×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ओलीको समाजशास्त्रः मार्क्सवाद हो कि महाभारत ?

  •  
  • बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्थानीय तहजस्तै प्रदेश जति बनाए पनि देश टुक्रिँदैन

    अरुण बराल

    यसैसाता बुटवलमा आयोजित जनप्रदर्शनको भोलिपल्ट मिडिया कभरेजबारे सामाजिक सञ्जालमा दुईखाले टिप्पणी आएः एकथरिको प्रतिक्रिया थियो- बुटवलमा भएको यति ठूलो, विशाल जनप्रदर्शनबारे राम्रो कभरेज नगर्ने मिडियाकर्मीहरु ‘राष्ट्रघाती हनुमान’ हुन् ।’ र, अर्काथरिले सोसियल मिडियामा लेखे- ‘मधेसमा भएको त्यति ठूलो र लामो प्रदर्शनलाई ‘विशाल’ नदेख्ने, तर ‘बुटवलमा विशाल प्रदर्शन भयो’ भनेर लेख्ने मिडियाकर्मीहरु ‘नश्लवादी’ हुन् ।

    हाम्रो देश अहिले चरम ध्रुवीकरणतिर गइरहेको छ । यस्तोबेलामा जे बोल्दा पनि एउटा लाञ्छना लागि हाल्छ, र नबोल्दा पनि लागि नै हाल्छ । र, यसको सबैभन्दा ठूलो मार मिडिया, त्यसमा पनि अझ बढी अनलाइन मिडियाहरु पर्न थालेका छन् । पहाडे र मधेसीको कुरा नगरौं, मधेसी समुदायलाई अपमानित हुने सम्प्रदायिक कुरो नगरौं, भन्यो भने ‘भारतीय दलाल’ ‘हनुमान’ र ‘भारतीय दूताबासको पैसा खाएर लेखिएको’ भन्नेजस्ता आरोपहरु लाग्ने गर्छन् ।

    आफ्नो आलोचना गर्ने वा आफूसँग असहमत हुनेजति सबैलाई भारतीय दलाल र भारतको पैसा खाएको आरोप लगाउनुले पक्कै पनि राष्ट्रवादको पहिचान दिँदैन । बहसलाई नै निषेध गर्ने सामन्ती संस्कार नेपालमा यसरी बढिरहेको छ कि यसले केही समयअघि भारतको जवाहरलाल विश्वविद्यालयबाट सुरु भएको बहसको झल्को दिएको छ ।

    इमान्दारितातापूर्वक बहस गर्दा अनेकौं लाञ्छना लगाउने काम गरिए पनि केही विषय यस्ता छन्, जसमा मिडियाले बहस नगरी चुप लागेर बस्ने स्थिति छैन । त्यसैले यहाँ केही सामयिक विषयहरुमा बहस अगाडि बढाउने दुस्साहस गरिएको छः

    १. देश बहुजातीय, आँखा एकजातीय 

    केही समय पहिले सुकेधाराको एउटा चिया पसलमा ताप्लेजुङ निवासी एकजना प्रौढ ब्राह्मण भेटिए । गफको सिलसिलामा उनले चिन्तित मुद्रा बनाउँदै दुखेसो पोखे । जातपातको कुराले देश बिग्रियो, देशै टुक्रिन लाग्यो । यो जातपातको कुरो माओवादीले ल्याएको हो, मधेसीले ल्याएको हो, जनजाति पार्टीले ल्याएको हो । जातिको कुरोले देश खत्तमै भयो । आदि आदि ।

    मैले उनलाई भनें- हो, बाले सही कुरा भन्नुभयो, जातको कुरो नगरौं । तर, तपाई पनि आखिर जातकै कुरो त गरिरहनुभएको छ नि । दिनमा २४ घण्टा हुन्छ, तर तपाई २५ घण्टा यही जाज जात भनिरहनुभएको छ ।

    मैले थपें- ऊ त्यहाँ बाटोमा हेर्नुहोस् त, राजधानीको बाटो अहिलेसम्म कच्ची छ, कसले गर्दा राजधानीमा समेत विकास भएन ? प्रजातन्त्र आएको ३० वर्ष बित्न लागिसक्यो, तर कसले गर्दा यो देश भन् झन् परनिर्भर र गरीब बन्दै गयो ? कसले बिगार्‍यो हाम्रो देश ? अहिलेसम्म सत्तामा को थियो ? एमाले थिएन ? कांग्रेस थिएन ? पञ्चहरु थिएनन् ? यिनै केपी ओली र उनको पार्टी थिएन सरकारमा ? किन बनेन देश ? हो, यसबारे कुरा गरौं । अब जातका, लिङ्गका र सम्प्रदायका कुरा नगरौं ।

