×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ट्रप्पको विजयमा त्रस्त कलेज

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    मान्सी दाहाल

    मिसिगन अमेरिकाः हिलारीले सजिलै जित्ने भनी अनुमान गरिएको चुनाव ट्रम्पले आफ्नो झोलामा पार्दा मलाई अचम्म लागिरहेको थियो । आधा रातमा, क्यानेडियन इमिग्रेसन साइट बन्द भएकोदेखि लिएर भोलिपल्ट अमेरिकाको अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं हवाइजहाजहरू उड्ने ठट्टा सामाजिक सञ्जालमा भइरहेको थियो ।

    भोलिपल्ट बिहान उठेर म सदाझैं आफ्नो अर्थशास्त्रको कक्षाकोठामा गएर बसें । तर त्यो दिन अरूजस्तो थिएन । सधैं उमंग र उत्साह भरिने मेरा सहपाठीहरू आज चुपचाप थिए । त्यो शून्यतामा राति चुनावको नतिजा हेर्दा नपुगेको निद्राभन्दा ‘गलत’ उम्मेदवारले जितेको असन्तुष्टिको गन्ध आइरहेको थियो ।

    सधैं प्रश्नहरूको गुञ्जमा बित्ने त्यो कक्षा आलस्यमै बित्यो । त्यस कक्षालगत्तै म र मेरी मेक्सिकन मूलकी अमेरिकी साथी लन्च खान क्याफ्टेरियातिर लाग्याैं । तर त्यो बीचमा न ऊ केही बोली, न त मैले नै केही बोल्ने साहस गरें । केही खान मन नभएको भन्दै उसले एउटा कचौरामा मासुका दुई टुक्रा लिएर बसी ।

    असहिष्णु आप्रवासी समूहको भावनालाई ठेस पु¥याउने ट्रम्प राष्ट्रपति बन्न पुगेकोमा सबै दुःखी थिए ।

    अरू दुईजना साथी हामीसँग लन्च खान आए । चुनावको कुरा सुरु भयो । ‘म त यो समाजमा असुरक्षित महसुस गरिरहेकी छु भने तिमीलाई कस्तो अनुभव भइरहेको होला, म बुझ्न सक्छु’ भन्दै मेरी अमेरिकी मूलकी साथीले मेक्सिकन मूलकी साथीलाई सम्झाउन खोजी ।

    त्यसपछि मेरी अर्की साथी आएर ती मेक्सिकन मूलकी साथीलाई कस्सेर अँगालो मारी । दुवैका आँखाबाट बगेको आँसुमा निराशा छचल्किरहेको थियो । त्यो अवस्था एक्कै छिनमा भावविभोर अवस्थामा बदलियो । एकैछिन कसैको बोली फुटेन ।

    एउटा बाहिरी नागरिकको नाताले म त्यो पीडालाई आत्मबोध गर्दै केलाइरहेकी थिएँ । मेरो मुटुको कुनामा पनि डर र त्रास लुकिरहेको थियो । तर म निःसहाय थिएँ । कसरी त्यसलाई बन्द गरौं, मैले बुझ्न सकेकी थिइनँ ।

    असहिष्णुता, लैंगिक विभेदको पक्षधर अनि विभिन्न आप्रवासी समूहको भावनालाई ठेस पुर्‍याएको मानिस अमेरिकाजस्तो सर्वशक्तिमान राष्ट्रको राष्ट्रपति बन्न पुगेकोमा सबै दुःखी थिए । उनीहरूलाई राम्रो महसुस गराउने शब्द थिएन मसँग ।

    त्यसपछि म र मेक्सिकन मूलकी साथी अर्को कक्षाकोठामा गयौं । समयभन्दा अगाडि आइपुगेकाले कक्षा कोठामा ऊ र ममात्र थियौं । एक्कै छिनमा ऊ डाँको छोडेर रुन थाली । मसँग केही शब्द थिएन । मैले गएर उसलाई च्याप्प अँगालो हालें । कक्षा कोठामा बस्न सक्ने अवस्था नभएकाले उसले काउन्सिलिङ सेन्टर जाने निर्णय गरी ।

