×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भान्सादेखि सदनसम्म लोकमान !

  •  
  • शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दुर्गानाथ शर्मा

    अहिले नेपाल लोकमानमय भएको छ । जताततै लोकमान छाएका छन् । सडकमा लोकमान, संसद्मा लोकमान, राजनीतिक दलहरूको बैठकमा लोकमान, सञ्चारमाध्यममा लोकमान, गल्लीका चियापसलमा लोकमान । कहाँ छैनन् लोकमान ? सदनदेखि नेपालीका भान्सासम्म लोकमान पुगेका छन् ।

    लोकमानमाथि संसद्मा एमाले र माओवादीले उनीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएपछि यो कुरा नेपालका र संसारमै आगोजस्तो फैलियो । उनलाई महाअभियोग लगाउनुअघि एउटा नाटक मञ्चन गरियो । सर्वोच्च अदालतले उनलाई उपस्थितिको लागि सूचना टाँस गर्ने कार्य पुरानो बानेश्वरवासीहरूका लागि राम्रै प्रदर्शन भयो ।

    पुरानो बानेश्वर वडा नम्बर १० मा कार्कीको निवास छ, तर त्यहाँ उनी बस्दैनन् । उनी नबसेको पनि धेरै भइसक्यो । उनले आफ्नो घर सामसुङ कम्पनीलाई भाडामा दिएका छन् । उनी अख्तियारकै टंगालस्थित उनैका लागि निर्मित क्वार्टरमा बस्छन् । उनी त्यसबेला नेपालमा थिएनन् । यस्तै मौका पारेर उनको निवास खोज्दै एक हुल मानिस देखिए उनको घरअगाडि । मैले सुरुको दृश्य झट्ट सम्झेँ, जनयुद्ध सकिएर सरकार बनेको पनि थिएन । नेपाल गणतन्त्र र राजाविहीन भइसकेको थियो । त्यसबेला कार्की तत्कालीन श्री ५ को सरकारका मुख्य सचिव थिए ।

    त्यसबेला माओवादी कार्यकर्ता आएर उनका ढोकामा अनेक आरोप लगाएर ठूलाठूला अक्षरले कोरेर कलात्मक ढोका बनाइदिए । त्यसमा उनलाई भ्रष्टाचारको नाइके दरबारको पुच्छर जस्ता अत्यन्तै असभ्य र जंगली गाली गर्दै पदवी ढोकामार्फत प्रदान गरिएको थियो । ढोकामाथि कम्युनिस्टका रातो झन्डा गाडेर माओवादीहरू उनी यहाँ (घरमा) छैनन् भन्ने बुझेपछि यी नारा नमेट्नू र झन्डा पनि नझिक्नू भन्ने आदेश दिएर फर्केका थिए ।

    हप्तौंसम्म माओवादीका डरले ढोकामा लेखिएका ती सेता अक्षर मेट्ने हिम्मत गरेनन् उनका सुरक्षाकर्मीले । सबैका लागि त्यहाँ अडिएर ती नारा पढ्ने अवसर प्राप्त भएको थियो । मेरो घर कार्कीकै घर अघिल्तिर छ, त्यसैले बिहान, बेलुकै नारा देख्ता मलाई नराम्रो लाग्यो र मैले त्यहाँ बसेका कार्कीका सुरक्षाकर्मीलाई अब त हप्ता पनि नाघिसक्यो, यो हटाई दिए हुँदैन भनेर सोधा सर, उनीहरूले हामी फेरि आउँछौं, यो केही नचलाउनु भनेर गएका छन् । कसरी झिक्ने र ? भनेर आफ्नो हुतिहारापन प्रकट गरेका थिए ।

    तिनलाई मैले भनेको थिएँ, अगाडि घर भएको एउटा बाहुन केटो आएर अब यी पोस्टर हटाइदिए हुन्छ भने । साथै उनले कसले अक्षर मेट्ने आदेश दियो भनेछन् भने त्यही बाहुन केटाले भनेको भन्नु भनेर यो नाटकलाई पटाक्षेप गर्न आग्रह गरेका थिए ।

    पछि उनै अख्तियार दुरूपयोग आयोगका प्रमुख आयुक्त भएर आए । त्यसबेला अख्तियारको प्रमुखमा उनको नियुक्ति र उनको योग्यतालाई लिएर ठूलै प्रचारबाजी भएको थियो । यसलाई पैसाको चलखेल पनि भन्थे । हाम्रो चासोको विषय नभएकाले यस्ता हल्ला सुन्नु र अखबारमा पढ्नुबाहेक हामी गर्नै के सक्थ्यौं र ?

