×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लोकमानका डमरुहरू !

  •  
  • बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोही माग्ने ढुंग्रो लुकाउने !

    कृष्णमुरारी भण्डारी

    वैशाख २०७० मा यही स्तम्भमा ‘लोकतन्त्रका लोकमान’ लेख्दापूर्व जलस्रोत मन्त्री तथा नेपाली कांग्रेसका नेता बलदेव शर्मा मजगैयाँले मुसुमुसु हाँस्दै नम्र स्वरमा भनेका थिए, पढें । सन्तुलित रहेछ ।

    तर यतिखेर बलदेव मजगैयाँको नामोनिसान कतै छैन । यी तिनै मजगैयाँ हुन्, जो जलस्रोतमन्त्री थिए र लोकमानलाई उनको सचिव बनाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दबाब दिँदा ठाडै इन्कार गरेका थिए । उनले भनेका थिए, अरू जुनसुकै सचिव मेरो मन्त्रालयमा पठाए पनि हुन्छ, तर लोकमानलाई होइन । आदर्श र निष्ठाको राजनीतिमा लागेका मजगैयाँले भने, उसो भए कि मलाई रोज्नुस् कि लोकमानलाई ! गिरिजाप्रसादले लोकमानसिंह रोजे ।

    मजगैयाँले जलस्रोतमन्त्रीबाट राजीनामा दिए । कांग्रेस केन्द्रीय सदस्य र निर्वाचित सांसद मात्र होइनन्, उनी पार्टीमा अत्यन्त बौद्धिक र सशक्त नेता मानिए पनि लोकमान काण्डपछि कहिल्यै चुनाव लडेनन् । पहिलो संविधानसभामा उनलाई पार्टीले बलजफ्ती संविधानसभाको समानुपातिक सदस्य त बनायो, तर मौन भएरै बलदेव बसे । कांग्रेसको साधारण सदस्यता छोडेका छैनन् तर राजनीतिबाट धेरै टाढा साहित्यिक, आध्यात्मिक र समाजसेवीको रूपमा जीवन व्यतित गरिरहेका छन् ।

    लोकमान यतिखेर जताततै छाएका छन् । संसदमा उनीविरुद्ध महाभियोग दर्ता भएको छ । मजगैयाँको प्रतिक्रिया के रहेछ जान्न चाहेँ । फोन लागेन । उनका निकट कांग्रेसका लोकेश ढकालसँग सोधेँ, कता जानुभयो मजगैयाँजी, फोन नै लागेन ? उनले भने, दाइ अमेरिका जानुभएकै दुई महिना भइसक्यो । अझै दुई महिना आउनु हुन्न । कुरा गर्न चाहनु हुन्छ भने भाइवरमा गर्नुस् !

    लोकमानलाई गिरिजाप्रसादले बोक्दासमेत टेरेनन् यी दंगालीले । कांग्रेसीले निष्ठा र नैतिकताको राजनीति छोड्नु हुँदैन, पद गए जाओस् भनेर जलस्रोतमन्त्रीबाटै राजीनामा दिनसक्ने हिम्मत भएका मजगैयाँसँग सम्पर्क हुन सकेन । तर डेढ दसकअघि नै लोकमान को हो र यसले केसम्म गर्न सक्छ भनेर चिन्न सक्ने व्यक्तिको कांग्रेसमा के स्थान छ भनेर खोजी गर्न मन लाग्यो । उनी त आदर्श, नैतिकता र सिद्धान्त छोडेर कांग्रेसीले पदको पछि लाग्नु हुन्न भन्ने आदर्शवान् रहेछन् ।

    आकारमा हात्ती जत्रा र स्वभावमा बाघजस्ता लोकमानलाई खिरिला र त्यसमा पनि विनम्र स्वभावका बलदेव मजगैयाँले कसरी चिने र योसँग सहकार्य गर्नु हुँदैन भन्ने आँट गरे ? जबकि अहिलेका कांग्रेस पनि लोकमानबाट थर्कमान देखिँदै छन् ।

    अरूका के कुरा, उनका नेता सर्वशक्तिमान गिरिजाप्रसादले लोकमानलाई काँधमा बोकेरै जीवनभर हिँडिरहे तर कांग्रेसको सशस्त्र आन्दोलनमा खारिएका मजगैयाँलाई गिरिजा र उनको ग्याङले चिन्न सकेन । गिरिजाप्रसादले लोकमानलाई छाने । मजगैयाँले मन्त्री पदबाट उत्तिनखेरै राजीनामा दिए ।

    टाउकोभन्दा आँखा ठूला !

