×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अबको पोखरा: ग्रेटर पोखरा कि अर्को काठमाडौं ?

  •  
  • शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रविन्द्र अधिकारी

    अहिले पोखरामा ठूला विकासको आयोजना सुरु भएका छन् । एउटा हो अन्तर्राष्ट्रिय विमानस्थल र अर्को बुटवलबाट कालीगण्डकी कोरिडोर हुँदै कोरलासम्मको सडक । यी दुई परियोजना निर्माण भएमा पोखरा कस्तो होला भनेर अहिले सबैतिर र खासगरी पोखरेलीहरुमा चासो र उत्साह छ । यसबाट पोखरा मेगा सिटीमा रुपान्तर हुने ढोका खुल्नेछ । तर विकाससँगै त्यसले पर्यावरणीय क्षति होला कि भन्ने आशंका गरिँदै छ ।

    खासगरी पर्यटकीय शहर पोखरालाई हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटकीय गन्तव्य बनाउन पनि खोजेको, बन्ने सम्भावना पनि रहेको र बनि पनि रहेको छ । त्यसको लागि विदेशी पर्यटकको लागि हवाई कनेक्टिभिटी सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसकारण हामीले अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गर्‍यौं ।

    अन्तर्राष्ट्रिय विमानस्थलले हाम्रो पर्यटनको सम्भावनालाई वास्तविकतामा परिणत गर्नेछ । आज भएका पर्यटकभन्दा करिब १५/२० गुणा बढी पर्यटक ल्याउनेछ । तर, यति मात्र पर्याप्त हुँदैन । हामीले उत्तर-दक्षिण कोरिडोर निर्माण पनि अघि बढाएका छौं । यो कोरिडोरले हिमाली, पहाडी र तल्लो भेगसम्म विकास हुनेछ र चीन र भारतलाई जोड्दै त्यो त्रिदेशीय कोरिडोर समेत हुनेछ । त्यसले व्यापार र अरु कुरालाई सहजीकरण गर्नेछ र औद्योगिक र अरु विकासहरुलाई पनि जोड्नेछ ।

    प्रश्न के हो भने, यी दुइटा ठूला पूर्वाधार निर्माणपछिको विकासलाई र जनसंख्याको चापलाई पोखराले थेग्न सक्ला ? त्यस क्रममा पोखरालाई अर्को काठमाडौं बनाउने कि पोखरा नै बनाउने हो ?

    पोखरालाई अर्को काठमाडौं र कंक्रिटको शहर बनाउने हो भने  हामीले यही पोखराको डाउनटाउनभित्र नै सबै कुरालाई ल्याउनुपर्‍यो । हैन भने यी पूर्वाधारपछि ग्रेटर पोखराको अवधारणामा जानुपर्छ । यसमा सबै पोखरेलीहरुको साझा मत पनि देखिन्छ । म संसदीय विकास समितिमा क्रियाशी भइरहेकोले नाताले मेरो पनि त्यही मत हो ।

    यसै क्रममा हामीले पोखरा र लेखनाथलाई एक ठाउँमा जोडेर लेखनाथ महानगरपालिकाको रुपमा प्रस्ताव गर्‍यौं । प्रदेश नम्बर ४ लाई स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, गोरखा मात्र हैन, मनाङ र मुस्ताङसम्म जोडेर ग्रेटर पोखराको अवधारणामा लैजान खोज्यौं ।

    यो सँगसँगै पोखरा महानगरभित्रका साना-साना सिटीहरुलाई र अलि टाढाका स्याटेलाइट सिटीहरु हामीले निर्माण गर्नुपर्छ । सिक्लेस, घान्द्रुक, पुनहिल, धम्पुस, मट्टिखान जस्ता साना सांस्कृतिक गाउँहरु पनि निर्माण गर्नुपर्छ । पोखराको केन्द्रबाट ५० किलोमिटर क्षेत्रभित्र डबल लेन, फोर लेनका सडकसहितका ती स्याटेलाइट सिटी बनाउन सकियो भने पोखरामा चाप कम हुनेछ । त्यस अनुसार हामी समग्र विकासमा फैलिनुपर्छ । ती स्याटेलाइट सिटीहरुको कहीँ मेडिकल, कहीँ प्रकृति संरक्षण, कहीँ पर्यटन, कहीँ शिक्षा लगायत बेग्लाबेग्लै परिचय स्थापित गर्न सकियो भने साँचो अर्थमा समृद्धि आउनेछ ।