    यति भन्दा पनि उनले फेरि जातकै कुरा गरे । उनले निरंकुश पञ्चायती समाजको समर्थन गर्दै भने- जातपातको कुराले गर्दा हाम्रो देश बिग्रियो । पञ्चायतकालमा कस्तो राम्रो थियो, अहिले जातपातले गर्दा बिग्रियो ।

    कुरा गर्दैजाँदा उनले जातीय प्रथाको समर्थन गरे । शुद्र जाति आफ्नो चरित्रले गर्दा भएको हो भन्न थाले । सतीप्रथा पनि त्यो बेलाको समयमा सही थियो भन्ने तर्क गर्न थाले । उनले संघीयता, जातीय पहिचान, धर्म निरपेक्षता र समावेशिताको खुलेर विरोध गरे । सुरुमा जातपातको कुरो नगरौं भन्ने ती ब्राह्मण एकाएक हिन्दुधर्म र वर्णाश्रम व्यवस्थाको समर्थन गर्नतिर लागे ।

    चिया पसलमा भएको यस्तो बहसका चश्मदीत साक्षी हुन्- धरान नगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राई ।

    ***

    ०४६ सालको परिवर्तन धेरै मानिसहरुलाई मन परेको थियो । पछि बहुदलीय व्यवस्थामा जेजस्ता विकृति र चुनौतीहरु देखिए, समाजका पुरातनपन्थीहरुले बरु पञ्चायतै ठीक थियो भने । उनीहरुकै काँधमा चढेर तत्कालीन राजा ज्ञानेन्द्रले पञ्चायत फर्काउने कोसिस पनि गरे । तर, प्रजातन्त्रको विकल्प निरंकुश शासन हुन सक्दैनथ्यो र भएन पनि ।

    प्रजातन्त्रमा देखिएका कमजोरी हटाएर अघि बढ्नुबाहेक निरंकुश एकदलीय व्यवस्थातिर फर्किने बाटो कुनै पनि हालतमा सही थिएन । तै पनि हामीसँग अझै केही पूर्वपञ्चहरु छन्, उनीहरु प्रजातन्त्रलाई भन्दा पञ्चायतीतन्त्रलाई राम्रो व्यवस्था ठान्छन् ।

    यसैक्रममा हामीकहाँ ०६३ सालपछि अर्को राजनीतिक परिवर्तन आयो । यो परिवर्तनले दुईचारवटा थप कुराहरु ल्यायो । देश एकात्मक अवस्थाबाट संघात्मक बाटोमा गयो । राजतन्त्रको अन्त्य भए जनताका छोराछोरी राष्ट्र प्रमुख चुनिने प्रणाली आयो । र, अर्को प्रगति भनेको जातीय आरक्षण अर्थात् समावेशिताको प्रणाली पनि आयो ।

    तर, नेपाली समाजको आवश्यकताले सिर्जना भएका यी परिवर्तनहरु धेरै मानिसहरुलाई पचेको छैन । विशेष गरी विगतको संस्थापन पक्षलाई यो परिवर्तन जचेको छैन । ताप्लेजुङका ती समान्य ब्राह्मण हुन् या नेकपा एमालेका अध्यक्ष केपी ओली हुन्, उनीहरुलाई संघीयता मन परेको छैन । उनीहरुलाई समावेशिता एवं आरक्षण बहुजातीय देश सुहाउँदो नीति हो भने या त मन परेको छैन, या या उनीहरुले यसलाई बुझ्न सकिरहेका छैनन् ।

    प्रश्न सोध्यो भने सबैले भन्छन्- नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक देश हो । तर, व्यवहारमा उनीहरु एकजातीय देशमा जस्तो नीति भइदेओस् भन्ने चाहन्छन् । देशचाँहि बहुजातीय तर आँखाचाँहि एकजातीय भइदिँदा मीठो धुन आउन सकेको छैन ।

