×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हामीले खोजेको यही थियो त ?

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्केच
    आदित्यमान श्रेष्ठ
    नेपाली जनताले सबै किसिमका परिवर्तन देखे, सबै किसिमका परिस्थिति पनि भोगे । राजतन्त्र देखे, गणतन्त्र देखे, एकतन्त्र देखे, लोकतन्त्र देखे । युद्ध भोगे, संक्रमणकाल देखे, संविधानसभा बनाए, संविधान पनि देखे । आन्दोलनमा होमिए । के के न पाउँला भन्ने आशा पनि गरे तर हातमा पर्‍यो दुःख । त्यो बढेको बढेकै छ ।
    त्यसमा थपिएकै छ डर र त्रास । त्यो पनि झन्झन् बढ्दो छ । जे भए पनि नेपाली धैर्यवान् नै हुन् । यस्तो गन्जागोलमा पनि नेपालीले के भयो र के गर्ने भनेर सोच्न छोडेका छैनन् । उनीहरूको एउटा बलियो मत बनिरहेको छ । सबैका कुरा सुनिसके, सबैको व्यवहार पनि देखिसके ।
    कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राख्दा पनि बांगोको बांगै । अब कसैको नयाँ कुरा सुन्न र बुझ्न बाँकी छैन । समस्त नेपालीको एउटै मत भएको भन्न त सकिन्न । तर बहुसंख्यक नेपालीको मन र मत भने मिलिरहेको र प्रस्फुटित पनि हुँदै गरेको देखिन्छ ।
    स्वतन्त्र मुलुक – खास गरेर २०४७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा कति धेरै विदेशी हस्तक्षेप र चलखेल भयो भने नेपाल एउटा स्वतन्त्र मुलुकको रूपमा रहन्न कि भन्ने ठूलो डर र शंका पैदा भयो ।
    कहिले नेपाललाई भारतले सिक्किम जस्तै बनाउँछ कि भन्ने कहिले नेपालको तराई भागलाई भारतमा मिसाउने खेल चल्दैछ भन्ने आम धारणा फैलियो ।
    बेलाबेलामा नेपाललाई भारतमा किन नगाभिने भनेर अन्तर्राष्ट्रिय स्तरमा वादविवाद पनि चलाइयो । कतिपय मानिसले दैनिक जीवनमा दुःख भोगिराख्नुपरेको भएर भारतमै विलय गराइदिए अलि सुखशान्तिसँग बस्न पाइन्थ्यो कि भन्न पनि थाले । आफ्ना राजनीतिक नेताहरू र शासकहरूदेखि वाक्कदिक्क भएर पनि यस्तो भन्ने गरे ।
    उनीहरूले देश बचाउलान् र जनतालाई सुख देलान् भन्ने आशा छोडे । तैपनि नेपाल जेसुकै भए पनि स्वतन्त्र रहन्छ भनेर विश्वास गर्न थाले । खासगरी यसको भौगोलिक अवस्थिति र चीनको कारणले यो कुरामा धेरैको विश्वास बढेको छ ।
    हुन त नेपालीहरू न सुखसँग बस्न पाउँछन् न मर्न पाउँछन् भन्नेहरू पनि छन् । तर जसले जे भने पनि नेपाल एउटा स्वतन्त्र मुलुक भएरै रहने पक्का छ । नेपालीहरू ढुक्क छन् ।
    बलियो कार्यकारी- राज्यको स्वरूपमा भने अनेक विचारधारा पाइन्छन् । गणतन्त्र घोषित भए पनि यो टिकाउ हुन सक्दैन भन्ने बढ्दो विश्वास देखिन थालेको छ । राजतन्त्र फर्कने र फर्काउने चर्चा पनि चलिरहेकै छ । यस विषयमा नेपालीहरू एकमत भएको पाइन्न । तर राजनीतिक अस्थिरताबाट दिक्क भइसकेकाले उनीहरू अहिलेको संसदीय व्यवस्था काम लाग्दैन भन्नेमा सहमत छन् ।
    नेपालमा एउटा निर्वाचित कार्यकारी बलियो शासक चाहिने रहेछ भन्नेमा विवाद देखिन्न । गणतन्त्र नै कायम रहने भए जनताद्वारा निर्वाचित राष्ट्रपति र राजतन्त्र पुनस्र्थापना हुने भए जनताद्वारा निर्वाचित प्रधानमन्त्री रहनुपर्ने चाहना व्यापक छ । यसमा कतिपय राजनीतिक दलहरू र नेताहरू पनि सहमत छन् । सत्ता जसको हातमा गए पनि चार–पाँच वर्ष स्थायी रहनुपर्छ भन्ने सबैको राय छ । यस्तो व्यवस्थामा मन्त्रीहरू संसद्बाट नआएर विशेषज्ञ र क्षमतावान् व्यक्तिहरू आउनुपर्छ भन्ने सुझाव देखा पर्छ ।