    भनाइ नै छ, टाउकोभन्दा आँखा ठूला भए भने जीवन चल्दैन । कांग्रेसमा पनि त्यस्तै भयो । गिरिजाप्रसादको सत्तामत्तासँग मजगैयाँको बुद्धि, विवेक र सिद्धान्त चलेन । गिरिजाप्रसादले लोकमानलाई बोकिरहे । टाउकोमा चढाइरहे । गिरिजाप्रसाद त मरेर गए तर देश दुनियाँलाई उनकै कारणले रोइरहनुपरेको छ ।

    जहाँसुकै शक्तिकेन्द्र र अभिजात्य वर्गलाई बोकेपछि हुने यही नै हो । अभिजात्य वर्ग सधैँ शक्तिको प्रयोग गरिरहनसक्छ । यो वर्ग अकूत सम्पत्ति, परिवार र ऐसआरामले गर्दा नयाँ सिस्टमलाई न टेर्छ न त स्वीकार नै गर्छ । ऊ छिद्रान्वेषी बनेर जहिले पनि बद्नाम गर्न, भत्काउन र बिगार्न लागिरहन्छ । एक समाजशास्त्रीले भने, उनीहरू यसैगरी हुर्किएका हुन्छन् ।

    त्यसैले हाम्रो ब्युरोक्रेसी व्यावसायिक हुन नसक्नुको कारण नै सबै संरचनामा अभिजात्य वर्ग हावी हुनु हो । सामान्य गाउँलेका सन्तान र अभिजात्य वर्गबीचको आधारभूत भिन्नता नै यही हो ।

    लोकमानसिंहको घरमा सत्यनारायणको पूजा लगाएपछि दरबारियादेखि सत्तासीन प्रधानमन्त्री, पाइलट बाबासम्म पर्साद खान पुग्नुको पछाडि अरू कारण छैन । यस्ता बाबा, दरबारियासँग परिवर्तनकारीको बसउठले व्यापकता मात्र पाएन, त्यसले निरन्तरता नै पायो । ब्युरोक्रेसीको उपल्लो दर्जामा पुग्ने र छोटो समयमा लाभ लिने आवश्यक योग्यता नै यही ठहर्‌यो, एक रिटायर्ड सचिवले दुखेसो पोखे ।

    निजामती सेवामा सहसचिव वा उपसचिव भई जति वर्ष काम गरे पनि सचिव हुन हुप्र नभइहुन्नथ्यो । राणाकालमा मोहर चढाएर चाकरी गरेजस्तै । त्यसकै निरन्तरता थियो पञ्चायती निजामती प्रशासन । ०४६ सालमा बहुदल आएपछि आयोगका पद तथा श्री ५ र नेपाल सरकारको ओहोदामा जसलाई माथि पुर्‌याउनु छ, उसकै अनुकूल हुने गरी निसेनी परिवर्तन भइरह्यो । सचिवहरूलाई नै हतियार बनाएर योग्यताक्रम बनाउने/फेर्ने चलन चलिरह्यो ।

    शक्ति केन्द्रबाट पीएचडी गरेको, हार्वर्ड, लन्डन स्कुल अफ इकोनोमिक्स सकेको, बूढानीलकण्ठ पढेको, विश्व बैंकको कन्सलटेन्ट बनेको क्षमतावान्, मेहनत गर्न सक्ने सामान्य परिवारको सन्तान स्वर्णिम वाग्लेको प्रवेश रोक्न ठूलो कसरत भयो । सरकारी सेवामा अनुभव नभएको, ४५ वर्ष उमेर नपुगेको, ठेट्नु भनेर निषेध गर्न ब्युरोक्रेसीले कम्ती प्रयत्न गरेन । तर केही इमानदार र सक्षम ब्युरोक्रेट तथा कांग्रेसभित्रकै विज्ञता हासिल गरेका व्यक्तिको ठूलो प्रयत्नले वाग्ले योजना आयोगको सदस्य बन्न पाए ।

    पूर्वसचिवले दोहोर्‌याए, प्रजातन्त्र र लोकगणतन्त्र आइसक्दा पनि हाम्रो प्रशासनतन्त्रलाई यस्तरी मुठीमा पर्ने गरी बनाएका छन् कि गतिलो, क्षमतावान्, काविल, इमानदार, प्रतिबद्ध, पारदर्शी र नेतृत्व क्षमता भएकालाई यहाँ सधैँ ढोका बन्द नै हुन्छ । लोकमानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने माननीय सांसद महोदयहरूले ख्याल गर्नुपर्ने कुरा हुन् यी ! उनीहरूले बुझून्, विपक्षी दलका नेता केपी ओलीले काँध नथापेको भए यो प्रस्ताव गर्भमै तुहिने निश्चित थियो ।