    त्यसबेला खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिमण्डल गठन भएको थियो । त्यो सरकार प्रायः धेरैजसो ठूला दलको समर्थन थियो । मेरो यसरी भन्नुको तात्पर्य के हो भने उनीमाथि यस्तो आरोप लागेकोमा उनैलाई मुख्य आयुक्त नियुक्ति गर्ने र उनैलाई सिफारिस गर्ने दलहरू पनि दोषी छैनन् र ?

    तिनलाई पनि महाअभियोग लगाउनेतिर हाम्रा दलहरू लाग्लान् ? पुरानो बानेश्वरको यो नाटकमा सर्वोच्च अदालतका कर्मचारीलाई लोकमान अख्तियारको क्वार्टरमा बस्छन् भन्ने थाहा थिएन ? उनको एक महिनाको बिदा स्वीकृत गर्ने सरकारलाई त यो थाहा हुनुपर्ने कुरा हो । यो नाटक किन त ? सबैको यो प्रश्न हो ।

    मैले लोकमानसिंह कार्की दूधले धोएको जस्तो कन्चन छन् भन्न खोजेको होइन । होला, उनले पनि खानुपर्छ र परिवार पाल्नुपर्छ । कोही आफूलाई चोखो भन्छ इमानदारीपूर्वक भने त्यसले अवसर नपाएर नखाएको हुन सक्छ । नेपालमा माथिदेखि तलसम्म अर्थात् प्रधानमन्त्रीदेखि पियनसम्मले भ्रष्टाचार गर्छन् भन्ने कुरा संसारलाई थाहा छ । अझ राजनीतिक नेताहरू त पैसा भनेपछि मरिहत्ते गर्छन् भन्ने कुरा नेपालका केटाकेटीसम्मलाई थाहा छ ।

    सुरुमा उनले अड्डा, अदालतका ससाना कर्मचारीलाई कारबाही गर्न थाले पनि अखबारहरूले लेख्न थाले, लोकमान सिंह ससाना, सोझा र भ्रष्टाचार नगरी जिउन नसक्नेहरूलाई मात्र कारबाही गर्छन्, ठूला माछालाई पक्रने उनको कुनै साहस र आँट नै छैन ।

    लौ त भनेर सायद उनले ठूलाबडा भनाउँदा र खासगरी नेपालको राजनीतिलाई नै फोहोरी बनाउने नेताहरूका कर्तुतका फाइल पल्टाउन थाले । यसमा माओवादीको लडाकुबीच व्यवस्थापनमा भएको व्यापक भ्रष्टाचारको फाइल पल्टाइदिएपछि दलहरूमा भागदौड मच्चिएको हो । चोरको खुट्टा काट् भन्दा सबैले खुट्टा झिकेको नेपाली उखान अहिले चरितार्थ भएको छ । नेपालमा बहिरबाट आएका सहायताका प्रायः धेरैजसो रकम भ्रष्टाचार हुन्छ । अड्डा अदालतमा एकजना गरिबले न्याय खोज्न पनि पैसै निकाल्नुपर्छ । यो कुरा के सबैलाई थाहा छैन, ठूलाठूला आयोजनाहरूमा कति भ्रष्टाचार हुन्छ ?

    हालै भूकम्पपछिको पुनर्निर्माणका कार्यक्रम हेर्ने हो भने पनि गाउँघरतिर जति प्रचार गरिए पनि घर बन्न सकेको छैन । धेरैजसो त्रिपालभित्रै जाडोमा गुडुल्किएर सुत्छन् । यसमा कति भ्रष्टाचारका कथा सञ्चारमाध्यमले बाहिर ल्याएका पनि छन् । त्यसैले यसमा कसलाई र कतिलाई कारबाही गर्ने भन्ने पनि हुन सक्छ । नेपालले बाहिर संसारको भ्रष्टाचार हुने देशमा आफूलाई अग्रपंक्तिमा राखेको छ । भनिन्छ- नेपालमा सबैभन्दा ठूलो उद्योग, व्यापार नै भ्रष्टाचार हो ।