    लगत्तै मेरी प्रोफेसर कक्षाकोठामा प्रवेश गरिन् । उनको पहिलो वाक्य थियो, ‘आज म भावविह्वल छु ।’ वाक्य टुंग्याउन नपाउँदै आँसुका धारा बग्न थाले उनका आँखाबाट । उनले आफूलाई समाल्न सकिनन् । कक्षा कोठामा सबै अन्तर्राष्ट्रिय विद्यार्थी थिए । कसैलाई के गर्ने पत्तो थिएन ।

    गएर उनलाई पनि मेरी साथीलाई जस्तो अँगालो हालौं कि भन्ने सोचें तर फेरि उनी मेरी प्रोफेसर हुन् भन्ने सोचाइले मलाई रोक्यो । बिस्तारै सोचाइको दिशा परिवर्तन हुन थाल्यो । कक्षामा एकएकजनाले त्यो अवस्थामा पनि उज्यालोतर्फ कसरी हेर्ने भन्ने चुनौती फ्याँके । कसैले राष्ट्रपतिले मात्र सबै कार्यभार समाल्दैनन् भने । कसैले सोचेको जस्तो घिनलाग्दो अवस्थाको सिर्जना हुँदैन भन्दै प्रोफेसरलाई राम्रो महसुस गराउन खोजे ।

    सबै अन्तर्राष्ट्रिय विद्यार्थी भएकाले अमेरिकी राजनीतिबारेमा धेरै ज्ञान कमैलाई थियो । तर प्रोफेसरलाई आश्वस्त गर्न हामी सबै जुट्यौं । विडम्बना ! सधैं हामीलाई मार्गदर्शन गर्ने शिक्षकलाई आज हामी सहारा दिइरहेका थियौं । योभन्दा मीठो र असल प्रयास त्यो दिनमा सायदै अरू केही हुनसक्थ्यो होला ।

    उनले आफूलाई समाल्दै भनिन्, ‘मैले मेरो देशलाई चिनेकी छु जस्तो लागेको थियो तर म गलत रहेछु ।’ त्यो वाक्यले मेरो मुटु च्वास्स छोयो । जुन अनेकताले गर्दा अमेरिका महान् छ त्यही अनेकताको सम्मान गर्न नसक्ने उम्मेदारलाई अमेरिकाले राष्ट्रपति कसरी घोषित गर्‍यो ? यहाँ मान्छेहरूलाई त्रास अमेरिकालाई गलत मान्छेले नेतृत्व गर्दैछ भन्ने हैन तर त्यो संकीर्ण सोचाइलाई बहुमतको अनुमोदन बढी दुःखद् बन्य पुग्यो ।

    ५० प्रतिशतभन्दा बढी अमेरिकीले ट्रम्पलाई जिताएपछि मेरा साथीहरूले अमेरिकाले जति स्वतन्त्रताको कुरा गरे पनि मानिसको सोचाइ अझै संकीर्ण रहेको र अब यो सोचाइले विजय हासिल गरेपछि समाजले नराम्रो मार्ग लिने अनुमान गरिरहेका थिए ।

    धेरै विद्यार्थी तनावमा रहेकाले आज कक्षाकोठा आउन कोही बाध्य थिएन । कलेजका अध्यक्षले सबैलाई चिठी पठाएर सम्झाउन खोजेका थिए । विभिन्न विभागहरूले निःशुल्क खाना बाँडिरहेका थिए । खुसी के कुराको थियो भने मेरो कलेजमा सबैले एकअर्कालाई सहारा दिइरहेको थियो । भविष्यका बारेमा त केही भन्न सकिँदैन तर अमेरिकामा यही एकता कायम रहने हो भने सायदै यसको महानतालाई एउटा निर्वाचन नतिजाले डगमगाउन सक्ला ।

    (दाहाल मिसिगनस्थित कलामाजु कलेजमा अध्ययनरत छिन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.