×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पानी कि बिजुली ?

  •  
  • मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     शीतलबाबु रेग्मी

    नेपालमा जलस्रोतको बारेमा बहस हुँदा स्पष्ट रूपमा दुई विचारधारा प्रकट हुने गरेका छन् । पहिलोमा नेपालको पानी बगेर खेर गइरहेको छ त्यसकारण हामीले अविलम्ब जलविद्युत् उत्पादन गरेर यसको उपयोग गरिहाल्नुपर्छ र अन्य उपयोगलाई पर्खेर समय गुमाउनु हुँदैन भन्ने गरिन्छ ।

    दोस्रो विचारधारामा जल, हावा, घाम, कोइला, आदिबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ, तर पानीको विकल्प छैन । तसर्थ पानीको खास उपयोगलाई प्रथम प्राथमिकतामा राख्नुपर्छ र जलविद्युत्को उत्पादन त्यसपछि मात्र आउनुपर्छ भन्ने रहेको छ ।

    यो बहस थियो, छ र रहिरहनेछ । कसरी अघि बढ्ने भन्ने विषय विज्ञ, राजनेता तथा सरोकारवालाबीच मतैक्य गरी सोहीअनुसार राष्ट्रिय नीतिमा निर्धारण हुनुपर्छ । यो विषय जलस्रोत नै मुख्य प्राकृतिक स्रोत भएको नेपालजस्तो मुलुकको लागि अति आवश्यक र महत्वपूर्ण छ ।

    नेपालमा कतिपयले बिजुली भनेको जलस्रोतकै अर्को रूप हो भनेर बुझ्ने गरेका छन् । यसो हुनुको मुख्य कारण हामीलाई बच्चादेखि नै ‘नेपाल जलस्रोतमा विश्वमै ब्राजिलपछिको दोस्रो धनी देश हो’ र डा. हरिमान श्रेष्ठको विद्यावारिधि गर्दाको सन् १९६० को दसकको निष्कर्षअनुरूप ‘नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट छ’ भन्ने कुराको छाप परेकोले हुनुपर्छ ।

    पानी कि बिजुली ?चीनको तीन सय १, संयुक्त राज्य अमेरिकाको एक सय दुई र ब्राजिलको ८९ मेगावाट जलविद्युत्को जडान क्षमता निर्माण भइसकेको हालको अवस्थामा पनि नेपालमा ‘नेपाल जलस्रोतमा दोस्रो धनी देश’ हो भन्नेहरू अझै छन्, जुन कुरा कुनै पनि तथ्यांकले स्थापित हुँदैन । प्रतिव्यक्ति पानीको पर्याप्तताको हिसाबले पनि नेपाल निकै पछि छ । नेपाल जलस्रोतमा धनी देश भने पक्कै हो ।

    नेपालको जलस्रोत ऐनले तोकेको प्राथमिकताअनुसार पहिलोमा गार्हस्थ उपयोग र त्यसपछि क्रमशः सिँचाइ, अन्य कृषि उपयोग, जलविद्युत्, उद्योग, जल यातायात आदि रहेको छ । यसअनुसार जलविद्युत्ले चौथो प्राथमिकता पाएको छ । ऐनले देशको जलउपयोगको लागि गरिने कार्यहरूको प्राथमिकता तोकिएअनुसार जलस्रोतको उपयोग हुन आवश्यक छ ।

    आइरल्यान्ड विश्वभरिमा सबभन्दा बढी विद्युत् खपत गर्ने देश हो । विश्व बैंकको सन् २०१३ को तथ्यांकअनुसार यहाँ प्रतिव्यक्ति प्रतिवर्ष ५४,७९९ युनिट बिजुली खपत हुने गरेको छ । सोही रिपोर्टअनुसार नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १२८ युनिट बिजुली मात्र खपत भइरहेको छ । दक्षिण एसिया विश्वमै कम विद्युत् खपत गर्ने क्षेत्र हो, जहाँ प्रतिव्यक्ति प्रतिवर्ष ६७३ युनिट बिजुली खपत हुन्छ ।

