×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

खोइ नेपालको प्रतिरक्षा नीति ?

  •  
  • बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डा. प्रेमसिंह बस्न्यात
    राष्ट्रिय स्वार्थ र प्रस्ट राष्ट्रिय सुरक्षा नीति नभएको नेपालले प्रतिरक्षा नीति भुलेको छ । त्यसैले सुरक्षा अंगहरूको लागि प्रस्ट प्रतिरक्षा नीति सहितको नीति, निर्देशन र ‘लजेष्टिक’ व्यवस्थापन हुनैपर्छ ।

    मंसिर ८, २०७३- राष्ट्रको संविधान, राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा नीति नै देश बनाउने र देश जोगाउने दस्तावेज हुन् । देशले मानेको संविधान तथा जनताले स्वीकारेको राष्ट्रिय स्वार्थलाई देश र विदेशमा समेत लागु गर्नका लागि ‘सहकार्यमा एकता’ होस् भनेर राष्ट्रिय सुरक्षा नीति बनाइन्छ । राष्ट्रिय सुरक्षा नीति भनेको देश भित्रबाट भइरहेको र हुनसक्ने चुनौती र बाह्य हस्तक्षेपको विश्लेषण गरेर त्यसको सामना गर्नका लागि देशको विकास र देश बचाऊ गर्ने देशको कार्यपद्धति हो । ती कार्य—पद्धतिभित्र विभिन्न मन्त्रालय, राजनीतिक दल, नागरिक समाज समेतको लागि कडा अनुशासनमा रहनेगरी गर्नुपर्ने र गर्न नहुने भनी कर्तव्य तोकिएका हुन्छन् । ती धेरै काममध्ये रक्षा मन्त्रालय र गृह मन्त्रालय मिलेर राष्ट्रिय प्रतिरक्षा नीति बनाइनुपर्छ । तर जिम्मेवारी उक्त दुई मन्त्रालयको भए पनि सहयोग भने सबै मन्त्रालय, नागरिक समाज, पत्रकार, विज्ञ, प्राज्ञ सबैको रहनेछ । अनि यो राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षा नीतिभित्र रहेर बनेको हुनुपर्छ ।

    राष्ट्रिय प्रतिरक्षा भन्नाले यसले आफ्नो भूगोल र जनताको बचाऊ गर्नेछ । जसमा मुख्य भूमिका अर्थ मन्त्रालयको अनि रक्षा र गृह मन्त्रालयको हुनेछ । कुनै पनि लडाइँमा सेना मुख्य फौज हो भने त्यसको सहयोगी सबै प्रकारका प्रहरी हुनेछन् । तर आन्तरिक सुरक्षामा प्रहरीहरू मुख्य फौज हुन् भने सेना सहयोगी फौज हुनेछ । यी दुवै सेना र प्रहरीहरूको लागि राष्ट्रिय महत्त्वका खबर दिने काम राष्ट्रिय अनुसन्धान विभाग (नेपालको हकमा) ले गर्छ । यसर्थ नेपालको प्रतिरक्षा नीतिमा सेना, प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग अघिल्लो पंक्तिका हुन् भने तिनका पछाडि देशको स्रोत र साधन रहनेछ ।

    नेपालको लागि सबै सुरक्षा अंगले नेपालको क्षमता र भूगोल हेरेर सैनिक युद्धकला, गुरिल्ला युद्धकला र आन्तरिक सुरक्षाका लािग ‘पुलिसिङ’ प्रहरी युद्धकला सिक्नु– सिकाउनुमै उत्तम हुनेछ । परेको बेलामा पश्चिमा युद्धकलाले नेपालको प्रतिरक्षामा काम गर्न नसक्ने झन्डै—झन्डै पक्कै छ । सोझो भाषामा भन्नुपर्दा सेनाले पनि प्रहरीले गर्ने ‘पुलिसिङ’ कला ज्ञान सिक्नुमा उत्तम हुनेछ । किनकि देशभित्रको शान्ति सुरक्षामा त्यसले सेनालाई फाइदा पुर्‍याउनेछ भने हाल विश्वमा तैनाथ हुने शान्ति सैनिकले गर्ने काम पुलिसिङ नै हो । त्यसैले अझै फाइदा हुनेछ । अर्कोतर्फ दुवै प्रहरीहरूले सेनाले गर्ने ‘कन्भन्सनल वारफेर’ जान्नु जरुरी छ । प्रहरीलाई पनि समय सुहाउँदा हातहतियार उपलब्ध गराउनैपर्छ । देशको लागि आइपर्दा सबै प्रहरीले सेनाकै तरिकाले सेना सँगसँगै युद्ध गर्नैपर्छ । जुन दृष्टान्त विगतको माओवादी युद्धमा युनिफाइड कमाण्डको नामबाट सेना—प्रहरीले एउटै युद्धकला प्रयोग गरेकै हुन् ।