    केपी ओली वा अरु कसैले चाहेर होस् या नचाहेर पनि नेपालमा विभिन्न जातजाति र भाषाभाषीका समुदायको बसोबास छ । मधेसी, थारु, मुस्लिम, मंगोल, जनजाति, दलित र खस आर्यसमेत मिलेर यो देश बनेको छ । यी सबै जातजातिले देशमा अपनत्व महसुस गरेर बस्न पाउनुपर्छ । तबमात्रै देशमा शान्ति हुन्छ । विकास र स्थायित्व हुन्छ । कुनै पनि राजनेताले एउटा जातिलाई च्याप्ने र अर्को समुदायलाई राष्ट्रघाती भन्दै विरोध गर्ने नीतिले राष्ट्रिय एकता हुन सक्दैन ।

    बहुजातीय देशको राजनेता त्यो मात्रै हुन सक्छ, जसले जातीय विद्वेष फैलाउने कुरो गर्दैन । तर, यसो गर्नुभन्दा ती नेताले के थाहा पाउनुपर्छ भने नेपालमा अहिले भइरहेको जातीय बहसको कारक के हो ? को हो ? के माओवादी वा आइएनजीओ वा मधेसी वा जनजाति वा अरु कसैले गर्दा नेपालमा यस्तो समस्या आएको हो ? कि यसको कारकतत्व अर्कै छ ? नेताहरुले यसबारे अध्ययन अनुसन्धान गर्नुपर्छ । रिसर्च गर्नुपर्छ र मात्रै बोल्नुपर्छ । पञ्चायतकालमा पहाडेहरुले मधेसी समुदायलाई ‘भैया’ भनेर हेपेजसरी हेप्नेखालको सामन्ती नश्लवादी राजनीतिले नयाँ नेपाल बन्न सक्दैन ।

    ***

    पछिल्लो समयमा नेकपा एमालेको नीति एकजातीय खालको बन्दै गइरहेको छ । बहुदलीय जनवादको वकालत गर्ने एमालेले ‘हेट्रोजिनियस’ समाजमा ‘होमोजिनियस’ नीति अंगीकार गर्न खोज्दैछ । यसले देशलाई टुक्राउनबाट जोड्दैन, बरु टुक्र्याउनलाई सहयोग गर्छ । एमालेले जे नहोस् भन्ने चाहिरहेको छ, उसको अवैज्ञानिक एवं नश्लवादी नीतिले गर्दा उसले नचाहेको परिणामतिर मुलुकलाई लैजाने खतरा बढ्दो छ ।

    चित्रबहादुर केसी जो संघीयता र जातीय पहिचनको विरोध गर्छन्, उनकै पार्टीले ०४४ सालमा परी थापाको नेतृत्वमा ‘आदिवासी जनजाति सम्मेलन’ गठन गरेको थियो र भनेको थियो कि नेपालमा जनजातिको घनावस्ती भएको क्षेत्रमा स्थानीय जातीय स्वशासन दिनुपर्छ । यो नीति अहिले पनि राष्ट्रिय जनमोर्चाको ऐतिहासिक दस्तावेजमा पढ्न पाइन्छ ।

    एमालेका मदन भण्डारीले पनि सीतानन्दन रायको नेतृत्वमा मधेसको समस्याबारे अनुसन्धान थालेका थिए । तर, त्यसबारे निर्णय गर्नै नपाई दासढुंगा काण्ड भयो । अन्यथा उपेन्द्र यादव र जीतेन्द्र देवहरु पनि यतिबेला एमालेमै अटाउने थिए । एमाले र मधेसको दुरी यसरी बढ्ने नै थिएन । यतापट्टी न चित्रबहादुर केसीको पार्टीले ध्यान दिएको छ, न केपी ओली र माधव नेपालले ।

    बरु, एमाले र जनमोर्चाजस्ता पार्टीहरु क्रमशः बहुजातीय देशको समस्या एकजातीय तरिकाले हल गर्न खोजिरहेका छन् । यिनीहरुलाई समाजशास्त्रको नियम ‘जनजाति र पिछडिएका समुदायको समस्या बाटोघाटो र भौतिक विकासले मात्रै समाधान हुँदैन, त्यसमा सामाजिक सांस्कृतिक पक्ष पनि हुन्छ’ भन्ने या त थाहा छैन या बुझेर पनि बुझपचाइरहेका छन् । हुलाकी मार्गमा कति पैसा दिएँ, कहाँ बाटो पीच गरिदिएँ भन्ने ओलीको तर्क यहीँनेर अवैज्ञानिक एवं अपूर्ण छ ।