    कम ऊर्जा खपत गर्ने दक्षिण एसियाको तुलनामा नेपालमा हुने खपत पाँच खण्डको एक खण्डभन्दा पनि कम छ । यस तथ्यांकबाट हामी नेपालको दयनीय विद्युत् उत्पादन र खपतको अवस्था थाहा हुन्छ ।

    ऊर्जा खपत र मानव विकास सूचकांकको सीधा सम्बन्ध रहेको छ । दोस्रो सबभन्दा बढी विद्युत् खपत गर्ने देश नर्वे मानव विकास सूचकांकको तालिकामा पहिलो राष्ट्र रहेको छ भने अन्य बढी विद्युत् खपत गर्ने राष्ट्रहरू पनि सो सूचीको सिरानमा छन् । नेपाल ऊर्जा खपत र मानव विकास सूचकांक दुवैको तालिकामा पुछारतिर रहेको छ ।

    तसर्थ नेपालले विद्युत् उत्पादनलाई प्राथमिकतामा राख्नुपर्नेमा दुईमत हुन सक्दैन । हालको जलविद्युत् विकासको गतिमा नेपालले अरू तीव्रता ल्याउन अपरिहार्य भइसकेको छ ।

    नेपालमा प्रशस्त जलस्रोत रहे पनि यसको निकै कम प्रयोग हुन सकेको छ । कृषि क्षेत्र नेपालको सबभन्दा बढी पानी प्रयोग गर्ने क्षेत्र हो । यस क्षेत्रमा नेपालको कुल पानी प्रयोगको ९६ प्रतिशत पानी प्रयोग हुने गरेको छ, त्यसपछि गार्हस्थ उपयोग, उद्योग आदि पर्दछन् ।

    नेपालमा कृषि उत्पादकत्व निकै कम रहेको परिप्रेक्षमा सिँचाइ सेवामा वृद्धि गरी उत्पादकत्व बढाउन सरकारले उच्च प्राथमिकता दिनुपर्ने हुन्छ । खानेपानीलगायत अन्य प्रयोगमा पनि जोड दिन आश्यक छ । नेपालमा मनोरञ्जनात्मक र साहसिक पर्यटन प्रवर्धनको लागि पनि जलस्रोत क्षेत्रले महत्वपूर्ण टेवा दिन सक्छ ।

    पानीको पारम्परिक उपयोगबाहेक अन्य उपयोगहरूमा हाल आएर निकै वृद्धि हुन थालेको छ । यसमा बोतल गरिएको पिउने पानीले महत्वपूर्ण अंश ओगटेको छ । हाल आएर बोतल बन्द पानीको खपतमा हरेक वर्ष दोहोरो अंकमा वृद्धि हुन थालेको छ र हल्का पेय पदार्थको बिक्रीलाई उछिन्ने अवस्थामा पुगेको छ ।

    ट्रान्सरेन्सी मार्केट रिसर्चको अध्ययनअनुसार बोतल बन्द पानीको सन् २०१३ को व्यापार एक सय ५७ अर्ब अमेरिकी डलर थियो भने सन् २०२० मा यो दुई सय ८० अर्ब पुग्ने र खपत ४६५ अरब लिटर पुग्ने अनुमान गरिएको छ । यसको वृद्धिदर विकसित देशमा भन्दा विकासशील देशमा अधिक रहेको छ ।

    विश्वमा राम्रो र महँगो मिनरल पानी फ्रान्सको आल्पस पर्वतमालामा उत्पादन हुँदै आएको छ । यहाँको ‘एभिएन’ ‘पेरिए’ जस्ता ब्रान्डका पानी विश्वभरि नै प्रख्यात छन् । हाल आएर चीन संसारभरमा बोतल बन्द पानीको सबभन्दा ठूलो उत्पादक तथा प्रयोगकर्ता हुन पुगेको छ ।

    तिब्बतको नियान्किङ डोङगुला पर्वतको पाँच हजार एक सय मिटर उचाइमा रहेको हिमनदीको मुहानबाट उत्पादित ‘तिब्बत ५१००’ ब्रान्डको प्राकृतिक स्रोतको पानी अहिले विश्वको उच्चकोटीको पानीमध्ये एक मानिन्छ । कहलिएका ब्रान्डका पानीको प्रतिलिटर मूल्य एक डलरभन्दा बढी हुने गरेको छ ।

