×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

माघी पर्वको महिमा

  •  
  • शनिबार, माघ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कमला रेग्मी

    हाम्रो देश नेपाल संस्कृतिको सङ्ग्रहालय हो, पाठशाला हो अनि ज्ञानको अपार सागर हो ।  धार्मिक सहिष्णुताको सुन्दरसङ्गम, चाडपर्व, भेषभूषाको सज्जासज्जा, त्यसमा रोमाञ्चकारी परिवेशमा रम्ने मनोविज्ञानसँग नेपाली स्वाभिमान र पहिचान गाँसिएको छ ।  सगरमाथाको शिर, चन्द्र सूर्य फहराएर दिएको रातो दिनको दिव्य ज्योति र शितलतासँग वीरताको पुख्र्यौली इतिहास हाम्रा लागि नासो हो ।  एकातिर बहुजातीगत पहिचान, अर्कातिर प्रकृतिको विश्वगुणको सङ्गम नेपाली अनेकताको एकतामा ब्रह्मशक्ति समाहित छ ।
    पर्वका गर्वमा गाँसिएको सांस्कृतिक पाटो रहेछ– माघ महिनाको समावेशी महिमा ।  माघी पर्वसँग अलिकति मन जोड्दा त्यहाँ धार्मिक सन्दर्भ, एकताको सुन्दर इतिहास गाँसिदो रहेछ अनि सुकोमल अभिव्यञ्जना निर्वाध झल्किन्छ ।  माघी पर्व, मकर सङ्क्रान्ति या माघे सङ्क्रान्तिका नामले चिनिने माघ महिनाको पहिलो दिनलाई हेर्दा त्यहाँ जातिगत एकताको अनौठो सङ्गम रहेछ ।  शास्त्र, पुराणभरि धार्मिक र सांस्कृतिक महिमाले युक्त भएर माघी महात्म्यसँग कर्णप्रीय कथा बोल्दो रहेछ ।
    kamala regmiज्योतिष शास्त्रअनुसार सौर तिथिको हिसाबमा यो महिनाबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेर उत्तरायण सुरु हुने दिन रहेछ मकर सङ्क्रान्ति ।  पूर्वीय शास्त्रमा नदी, जलाशय, तलाउमा मकर स्नान गर्ने अनि देवी देवताको पूजा आराधना गरी ईश्वरका भजन कीर्तन गर्ने यो दिनको महिमाको रौनकसँग नेपाली पवित्रताको दृष्टान्त झल्किन्छ ।  हुन त सूर्यले सबै राशिसँग सम्बन्ध गाँसेको भए पनि साउनको कर्कट सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई धार्मिक रूपले महìवपूर्ण मानिन्छ ।  समय परिवर्तनका हिसाबमा सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्पm जाने हुनाले दिन लामा र रात छोटा हुँदै जाने तथा हिउँद सकिएर वर्षायामको सुरुवात हुने आधारमा यो पर्व बढी चर्चित छ ।  उत्तरायणका दान, पुण्य तथा विशेष पूजाअर्चना कार्य शुभ मानिने धार्मिक नीतिअनुसार पुसमा नभएका विवाह र व्रतबन्धका मुहूर्त सुरु हुन्छन् ।  पुसको पूर्णिमाबाट प्रारम्भ भएको श्री स्वस्थानी व्रतको समापन माघको पूर्णिमामा हुने हुनाले माघ आपैmँमा पावन छ ।
    दोलालघाट, पनौती, देवघाट, कावेरी, तमोर नदीजस्ता जलाशयका आस्थासँगै भारतका गङ्गासागरलगायतका नदी तटमा स्नान, दान श्राद्धद्वारा पितृस्मरण तथा सम्मानले मकर सङ्क्रान्ति पावन पर्वका रूपमा लिइन्छ ।  शास्त्रमा यस दिनमा गरिने  गङ्गासागर र प्रयागका स्नानलाई महास्नान भनिन्छ ।  पौराणिक इतिहासलाई नियाल्दा महाभारतका भिष्म पितामहले यही दिनमा आफ्नो इच्छा मरणका लागि मृत्युलाई रोजेको कथ्य झनै प्रेरणाप्रद लाग्छ ।  