    २. देश र समाजको शैशवावस्था हुन्छ, जवानी हुन्छ

    नेपालमा यो ‘जातीय लफडा’ कहाँबाट आयो ? यसलाई बुझन्का लागि हामीले समाज र राष्ट्रको उमेरगत लक्षणहरुलाई पर्गेल्नुपर्ने हुन्छ ।
    हावाका तालमा समाजलाई बुझ्न र व्याख्या गर्न सकिँदैन, बरु अलि बढी नै साधना गरेर यसका विशेषताहरु थाहा पाउन, बुझ्न र आत्मसाथ गर्न सक्नुपर्छ । केही वर्ष जेल बसेको वा विहान-विहान गीतापाठ गरेका भरमा मात्रै कुनै पनि नेताको दिमागमा आधुनिक समाजशास्त्र घुस्दैन, यसका लागि समाजका नियमहरुलाई इमान्दारितापूर्वक पढ्नुपर्छ ।

    नेपाली समाजमा संस्थापन पक्षसँग केही समुदायमा जातीय असन्तुष्टि छ भन्ने थाहा पाएपछि त्यो प्राकृतिक समस्यालाई स्यामुअल पि हन्टिङटनबाट दीक्षित केही पश्चिमाहरुले र केही मात्रामा माओवादीले पनि तेल हाल्ने काम चाँहि गरेकै हो । तर, यहाँ हामीले के बुझ्नुपर्छ भने माओवादी नामको चरोमुसो नेपालमा नभएको भए पनि राजतन्त्र ढलेपछि नेपालमा यो ‘जातीय किचलो’ आउनेवाला नै थियो

    नेपालको जातीय समस्याको बुझाइ र समाधानको उपाय पनि यसरीमात्र सम्भव छ ।

    कुनै पनि वालवालिका सानो छउञ्जेल नांगै हुँदा लजाउँदैनन् । तर, वयस्क मानिस नांगै हिँड्न सक्दैन । त्यस्तै किशोर भएपछि पुरुषको दाह्री पलाउँछ, किशोरीहरु रजस्वला हुन्छन् । पाको भएपछि मानिसको केस फूल, दाँत झर्छन् । यी मानिसका विभिन्न उमेर समूहमा देखिने लक्षणहरु हुन् ।

    समाजको पनि यस्तै हुन्छ । विश्वको मानव समाज जंगली अवस्थाबाट, कविला अवस्थाबाट परिवार, जाति, बंश, गोत्र र सम्प्रदाय हुँदै अहिलेका उत्तर आधुनिक अवस्थासम्म आइपुगेको हो । जनजाति कोही पनि रहरले बनेका होइनन्, समाज विकासको क्रममा उत्पन्न प्राकृतिक अवस्थिति हो । राउटेहरु यसैका दृष्टान्त हुन् ।

    समाज विकासका यी विभिन्न चरणमा समाजको लक्षण बेग्लाबेग्लै प्रकारको हुन्छ । जस्तो कि दासयुगमा गणतन्त्र वा समावेशीता वा आरक्षणको प्रश्नै आउँदैन ।

    सामन्ती युगमा लोकतन्त्र, वाक स्वतन्त्रता, धार्मिक एवं सांस्कृतिक स्वतन्त्रताको प्रश्न आउँदैनथ्यो । किनभने त्यो समाज जस्तो थियो, राज्यव्यवस्था, समाज व्यवस्था पनि उस्तै थियो । नियम र कानूनहरु पनि त्यस्तै बन्थे ।

    लोकतन्त्र र गणतन्त्र भनेको कुनै एक जातिको मात्रै व्यवस्था होइन । शाह वा राणाले शासन गर्ने र अरु रैती हुनुपर्ने व्यवस्था गणतन्त्र हुँदै होइन । एउटा जातीको धर्म र संस्कृतिलाई सबै समुदायले राष्ट्रिय मानेर आफ्नो संस्कृतिलाई चाँहि अराष्ट्रिय एवं अनुचित मान्नुपर्ने व्यवस्था आधुनिक लोकतन्त्र वा गणतन्त्र हुन सक्दैन । लोकतन्त्र भनको सहअस्थित्व हो । निरंकुशता वा सामन्तवाद भनेको निशेषको राजनीति हो ।

