×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जलसरोकार: ऊर्जामन्त्रीको डलरमोह

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विकास थापा

    कुनै बेला जलविद्युत् भन्नेबित्तिकै विदेशी ऋण, अनुदान वा यस्तै सहायताबाट मात्र निर्माण सम्भव छ भन्ने मान्यता मात्र होइन, सरकारी व्यवहार र कार्यशैली थियो । समयले धेरै कोल्टा खाँदा आजको मितिसम्म आइपुग्दा स्वदेशका थुप्रै वित्तीय तथा गैरवित्तीय क्षेत्रसित अथाह पैसा रहेको प्रमाणित मात्र भएको छैन, व्यवहारमा पनि देखिइसकेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले स्वदेशी संघसंस्थासित कति पैसा छ र तिनले जलविद्युत्मा मात्र कति लगानी गर्न सक्छन् भनी ती संस्थाका प्रमुखलाई दसैंअघि नै मन्त्रालयमा बोलाएर जानकारी लिए । त्यतिबेला कर्मचारी सञ्चय कोषले तत्काल ३२ अर्ब, वार्षिक २० अर्ब, नागरिक लगानी कोषले तत्काल २१ अर्ब र वार्षिक १५ अर्ब रुपैयाँ जलविद्युत्मै लगानी गर्न सक्ने जनाए ।

    त्यसैगरी नेपाल टेलिकमले तत्काल १० अर्ब र वार्षिक १० अर्ब, जलविद्युत् लगानी तथा विकास कम्पनीले तत्काल पाँच अर्ब र वार्षिक पाँच अर्ब, राष्ट्रिय बिमा संस्थानले तत्काल पाँच अर्ब र वार्षिक दुई अर्ब, सेनाको कल्याणकारी कोषले तत्काल १० अर्ब र वार्षिक दुई अर्ब लगानी गर्न सक्ने क्षमता रहेको जनाए । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि वार्षिक ३०–३० करोड रुपैयाँ लगानी गर्न तयार रहेको बताए ।

    यसबाहेक सामाजिक सुरक्षा कोषले भने नेपाल सरकारले निर्णय गरेबमोजिम लगानी गर्न सकिने जनायो । यसरी यी सबै नौवटा निकायले तत्काल ८८ अर्ब ६० करोड रुपैयाँ र हरेक वर्ष ५४ अर्ब ६० करोड रुपैयाँ लगानी गर्न सकिने जानकारी गराए । यो आँकडाले स्वदेशी स्रोतबाट तत्काल ६ सय मेगावाटको जलविद्युत् आयोजनामा लगानी गर्न सकिने देखिन्छ भने प्रतिमेगावाट २० करोड रुपैयाँ लागत परेछ भने पनि वार्षिक रूपमा दुई सय ७३ मेगावाट जलविद्युत् कसैसित हात नपसारीकन बनाउन सकिन्छ ।

    त्यसबाहेक अझ सर्वसाधारणलाई सेयर दिएर सहभागी गराउने हो भने कल्पना गरिएभन्दा बढी लगानीको ओइरो लाग्ने प्रस्ट छ । उदाहरणको लागि सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनीले गत वर्षको पुसमा सर्वसाधारणको लागि दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्दा २१ गुणा बढी अर्थात् ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो । हरेक जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दा यस्तै मारामार हुने गर्दै आएको छ । अझ उत्पादित बिजुली प्रसारण लाइन अभावमा खेर जाने, लगानी उठ्ने (पे ब्याक) समय लामो हुने र कम्पनीको नाफा कम हुने थाहा पाउँदापाउँदै पनि सर्वसाधारणमा सेयर पाउन दिनभरि लाइनमा बसेका हुन्छन् ।