त्यस्तै गरेर भगिरथले गङ्गालाई आजैका दिनमा सागरमा मिलाएको हिन्दु धार्मिक विश्वास छ ।  यो दिनसँग जातिगत एकताको सङ्गम प्रष्टिन्छ ।  थारू जातिका लागि माघी पर्वले नयाँ वर्ष तथा मुख्य पर्वको उपमा लिन्छ, तराईका मैथिलीका लागि तिला पर्व माघ १ गते नै पर्छ अनि नेवारका लागि घिउ चाकु पर्व हुँदै मगर जातिसँग आफ्नै मान्यता र संस्कृतिको सम्बन्ध जोड्छ ।  मगरका लागि चेलीबेटीलाई मिस्रोले पूज्ने पर्वको रूपमा बढी मानिएको बुझिन्छ ।  तीन दिनसम्म मनाउने मगर जातिका बालकहरूले धनुर्वाण खेल्ने, घर तरुल र वन तरुल खन्ने तथा चेलीबेटीलाई पूजा गरेर दक्षिणा दिने चलनसँग यो पर्व जोडिएको छ ।  बुढापाकाले पैसारु÷पैचारु नाच नाचेर रमाइलो गर्ने चलन छ भने अन्तिम दिनमा तारो हान्ने चलनमा मगर जाति रम्छ ।  धेरै नेपालीका लागि यो तरुल खाने पर्वको रूपमा स्थापित छ ।
    नेपाली बहुल जातिलाई एकै दिन विविध मूल्य मान्यताले जोड्ने माघी पर्व नेपाली एकताको सबल उदाहरण बन्दै गएको छ ।  शिशिर ऋतुको पहिलो महिनाको रूपमा रहेको यो महिनामा मास हालेर पकाएका तेल, तिल, घिउ चाकु र खिचडीजस्ता परिकार खानाले चिसोबाट मुक्त भई शरीरका छालाजन्य रोग कम हुने वैज्ञानिक तथ्य गाँसिएको छ ।  तिलका सिठाको आगो ताप्ने चलनसँग लुकेको विज्ञान अनि सरसफाई गरेर शुद्ध बस्नु पर्ने परम्परालाई नियाल्दा चिसोका कारण शरीरबाट फाल्न नसकिएका र बाँकी रहेका मयल धोइने वैज्ञानिक पाटोलाई यसले समेटेको छ ।
    जातिगत, सामाजिक, भौगोलिक र सांस्कृतिक महìव बोकेको यो पर्व नेपाल र नेपालीको आस्था र विश्वासको केन्द्र हो ।  विभिन्न वर्गले भिन्नभिन्न रूपमा मनाउने यो पर्वसँग हाम्रो सान, हाम्रो पहिचान अनि एकताको स्वाभिमानी वैशिष्ट्यता रहेको अनुभूति हुन्छ ।  गाउँघर तिरका केटाकेटीलाई त झन् जङ्गल, भीर, पाखामा वनतरुल खनी खोस्री खाने आफ्नै बाल उमङ्ग सागर जाग्छ ।  सार्वजनिक विदा परेकाले विशेष गरेर वनभोज जाने, रमाइलो गर्ने तथा विभिन्न नाचगानका कार्यक्रमसँग आजभोलि यो पर्व निकै नै रोमाञ्चकारी बन्दै गएको अनुभूत हुन्छ ।
    माघ एक गतेका दिनमा इलामको माईबेनीमा लाग्ने मेला, रुरुको रिडीमा तीन दिनसम्म लाग्ने मेला मात्र नभई सुनसरीको बराहक्षेत्र जस्ता विभिन्न स्थानमा हुने पूजा आराधनाले नेपाली सांस्कृतिक पहिचानलाई उच्च बनाएको छ ।  ऋषिकेशको भीड, कालीगण्डकी, देवघाटजस्ता स्वदेशी भूमि तथा भारतका थुप्रै क्षेत्रमा यो पर्वले हाम्रो सांस्कृतिक गौरवको गाथालाई कसेको छ ।  यो पर्वलाई आर्थिक हरहिसाब मिलाएर नयाँ आर्थिक वर्ष सुरु गर्ने पर्व मानिन्छ ।  त्यस्तै घरको कार्यभार सुम्पने र ग्रहण गर्ने जस्ता मर्मज्ञ विषय जोडिएका कुरा इतिहास, पुराणका व्यावहारिक संस्कार र अनमोल खजाना हुन् ।  अतः धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक, वैज्ञानिकलगायतका विषयसँग यो पर्वले नातो गाँसेको स्पष्टै हुन्छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.