    अर्कातिर, यी दुई परियोजना सफल भएर ग्रेटर पोखराको सपना सजाइरहँदा भोलि माइग्रेसन बढेर पोखरा कुरुप होला भन्ने आशंका पनि छ । पूर्वाधार विकासका क्रममा पर्यावरणमा क्षति होला कि भन्ने डर पनि मानिएको छ । त्यस कारण यसतर्फ पनि हामी चिन्तित छौं ।

    ठूला पूर्वाधारले भौतिक विकास त हुने भो तर पर्यावरण सन्तुलन हामी कायम गर्न सक्छौं कि सक्दैनौं ? सबैभन्दा पर्यावरणीय सन्तुलन महत्वपूर्ण कुरा हो ।

    ग्रेटर पोखरालाई हामीले धेरै जनसंख्या भएको शहरभन्दा पनि धेरै हरियाली भएको र वातावरणमैत्री शहर बनाउने हो । हामी अहिले सडकमा जति खर्च गर्दै छौं, भोलि पर्यावरण विकासमा पनि त्यति नै खर्च गर्न सक्ने गरी त्यस्तो फराकिलो ठाउँ भएको शहर बनाउन खोजेको हो ।

    त्यस कारण हरियाली भएको पोखरा र यसको संरक्षणको क्षेत्रमा हामीले उत्तिकै काम गर्नुपर्छ । फेवातालसहितका अन्य तालतलैयाहरुको संरक्षण गर्ने र हिमाललाई बचाउने कुरा महत्वपूर्ण छ ।

    हामीले पोखरामै सबै कुरा केन्द्रिकृत नगरौं  । हामीले एउटा रिङरोड बनाउने परिकल्पना गरेका छौं, तर रिङरोड वरपर मान्छे बसाउन होइन । मान्छे आउजाउ गरुन् भनेर हो ।

    हामीले भौतिक विकास भएको यो पोखरामा स्मार्ट पोखराको पनि अवधारणा ल्याइरहेका छौं । स्मार्ट पोखरालाई मेगा पोखरा बनाउने सोचेका छौं । एउटा त योजना नै सुरु भइसक्यो । तनहुँको दमौलीबाट पोखरा आइपुग्दा बीच-बीचमा दमौली, दुलेगौंडा, खैरेनी जस्ता स्याटेलाइट सिटीहरु निर्माण गर्दै ल्याउने योजना छ, ता कि पोखरामा चाप कम होस् ।

    पोखराको थप विकास र व्यवस्थापनको लागि मास्टर प्लान ल्याउने बेला भइसक्यो । योजना बन्ने काम केही समय अगाडिदेखि बढिरहेको छ । यसका केही तथ्यांक सार्वजनिक पनि भएका छन् ।

    म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, पोखरा जनसंख्याको हिसाबले तेस्रोबाट चौथो र पाँचौं भयो भनेर चिन्ता मान्नुपर्ने विषय होइन । किनभने पोखरा धेरै जनसंख्या बस्ने शहर हुनुपर्ने होइन, धेरै पपुलेसन अर्थात् पर्यटक बाहिरबाट ल्याउने शहर हुनुपर्छ । धेरै मान्छे आएर बसोबास गर्ने शहर बनाउने हो भने त यो काठमाडौं भइहाल्यो नि !

    हामीले तीन वटा तहबाट सोच्नुपर्छ, एउटा डाउनटाउन पोखरा व्यवस्थित पार्ने, यसपछि पोखराको आसपासको पूर्वाधार विकास र ग्रेटर पोखराको अवधारणा अनुसारको विकास अनि त्यसपछि पोखराबाट लुम्बिनी, चितवन, कर्णाली र डोल्पासम्मको फराकिलो क्षेत्र । किनकि अहिलेको समयमा ती ठाउँसम्म पुग्नका लागि चाहिने कुरा कनेक्टिभिटी हो ।