    कानुन मात्र बनाउने व्यवस्थापिका— व्यवस्थापिकाको काम मुख्यतः कानुन बनाउने कार्यमा सीमित रहनुपर्छ भन्ने छ । कार्यपालिकाको कार्यबारे छलफल गर्न पाउने, राय सल्लाह दिन पाउने तर अहिलेजस्तो सोझै नियन्त्रण गर्न नपाउने व्यवस्था हुनुपर्छ । ६ सयजनाको व्यवस्थापिकाबाट नेपालीहरू त्रसित छन् । उनीहरूले चाहेको सय, एक सय ५० जनाको व्यवस्थापिका हो । सांसद हुनको लागि एउटा शैक्षिक मापदण्ड पनि राखिनुपर्छ भन्ने भनाइ पाइन्छ ।
    संघीयता— नेपाल जस्तो सानो मुलुकमा संघीय व्यवस्था सुहाउँदो छैन भन्ने एकप्रकारले साबित भइसकेको छ । नेपालमा विद्यमान राजनीतिक, सामाजिक र आर्थिक विषमताको समाधान संघीयता होइन भन्ने धारणा व्यापक भइसकेको छ । यसको मुख्य उपाय विकेन्द्रीकरण हो र नयाँ संविधानमा व्यवस्था गरिएजस्तै स्थानीय तहका अंगहरूलाई बलियो बनाउनु हो ।
    लोकतन्त्र, विकेन्द्रीकरण, आर्थिक स्रोतसाधन आदि सबै गाउँ र सहरहरूमा पुर्‍याउने र त्यसैलाई सुदृढ गर्ने काम हुनुपर्छ । जातीय, क्षेत्रीय र सांस्कृतिक उत्थान यसैबाट सम्भव छ । यो सुधार वर्तमान संविधान संशोधनबाटै हुन सक्छ । संघीयताको विवाद र कठिनाइले नेपाललाई कहाँ पुर्‍याउने हो कसैले भन्न सक्दैन । यसकारण यसको परित्याग नै गर्नु बुद्धिमानी हुन्छ ।
    धर्म निरपेक्षता- यो नेपालीहरूको चरित्रसित नसुहाउँदो कुरा लादिएको हो । संविधानमा धर्म निरपेक्ष राज्यबारे मिलाएर लेखिएको छैन । न यसको पालना कतै भएको महसुस हुन्छ, न यसको कतै कदर भएको छ । यसबाट जसले लाभ उठाए त्यो पचिसकेको छ । धर्म निरपेक्षताको महत्व हराइसकेको छ । यसलाई हटाएर नेपाललाई हिन्दु राज्य घोषणा गर्दा नेपाललाई सामूहिक लाभ नै हुने देखिन्छ । भारतमा आएको भारतीय जनता पार्टीको शासन र प्रधानमन्त्री मोदीको नेतृत्व हिन्दुमुखी छ । नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउने एउटा इच्छा पूरा नभएकाले नेपालीलाई ठूलो कष्ट पुर्‍याए ।
    नेपाललाई नेपालीहरूकै चाहनाअनुसार हिन्दु राज्य घोषणा गर्दा भारत खुस हुन्छ भने त्यो त एउटा फोस्सा फायदा नै हुने भयो । अब त नेपालले भारतसित यो मुद्दालाई लिएर लेनदेन पनि गर्न सक्छ । हिन्दु राज्यको नाउँमा नेपालका सबै मठमन्दिरको विकास, तिनीहरूलाई जोड्ने बाटोघाटो, तीर्थयात्रीहरूका लागि आवासको व्यवस्था आदिमा भारत सहयोग गर्न तयार हुनेछ । धर्म निरपेक्षताको नाउँमा केही व्यक्तिहरूले फाइदा उठाउन हुन्छ भने हिन्दु राज्यको नाउँमा सिंगै नेपालले फाइदा लिनु हुन्न ? विन—विन भनेर अंग्रेजीमा भन्ने गरेको यही हो ।
    संविधान- यो संविधान जति अव्यावहारिक, नसुहाउँदो र नचाहेका बुँदाहरूले भरिएको भए पनि यसका दुइटा गुणहरू छन् । एउटा, यो जनताबाट निर्वाचित संविधानसभाको दुईतिहाइभन्दा बढी समर्थनबाट पारित भएको हो । दोस्रो, यसअनुसार नेपालको सार्वभौमिकता र स्वतन्त्रताबाहेक अरू सबै विषयमा संशोधनबाट बदल्न सकिन्छ । यिनै आधारहरूमा टेकेर जनमतले ठीक ठहर्‍याएका सुधारहरू समावेश गर्नुपर्छ । साँच्चैको जनताको इच्छाअनुसार नेपालको शासन चल्ने हो भने यो सम्भव छ ।