    सबैले बुझिराखे हुन्छ, अभिजात्य वर्गको ब्युरोक्रेसीमाथिको पकडको निषेधात्मक परिणाम हो, लोकमानसिंह कार्की ! लोकमान त एउटा प्रतिनिधि पात्र मात्र हुन् । सुषुप्त लोकमानहरू ब्युरोक्रेसी र राजकीय संयन्त्रमा बग्रेल्ती छन् । जसरी धमिराले कुनै पनि संरचनालाई भित्रभित्रै खोक्रो बनाउँछ त्यसैगरी बहुदल वा गणतन्त्रकालको अभिजात्य वर्गले मुलुक चुसिरहेको छ ।

    न केही हुन सक्छ न त मुलुकले नै गति लिन सक्छ । निजामती प्रशासन, विकास, व्यापार, शिक्षा, सुरक्षा, जलविद्युत्समेत तिनकै सेटिङमा जकडिएको छ । अभिजात्य वर्गको माखेसांग्लो भत्काउन सजिलो छैन । एकैपटक जबर्जस्त प्रहार नगरी यो भत्किनेवाला पनि छैन । यसनिम्ति लोकमानलाई नियुक्त गर्न मिलेका तीनवटै पार्टी मिल्नु जरुरी छ । लोकतान्त्रिक गणतन्त्रनिम्ति जिन्दगी खर्चेका इमानदार युवाहरू मिलेनन् भने यिनलाई पुस्ता दरपुस्ताले धिक्कार्नेछ ।

    इमानदार, प्रतिबद्ध, पारदर्शी, नेतृत्व गर्ने गड्स भएका व्यक्तिहरू जुन विचारको भए पनि अगाडि आए भने मात्र नयाँ नेपालको हाम्रो सपना पूरा हुने सम्भावना छ । त्यसैले जहाँ र जुनसुकै पार्टीको होस्, स्वर्णिम वाग्ले जस्ता मान्छेलाई अगाडि ल्याउन सक्यो भने मात्र हाम्रा सपना पूरा हुन सक्छ तर यस्ता मान्छेलाई त अभिजात वर्गले सकेसम्म छिर्न पनि दिँदैन ।

    निजी क्षेत्र अनेक वाधा–अवरोध हुँदाहुँदै पनि अगाडि देखिएको छ । उदीयमान मनग्यै युवा निजी क्षेत्रमार्फत आफ्नो प्रतिभा देखाइरहेका छन् । तर सरकारी क्षेत्रमा खै ? जबकि सरकारी क्षेत्रको लगानीअनुसारको उपलब्धि खोज्ने हो भने निराश बन्नुको विकल्प नै छैन । लोकसेवा आयोग प्रतिभावान् युवाहरू जाने ठाउँ नै बन्न सकेन । अब्बल दर्जाको मान्छेको प्राथमिकतामा सरकारी सेवा परिरहेको छैन ।

    लोकमानलाई महाभियोग लगाउन लागेका माननीयहरूले यस विषयमा अझै बहससम्म सुरु पनि गराएका छैनन् । उनीहरू ठानिरहेका छन्, लोकमानलाई हटाएपछि यहाँ रामराज्य कायम भइहाल्छ !

    पार्टीहरू किन फसे ?

    आन्दोलनमार्फत उनीहरूले नै देशमा परिवर्तन ल्याएका हुन् तर परिवर्तनपछि उनीहरू आफैँले कायम गरेको आदर्शमा बस्न सकेनन् । नेताहरूको जीवन पद्धति, रहनसहन, बसउठ र सपना पनि सत्तामा पुगेपछि फेरियो । बहुदलपछि कांग्रेस–एमाले फेरिए । गणतन्त्र आएपछि माओवादी फेरियो ।

    शासन सत्तामा पुगेपछि अभिजात्यको जीवन, व्यवहार र पद्धति क्रान्तिकारी नेताले अनुशरण गर्न थाले । यसको पछिल्लो उदाहरण राष्ट्रपति विद्या भण्डारी र उनका छोरीका जुत्ता (सखडा देवीको मन्दिरमा जाँदा) नेपाली सेनाका जवानलाई बोकाएको तस्बिर छापिएपछि छरपस्ट भएको छ । हजुर, स्योस्, सुकला, सवारी, जस्ता शब्दले सर्वहाराका नेताहरू नै लैस हुन पुगे । अभिजात्य वर्गको चिप्लो र चाकरीबाट द्रवीभूत बन्दै तिनकै घेराबन्दीमा परे अनि तिनकै पृष्ठपोषण गर्न थाले ।