    ती ठाउँहरुमा पुग्दा हरेक ठाउँमा कुनै न कुनै पर्यटकीय प्रडक्ट तयार पार्नुपर्छ । त्यस्तो ठाउँ हामी सिक्लेसलाई बनाउन सक्छौं । घान्द्रुक, बन्दीपुर जस्ता धेरै ठाउँ छन् हामीसँग । यस्ता धेरैभन्दा धेरै पर्यटकीय प्रडक्ट उत्पादन गर्ने कुरामा पोखरा र आसपासको क्षेत्र लाग्नुपर्छ । सब माइग्रेसन भएर यहाँ आऊन् भनेर सोच्ने होइन, सबै जना यहाँ घुम्न आऊन् भनेर काम गर्ने हो । अहिले पनि आन्तरिक पर्यटनको धेरै हिस्सा पोखराले नै ओगट्छ, बाहिरका पर्यटक पनि यहीँ आऊन् । यो भिजनमा पोखरेलीहरु पनि स्पष्ट हुनुपर्छ ।

    परियोजना सफल भएपछि यहाँ आउने २०-३० लाख पर्यटकहरुलाई लक्जरीयस सुविधासहित साहसिक पर्यटन र सबै खालका सुविधा दिन सक्ने अवस्था हामीले निर्माण गर्नुपर्छ । यहाँ खेलकुद पर्यटनको पनि निकै सम्भावना देखिन्छ । साहित्यिक-सांस्कृतिक पर्यटनको पनि सम्भावना छ । अरु कुन कुन सेक्टरलाई हामीले तान्न सक्छौं, कुन कुन सेक्टरको प्रडक्ट बनाउन सक्छौं त्यसमा हामीले ध्यान केन्द्रित गर्नुपर्छ ।

    खासगरी अहिले हामीले लेखनाथ र पोखराको एकीकृत विकासको गुरुयोजना अगाडि बढिरहेको छ । त्यसमा काम भइरहेको छ । मलाई लाग्छ केही महिना पछाडि प्रारम्भिक कुरालाई अगाडि सार्नेछौं । तत्कालका लागि हामीले पूर्वाधार विकासको काम अगाडि बढाएका छौं । दमौलीबाट यहाँ आउने कामको त सुरुवात भइसकेको छ, अरु ठाउँको पनि कसरी निर्माण गर्ने ? कहाँ-कहाँ महत्वपूर्ण एक्सेस बनाउने ? पोखराबाट ती ठाउँहरुसम्म पुग्न ४० मिनेटभन्दा बढी समय नलागोस् ।

    पोखरालाई केन्द्र बनाएर ग्रेटर पोखराको अवधारणामा जाँदा पर्वत, गोरखा, स्याङ्जा, मनाङ, मुस्ताङ लगायत ठाउँलाई आधार मान्दा ती ठाउँहरुसम्म पुग्ने सडक र अरु पूर्वाधारहरुको कसरी निर्माण गर्ने भनेर लागेका छौं । चक्रपथ वा अरु माध्यमबाट पनि सबैलाई जोड्न सकौं भनेर हामी एकदमै प्राथमिकताका साथ लागेका छौं । साथै स्मार्ट सिटीको प्राविधिक हिसाबको पूर्वाधारका लागि पनि लागिरहेका छौं । यी दुइटा कुरा अहिले अघि बढिसकेको छ । तर, समग्र मास्टर प्लानको कुरा गर्दा हामी सामाजिक, आर्थिक, भौतिक पूर्वाधार तथा वातावरणीय संरक्षणको हिसाबबाट हामी लाग्नुपर्नेछ । यस क्रममा पोखराको मात्र मास्टर प्लानले पुग्दैन, बृहत्तर पोखराको मास्टर प्लान चाहिन्छ । त्यसमा हामीले काम सुरु गरेका छौं र अझै प्रभावकारी रुपमा काम अगाडि बढाउनेछौं । आफू विकास समितिको सभापति भएकोले अधिकार भएकोले म यो विश्वासका साथ भन्न चाहन्छु ।

    (पोखरामा जारी नेपाल साहित्य महोत्सवमा ‘पोखरा अबको परिकल्पना’ शीर्षकको सत्रमा कास्की क्षेत्रका सांसद तथा संसदीय विकास समितिका सभापति अधिकारीले राखेको विचारको सम्पादित अंश)

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.