    नेपालमा जनताकै इच्छाअनुसार देशको शासन व्यवस्था चलाउने हो भने विवादित विषयमा जनमतसंग्रहभन्दा अरू गतिलो उपाय हुन सक्दैन ।
    वैदेशिक सम्बन्ध— नेपालका लागि भारत र चीन नै सबभन्दा महत्वपूर्ण देश हुन् । हाललाई भारतसितको सम्बन्धले नै धेरै चर्चा पाएको छ । नेपालले भारतसित खोजेको के हो र भारतले नेपालसित खोजेको के हो भन्ने नै प्रस्ट नभएकाले यसबारेमा खुला कुराकानी हुनुपर्छ भनेर भारतीय नेताहरू र हामीले पनि भनिआएका हौँ । अहिले दैनिक रूपमा सम्बन्ध चलिरहेकाले अनेक कठिनाइ र असमझदारी बढेको हो ।
    यसकारण नेपालले भारतको सुरक्षामा कुनै पनि आँच आउन नदिने ग्यारेन्टी गर्नैपर्छ । भारतले अरू सबै कुरामा नेपाललाई स्वतन्त्र छोड्नैपर्छ । यसका लागि नेपाल-भारत सीमा नियमन र व्यवस्थित गर्नैपर्छ । खुला सीमा राखेर नेपालले भारतविरुद्ध हुने गतिविधि रोक्न सक्दैन । जलस्रोतको विकासको सम्बन्धमा बराबरी, नभए पचपन्न, पैंतालीस या साठी-चालीसको अनुपातमा लाभ हुने गरी योजनाहरू बनाउनुपर्छ ।
    नेपालीले यसबाट शोसित भएको महसुस गर्नु हुन्न । चीनलाई पनि नेपालले सुरक्षाका विषयमा ग्यारेन्टी दिनैपर्छ । मुखले एउटा भन्ने र गर्ने बेलामा अर्कै गर्न छोड्नुपर्छ । चीनले विकासको क्षेत्रमा दिल खोलेर सहायता दिएकै छ । भारत र चीनलाई यति विश्वास दिलाउनुपर्छ कि नेपालले एकअर्काविरुद्ध कुनै पनि गतिविधि गर्न दिने छैन ।
    नेपालले भारतविरुद्ध चीनको कार्ड र चीनविरुद्ध भारतको कार्ड कहिल्यै प्रयोग गर्ने छैन । अरू मुलुकसितको सम्बन्ध सञ्चालन गर्न गाह्रोे छैन । नेपालीले अरू मुलुकलाई सहयोग गर्न सक्ने अनेक क्षेत्र छन् र नेपालीको हित हुने अनेक उपाय पनि छन् ।
    जनजाति र मधेस- नेपालमा क्षेत्रीय असमानता र जातीय असमानता टड्कारो रूपमा देखा पर्छन् । तर अभाग्यवशः त्यसको निराकरण गर्ने प्रयत्न गलत तरिकाले गर्न खोजिएको छ । यसका लागि संघीयताको बाटो रोजिएको छ । तर त्यो बाटोले समानतातिर लैजानुको साटो विभक्तता, दूरभावना र विखण्डनतिर देश र समाजलाई डोर्‍याउन लागेको छ ।
    जनजाति, मधेस, र अरू पछि परेका समूहहरूले उठाएका मुद्दा सही हुन् तर त्यसको समाधानका उपायहरू गलत हुन् । देशलाई खण्डित गर्दैमा कुनै जानजातिको उन्नति हुने होइन । केही राजनीतिकर्मीको मनोकांक्षा पूरा हुन जाला, तर त्यसबाट उत्पीडित जनताको पीडा हट्ने होइन । त्यसकारण संघीयता त्याग्नुपर्छ भन्ने धेरैको धारणा बनेको हो । संघीयताको व्यवस्था खारेज गर्दै मधेस आन्दोलनको सम्बोधन अरू उपायबाट गर्नुपर्छ ।
    जनमत संग्रह- नेपालमा जनताकै इच्छाअनुसार देशको शासन व्यवस्था चलाउने हो भने विवादित विषयमा जनमतसंग्रहभन्दा अरू गतिलो उपाय हुन सक्दैन । यसकारण धर्म निरपेक्षता, संघीयता, गणतन्त्र, निर्वाचित कार्यकारी शासक आदि विषयमा जनमतसंग्रह गर्नु उचित हुन्छ । होइन भने सबैले आआफ्नो डम्फू बजाउन छोड्दैनन् । त्यसैले जनमतको व्यवस्था हुनुपर्छ । त्यो असलमा बनेको, बनिरहेको र बन्न सक्ने र औपचारिक रूपले संकलन गर्न सकिन्छ । यसको सबैतिर सराहना पनि हुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.