    जसले लोकमानविरुद्ध राम्रै अभियान चलाउन सके । शक्ति केन्द्रको आडमा राम्रै पहुँच पनि देखाए । तर आफ्नो अपारदर्शी आर्थिक गतिविधि लोकमान देखाएर ढाकछोप पार्न खोजेका छन्

    गणतन्त्रपछि राज्यशक्तिको स्रोत र जनता सार्वभौमसत्तासम्पन्न भए पनि हिजो दरबार र शक्तिकेन्द्रले गर्ने भारदारी अभ्यास नै कांग्रेस कम्युनिस्ट नेताले गर्न थाले । जनताका प्रतिनिधिहरू नै भारदार भए । कोत, भण्डारखाल, अलौ जस्ता राणाकालका पर्व पछ्याएका, शाहकालका दरबार हत्याकाण्ड हेरेका लोकमानका लागि बहुदलीय र गणतन्त्रकालीन संयन्त्र परिचालन गर्नु खासै कठिन काम रहेन ।

    प्रथम राष्ट्रपति र लोकमानका नियुक्तिकर्ता डा. रामवरण यादव राजाको कार्यशैली पछ्याउँदै सन्तुष्ट बने । बहुदलीय व्यवस्था सुरुआत भएपछि मौलाएको सञ्चारमाध्यमको उभारपछि यो झन् छरपष्ट हुन पुग्यो । स्वाभिमानी र आत्मगौरव भएका आममान्छेका निम्ति यो निरीहताको पराकाष्ठा र पीडादायक रह्यो । सबैतिरबाट सर्वसाधारणले नै ठगिनुपर्‌यो ।

    आफैंले भोट दिएर जिताएका सांसद नै निर्वाचन क्षेत्र विकास कोषमार्फत दुरुपयोग भए । ‘काविल’ लोकमानले यस्तै दुरुपयोगमा फसेका सांसदलाई च्याप्पै समातेर हर्रा हगाउन थाले । झिँगा, फट्यांग्रा, पुतली, कमिला, लामखुट्टे खाने जनप्रतिनिधिलाई समातेर कायल बनाए । ती सांसद निरीह भए पनि आफ्नो काम के हो भन्नेसम्म छुट्ट्याउन नसक्ने भएकाले नै लोकमानको सिकार बनेका हुन् । खासमा सांसदको काम नियम–कानुन बनाउने हो ।

    त्यसैले आइन्दा अरू लोकमान नजन्मियून् र तिनका पाइटा उम्रियून् भन्नको लागि सांसदहरूले उचित कानुन नै बनाउने हो । तर सार्वभौम जनताका प्रतिनिधि नै राता पासपोर्ट, मानव तस्करी, सांसद कोष, एनजीओका भत्ता, विदेश सयर, छोराछोरीलाई स्कलरसिप, अर्काले किनिदिएको मोटर, स्कच रक्सी, लाभ आउने क्षेत्र र कम्पनीका सेयर, स्थानीय डन र गिटी–बालुवाका तस्करसँग हिस्सा लिएर आफ्नो सार्वभौमिकता, स्वाधीनता र स्वाभिमान गुमाइरहेकाले लोकमान हावी हुन सकेका हुन् ।
    एक राजनीतिक विश्लेषकले भने, सांसद कति विरूप र कुरूप बनिसकेका छन् भने मिनेटमिनेटमा लोकमानले तर्साउँथे ।

    लोकमानको मिलोमतोमा बस्ने केही सरदारबाहेक अरू सबै तर्सिरहेका पनि थिए । अब लोकमान महाभियोग प्रकरणमा पनि सुध्रेनन् र यिनमा चेत आएन भने लोकतान्त्रिक प्रणाली र संरचना पंगु हुनेछ । अनि लोकमानहरूले फेरि स्वाहा बनाइदिनेछन् । त्यसैले सांसद र पूरै देश अगाडि बढ्ने अवसर पनि हो यो, महाभियोग प्रकरण । यतिखेर महेन्द्रबहादुर शाही, धनराज गुरुङ, गगन थापा, रवीन्द्र अधिकारी, चन्द्र भण्डारी, भानुभक्त ढकाल, रेखा शर्मा जस्ता सांसदहरूले यो कुरातर्फ ध्यान दिऊन् ।

    डरलाग्दो अहमता !

