×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा जिल्ला अदालत र मालपोत कार्यालय

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यदु अधिकारी
    नेपालको ऐतिहासिक महत्व बोकेको गोरखा जिल्लाको लिगलिगकोटबाट नेपालको एकीकरणको शुभारम्भ भएको मानिन्छ । वि.सं. १६०४ बाट दलसुर घले मगर १२औं पटकसम्म लिगलिगकोटको बडा दशैंको दौड प्रतियोगिता जितेर राजा बनेका थिए भनिन्छ । यस कोटमा प्रजातान्त्रिक प्रक्रियाबाट राजा छान्ने चलन थियो रे । त्यसै अनुसार एक वर्षसम्म सार्की (नेपाली) पनि राजा भएका थिए भनिन्छ ।

    द्रव्यशाहले सिरानचोककोट, अजिरकोट विजय गर्दै १६२५ भाद्र कृष्ण अष्टमीको दिनमा दोस्रो पटक १५ दिनसम्म युद्ध गरी मानसिंह खड्कालाई पराजित गरी राजा भए । द्रव्यशाहले उनलाई तरबारले हान्दा दरबारको ढोकाको माथिल्लो संघारमा लागेको चोट अझै पनि देखिन्छ ।

    यस जिल्लामा खोर्लाकोटसम्म ३६ वटा कोट पुगेका छन् । पछि मान्वुको घाम्लिङकोट र केरौजाको काम्लाकोट गोरखामा थपिएका हुन् । सिर्दिबासमाथि सात गा.वि.स.मा भने भोटे लामाहरुको शासन राजाको जस्तै थियो । ज्ञान प्राप्त गरेका लामाहरुले धार्मिक कुराहरुलाई जोड दिन्थे भने शासक लामाहरुले न्याय निसाफमा जोड दिन्थे भनी शिक्षक बेलबहादुर गुरुङ्ग र तेन्जिङ्ग लामा बताउँछन् । स्यार भोट र कुताङ भोटमा घेलुक, कक्यूप, शाक्यपा र निङमा लामाहरुले बसोबास गरेको बताउँछन् ।

    yadu-adikari-sirयहाँ लामिछाने, न्यौपाने, खड्का, अधिकारी, कार्की जस्ता अल्पसंख्यकले बसोबास गरे पनि बुद्ध धर्मबाट प्रभावित देखिन्छन् । यहाँका लामा शासकहरुले तामाको श्रीपेच लगाउँथे भनी सिर्दिबासका चन्द्रबहादुरले सिर्दिबासको कालु लामाको उदाहरण दिए । नामरुङ लगायत छेकम्पार क्षेत्रमा दलाई लामा जस्तै अवतारी शासक लामाहरुले राज्य गरेका थिए । (छिरिङ फुन्जो) ऐतिहासिक महत्व बोकेको यस जिल्लालाई समेत गणना गरेर पृथ्वीनारायण शाहले ५२ राज्यमा विभाजन गरेका थिए ।

    राणा कालमा ३३ जिल्लामा विभाजित यस जिल्लालाई तल्लो गोरखा र लार्के गोरखा भनी विभाजन गरिएको थियो । (मित्रलाल श्रेष्ठ, बलराम भट्टराई, नारायण अर्याल) प्रथम सेनापति शिवरामसिंह बस्नेत, प्रथम सहिद लखन थापा, भि.सी. गजे घले, भानुभक्त गुरुङ्ग, थमनसिंह गुरुङ्ग, लछुमन, प्रथम प्रधानमन्त्री भीमसेन थापा, बिसे नगर्ची, मनिराम गाइने, कालु पाण्डे, झागल गुरुङ्ग, अमरसिंह थापा, जंगबहादुर राणा एंव पवर्तारोही एंव कवि सुभानन्ददास, उदयानन्द अज्र्याल, शक्ति बल्लभ अज्र्याल जन्मिएको जिल्ला हो ।

    यस जिल्ला गोरखनाथको नामबाट अथवा गर्खा, गोरक्षाबाट भएको बताइन्छ । गरेर खा वा मगर भाषामा ग्वा भनेको कुखुरा क्वा भनेको बास्नु भन्दाभन्दै गोरखा भएको हो भनेर अनुमान गरिन्छ ।
    पश्चिमाञ्चल क्षेत्रको उच्च महत्व बोकेको यस जिल्ला नेपालको ठूलो जिल्ला मध्ये चौथोंमा पर्दछ । चालिस भन्दा बढी जातजाति र भाषाभाषीहरु रहेको यस जिल्लाको साक्षरता ३६% छ । प्राकृतिक प्रकोपको दृष्टिले २०औं स्थानमा रहेको यस जिल्लाको अधिंकाश नाम पाँचौ वर्ण ङ आएको हुनाले मगर भाषा र घले गुरुङ्ग एंव भोटिया (लामा) भाषाबाट नेपाली बाहेक अरु ठाउँको नाम राखेको बुझिन्छ । दरौंदी, चेपे, बुढीगण्डकीले सिंचित गरेको यस जिल्लामा घ्याल्चोकटारदेखि माथि वालुवासम्म बीस भन्दा बढी टारहरु छन् ।