    हाम्रो जस्तो गरिब देशमा ठूलो संख्यामा सुरक्षाफौज पाल्न सकिन्न । सेना, प्रहरीको संख्यात्मक होइन, गुणात्मक विकास गर्नुपर्छ । त्यसैले नेपाल सरकारले सानो खर्चमा दरिलो प्रतिरक्षा नीति बनाउने हो भने राष्ट्रिय अनुसन्धान विभाग, प्रहरीहरू र सेनाको युनिफाइड तालिम केन्द्रहरू सञ्चालन गरेर एकअर्काको आधारभूत युद्धकला सिक्ने—सिकाउनैपर्छ । जस्तै— अहिले सशस्त्र प्रहरीले स्टाफ कलेज तालिम केन्द्र सञ्चालन गरेर आफूलाई उपल्लो दर्जाको फौजी बनाउन खोजेको छ भने त्यो काम युनिफाइड ट्रेनिङबाट गर्न सकिन्छ । ‘स्पेसलाइज ट्रेनिङ’ भने आ–आफ्ना अंगहरूमा आफ्नै तरिकाले छुट्टै हुनेछ । यसबाट राज्यलाई सुरक्षा अंगको संख्या बढाउने र बन्दुक किन्ने खर्च ह्वात्तै घट्नेछ । सबैभन्दा ठूलो कुरो सेना, प्रहरीको तलदेखि माथिसम्मको फौजी मेलमिलाप बढ्नेछ र कार्यगत एकता हुनेछ । साँच्चै भन्नुपर्दा अहिलेसम्म पनि सेना, सशस्त्र प्रहरी र प्रहरी बीचमा ‘सुपरेटी कम्प्लेक्स’ले छाडेको छैन ।

    राष्ट्रिय स्वार्थमा काम गर्दासमेत एकले अर्कोलाई ‘सूचनाको आदान—प्रदान नगर्ने’ र काममा ‘डुप्लिकेसन’ हुनेगरी जश लिने अस्वस्थ प्रतिस्पर्धा चलेकै छ । यो राम्रो होइन । तसर्थ राज्यले ठोस प्रतिरक्षा नीति बनाएर हाम्रा सुरक्षा अंगहरूलाई एउटै गोरेटोमा लगाउनुपर्छ । उदाहरणको लागि इजरायलमा रहेका सेना, प्रहरी लगायतका सुरक्षा अंगहरूको मेलमिलाप र एकताले नै इजराजलको राष्ट्रियता जोगिएको छ ।
    अर्को कुरो नेपाली सेनालाई राज्यले के बनाउने ? तिखारिएको सिपाही बनाउने वा बाटो खन्ने कुल्ली वा वनपाले ? सरकार प्रस्ट हुनैपर्छ । तिखारिएको सिपाही बनाउने हो भने सेनालाई पेसागत तालिम गराउने काम गर्नैपर्छ । अर्कोतर्फ सशस्त्र प्रहरी के बन्ने ? सेना कि जनपद प्रहरी वा बीचको फौज बन्ने ? प्रस्ट हुनैपर्छ । त्यसैगरी नेपाल प्रहरीलाई शान्ति र युद्ध दुवै कालको लागि प्रस्ट कार्यपद्धति दिनैपर्छ । यो हतियारधारी संगठन हो । पर्दाखेरी यसले पनि सेनाको भूमिका निभाउनैपर्छ । सबैभन्दा संगिन कुरो विगतमा नेपालमा बन्दुक, गोली, तोप, तोपगोला, बम बन्न सक्थ्यो ।

    पछिल्लो कालखण्डमा यो काम किन राकियो ? भारतले सन् १९५० को सन्धिका हवाला दिएर अन्य देशमा बनेका हतियार र गोली—बम ल्याउन दिन्न, तर ती बनाउने कच्चा पदार्थ जति पनि ल्याउन सकिन्छ । हमीलाई चाहिने हतियार, बम, गोली नेपालमा जत्ति पनि बनाउन सकिन्छ । के हाम्रा नीति निर्माताको ध्यान यसतर्फ गएको छ ?

    त्यस्तै भनेको बेलामा सेना, प्रहरी रवाना (मुभ) भई ठिक ठाउँमा पुग्नैपर्छ । जसको लागि गाडी, हवाइ साधन, घोडा, खच्चड, हात्ती, महत्त्वपूर्ण हुन् । तीमध्ये गाडी र हवाइ साधनकै महत्त्व छ । तर मित्रराष्ट्रले नाकाबन्दी लगाएपछि हाम्रा सुरक्षाकर्मीका हवाइ साधन र गाडी ७ दिनभन्दा बढी गुड्न र उड्न सक्तैनन् । यो पक्का हो । त्यसको विकल्प खोइ त ? नेपालमा अमेरिकी, बेलायती, चिनियाँ लगायतका युद्धकला पढ्ने विज्ञ धेरै भए, तर देशको भूगोल, आफ्नो क्षमता र चाहिने युद्धकला चिन्ने र लजेष्टिक बन्दोबस्त गर्नेहरूको भने खडेरी परेको देखिन्छ । तसर्थ संख्यात्मक होइन, गुणात्मक सुरक्षाफौज हुनैपर्छ ।

    नेपाल सरकारले यस पक्षमा अर्जुनदृष्टि दिनैपर्छ । देशभित्रै सैनिक रासन, लत्ताकपडा र युद्ध सामग्रीको जोहो गर्न सकिने धेरै आधार छन् । राष्ट्रिय स्वार्थ र प्रस्ट राष्ट्रिय सुरक्षा नीति नभएको नेपालले प्रतिरक्षा नीति भुलेको छ । त्यसैले सुरक्षा अंगहरूका लागि प्रस्ट प्रतिरक्षा नीति सहितको नीति, निर्देशन र ‘लजेष्टिक’ व्यवस्थापन हुनैपर्छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.