    ***

    अब यहाँ चर्चा गरौं नेपालको जातीय समस्याबारे ।

    समाजशास्त्रको नियमले के भन्छ भने एकल जातीय देश र बहुजातीय देशमा सामन्तवाद ढलेेपछि उत्पन्न हुने लक्षणहरु फरक-फरक किसिमका हुन्छन् ।

    एकल जातीय मुलुकमा सामन्तवाद बर्लङ्गै ढले पनि त्यो देश सहजै सम्हालिन सक्छ र खुट्टा टेकेर एकतावद्धरुपमा पुँजीवादी रुपान्तरणको बाटोमा सहजै अघि बढ्न सक्छ । तर, बहुजातीय देशमा सामन्तवादको पिल्लर ढलेपछि एउटा ठूलो जातीय समस्या सिर्जना हुन्छ । सबै जातजातिले आफूलाई अधिकार सम्पन्न एवं शासक भएको महसुस गर्न थाल्छन्, जसले गर्दा त्यो देशमा राष्ट्रिय संकट आइपर्छ ।

    ***

    जस्तो कि नेपाललाई पृथ्वीनारायण शाहले एकतावद्ध बनाएका थिए । जुन तरिकाले एकतावद्ध पारे पनि पृथ्वीनारायण शाह नै नेपालको एकीकरणकर्ता हुन् । एकीकरण भनेको धेरै बहुराष्ट्रलाई मिलाएर एउटा राज्य बनाएको नै हो ।

    नेपाल एकीककरणसँगै सुरुमा राणाहरुले र पछि शाहहरुले विभिन्न जातजातिलाई एकतावद्ध गराएर राखे । यो एकतामा केही स्वेच्छा, केही बाध्यता वा केही ‘प्रेसर’ले पनि काम गरेको थियो होला । तर, सबै जातवीच समान्तवादी राजतन्त्रले अनुशासन र एकता बनाएरै राखेको थियो, मिलाएरै राखेको थियो ।

    अब समावेशीता वा संघीयता वा सहअस्थित्वको सिद्धान्तलाई अस्वीकार गरेर घृणाको राजनीतिमात्र अघि बढाएर देशलाई कसरी सम्हाल्न सकिएला ? यसको जवाफ चित्रबहादुर केसी र केपी ओलीले दिनुपर्ने अवस्था आएको छ

    असन्तुष्ट लिम्बुृलाई मन्त्री बनाएर हुन्छ कि, मधेसीहरुलाई मन्त्री बनाएर हुन्छ कि वा जनजातिलाई सेनाको जर्नेल वा रापंस बनाएर हुन्छ कि जसो गरेर भए पनि बहुजातीय देशलाई राजतन्त्रले एकतावद्ध बनाएकै थियो । अब त्यो इतिहासतिर फर्केर भगडा गरिरहनुको कुनै अर्थ छैन । अबको नेपाललाई कसरी सुन्दर, शान्त र सम्वृद्ध बनाउनुपर्छ भन्नेतिर बहस हुनुपर्छ । तर, पश्चिगामी केही व्यक्तिहरु पृथ्वीरायाण ठीक कि बेठीक भनेर विवाद गर्दैछ्न, यो विडम्बना हो ।

    तराईमा पहाडेलाई घुलमिल गराएर होस् वा पहाडमा मधेसी शिक्षकहरुलाई पठाएर वा अरु कुनै न कुनै किसिमले बहुजातीय नेपाललाई राजतन्त्रले एउटै सूत्रमा बाँधेकै थियो । ‘एउटै जाति एउटै भेष, एउटै भाष एउटै भेष’ भनेर भए पनि पञ्चायतले देशलाई एकतावद्ध राखेकै थियो । राजाले ठीक गरे कि बेठिक, त्यसको दोष तिनै राजालाई जान्छ, अहिले यसमा पनि विवाद आवश्यक छैन ।

