×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हामी वीर कि बुद्धु ?

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शीतलबाबु रेग्मी

    भूपि शेरचनले एउटा कवितामा लेखेका छन्, ‘हामी वीर छौं तर बुद्धु छौं, हामी बुद्धु छौं र त वीर छौं ।’ करिब पाँच दसकअघि लेखिएको यो कविता आज पनि उत्तिकै सान्दर्भिक छ । आफूलाई वीर गोरखाली भनेर गर्व गर्ने नेपालीको संख्या कम छैन । कतै न कतै नेपालीको वीरतामा छाती फुलाउने अवसर अधिकांशले उपयोग गरेकै हुन्छन् ।

    नेपालीले नेपालकै लागि अन्तिम लडाइँ सन् १८५५/५६ मा भोटसँग लडेका हुन्, त्यसपछिका लडाइँ अरूको लागि मात्र लडेका छन् । कतिले त नेपाललाई ‘भाडाका सिपाहीहरू’ उत्पादन गर्ने देश भनेर समेत भन्ने गरेको पाइन्छ । जसरी र जसको लागि लडे पनि नेपालीको वीरता र जसको नुन खाएको छ, उसको बफादारीमा कहींकतैबाट प्रश्न उठेको पाइँदैन । वीर गोरखालीको नामले अहिले पनि बेलायत, भारत, ब्रुनाई, सिंगापुरलगायत धेरै देशमा मन जितेका छन् । नेपालमा पनि ‘लाहुरे’ हुनुलाई कतिपयले अवसरको रूपमा लिएको र गर्व गरेको समेत पाइन्छ ।

    नेपालमा देशमै रहेर काम गर्नुभन्दा बिदेसिनुलाई रुचाइने गरिन्छ । निम्न आय भएकाहरू अरब, मलेसिया या कोरियातिर र ‘ठूलाबडा’ हरू युरोप, अमेरिका वा अस्ट्रेलियातिर ।
    शासनमा महत्वपूर्ण जिम्मेवारी लिएर बस्ने अधिकांश व्यक्तिहरूसमेत नेपालका अन्तिम पुस्ता हुन पुग्नेहरू छन् । जसले आफ्नै सन्ततिलाई समेत यस देशको भविष्य उज्ज्वल छ भनेर विश्वास दिलाउन सकेका छैनन्, तिनैलाई अरू नेपालीले कसरी विश्वास गर्लान् ?

    नेपालमा यस्तो भावना अहिले विकसित भएको भने होइन, बढेको मात्र हो । सन् १८१५÷१६ मा कम्पनी सरकारसँग नेपाली सेना पराजित भएपछि नेपालीहरू बेलायती सेनामा भर्ती हुन थालेका हुन् । यी ‘लाहुरे’ हरू नेपालका दुर्गम गाउँमा राम्रो आर्जन गर्नेमा पर्दथे र केही सम्मान पनि प्राप्त गर्दथे ।

    भारतका विभिन्न सहरमा रहेर चौकीदारी वा अन्य निम्नस्तरका काम गर्ने ‘कलकत्ते’ हरू समेत गाउँमा आउँदा केही इज्जत पाउँथे । गाउँमा केही पैसाको मुख देखाउने यिनै थिए । तर कुल जनसंख्यामा यिनीहरूको अनुपात ज्यादै न्यून थियो । पञ्चायती कालसम्म विदेशमा रोजगार वा अन्य प्रयोजनको लागि जानेहरूको संख्या नगन्य थियो ।

    नेपालमा माओवादी द्वन्द्व सुरु भएपछि विदेश जानेहरूको संख्या ह्वात्तै बढ्यो । गाउँमा या त माओवादी सेनामा समावेश हुनुपर्ने या पलायन हुनुपर्ने परिस्थिति खडा भयो र धेरैले अरबको प्रखर गर्मीमा पसिना बगाउनुपर्‍यो । यो अवस्थामा हालसम्म पनि सुधार हुन सकेको छैन । परिस्थितिमा खासै सुधार आउन नसकेको यो एउटा सूचक हो ।

    हाल आएर अरूका पलायन गराउने ‘विद्रोही’ हरूसमेत ‘यो देशमा केही नहुने’ निर्केबल निकालेर आफैंले लखेटेकाहरूसँग सँगै विदेशमा पसिना बगाइरहेका छन् । अहिले उनीहरू विद्रोहको समयमा आफू ‘वीर’ भएको या ‘बुद्धु’ भएको आत्मसमीक्षा गर्दै होलान् ।

    यसै समयमा हुनेखाने वर्गसमेत ‘विकसित’ देशतर्फ पलायन हुने शृंखला सुरु भयो । शिक्षा आर्जन, डीभी, आ िश्रत, द्वन्द्वपीडित आदि कारण देखाउँदै पश्चिमी मुलुकतर्फ पलायन भए । यसमा अधिकांश व्यक्तिहरू सुरुदेखि नै नेपालप्रति आस मारेर स्थायी रूपमा आप्रवासको लागि गएका हुन् ।

    हालका अधिकांश शासक वर्गका सबै सन्तान विदेशमा रहन थालेको वर्तमान अवस्था नेपालको शासनका लागि प्रियकर होइन । सभ्य संसारका व्यक्तिहरू आफ्ना विगतप्रति गर्व गर्छन् । नेपालीमा भने यस चिजको नितान्त अभाव देखिन्छ । हरेक क्रान्तिमा विगतलाई गाली गर्ने गरिएको छ र आउने दिनहरूका सपनाको वितरण गर्ने गरिएको छ ।

