमा अनुसन्धानात्मक सोच र व्यवहार साथै सदाचारको विकास गराउने कुरा विद्यार्थी राजनीतिको प्राथमिकता हुनुपर्छ ।  शिक्षा देशका सबै मानिसको जिज्ञासाको विषय हो ।  विद्यार्थी राजनीति शिक्षामा सकारात्मक परिवर्तनको एकमात्र र पहिलो कारण बनेको देखिनुपर्छ ।  त्यो बेला स्ववियु निर्वाचनमा आम जनमानसको सरोकार रहन्छ ।  अन्यथा विश्वविद्यालय र कलेजहरूलाई राजनीतिक पार्टीका स्थायी र दुर्गन्धित गोठ बनाउँदै दलहरूको शक्ति र सम्भाव्यता परीक्षण गर्न मात्र हुने स्ववियु चुनावको खासै महìव रहँदैन ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.