    ०४६ सालको परिवर्तनपछि सेतामगुराली जन्मियो । गजेन्द्रबाबुले मधेसमा सदभावना पार्टी जन्माए । त्यो सेतामगुराली वा सदभावना पार्टी कुनै माओवादी नेताले कोठामा सुतेर ‘फर्टिलाइजेसन’ गरेको होइन, आफैं नेपाली समाजको विशेषता अनुसार जन्मिएको हो । जसरी वालक किशोर भएपछि ओठमा जुँगाको रेखी बस्छ, त्यस्तै प्राकृतिक लक्षण देखा परेको हो नेपाली समाजमा ।

    ०४६ सालपछि जब राजतन्त्र र सामन्तवाद दुब्लो बन्यो, त्यसपछि समाजमा गुम्सिएर बसेको जातीय समस्या बाहिर आउन थाल्यो । यसको कारण कृत्रिम हुँदै होइन, प्राकृतिक हो । यसबारे बुझ्नका लागि हामीले ००७ सालको परिवर्तनपछिको भद्रकाली मिश्रका पालाको तराई कांग्रेसदेखि तेह्रथुम आठराईको क्षेत्रीबाहुन खेद्ने आन्दोलन र पञ्चायतकालको काजीमान कन्दङवाको किपट फर्काउने आन्दोलनसम्मलाई विश्लेषण गर्नुपर्छ । ती जातीय असन्तुष्टि र भिन्नताहरु माओवादीले ल्याएको समस्या होइन । र, एनजीओले पनि हैन । त्यसमा राजाको पनि दोष छैन ।

    बरु ती आवाजहरु यस्ता निर्दोष आवाजहरु हुन्, जुन, बहुजातीय समाजका लक्षण हुन् । वालिका किशोरी बनेपछि रजश्वला भएजस्तै निर्दोष एवं प्राकृतिक समस्या हुन् ती । अहिले नेपाली समाजको त्यही मौलिक लक्षणहरु ०६३ को परिवर्तनपछि सतहमा बिस्कुन जसरी फिँजिएका छन् । यी समस्यालाई माओवादीकृत, भारतकृत, वा युरोपकृत भनेरमात्रै पुग्दैन, यो समस्या नेपाली समाजको मौलिक समस्या हो ।

    बहुजातीय देश नेपालले अब यहाँको बहुभाषिक, बहुसांस्कृतिक एवं असमान सामाजिक विकासलाई कस्तो नीति ल्याएर सम्वोधन गर्छ र गर्नुपर्छ भन्ने प्रश्न नै अहिलेको मुख्य चुनौती हो । ०४८/०४९ सालमा जस्तै संसदको माइक र सडकको रेलिङ भत्काएर मात्रै अब राजीतिक दलहरुको दायित्व पूरा हुँदैन । नेपाली समाजको प्राकृतिक समस्याको समाधान भारत, माओवादी वा युरोपको टाउकोमा खन्याएर मात्रै न त नेकपा एमाले उम्किन सक्छ, अरु अरु कुनै पनि दल ।

    यहाँ अलिकति माओवादीका विषयमा चर्चा गर्नैपर्ने हुन्छ । नेपाली समाजमा संस्थापन पक्षसँग केही समुदायमा जातीय असन्तुष्टि छ भन्ने थाहा पाएपछि त्यो प्राकृतिक समस्यालाई स्यामुअल पि हन्टिङटनबाट दीक्षित केही पश्चिमाहरुले र केही मात्रामा माओवादीले पनि तेल हाल्ने काम चाँहि गरेकै हो । तर, यहाँ हामीले के बुझ्नुपर्छ भने माओवादी नामको चरोमुसो नेपालमा नभएको भए पनि राजतन्त्र ढलेपछि नेपालमा यो ‘जातीय किचलो’ आउनेवाला नै थियो । हामीले यो बाटो भएर गुज्रनु नै पर्ने थियो ।

    जस्तो कि गोपाल किरातीको खम्बुवान सशस्त्र समूह माओवादीले बनाएको होइन, बरु जातीय युद्ध छेडेका गोपाल किरातीलाई अहिले ‘वर्गसंघर्षवादी’ मा रुपान्तरण गर्ने काममा माओवादीले योगदान गर्‍यो । माओवादीको अनुपस्थितिमा पनि नेपाली समाजमा गोपाल खम्बुहरुको जन्म सम्भव थियो । काजिमान कन्दङ्वाहरुको असन्तुष्टि देखा पर्नु सम्भव थियो । यो कुरालाई विना पूर्वाग्रह स्वीकार गर्न सक्यौं भनेमात्रै हामीले नेपाली समाजलाई बुझ्न सक्छौं ।

