×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भोट खोाल र भूकम्पको पीडा

  •  
  • आइतबार, असोज ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यदु अधिकारी

    प्रकृति माताले धर्तीको निर्माण विविध किसिमबाट गरेकी छिन् । संसारको उत्कृष्ट १९ औं पर्यटकीयको रुपमा नेपाललाई मानिएको छ । नेपालको मनोरम, स्वर्गसदृश हिमाच्छादित जिल्ला मध्ये गोरखा जिल्ला पनि एक हो । सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय विविधताले भरिपूर्ण यस जिल्ला पर्यटकहरुको लागि चाँदीको घेरा समान छ । तराईको समथर भूमि चितवनदेखि उत्तरको स्वशासित क्षेत्र तिब्बतसँग यस जिल्लाको सीमाना जोडिएको छ ।dsc_3864

    द्रव्यशाहले लिगलिग कोटमा राजा हुनु पूर्व यस जिल्लामा ३६ कोटमा विभाजित थियो । मान्वु, केरौंजा, चुम्चेत, छेकम्पार र सिर्दिबासको आधा भाग धादिङ जिल्लामा समेटिएको थियो । २०३२ सालमा गोरखाको नक्शामा समेटिएको यस क्षेत्रको केरौंजाको काम्लाकोट गोरखामा थप भएको छ । बुढी गण्डकी, मस्र्याङदी, चेपे, दरौंदी, स्यार्य खोला आदिले सिंचित गरेको यस जिल्ला अनुपम छ । भू बनोटको दृष्टिले समथर, पहाडी र हिमाली भूभागमा विभाजन गर्न सकिन्छ । मनास्लु, श्रृङ्गी, लार्के, बौद्ध, हिमालचुली र गणेश हिमाल तेश्रो भाग र चौथो भागले गोरखालाई बिहानपख घामको झुल्कोमा मुसुक्क हाँसेर रमणीयता मात्र होइन शितलता पनि बाँडेका छन् । यस जिल्लालाई राणाकालमा लार्के गोरखा र तल्लो गोरखा भनी विभाजन गरिएको थियो ।dsc_3895

    देशमा प्रजातन्त्र आएपछि गोरखा जिल्ला भने भोट खोलालाई समेत समेटिएको छ । पर्यटकीय रुपमा उपल्लो मनास्लु र तल्लो मनास्लु भनी विभाजन गरिएको यस जिल्लालाई विभिन्न उपमार्गमा विभाजन गरिएको छ (रामहरि देवकोटा) । उपल्लो मनास्लुका बासिन्दाहरु हिमाली छत्रछाँयामा जन्मी हुर्की बढेका छन् । परिश्रमी, स्वालम्बी यी भोटिया जातिहरु दुःख कष्टले जीवन गुजारा गर्न बाध्य छन् । हिमाल पारिका ७ गा.वि.स.भनेर चिनिएका यी क्षेत्र र बासिन्दालाई राणा कालमा १८ सय खोला वा भोट खोला भनेर चिनिएको थियो, आजसम्म पनि त्यसै नामले चिनिएको छ ।

    dsc_3932

    बोन धर्म पश्चात ७ औं शताब्दीका गुरु पद्यसम्भवको बुद्ध धर्मबाट प्रभावित यी बासिन्दाहरु मूलतः दलाई लामाका अनुयायी हुन् । यिनीहरु साक्यपा, घेलुक, ङिङमा, ककेवप बुद्ध धर्ममा विभाजित छन् (बेलबहादुर गुरुङ्ग)। छेकम्पारबाट दाहिने घुमेर सामागाउँ तिब्बत हुँदै राजन गुम्बा आइपुग्नुलाई किमोलुङ्ग भनिन्छ । यो भनेको अहिंसा क्षेत्र हो । भगवानले लुकाएर राखेको ठाउँ हो भनी स्थानीय बासिन्दा छेम्बल लामा बताउँछन् । यस क्षेत्रमा बुद्ध दर्शनका अनुयायी पेमा डुन्डुप लामा जस्ता सयौं व्यक्तित्व, हिमपहिरोको उद्दारकर्ता फुन्जो लामा, लोक गायक पेमा डुन्डुप लामा जन्मिसकेका छन् । सरकारी विद्यालय भन्दा पनि धार्मिक विद्यालय गुम्बामा पढ्न रुचाउने यस क्षेत्रमा ढावा र आनी प्रथा प्रचलित छ । स्यार र कृताङ्ग मार्गमा विभाजित यस क्षेत्रलाई चुम भ्याली र नुर्बी भ्यालीको रुपमा पनि चिनिएको छ ।dsc_3985