    मरछयाङ भनेको काँचो सुन पाइने गडकी भन्दाभन्दै बुढी गण्डकी भएको हो । (टेकबहादुर गुरुङ्ग) उच्च चुबु ताल, पोङकर तार, वीरेन्द्र ताल, पुङगेन ताल, ग्यागोलच्छो, ठूलो दूध पोखरी (नास्यूराङछो गंगाबहादुर), काल ताल, नारद पोखरी, दुध पोखरी, नागेपोखरी जस्ता बीस भन्दा बढी पोखरीहरु छन् । मनास्लु (पोङग्यन), गणेश (काङलोपो), बौद्ध हिमाल, चुली हिमाल जस्ता बीस वटा हिमाल छन् । (बेलबहादुर गुरुङ्ग) पर्यटकीय रुपबाट महत्व बोकेका तपी जस्ता घाँसे मैदान, रुविनाला भन्ज्याङ, धार्चेको लेक, सिरानचोक लेक एंव बारपाक माथिका भेडा बाख्रा र अन्य पशुहरुका लागि उपयुक्त चरनहरु छन् । (तोपमान गुरुङ्ग) श्रीङगी, राजन र मु गुम्बामा आनी र ढावाहरुले ज्ञान सिकेका छन् । विशेषतः मु गुम्बामा पुरुषहरु र राजन गुम्बामा महिलाहरुले मात्र ध्यान गर्नु पर्दछ ।

    उच्च बौद्धिक संस्कृति रहेको यस क्षेत्रमा बोन धर्म पश्चात आठौं शताब्दीमा गुरु पद्यम् सम्भवले बुद्ध धर्म चलाएका हुन् । यो प्राकृतिक दृष्टिले महत्व बोकेको ठाउँ किमोलिङ (लुकेको ठाउँ) हो भनेर बताउका थिए रे । सिर्दिबासलाई कालु लामाको पालादेखि विजय गरेको हुनाले सेतो कुखुरालाई देवीको अवतार मानी पूजा गर्ने चलन छ । यस जिल्लालाई निर्वाचन क्षेत्र ३ र १३ इलाका पर्यटकीय रुपबाट तल्लो मनास्लु र उपल्लो मनास्लु भनी दुई भाग र पाँच उपभागमा विभाजन गरिएको छ । उत्तरी क्षेत्रमा सीमा प्रशासन र प्रशासनिक उपकेन्द्र सिर्दिबासमा स्थापना गरिएको छ ।

    ३५ वटा सरकारी कार्यालय, ११०० भन्दा बढी ग्रैह सरकारी कार्यालय ६ वटा क्याम्पस, ३ वटा ठूला उद्योग रहेको यस जिल्लामा राणा कालमा हुलाक बाहेक माल, अदालत र गोश्वाराको त्रिखम्बे प्रशासन थियो । शिक्षाको क्षेत्रमा तान्द्राङहुदैँ गोरखा बजार क्षेत्रमा १० भन्दा बढी भाषा पाठशाला थियो । भीमोदय प्रा.वि. र सूर्योदय प्रा.वि. ६ सालमा खुलेर अगाडि बढेको यस जिल्लामा ५५४ भन्दा बढी शिक्षण संस्थाहरु संचालित छन् । (विश्वनाथ वाग्ले र जर्नादन रिजाल)
    पश्चिम दुई नम्बर गोरखा अदालतको नामले परिचित सम्मानीय अदालतको न्यायको शुभारम्भ १९८१ फागुन २१ गते गंगाबहादुरको इजालासबाट वाली लुटपिट मुद्दा दौडाहा टोलीले फैसला गरेको अभिलेख देखिन्छ । अदालतको अभिलेखमा मोहरु एक रुपैंयाँ कागज नम्बर १८÷१०३२३ विन्ती पत्र १९८१ फाल हसही ह क क गंगाबहादुर र व्यक्तिको नामको छाप फैसलामा देखिन्छ । नेपाली कागजमा मोरछाप लागेर आउँदो रहेछ । अभिलेखमा गुरुङ्ग, मगर, बस्नेत, पश्चिम ३ नं. इलाका कास्की, पश्चिम २ नं. हाकिम हर्कलालको फैसला तजविज भन्ने उल्लेख छ । तत्कालीन समयमा गोरखा जिल्ला अदालतका कर्मचारीहरुले नक्सा बनाएर सार्वजनिक गरेको देखिन्छ ।