    खम्बुवान आन्दोलन ठीक थियो भनेको होइन, तर नेपाली समाजको भवितव्य थियो, जसलाई माओवादीहरुले मार्क्सवादतिर डाइभर्ट गर्न खोजे । जयकृष्ण गोइत र ज्वालासिंहलाई पनि उनीहरुले त्यसो गर्न खोजेका थिए, सकेनन् । उपेन्द्र यादवलाई उनीहरुले आफ्नो लाइनमा लिन खोजेकै थिएन, त्यो पनि सकेनन् र बढी जातीयतातिर गयो ।

    तर, नेपालको जातीय समस्याको दोष माओवादीलाई लगाउनु र सामाजिक यथार्थताबारे, समाजशास्त्रका नियमबारे आँखा चिम्लिनु भनेको आफैंलाई धोका दिनु जस्तै हो ।

    अब कसो गर्ने त ?

    नेपाल बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक देश भएकाले अहिलेको समस्या आएको हो । अव यो समस्याको समाधान ०४७ सालतिरको जस्तो राजनीतिक प्रणालीमा फर्केर समाधान हुन्छ भन्ने एमाले वा अरु कुनै दलले सोचेको छ भने त्यो आत्मघाती हुन सक्छ ।

    भोलि संघीयता भएपछि पनि पाल्पाको घिऊ बुटवलमा बेच्न पाइन्छ । बुटवलको जेरी पाल्पा लैजान पाइन्छ । अनि कसरी टुक्रियो पहाड र मधेस ? कसरी भयो यो देश बर्थ डे केक ? कसरी भयो काँक्राको चिरा ? शायद हाम्रा नाति-नातिनीले केपी ओली र चित्रबहादुर केसीका यी बकम्फुस्से तर्कहरु सुने भने गलल हाँस्ने छन्

    नेपालका सामु अब दुईवटा बाटोमात्रै छन्, कि त पञ्चायतकालको जस्तै निरंकुश राजतन्त्र फर्काउनुपर्छ र सबै जातजातिलाई बलपूर्वक कँजाएर राख्नुपर्छ, होइन भने बहुजातीय देश सुहाउँदो समावेशी एवं सहअस्थित्वपूर्ण नीति अपनाउनै पर्छ । वीचको विकल्प छैन ।

    सम्भवतः नेकपा एमाले निरंकुश राजतन्त्रलाई समर्थन गर्न सक्दैन । तर, केपी ओली आफैं राजा बनेर सबै जातजातिलाई कँजाउन पनि सक्दैनन् । वालकलाई कजाँउनु र युवालाई कजाँउनु फरक कार्य हो । नेपाली समाज पञ्चायत वा राणाकालमा जस्तो वाल्यकालमा छैन ।

    यो अवस्थामा अब समावेशीता वा संघीयता वा सहअस्थित्वको सिद्धान्तलाई अस्वीकार गरेर घृणाको राजनीतिमात्र अघि बढाएर देशलाई कसरी सम्हाल्न सकिएला ? यसको जवाफ चित्रबहादुर केसी र केपी ओलीले दिनुपर्ने अवस्था आएको छ ।

    अब देश सम्हाल्ने विकल्प के ? जातीयताको विरोध गर्ने नाममा जातीयताको राग अलापेरमात्रै अब मुलुकको अभिभारा कसरी पूरा होला ? यो प्रश्नको उत्तर खोज्न आवश्यक छ ।

    केपी ओलीको समाजशास्त्र के हो ?

    देश सानो हुँदैमा संघीयता उपयुक्त हुँदैन भन्ने केपी ओलीको बुझाइमा खोट देखिन्छ । संघीयता भनेको बहुजातीय देशको विविधतालाई समेटने एउटा भरपर्दो उपाय हुन सक्छ । त्यसैगरी आरक्षण र समावेशिताको सिद्धान्त पनि लोकतन्त्रको पछिल्लो परिभाषा हो । यसले जनजातिलाई न्यायको महसुस गराउँछ । चीनमा, भारतमा र विश्वका विभिन्न देशमा यसलाई अपनाइएको छ, नेपालमा मात्रै जात्राका रुपमा यो आएको होइन ।