    विवाहमा स्यार भोट भन्दा कुताङ्ग भोटमा थोरै फरक छ । विवाहको दिनमा बाबुले छोरालाई अंश लगाई दिन्छन् र छोरीलाई उपहार दिई पठाउछन् । ज्वाइले ससुरालाई गहुँको घ्वाक र ध्यू आदि बुझाउने चलन छ । ससुराले केही राखेर अरु ज्वाइलाई नै फिर्ता गरिदिन्छन् (लोप्साङ्ग लामा) । २४ ओटा विद्यालयमध्ये १ मा.वि. १ नि.मा.वि. रहेको ७ गा.वि.स.को तथ्याङ्कले देखाउछ । यहाँ लामा भोटिया जाति, गुरुङ्ग, क्षेत्री, लामिछाने, न्यौपाने, अधिकारी, भट्ट आदिले बसोबास गरे पनि विशेषतः लामाहरुको संख्या अत्याधिक बढी छ । यिनीहरु तिब्बतियन संस्कृति र भाषाबाट प्रभावित छन् ।dsc_4045

    यिनीहरुको भाषालाई भोटिया भाषा भन्नु परेमा २०६८ को जनगणनाले गुरुङ्ग भाषा र गुरुङ्गभित्र समेटिएको छ । यसो हुनु दुःखको कुरा हो (अट्टु लामा) । कस्तुरीको बास्ना र यार्सागुम्बाले भरिएको यस क्षेत्रमा अमूल्य जडिबुटी र खानीहरु पनि छन् । पर्यटकीय गन्तव्यको रुपमा मनास्लु क्षेत्रलाई राज्यले विशेष महत्व दिएको छैन । वीरेन्द्र, पुङ्गेन, लार्के, चुबु (खुन्यू) र काल ताल जस्ता तालले सिंगारिएको यस क्षेत्रलाई पुङ्गेन र दुङसानको छाँँगोले सनुमाथि सुगन्ध थपेका छन् । धर्म र भाषा एउटै देखिए पनि भाषाको भाषिका उदाहरण पाइन्छ । त्यहाँ परी हिडेको सिढी र ढुङगाको पुस्तकको नमूना देखिन्छ (छेवाङ) । वी गा.वि.स. र प्रोकको क्वाक, छवाक्क आदि ठाउँमा फरक भाषा बोलिन्छ । सम्पर्कको भाषा भने भोटिया नै हो (नुर्बु लामा) । सामागाउँको भाषामा पनि अन्य ठाउँको भन्दा अलि फरक छ ।dsc_4225

    यहाँ प्रकृतिले अनुपम सौन्दर्य थपेका छन् । भोटिया संस्कृति र रहनसहन अनुसार ल्होसार लगायत विविध किसिमका चाडपर्व मनाउँछन् । ठूलो लामाको मृत्यु भएका उनको आत्माले सुख पाओस् भनी गाउँलेहरुले ङुम्चे जात्रा लगाउँछन् । गाउँमा कल्याण होस् भनी तिब्बतियन पात्रोका १० महिना १० गते देखि १५ गतेसम्म डुम्चे जात्रा लगाई घोडा, काग, गाई आदि बनाई नाच नाच्छन् । अन्तमा धार्मिक नृत्य नाची अनिष्ठको मूर्ति फाल्ने चलन ६ वटा गा.वि.स.मा नै छ । प्रत्येक गाउँमा वर्षको १ पटक छुटिम्बा र फुपा छान्ने चलन छ । यिनीहरुले नै गुम्बाको व्यवस्थापन मिलाउछन् । सामामा दराठा (ताराहरुले नाचेको भन्दछन् ।) ७ वटा भगवानलाई सुन चाँदी पितल चढाएमा कल्याण हुन्छ भन्ने चलन छ (पेमा ग्याल्बो र छिरिङ लामा) ।
    yadu-adikari-sirबुढी गण्डकीको शिर, लार्के बाबु खोलाको शिर तिब्बत नै हो । माछे ताल, पुङ्गेन ताल, वीरेन्द्र ताल, काल ताल आदिको पानी र त्यहाँका नदीनालाको पानी एंव स्यार खोला नै यसको मूल श्रोत हो । बुढी गण्डकीबाट आरुघाटमा १२०० किलोवाट विजुली निकाल्ने योजना हुदैछ । बुद्ध धर्मका अनुयायी यहाँका प्राचीन पुर्खाहरुले तेग गुम्बा, मा मानिकाङ (रम्जेन), बु गुम्बानाजा, श्रृङ्गी, राजेन, मु, लुङटाङ आदि २०० भन्दा बढी गुम्बा र छोर्तेन र मानेले ढाकिएको अनुपम स्र्वगसदृश लामा र आनीहरुको तपोभूमि हो । यहाँका गा.वि.स.का बासिन्दाहरु मध्ये प्रोकका बासिन्दाहरु नामरुङ्ग लगायत वर्षमा बसाई सर्छन् ।