    लगानी गर्ने अवसर र बन्दोबस्ती नभएर स्वदेशी स्रोत अनुत्पादक क्षेत्रमा वा ब्याजमा मात्र लगानी भएका छन् । अर्कोतर्फ, राज्यले चरम ऊर्जा संकट झेलिरहँदा यी स्रोतलाई जलविद्युत्मा लगानी गर्न र गराउन सकिएको छैन । जलविद्युत्मा स्वदेशी स्रोत परिचालन नहुनुको मुख्य कारण राज्यको उपेक्षित नीति र व्यवहार हो । विदेशी लगानी भनेपछि मरिहत्ते गर्ने राज्यका निकायहरूले स्वदेशका निजी क्षेत्रलाई कसरी हेंला र उपेक्षा गरिरहेका छन्, केही उदाहरण हेरौं ।

    अघिल्लो महिना एक युनिट (२५ मेगावाट) उत्पादनमा आएको माथिल्लो मस्र्याङ्दी ‘ए’ को उत्पादित बिजुली र त्यही कोरिडरमा उत्पादन भएका स्वदेशका निजी क्षेत्रको बिजुली एउटै सबस्टेसनमा जोडिन्छ । त्यही खोला र त्यही ठाउँमा रहेका स्वदेशी र विदेशी लगानी रहेका आयोजनाका लागि राज्यले गरेको व्यवहार आकाश–जमिनको फरक छ । माथिल्लो मस्र्याङ्दीको बिजुली अमेरिकी डलरमा खरिद गर्ने सम्झौता (पीपीए) भएको छ । उसको एक युनिट बिजुलीको ६ अमेरिकी सेन्टभन्दा बढी पर्छ । उसले १५ वर्षसम्म वार्षिक तीन प्रतिशतका दरले मूल्यवृद्धि पाउँछ । अर्थात् जति धेरै समय गुजार्‌यो, उसको बिजुलीको भाउ उति नै महँगो पर्दै जान्छ । अर्थात् यो अर्को खिम्ती हो ।

    एउटै सबस्टेसनमा जोडिएका स्वदेशी लगानीका रादी, खुदी, सिउरीलगायतले एक युनिट बिजुली बेच्दा वर्षायाममा तीन रुपैयाँ १५ पैसा र हिउँदयाममा चार रुपैयाँ २५ पैसा पाउँछन् । औसतमा विदेशीको भन्दा आधा भाउ दिइएको छ । यिनको मूल्यवृद्धि वार्षिक तीन प्रतिशतका दरले पाँच पटकसम्म मात्र पाउँछन् । यिनै स्वदेशी र विदेशीमा अर्को विभेद हेरौं । विदेशी लगानीको नाफा र लगानीको राज्यले प्रत्याभूत गरेको छ, कर छुट दिइएको छ ।

    केही गरी प्राधिकरणले तिर्न नसके राज्यले तिरिदिने भनेर सम्झौता गरिएको छ । विदेशी विनिमयमा जतिसुकै उतारचढाव आए पनि त्यसको सम्पूर्ण जोखिम विद्युत् प्राधिकरणले बेहोरिदिएको छ । तर स्वदेशीका हकमा भने त्यसको ठीक उल्टो छ । केही गरी सम्झौता गरिएअनुसारको बिजुली उत्पादन नभएमा जरिवाना तिर्नुपर्ने प्रावधान राखिएको छ । विदेशीलाई दिइएको सुविधाको १० प्रतिशत मात्र स्वदेशीलाई दिने हो भने लगानीको वातावरण नै अर्कै हुन्छ ।

    यता स्वदेशीले भने बैंकसित व्यक्तिगत जमानी बसेर, लालपुर्जा धितो राखेर लिएका ऋण तिर्नै १०–१२ वर्ष लाग्छ भने विदेशीले पाँच–छ वर्षभित्र सबै ऋण तिरेर नाफा लैजान्छन् । यसरी नेपालीले डलरमा तिरेको बिजुलीबाट आएको नाफा पुनः नेपालमा लगानी हुँदैन, सबै विदेश जान्छ । अहिले पुरानो दरमा पीपीए गरेका स्वदेशका आयोजनाहरूलाई बैंकको ऋण किस्ता तिर्न हम्मे पर्दै आएको छ ।

    खिम्ती र भोटेकोसीभन्दा पनि खतरनाक पीपीएको लागि अहिले ऊर्जामन्त्री लालायित देखिएका छन् । यो डलरमोह आखिर केको लागि ?