    हामीलाई मनको कुरा स्पष्ट राख्न सक्ने सच्चा नाइकेको खाँचो छ, खोटो मोहोरको होइन । हामीलाई सच्चा माटोको किसान चाहिएको छ, विदेश प्रशिक्षित ‘माटो विज्ञ’ को होइन ।

    भाषामाथि प्रहार गरिएको छ, भेषमाथि प्रहार भएको छ, पुर्खालाई होच्याउने काम भएको छ र इतिहासले जोडेका चिजहरूलाई फुटाउने प्रयास गरिएको छ । नेपालीले अहिले कुनै गर्व गर्ने चिज बचाउन सकेको देखिँदैन । हाल नेपालको नोटमा छापिन सक्ने नेपाली ‘विभूति’ कोही पनि भेटिएको छैन ।

    आफ्नो पोसाकलाई सम्मान गर्न नसक्ने, आफ्नो भाषालाई माया नगर्ने, आफ्नो इतिहास पखाल्ने कार्यले देशको सम्मान कसरी बचाउन सकिएला र ? आयातित नेताको तस्बिरलाई पछाडि राखेर आदर्शवादको रटान मात्र दिएर नेपाल कसरी अघि बढ्ला, नेपालीले कसरी सम्मान पाउलान् र ?

    कुनै पनि लक्ष प्राप्तिको लागि एक मार्गचित्र, एक रणनीति, एक कार्ययोजना र त्यसअनुरूप कार्यान्वयन हुनुपर्छ । छन् त हाम्रा यस्ता गतिविधि ? त्यस्तो केही देखिँदैन । हालसम्म नेपालीले पाएको आश्वासनको पोको मात्र हो, जसको कार्यान्वयन हुनेमा उपभोक्ताको त कुरा छोडौं, स्वयं दाताहरूको समेत विश्वास छैन ।

    हामी कवि भूपिले भनेजस्तै ‘आफ्नो गति हराएका, एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित पुरानो क्यारमबोर्डका ‘गोटी’ जस्तै भएका छौं । हाम्रो संविधान बनाउन विदेशी आउँछन् र त्यसलाई हामी शिरोपर गर्छौं, हाम्रो पाठ्यक्रम विदेशीको सहयोगमा बन्छ र त्यसबाट हामी हाम्रो संस्कृतिको जगेर्ना हुन्छ भन्छौं, हाम्रा सन्ततिले विदेशी नागरिकता पाउँदा हामी खुसी भएर भोज खुवाउँछौं, आफ्नै सन्तानलाई देशमा टिकाउन नसक्नेलाई भोट दिएर नेता बनाउँछौं अनि भन्छौं- यो देशमा केही पनि भएन । आफूमा भएको दोष नदेखि अरूको दोष मात्र खोज्दै हिँड्छौं । हामी यस्तै छौं । यसमा सुधार नभई देश कसरी सुधार हुन सक्छ र ?
    हामी अहिले पुँजीको, गाथाको, नैतिकताको, इमानदारीको निकासी गरिरहेका छौं र भित्र्याइरहेका छौं अनेकन् विकृतिहरू, सभ्य र आधुनिक कहलिनको लागि । हाम्रो विकास गर्न विदेशी आउनुपर्छ, झगडा गराउन र झगडा मिलाउन विदेशी आउनुपर्छ र चुल्हो बाल्न हामी विदेश जानुपर्छ ।

    हुनुपर्ने यस्तै हो त ? यत्रो ‘संघर्ष र बलिदान’ यही गन्तव्यको लागि थियो त ? यस्ता उपलब्धिको नै लक्ष थियो भने यो त धेरैले विनासंघर्ष उपलब्ध गरेकै कुरा हुन् । हामी विगतमा गोटी रहेछौं र हाल पनि त्यही हौं भन्ने हालको परिस्थितिले स्पष्ट गरेको छ ।

    काठको खुट्टा लगाएर कोही पनि अग्लो हुँदैन, न दुईचार सिद्धान्त रटेर विद्वान् होइन्छ । लहैलहैमा दौडिने होइन, नेपालीले अहिले देशको माटो छोएर धर्तीको कुरा गर्नुपर्ने समय हो । हामीले थाहा पाउनुपर्छ- जो हामी सुनिरहेछौं त्यो प्रतिध्वनि मात्र हो, पाश्र्व संगीतमा नायकले गाएको गीतजस्तो । पर्दापछाडिको आवाज र पर्दाको ओठको कम्पन फरक हो भनेर नचिनेसम्म हामी ‘वाहवाह’ गर्दै ताली पिट्ने पात्रजस्तो मात्र हुनेछौं ।

    हामीलाई मनको कुरा स्पष्ट राख्न सक्ने सच्चा नाइकेको खाँचो छ, खोटो मोहोरको होइन । हामीलाई सच्चा माटोको किसान चाहिएको छ, विदेश प्रशिक्षित ‘माटो विज्ञ’ को होइन । हिन्दीमा एउटा कहावत छ- दूरका ढोल सुहावन अर्थात् टाढाको ढोलक मीठो सुनिन्छ । हामीले धेरै टाढाका ढोलकहरू सुन्यौं । ती आवाज नजिकिँदै हाम्रा दैलोमा बज्दैछ र त्यसको कर्कषता हामीले अहिले अनुभव गरिरहेका छौं । ती ढोलहरू बन्द नभई न हामी केही गर्न सक्छौं न शान्तिसँग बस्न सक्छौं ।

    इतिहासले हामीलाई वीर होइन, बुद्धु सावित गर्न भनेर गिज्याइरहेको छ । हामी अहिले यस्तो सँघारमा छौं, जहाँ हाम्रो बुद्धुपना छोडेर साहसपूर्वक अघि बढ्नुपर्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.