    हामीले ‘पानी कि बिजुली ? ‘ भन्ने बहसमा होइन, ‘पानी र बिजुली दुवै’ भन्ने सोचअनुसार अघि बढ्दा उपयुक्त हुन्छ । पानी र बिजुलीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आए हामीले पानीलाई नै रोज्नुपर्छ ।

    नेपालका हिमालयमा यस्ता धेरै प्राकृतिक स्रोतहरू रहेका छन् । यसलाई पत्ता लगाई उपयोग गर्न सकेमा नेपालको लागि यो वरदान सावित हुन सक्छ । विश्वकै उच्चतम र पवित्र हिमशृंखलामा रहेको स्रोतको विशुद्ध पानी अन्य कुनै पनि ‘ब्रान्ड’ भन्दा कमजोर हुने छैन ।

    ‘गंगाजल’ भनेर घरघरमा धेरै पहिलेदेखि गंगाको पानी रहँदै आएको परम्परा भएको यस क्षेत्रमा पानी उद्योग विश्वमा नै प्रतिस्पर्धा गर्ने गरी स्थापना गर्न नसकिने कुनै कारण छैन । पानी उद्योग कम लगानीमा स्थापना गर्न सकिने हुनाले नेपालमा यो क्षेत्र जलविद्युत्भन्दा बढी सम्भावना भएको क्षेत्र हो । पानीको अभाव रहेको धनी अरव राष्ट्रहरूसँग सहकार्य हुन सकेमा यस क्षेत्रले नेपालमा छोटो समयमा फड्को मार्न सक्छ ।

    नेपाल प्रशस्त सम्भावना रहेको देश हो र जलस्रोत क्षेत्रले यसमा प्रमुख स्थान लिएको छ । तसर्थ नेपालले जलस्रोतको विभिन्न उपयोगबाट लिन सकिने अधिकतम फाइदा लिने गरी आफ्ना नीति, कार्यक्रम र योजनाहरू बनाउनुपर्छ ।

    पानी जीवनको लागि अपरिहार्य भएको र विश्वमा पानीको संकट बढ्दै गएको हालको अवस्थामा नेपालले जलस्रोतको सही र बहुउपयोगबाट देशको समृद्धिमा ठूलो टेवा मिल्ने कुरालाई ध्यानमा राखेर आफ्नो नीति तथा योजनाहरू कार्यान्वयन गर्न उपयुक्त हुन्छ ।

    जलविद्युत्बाट राम्रो आर्थिक फाइदा लिन सकिन्छ, तर यसका विकल्पहरू पनि छन् । सिँचाइ, घरेलु र वातावरणीय प्रयोगजस्ता कार्यमा उपयोग हुने पानीको विकल्प छैन । तसर्थ तत्कालीन फाइदा मात्र हेरेर लगानी गर्नुभन्दा देशले दीर्घकालीन सोच राखेर कार्य गर्नुपर्ने हुन्छ । नेपालले बिजुलीमा मात्र केन्द्रित भएर र पानीको अन्य महत्वपूर्ण उपयोग बिर्सेर जलस्रोतसम्बन्धी सम्झौता गरेमा देशको लागि दीर्घकालीन रूपमा हितकारी हुने छैन ।

    हामीले ‘पानी कि बिजुली ? ‘ भन्ने बहसमा होइन, ‘पानी र बिजुली दुवै’ भन्ने सोचअनुसार अघि बढ्दा उपयुक्त हुन्छ । पानी र बिजुलीमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आए हामीले पानीलाई नै रोज्नुपर्छ । ‘पानी भनेको जीवन हो’ र संसारमा यसको अभाव बढेसँगै महत्व र मूल्य पनि बढ्दै जानेछ । जलस्रोतको सही उपयोग नेपालको समृद्धिको एक महत्वपूर्ण माध्यम हुनेमा विश्वस्त हुन सकिन्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, पुष १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.