    नक्सामा डिठ्ठा रिषिराम पाध्य, विचारी जयप्रकाश सिवाकोटी बैदार भनी उल्लेख गरेको देखिन्छ । झिर प्रणालीमा नेपाली कागजमा कालो मसी चोपली निगालो वा बाँसको कलमले लेखेर निसाफ छिनेको देखिन्छ । इलाका अदालत १८ सय खोलाको विहीमा रहेछ । विही अदालतको छापले सो कुरा प्रमाणित हुन्छ । (श्रेस्तेदार महेन्द्रप्रसाद भट्टराई) देवानी, फौजदारी मुद्दा छिन्दै अगाडि बढेको यस अदालतमा मुद्दा छिन्न बाँकी १५० मात्र छन् । (अभिवक्ता स्थानेश्वर दुवाडी) सरकारी अधिवक्ता न्याय सेवामा लागेका ७ भन्दा बढी अधिवक्ताहरु वकालत गरेको देखिन्छ । पुरात्व दृष्टिले महत्व बोकेका यी प्राचीन अभिलेखलाई संरक्षण गर्नुपर्ने देखिन्छ ।
    मालपोत कार्यालयमा १९९५ देखि मोरछापको लालमोहोर छ । श्री ५ को वायु गुठ्ठी, राजा महाराजाको गुठ्ठी र छापको लगत देखिन्छ । छालाले बेर्दा कीरा नलाग्ने हुनाले छालाले बेरेको देखिन्छ । २० भन्दा बढी ठेली रहेको देखिन्छ । यी ठेलीलाई नेपाली कागजले बाँधेको देखिन्छ । जग्गालाई अब्बल, दोयम, सिम, चाहार भनेर विभाजन गरेको देखिन्छ । खेतको तिरो लिनेलाई जिमाल र पाखोको तिरो लिनेलाई मुखिया भनेर तोकेको देखिन्छ । १९९० देखि ९४ सम्म हातको नापो, सर्पट नापो सात हातको एक जंन्जिर नापेको देखिन्छ ।

    पछि कपडाले बेरेको देखिन्छ । बुंकोट, लुईटेल, लिगलिग, धावा र तान्द्राङमा कोटका गुठ्ठीहरु देखिन्छन् । (ठाकुरप्रसाद खनाल) त्यस्तैगरी भीमवीरेश्वर महादेव, राधाबल्लभेश्वर महादेव, दुम्सुरी दोभान, छिनछिनमोजेको गुठ्ठीको पूर्जा देखिन्छ । थुमीमा श्री ५ को वायु गुठ्ठी गाउँभरि नै थियो । एक मोठ मात्र रहिकर छ । (रामप्रसाद अंगाई, रघुनाथ फुयाँल)
    २००० पछि मालपोत कार्यालयबाट लिखत (रजिष्टे«सन) पास भएको छाप र सही देखिन्छ । २००० देखि राणाहरुको बिर्ता उन्मुलन भएको देखिन्छ । आरुचनौट गा.वि.स.लाई जिमाल मंगलप्रसाद नेवार लेखेर जवराले बिर्ता उन्मुलन गरेको घोषणाको कागज देखिन्छ । रेर्कडमा हरिशम्सेर जवरा देखिन्छ ।

    त्यसपछि व्यक्तिको नाम हुदै कर तिरेको देखिन्छ । माल कार्यालय २०३९, मालपोत कार्यालय २०४१ र भूमिसुधार मिसाएर एउटै मालपोत कार्यालय भएको देखिन्छ । (अशोक श्रेष्ठ) हाल नापी गरे अनुसार यस जिल्लाको क्षेत्रफल १३१० वर्ग कि.मी. खेत २९ (५३०९ रोपनी) पाखो ८०० (८७१ रोपनी) अन्य १४ (७७८३१ रोपनी) सरकारी तथा सार्वजनिक जग्गा २१५७२९०—९–२–२ देखिन्छ । ७५१८३÷१२४९ हेक्टर, त्यस्तै गरी व्यक्तिको नाममा १०९६१८१–१–१–२ रोपनी गुठ्ठी २६०६५–४–२–२ रोपनी देखिन्छ । जम्मा कित्ता ४५४५९८, ठेली ९९८, जग्गाधनी पूर्जा १३४१२० र रजिष्टे«शन पास राजश्व ०७१ आषाढसम्म १६९७५०३१ देखिन्छ । (मालपोत कार्यालय)
    यस जिल्लाका उत्तरी क्षेत्रको तेघ गुम्बाको १३७८ र १३८५ को नेपाली भाषाको प्राचीन अभिलेख, रामेश्वर मन्दिरको अभिलेख, खोर्लाकोटको हतियारको अभिलेख एंव सरकारी कार्यालयका अभिलेखहरुको उच्च महत्व छ । माथि उल्लेख गरिएका जिल्ला अदालत र मालपोत कार्यालयका हस्त लिखित व्यक्तिको छापको दस्खत, छाला र कपडाको गाता एंव झिर प्रणाली र नेपाली कागजको डोरी ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले अनुसन्धानमूलक र तथ्यपरक देखिन्छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.