    नेपालले अहिले संघीयता, गणतन्त्र समावेशिता, आरक्षण र धर्मनिरपेक्षताको जुन मान्यता संविधानमा प्रतिपादन गरेको छ, यसलाई नेताहरुले इमान्दारितापूर्वक बुझ्ने र आत्मसाथ गर्नेमात्रै हो भने हाम्रो देश सम्हालिन सक्छ । जातजातिलाई अपनत्व महसुस गर्न अझै उदार छाती बनाए पनि केही बिगि्रँदैन ।

    माओवादी जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन र जनजातिहरुको आन्दोलनमा व्यक्त भावनालाई इमान्दारिताका साथै पाल्छी कुरा नगरिकन कार्यान्वयन गर्ने हो भने हामीले देशलाई अघि बढाउन सक्छौं । देशलाई सम्हाल्न सक्छौं । पछाडि फर्केर अब समाधान सम्भवै छैन ।

    केपी ओलीजस्तो जिम्मेवार प्रतिपक्षी दलको नेताले नै नेपाली समाजको मौलिकतालाई नबुझी सुकेधारामा भेटिएका बाबैले जस्तै संघीयता र समावेशिताको विरोध गर्न थाल्ने हो भने यो देशमा शान्ति बनाइ राख्न केपी ओली त के, भगवानले पनि सक्दैनन् । त्यसैले केपी ओली र एमालेका नेताहरुले जातिहरुको इतिहास र समाजशास्त्र पढ्न अपरिहार्य मात्रै होइन, निकै ढीलो हुन थालेको छ । सामाजिक न्यायबारे एमाले नेताहरुले सिक्न, प्रशिक्षण लिन जरुरी देखिएको छ ।

    देशलाई प्रशासनिक पुनसंरचना गर्दा यसलाई बर्थ डे केक काटेको ठान्ने एमाले नेताहरुको बुझाइमा हदैसम्म केटाकेटीपन देखिन्छ ।

    अहिले पाल्पाका किसानले भैंसीको घिउ वा मह बुटवलसम्म ल्याएर बेचिरहेका छन् । जब कि बुटवल र पाल्पा तराई र पहाडका बेग्लैबेग्लै जिल्लाहरु हुन् ।

    भोलि संघीयता भएपछि पनि पाल्पाको घिऊ बुटवलमा बेच्न पाइन्छ । बुटवलको जेरी पाल्पा लैजान पाइन्छ । अनि कसरी टुक्रियो पहाड र मधेस ? कसरी भयो यो देश बर्थ डे केक ? कसरी भयो काँक्राको चिरा ? शायद हाम्रा नाति-नातिनीले केपी ओली र चित्रबहादुर केसीका यी बकम्फुस्से तर्कहरु सुने भने गलल हाँस्ने छन् ।

    प्रदेश विभाजन गर्दा देश विभाजन हुँदैन । अझ अहिलेका हाम्रा प्रदेशहरु भनेका त अधिकारका दृष्टिले स्थानीय निकायमात्रै हुन्, सोभियत संघजस्तो आत्मनिर्णयको अधिकारसहितका प्रदेशहरु विल्कुल होइनन् ।

    भोलि नमिलेका प्रदेशलाई फेरि मिलाउन सकिन्छ, तर अहिले देशै टुक्रिने भो भनेर रडाको मच्चाउनु भनेको पश्चगमनलाई सघाउनुमात्रै हो । यसले देश टुक्रिँदैन, बरु जोडिन्छ । जतिवटा प्रदेश बनाए पनि नेपाल टुक्रिँदैन ।

    अन्त्यमा, फेरि केपी ओलीमाथि नै प्रश्न उठ्छ – के महेन्द्रकै पालामा जसरी अब एक जातीय आँखाबाट देश अघि बढ्न सक्छ ? नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक देशमा तपाईले संघीयता र समावेशिताको विरोध त गरि नै सक्नुभयो, जातीय पहिचानको नामै सुन्न चाहनुहुन्न, अब तपाईको राजनीतिशास्त्रले नेपाललाई कसरी अगाडि बढाउने सपना देखेको छ ? के छ तपाईको राजनीतिक भिजन ? के हो तपाईको समाजशास्त्र ? मार्क्सवाद हो कि महाभारत हो ?

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.