×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राजनीतिक आपराधीकरणविरुद्ध

  •  
  • बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्केच
    कृष्ण बेलवासे
    राजनीति राज्य सञ्चालनको मूल नीति हो । यसै मातहत राज्यद्वारा सञ्चालित आर्थिक, प्रशासनिक, सुरक्षा, परराष्ट्र र विकास एवं अन्य नीतिहरू सञ्चालन हुने गर्दछन् । त्यसैले अन्य नीतिहरूको सार्थकता एवं प्रभावकारिता राजनीतिकै सार्थकता एवं प्रभावकारितामा निर्भर गर्दछ । विश्वमा ती मुलुकहरूले स्थिरता, प्रगति र ख्याति आर्जन गरेका छन्, जहाँको राजनीति सही रूपमा परिचालन हुने गरेको छ, राजनीतिक नेतृत्व सक्षम, जनउत्तरदायी र दृष्टिकोणयुक्त छ ।
    सक्षम, जनउत्तरदायी एवं दृष्टिकोणयुक्त नेतृत्वले नै व्यापक जनपरिचालनद्वारा जनसमर्थन हासिल गर्न सक्छ र त्यस्तो नेतृत्वद्वारा शासित व्यवस्थालाई नै सही अर्थमा प्रजातन्त्र भन्न सकिन्छ । यसरी राजनीति कुनै रहर वा स्थार्थको लागि जोसुकैद्वारा गरिने पेसा नभएकाले यसमा योग्य, जनसेवी एवं दृष्टिकोणयुक्त व्यक्तिको संलग्नताको अपेक्षा गरिन्छ ।
    उल्लिखित मान्यताविपरीत नेपालको राजनीति राष्ट्र एवं जनसेवा गर्ने माध्यम नभएर नाफामूलक व्यवसाय बन्न पुगेको छ । जुन व्यवसायमा कुनै लगानी, परि श्रम र धैर्यको आवश्यकता छैन । योग्यता एवं क्षमताको दरकार छैन । त्यसैले सजिलो तरिकाले, छोटो समयमा, उल्लेखनीय प्रगति गर्न चाहनेहरू राजनीतिमा संलग्न हुने गर्छन् । यो अवस्था २०४६ को जनआन्दोलन अझ खासगरी २०६३ को ‘लोकतान्त्रिक’ आन्दोलनपछि विकसित हुन पुगेको हो ।
    परिणामतः यतिबेला राजनीतिमा त्याग, बलिदान र समर्पण गर्नेहरू टिक्नै नसकी विस्थापित हुने र भ्रष्ट, चाकडीबाज एवं आपराधिक प्रवृत्ति हुनेहरू सफल बन्ने स्थिति रहेको छ । राजनीतिक पार्टीहरूको सञ्चालन पार्टीहरूद्वारा स्वीकृत विधान र प्रजातान्त्रिक मूल्य एवं मान्यताका आधारमा नभई नेतृत्वको सनक र बहुलट्ठीपूर्ण निर्णयको आधारमा हुने गर्दछ । पार्टीका महत्वपूर्ण जिम्मेवारीहरूमा नेतृत्वका नातागोता, तिनका विश्वस्त, भरौटे, नेतृत्वलाई आर्थिक एवं अन्य लाभ पुर्‍याउनेहरूले मात्र स्थान प्राप्त गर्दछन् ।
    पार्टीका भेला, सम्मेलन एवं महाधिवेशनहरू पार्टीको विधानमा निर्धारित समयमा सम्पन्न हुँदैनन् । केही गरी सम्पन्न भइहाले पनि नीति निर्माण एवं नेतृत्व चयन प्रक्रिया शीर्ष नेतृत्वको चाहनाबमोजिम हुने गर्दछ । पार्टीको कोष अपारदर्शी र मनोमानीपूर्वक सञ्चालन गर्ने गरिन्छ । यसरी राजनीतिक पार्टीहरू घोषित आदर्शविपरीत पूर्णतः नाफामूलक व्यवसायको रूपमा सञ्चालित भइरहेका र त्यसमा आबद्ध हुनेहरू लगानी, परि श्रम र जोखिमविना असीमित मुनाफा आर्जनकर्ताहरूको रूपमा रहेका पाइन्छन् ।
    नेपाली राजनीतिको अर्को विकृत पक्ष यहाँ राजनीति निरपेक्ष धेरै कम व्यक्तिहरू छन् । यद्यपि राजनीति राज्य सञ्चालनको नीति हुने भए पनि यसमा सबै आबद्ध हुनुपर्छ भन्ने छैन । कारण राजनीति नाफामूलक व्यवसाय नभई सेवाको माध्यम हो ।
    राजनीतिमा त्यस्ता व्यक्तिहरूको संलग्नताको अपेक्षा गरिन्छ, जो निःस्वार्थ भावले राष्ट्र एवं जनताको सेवामा समर्पित हुने गर्दछन् । राष्ट्र एवं जनताको हित उनीहरूको हित र राष्ट्र एवं जनताको प्रगति उनीहरूको प्रगति मानिन्छ । उनीहरू झीनामसिना स्वार्थहरूभन्दा माथि रहने गर्दछन् ।