    नामरुङ्गमा पुरानो गुम्बा छ । त्यहाँ संग्रालय बनाइएको छ । पुरानो सदरमुकाम बी मा रेडियो र फोनको छैन भन्दा राज्यलाई लाज लागेको छैन । रमणीय भोट खोलाको बुढी गण्डकीमा गपमा ठूला ढुङ्गामुनि बगेको देखिन्छ । सिर्दिबासबाट स्यार र कुताङ जाने बाटो छ । चुम भ्याली र नुर्बी भ्यालीमा विभाजित यो प्रकृतिदेवीले सिंगारिएको समथर भूमि पनि हो । यस पवित्र भूमि लगायत गोरखाका साथसाथै नेपालमा समेत २०७२ साल बैशाख १२ गते आएको ७.६ को भूकम्प र त्यसपछिको ६.६ को पराकम्पनको साथसाथै पछिल्ला २६ वटा पराकम्पनले देशभरि ठूलो जनधन र प्रकृतिको सर्वनाश ग¥यो । भोटखोलाको बाटो बुढीगण्डकीको तीरतीरै रोकिएको छ । पयंर्टकीय पवित्र भूमि सुनसान बनेको छ । भोट खोलामा मानवीय क्षति कम भए पनि भौतिक क्षति धेरै भएको छ ।

    रुवीनाला भन्ज्याङको बाटो पयंर्टकहरु जान सक्छन् होला त्यहाँबाट गएको समाचार पाइएको छैन । सिङला उहियाँ हुदै जानेबाटो घुमाउरो छ । विकल्पको रुपमा केरौंजाको दोभानबाट जाने बाटो तय गरिएको छ । भीरकुनाबाट सिर्दिबास निस्कने बाटो भएपनि यात्रु र खच्चडलाई सहज छैन । भोटखोलामा नून, सलाई जस्ता सामान्य कुरा पनि राज्यले व्यवस्था गर्न सकेको छैन । मनाङबाट भीमताङ हुँदै लार्के पास गरेर खच्चडले चामल लगेपनि त्यहाँका बासिन्दाका लागि चामल हात्तीको मुखमा जीराजस्तो भएको छ । खाद्यान्नको हाहाकार छ । हेलिकप्टरबाट लैजादा किलोको ८०० रुपैया, खच्चडबाट लैजादा रू.७५ र मानिसले बोक्दा ३०० भन्दा माथि पर्छ । यी दुःखी, गरिब र परिश्रमीलाई राज्यले गास, बास र कपासको व्यवस्था गर्न सकेको छैन ।

    पर्यटकीय भूमि भोट खोला नामरुङमा पर्यटकीय होटल खोली व्यवसाय गर्दै आएका कुनसाङ दोर्जे लामाले भूकम्पबाट विरक्त हुँदै सम्पूर्ण भवन क्षति भएकोमा दुःख प्रकट गर्दै आफ्नो भावना यसरी प्रकट गरे ।

    बहुभाषा, बहुधर्म, बहुसंस्कृतिको खानी ।
    सधैं मलाई प्यारो लाग्छ आफ्नो जन्मभूमि जानी ।।

    मनास्लु काखमा छ, मेरो प्यारो गाउँ ।
    स्वर्ग भन्दा प्यारो लाग्छ मलाई आफ्नो ठाउँ ।।

    बुढी गण्डकी र स्यारको छेउमा पवित्र मेरो गाउँ ।
    हिमचुली हाँसिरन्छन् मुसकुराउँछन् गाउँ ।।

    बिहानीको झुल्के घाममा हिमाल हाँसिरन्छन् ।
    कस्तुरी र यार्सागुम्बाले सुगन्ध बगाइरन्छन् ।।

    श्रृङ्गी र मनास्लुको फेदमा ल्हो मेरो गाउँ ।
    संसारभरि पैmलिरहोस् मेरो गाउँको नाउँ ।।

    जन्मे हुर्के बढे त्यही पवित्र त्यो ठाउँमा ।
    शहरको धुलो धुवाँ छैन त्यो गाउँमा ।।

    स्वच्छ हावा पानी पवित्र त्यो ठाउँमा ।
    सधैंभरि लागिरहनेछु सेवा गर्न मेरो ल्हो गाउँमा ।।

    भनेर जन्मभूमिप्रति अगाध माया गरेका भोटखोलाका सम्पूर्ण जनताका प्रतीक कुन्साङ दोर्जे हुन् । उनीहरुको आशा मरेको छैन । भोटखोलालाई सुरम्य बनाउन कटिबद्ध भएका छन् । फलामको काम बाहेक अन्य कुरामा आफ्नो जीविका चलाउन निपूर्ण यी बासिन्दाहरुले शान्तिभूमि नेपालको उन्नति चाहेका छन् । भोट खोलाको प्रगति चाहेका छन् । राज्यले छिटो भन्दा छिटो बाटो निर्माण गरेमा भोटिया संस्कृति, नृत्य र गीतले पर्यटकहरुलाई सत्कार गर्न लालायित देखिन्छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    साउन महिनामा करिब ७ हजारले अवलोकन गरे गोरखा संग्रालय
    नागपञ्चमी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.