    आन्तरिक खपतको लागि चाहिनेजति बिजुली स्वदेशी लगानीमा निर्माण गर्न सकिने प्रस्ट आँकडा आउँदा–आउँदै पनि यिनका लागि आवश्यक वातावरण र पूर्वाधार भने राज्यले कहिल्यै पनि बनाएन । पीपीए रोकिदिने, गरिदिए पनि प्राधिकरणले चाहेको बेलामा मात्र लिने (डिस्प्याचेबल) प्रावधान राखिदिने । तर विदेशीको लागि यस्तो डिस्प्याचेबलको प्रावधान छैन । विदेशी भन्नेबित्तिकै डलरमै पीपीए गर्न ऊर्जा मन्त्रालयदेखि प्राधिकरणसम्मका सबैजना लालायित नै हुने गर्छन् ।

    अहिले ३५ अर्ब रुपैयाँको खास लागत रहेको माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) लाई पनि राज्यको प्रत्याभूति पाउने गरी ‘आयोजना विकास सम्झौता’ (पीडीए) गरिदिएको छ । अब उसले चाहेको दरमा अमेरिकी डलरमा पीपीए गराउन ऊर्जा मन्त्रालय र प्राधिकरण लागिपरेका छन् । जबकि यसको लागत ३५ अर्ब रुपैयाँबाट ६० अर्ब रुपैयाँ पुर्‌याइएको छ । यही लागतको आधारमा पीपीए गरिदिँदा प्राधिकरण मात्र होइन, मुलुककै अर्थतन्त्रलाई कस्तो धक्का लाग्ला ? तत्कालीन गभर्नर डा. युवराज खतिवडाले संसद्को सार्वजनिक लेखा समितिमा गएर डलर पीपीए नेपाली अर्थतन्त्रले धान्न नसक्ने तथ्यांक पेस गरेका थिए ।

    लागत नै बढी देखाइएको यस्तो पीपीए कति डरलाग्दा हुन्छन् भन्ने खिम्ती र भोटेकोसीले प्रमाणित गरिसकेका छन् । खिम्ती र भोटेकोसीभन्दा पनि खतरनाक (झन्डै दोब्बर कृत्रिम लागत) पीपीएको लागि अहिले ऊर्जामन्त्री लालायित देखिएका छन् । यो डलरमोह आखिर केको लागि ? सबैले कुरो प्रस्ट बुझेका छन् । स्वदेशीलाई एक युनिटमा एक पैसा थप दिन नचाहने ऊर्जा मन्त्रालय र प्राधिकरण विदेशी डलरवालाको लागि भने उसले भनेजति दर दिन किन तयार हुन्छन् ?

    एकातिर प्राधिकरण माथिल्लो तामाकोसी (४५६ मेगावाट) आएपछि वर्षायाममा बिजुली खेर जाने भयो भन्दै स्वदेशीका पीपीए रोकेको छ भने अर्काेतिर माथिल्लो त्रिशूली १ को पीपीएको लागि दिनहुँजसो होटेलमा गोप्य बैठक गर्दै आएको छ । यही आयोजनाको पीपीए गर्न एकजना ऊर्जामन्त्रीले प्राधिकरणलाई दबाब दिँदा तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवले भनेका थिए, ‘डलरको जोखिम अर्थ मन्त्रालयले बेहोर्ने लिखित प्रतिबद्धता पत्र ल्याउनोस् गरिदिन्छु ।’

    जोखिमजति प्राधिकरणको थाप्लोमा र अप्राकृतिक नाफा कुम्ल्याउने दाउमा रहेको माथिल्लो त्रिशूली १ को पीपीए गर्ने नै हो भने त्यसको लागत स्वतन्त्र विज्ञहरूबाट प्रमाणित गराउनुपर्छ । जसरी माथिल्लो तामाकोसीको लागत त्यतिबेला १० अर्ब रुपैयाँ बढी अनुमान गरिएको थियो । तत्कालीन जलस्रोतमन्त्री विष्णुप्रसाद पौडेलले उक्त लागत घटाइदिएका थिए र वित्तीय सम्झौता गर्न सम्भव भयो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.