    नेपाली समाजले अग्रगामी परिवर्तनको नाममा यस्तो राजनीतिक परिपाटी व्यहोर्नुपरेको छ, जहाँ राजनीति, पेसा सर्वत्र मूल्यविहीनता व्याप्त छ । नेता, शासक एवं तिनका पिछलग्गुहरू आन्तरिक रूपमा खुला लुट एवं बाह्य रूपमा विदेशी दलालीलाई आफ्नो आदर्शको रूपमा पस्किइरहेका छन् । यस अवस्थामा नेपाली जनमानसको ऊर्जाशील हिस्सा एकातिर वैदेशिक रोजगार एवं स्थायी आवासीय अनुमतिपत्र प्राप्तिमै अल्मलिएको छ भने अर्को हिस्सा दलीय नेतृत्वको सत्ता स्वार्थमा भर्‍याङको रूपमा प्रयोग भइरहेको छ ।
    यस अर्थमा राजनीति गर्नेहरू अन्य पेसा एवं व्यवसायकर्मीहरूभन्दा भिन्न र उच्च रूपमा हेरिन्छन् । त्यसैले राजनीतिज्ञहरूले लिने नीतिले नै राष्ट्रको आर्थिक, प्रशासनिक, सुरक्षा, परराष्ट्र, विकास एवं अन्य नीतिहरूलाई दिशानिर्देश गर्न पुगेको हो । राजनीतिलाई मूल नीति मानिने गरेको हो । यसविपरीत हामीकहाँ राजनीतिलाई व्यवसायीकरण मात्र गरिएको छैन, अन्य पेसा एवं व्यवसायमा संलग्न व्यक्तिहरूले समेत आफ्नो पेसा/व्यवसायगत दायित्व बिर्सेर आपूmलाई राजनीतिमा समाहित गर्ने गरेका छन् ।
    त्यसैले अन्य कुनै पेसा/व्यवसायमा संलग्न व्यक्तिले आपूmलाई पेसाकर्मी वा व्यवसायी भनाउनुभन्दा राजनीतिकर्मीको रूपमा प्रस्तुत गर्नमा गर्व गर्दछ । अर्थात् एकजना प्रशासकले आफूलाई प्रशासकीय क्षमताको प्रदर्शनद्वारा नभई राजनीतिक पहुँच वा आबद्धताका आधारमा प्रस्तुत गर्न बढी रुचाउँछ । यही हाल शिक्षक, व्यापारी, किसान सबैको रहेको पाइन्छ ।
    यसो हुनुको पछाडिको जिम्मेवार कारण चिन्तन वा दृष्टिकोण नभएर राजनीतिको आडमा मनपरी गर्ने चाहना हो । यो नेपाली समाजको यथार्थ हो, २०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि पेसा एवं व्यवसायकर्मीहरूले पेसागत÷व्यावसायिक नैतिकता बिर्सेर राजनीतिको आडमा मनपरी गर्ने गरेकै कारण कुनै क्षेत्रले पनि वाञ्छित सेवा÷सुविधा प्रदान गर्न सकेको छैन । सबैले आफू आबद्ध क्षेत्रबाट अमर्यादित रूपमा फाइदा लिएर राजनीतिक पार्टी एवं नेतृत्वलाई सेवा पुर्‍याउने गरेका छन् ।
    यसरी राष्ट्रिय जीवनका हरेक क्षेत्रमा आबद्ध सदस्यहरूलाई भ्रष्ट, अनैतिक र आपराधिक कार्य गर्ने छुट दिएर त्यसैमा हिस्सेदारी कायम गर्न पल्केको राजनीतिक नेतृत्व आपूm सत्तामा पुगेपछि ती क्षेत्रहरूमा सुधार गर्नुको सट्टा तिनलाई अभै भ्रष्टीकरण गर्दै थप फाइदा लिने हेतुले प्रयत्नशील हुने गरेको देख्न पाइन्छ ।
    यस प्रकार राजनीतिकर्मीहरूले पेसागत÷व्यवसायकर्मीहरूलाई भ्रष्टीकरण एवं अपराधीकरण गर्ने र पेसागत÷व्यवसायकर्मीहरूले राजनीतिकर्मीहरूलाई भ्रष्टीकरण/अपराधीकरण गर्ने कार्य हामीकहाँ प्रजातन्त्र र अग्रगमनका नाममा हुने गरेको देख्दा नेपाली जनता राजनीतिलाई आपराधिक कर्मको रूपमा हेर्न र बुझ्न बाध्य हुन पुगेका छन् । यस किसिमको अवस्थामा ‘असल मुद्रालाई खराब मुद्राले विस्थापन गर्दछ’ भन्ने मौद्रिक क्षेत्रमा प्रचलित नियम जस्तै इमानदार, त्यागी एवं आदर्शवान् राजनीतिकर्मीहरू विस्थापित हुन पुग्नु स्वाभाविकै पनि हो ।