    लोकमान प्रकरणमा अर्को डरलाग्दो अहमतावादी पक्ष पनि छ । जसले लोकमानविरुद्ध राम्रै अभियान चलाउन सके । शक्ति केन्द्रको आडमा राम्रै पहुँच पनि देखाए । तर आफ्नो अपारदर्शी आर्थिक गतिविधि लोकमान देखाएर ढाकछोप पार्न खोजेका छन् ।

    संसद् र सांसदले त्यस्तालाई प्रणालीभित्र ल्याउन अवसरको रूपमा लोकमान प्रकरणबाट शिक्षा लिन सक्नुपर्छ । यी पात्रहरूको बौद्धिकता, आफ्नो नेटवर्क र पहुँचप्रतिको दम्भले गर्दा जेसुकै गर्न छुट हुन्छ भन्ने अभिमान स्क्यान गर्ने यही उपयुक्त अवसर पनि हो ।

    सांसद, पत्रकार र लोकमानका डमरुहरू

    सबैले बुझिराखे हुन्छ, लोकमान प्रकरण अख्तियार प्याराडमसिफ्ट हुने टर्निङ प्वाइन्ट हो । यहीबेला विश्वसनीय र सर्वस्वीकार्य खालको संरचना बन्यो भने दम्भीहरू पनि ठेगान लाग्छन् किनभने यो मोडबाट अगाडि बढ्दा अख्तियार झन् बढी विश्वसनीय, काविल, जनउत्तरदायी र पारदर्शी हुन सक्छ ।

    यही मौकामा सांसदहरूले न्यायालयभित्रको सेटिङ र भ्रष्टाचार तह लगाउने कानुन बनाउन सक्नुपर्छ । संवैधानिक निकायको प्रमुखलाई पत्र बुझाउन तामेलदारलाई कति पटकको ताकेतापछि सम्भव भयो ? सर्वसाधारणको के हालत होला ? अहिले सांसदहरूमाथि ठूलो जिम्मेवारी छ उपयुक्त विधि बनाउन लाग माननीयहरू ।

    पत्रकार÷लेखकहरूले लोकमान र उनको ज्यादतीबारे खुब लेखे तर भित्री कथाहरू अझै आइसकेका छैनन् । लोकमान मात्र होइन, ऊजस्तै अन्य पात्रहरू (लोकमान त बाघ भइहाले अरू थुप्रै डमरुहरू) बाघ बनेर निस्कन खोज्दैछन् । तिनले प्रशासनिक संयन्त्रलाई तर्साएर लिएका लाभका अनन्त कथाहरू बाहिर ल्याउन सक्नुपर्छ । लेखक राप्रउ पोखरेल त्यस्ता पीडितमध्येका एक पीडित हुन्, जसले अख्तियारमा काम गर्ने एक महामहिमको पीडामा छट्पटिनुपर्‌यो ।

    उनका छिमेकी अख्तियारका परेकाले सडक विस्तारमा बराबर छोड्नुपर्ने जमिन राप्रउको मात्र पारियो । यस्ता राप्रउ धेरैवटा छन् । अख्तियारको काम गरिरहेका डमरुले व्यापारिक घराना, निजी बैंक, उच्चपदस्थ अधिकारीलाई समेत धम्क्याएर नातेदारलाई जागिर लगाउनेदेखि नजरानासमेत लप्काएका स्टोरीहरू आउन बाँकी नै छन् । कूटनीतिक नियोगका पदहरू हत्याएका कथाहरू थप खोजीका विषय हुन् ।

    बुद्धिजीवीहरूले खै यसमा बहस चलाएको ? अब आयोग कस्तो बन्नुपर्छ ? खै सेमीनार, कार्यपत्र ? अख्तियारको संरचना मास्ने होइन, देश र जनताप्रति उत्तरदायी, पारदर्शी र त्यहाँ संलग्न हुनेहरूलाई गौरवान्वित र स्वच्छ बनाउन सकिन्छ भन्ने बहस गराउनु परेन ? बुद्धिजीवीहरूले आहार, निद्रा, भय र मैथुनबाट आफूलाई कमसेकम एक महिना (किनभने लोकमान प्रकरणको किनारा लाग्न एक महिना लाग्छ भन्ने अनुमान) सम्म मात्र भए पनि प्रतिबद्ध भएर थिंकट्यांक, विचारक र चिन्तक बनेर विकल्प र मोडलहरू दिन सक्नुपरेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.