    लोकमानसिंह कार्कीको समाचार सञ्चारमाध्यममा कसरी छायो भने हाम्रो समस्या भनेको नै लोकमान हो जस्तो ! कतिपय सञ्चारमाध्यमले त प्रथम पृष्ठ पूरै लोकमान ग्रन्थले भरिएको थियो । भित्री पानामा पनि हरेक पात्रमा लोकमानबाहेक खासै समाचार पढ्न पाइएन ।

    कतिलाई कारबाही गर्ने ? बरु यस्तो एउटा प्रणाली बनाउनुपर्‌यो, जसबाट भ्रष्टाचार नै गर्न नपरोस् । हाम्रो देशमा सबैभन्दा विडम्बना सरकारभित्रै छ, त्यहाँका नियम र कानुनभित्र छन्, जसले कर्मचारीलाई घूस खाने बाटो देखाइदिन्छन् । यसलाई कसरी निवारण गर्ने भन्ने विषयमा संसद् नै अघि सर्नुपर्छ । पहिले सांसदहरूबाट हुने भ्रष्टाचार र गैरकानुनी रूपमा हुने कार्यलाई नै समाप्त पार्नु उचित हुन्छ ।

    यसबाट अर्को लोकमान जन्मिन नसकोस् ! नेपालमा सामाजिक संस्था अर्थात् एनजीओ/आईएनजीओ नै बढी भ्रष्टाचार गर्छन् । बाहिरबाट आएको विदेशी अनुदान खप्लक्कै खाइदिन्छन् । तर उनीहरू आरामसँग टाइ लगाएर कारमा हिँड्छन् । नेपालका गरिबलाई आएको सहायताको रकम उनीहरूकै पकेटमा जान्छ, नेपालमा त उनका नक्कली बिल र भर्पाइ मात्रै हुन्छ । कसले हेर्ने यो समस्या ?

    नेपाल सरकारले ७० वर्षमाथिका वृद्धवृद्धालाई सामाजिक भत्ताका रूपमा पहिले मासिक एक हजार र पछि ओली सरकारको पालामा दुई हजार गरेपछि अलिकति सहयोग पुगेको थियो । त्यसबाट उनीहरू चाडपर्वमा आफ्ना छोरी-ज्वाइँ, नाति-नातिनालाई दक्षिणा र मिठाई किन्न पुग्थ्यो । तर सरकारको लापरबाहीले गर्दा गएको दसैँमा धेरै बूढाबूढी हिस्स हुनुपर्‌यो । जतिपटक वडा कार्यालय पुग्यो, खोइ पैसा आएकै छैन भन्ने उत्तर सुनेर फर्किनुपथ्र्यो । दसैँ उनीहरूको राम्रो भएन ।

    तर उता दसैँअगावै सत्तामा रहेका राजनीतिक दलका कार्यकर्तालाई भने सरकारले करोडौं रुपैयाँ बाँड्यो, सरकारी खल्तीबाट ! अब तपाईं आफैं अनुमान गर्नोस् । आफ्नै सेवक मात्र हुन् यिनीहरू ! बूढा-बूढीको के चिन्ता ! आफ्नाले खान पाए पुग्यो । हामी कुन युगमा छौं ? हामी कुन सभ्यतामा छौं ?

    अब सञ्चारमाध्यमको कुरा गरौं । नेपाली सञ्चारमाध्यम पनि बलेकै आगो ताप्छन् । लोकमानसिंह कार्कीको समाचार सञ्चारमाध्यममा कसरी छायो भने हाम्रो समस्या भनेको नै लोकमान हो जस्तो ! कतिपय सञ्चारमाध्यमले त प्रथम पृष्ठ पूरै लोकमान ग्रन्थले भरिएको थियो । भित्री पानामा पनि हरेक पात्रमा लोकमानबाहेक खासै समाचार पढ्न पाइएन ।

    निश्चित हो- लोकमान काण्ड, सञ्चारमाध्यमका लागि सबैभन्दा ठूलो राष्ट्रिय मुद्दा हो । त्यसो भनेर सम्पूर्ण अखबार नै लोकमानविरुद्ध देखियो । यसमा सञ्चारमाध्यमको उद्देश्य के हो, हामी जस्ता सामान्य पाठकले बुझ्न सकेनौं । पत्रकारिताको कुन सिद्धान्तले यसमा काम गरेको छ ? समाजका जल्दाबल्दा समस्या छोडेर एउटै मुद्दामा केन्द्रित हुँदा पाठकहरू ठगिन्छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.