    नेपाली राजनीतिमा हुर्कंदै गरेको चरम विकृत पक्ष, राजनीतिक नेतृत्वद्वारा विदेशीहरूको दलाली रहेको छ । राष्ट्रिय राजनीतिका प्रायः सबै पक्षहरूलाई भ्रष्टीकरण/अपराधीकरण गरिसकेपछि अब नेपाली राजनीतिक नेतृत्वलाई नेपाली जनमतप्रति रत्तिभर भरोसा रहेन । त्यसैले अब उनीहरू समयमा निष्पक्ष निर्वाचन सम्पन्न गरी जन अभिमतअनुरूप सत्ता एवं प्रतिपक्षमा रहेर संविधान र जनताद्वारा आपूmलाई प्रदत्त जिम्मेवारी निर्वाह गरी देशमा प्रजातान्त्रिक परिपाटीलाई संस्थागत गर्ने कार्यमा लाग्न इच्छुक छैनन् ।
    यसको सट्टा विदेशीको दलाली गरेर सत्तामा उक्लने, उनीहरूकै आशीर्वादमा नानाथरीका हत्कण्डा अपनाउँदै सत्तालाई निरन्तरता दिने अनि सत्ताको दुरुपयोग गरेर आर्थिक उपार्जनको लागि पेसागत/व्यवसायकर्मीहरूलाई भ्रष्टीकरण गर्ने कार्यमा मात्र उनीहरूलाई भरोसा छ ।
    यसरी अब राष्ट्रिय राजनीतिको केन्द्र नै स्वदेशमा नभएर विदेशमा स्थानान्तरण हुन पुगेको छ । ‘लोकतन्त्र’ देखाउने दाँत भएको छ । अनि संविधानले सार्वभौम बनाएका जनता राजनीतिक नेताहरूको खेतालामा परिणत हुन पुगेका छन् । नेपाली जनताले ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेजस्तै आयातित भडुँवा लोकतन्त्रको रमिते पात्र बन्नुपरेको छ ।
    यसरी नेपाली समाजले अग्रगामी परिवर्तनको नाममा यस्तो राजनीतिक परिपाटी व्यहोर्नुपरेको छ, जहाँ राजनीति, पेसा सर्वत्र मूल्यविहीनता व्याप्त छ । नेता, शासक एवं तिनका पिछलग्गुहरू आन्तरिक रूपमा खुला लुट एवं बाह्यरूपमा विदेशी दलालीलाई आफ्नो आदर्शको रूपमा पस्किइरहेका छन् ।
    यस अवस्थामा नेपाली जनमानसको ऊर्जाशील हिस्सा एकातिर वैदेशिक रोजगार एवं स्थायी आवासीय अनुमतिपत्र प्राप्तिमै अल्मलिएको छ भने अर्को हिस्सा दलीय नेतृत्वको सत्ता स्वार्थमा भर्‍याङका रूपमा प्रयोग भइरहेको छ । अनि बाँकी अकर्मण्यतामा बिताइरहेको छ ।
    सर्सर्ती हेर्दा मुलुकको वर्तमान स्थिति उत्साहप्रद देखिँदैन । तापनि जुनसुकै कुराको पनि सीमा हुन्छ, दलीय नेताहरूले आफ्ना भ्रष्ट एवं विदेशीको दलाली गर्ने क्रियाकलापबाट मर्यादाको सीमा नाघेका छन् ।
    जुन कुरोसँग आम नेपाली राम्ररी परिचित भइसकेका छन् । अनि उनीहरूबीच एक किसिमको उकुसमुकुसको अवस्था देखिन्छ । यो अरू केही नभएर दलीय एवं शासकीय भ्रष्टाचार र राष्ट्रघातबाट उन्मुक्तिको चाहना हो । यो निकट भविष्यमै भ्रष्टाचारी एवं राष्ट्रघातीविरुद्ध जनआक्रोश प्रकट हुने कुराको पूर्व संकेत पनि हो ।
    यसै कुरालाई आकलन गरेर त्यसबाट बच्न एकथरी भ्रष्टाचारी एवं राष्ट्रघातीहरूले आफूहरूलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने चतुर्‍याइँ गर्न खोजिरहेका छन् । तर जनताले सबैका कर्तुतको एक/एक हिसाबकिताब राखेका छन् ।
    ढिलोचाँडो तिनीहरूले आफ्ना कर्तुतहरूको हिसाब चुक्ता गर्नुपर्नेछ । बल्ल त्यही घटना मुलुकको इतिहासमा वास्तविक परिवर्तनको घडीको रूपमा अंकित हुनेछ । स्वाभिमानी, राष्ट्रप्रेमी जनहरूले त्यस घडीको प्रतीक्षामात्र गर्ने होइन, त्यसको शीघ्र आगमनको लागि तत्परतासमेत देखाउनुपर्ने बेला आएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.