×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

ज्ञानेन्द्रलाई जवाफी प्रश्नः खुल्लमखुल्ला राजनीतिमा आउने ? देउवा र ओलीको बोली बन्द, प्रचण्डको रहस्यमय मौनता

  •  
  • आइतबार, असोज २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    सूर्य खड्का

    अचानाको चोट खुकुरीलाई थाहा नभएजस्तै राजगद्दी परित्याग गरेर एक नागरिक हुनुुको चोट, विष्मात वा पीडा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति अरु कसलाई होला र ? तै पनि उच्च कदका हँसिला र गम्भीर स्वाभावका पूर्वराजा आफ्ना सवाल बेला-बेला सार्वजनिक हुने अभिव्यक्ति, प्रतिक्रियाहरुमा, त्यसको लेससम्म प्रस्तुत गर्दैन्न । बरु, आफूले गद्दी त्याग गरिदिँदा देशमा बदलिएको गणतन्त्रको व्यवस्थाले दशकसम्म जनताको अवस्था सुधार नगरिएकोमा चोटिलो प्रहार गर्छन् ।

    वजनदार व्यक्तित्वको प्रभाव, अन्तिम शाह राजाको गौरवपूर्ण विरासतको आलोक र सधैंको रोगी देखिने गणतन्त्रको वर्तमानप्रति निराश जनताको मतमा टेकेर अनि आफ्ना कुरा भन्ने मौका भने गुमाउँदैन्न पूर्वराजा ज्ञानेन्द्र ।

    नेपाली मात्रको महान पर्व वडादशैं २०७३ को संस्करणलाई पनि उनले जनतासँगको साइनो पुुर्नताजगी गर्ने र जनताको असन्तुुष्टिको जगमा टेकेर आफ्नो गद्दी खोस्नेहरुलाई झटारो मारेका छन् । पूर्वराजा ज्ञानेन्द्रले बितेको दशकभित्र जनताका आवश्यकता पूरा नभएको भन्दै शक्ति सन्तुलनका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै दशैं शुुभकानमा दिए ।

    पूर्वराजा ज्ञानेन्द्रले अघि सारेका सात यक्ष प्रश्न जनमुखी छन, धरातलीय यथार्थमा आधारित पनि छन् । तर, के त्यसको उत्तर खोजीमा स्वयं पूर्वराजाको कुनै भुमिका आवश्यक छैन ?

    ज्ञानेन्द्रले हाल खोजेको शक्ति सन्तुलन आफ्नो कित्ताका पनि शासन सत्तामा हिस्सेदारी होस् भन्ने नै हो । तर, आफ्नो लाक्षणिक माग उनले दलहरुको असक्षमताको जगमा टेकेर शव्द वाण प्रहारबाट गरे ।

    शुक्रबार साँझ दशैंको शुभकामना सन्देश जारी गर्नेक्रममा पूर्वराजा ज्ञानेन्द्रले अघि सारेका सात यक्ष प्रश्न जनमुखी छन, धरातलीय यथार्थमा आधारित पनि छन् । तर, के त्यसको उत्तर खोजीमा स्वयं पूर्वराजाको कुनै भुमिका आवश्यक छैन ?

    केवल हरेक पर्व वा विशेष दिनमा केही शब्दहरुका लेखोट, चिर्कटो सार्वजनिक गरेकै भरमा ज्ञानेन्द्रले आव्हान गरे जस्तै जनता सडकमा उर्लेर राजसंस्थाको पुर्नस्थापनाका लागि उत्रन्छन त ? हो, प्रश्न सोध्ने ज्ञानेन्द्रले नै उत्तर दिनुपर्ने मुल सवाल यहीँनेर छ ।

    पूर्वराजा ज्ञानेन्द्रले उठाएका ७ प्रश्नका उत्तरः

    १. बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
    उत्तरः भएन ।

    २. राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
    उत्तरः भएन । झन झन कमजोर पारियो ।

    ३. भ्रष्ट्राचार, अनियमितता, ढीलासुस्ती, दण्डहीनताको अन्त्य गरी जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?

    उत्तरः गरिएन ।

    ४. विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?

    उत्तरः  बनाइएन । बरु भएका पनि सिध्याइयो ।

    ५. परिपक्व परराष्ट्र नीति तर्जुमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?

    उत्तरः गरिएन । जता मल्खु उत्तै ढल्कु जस्तो भैरा’छ ।

    ६. घर, परिवार छाडेर पराया भूमिमा पसीना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवाहरुलाई मुक्त गरियो त ?

    उत्तरः यो त सतप्रतिशत सही । मुक्त गरिएन । थपियो बरु ।

    ७. अपराध र अपराधीकरणलाई निरुत्साहित गरियो ? या जनताका निम्ति के के गरिए ?

    उत्तरः खास केही गरिएन । बरु कानुन हातमा लिनेहरुलाई पुरस्कृत गरिँदैछ ।

    ज्ञानेन्द्रकै शव्दमा यी प्रश्नहरुको समीक्षा गर्न अब विलम्व भैसकेको  मात्रै छैन, शक्ति सन्तुलन र राष्ट्रिय सहमतिका लागि राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलनका आधारमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने खाँचो भैसक्या छ ।

    शुक्रबार पूर्वराजाले तेस्र्याएका यक्ष प्रश्नहरुको जवाफ शनिवार बालकोट दरबारबाट पनि आएन । आफू सत्तामा भाका भए, ओलीले ज्ञानेन्द्रको वचन भूइँमा खस्न नपाउँदै उखान टुक्के घुएत्रो हानीहाल्थे

    पूर्वराजाले आफू पनि एक शक्ति भएको सत्य तथ्य दलहरुलाई आत्मसात गर्न नै सम्झाएका हुन् । उनले आफूलाई हरेक पटकका स्थानीय तथा मोफसल भ्रमणका दौरान जनस्तरबाट प्राप्त विशाल समर्थनलाई नै आधार मानेर यसप्रकारको मागदाबी प्रस्तुत गरेका हुन् । हिजो पर्ख र हेरको रणनीतिमा रहेका उनी अब बोल र भन, सके अघि सर भन्ने रणनीतिमा अघि बढेको उनको सारगर्भित भनाइबाट बुुझ्न सकिन्छ ।

    ज्ञानेन्द्रकै शब्दमा, ‘राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मूल मन्त्र हो । हाम्रो अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाका लागि हामी सबै एक हौं ।’ ‘हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्दछ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं । राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हुन् ।’ यी पूर्वराजाका सनातनी मान्यताहरु हुन् जसलाई उनले दशैंको मेलोमा फेरि एकपटक जनतासामुु उजागार गरेका छन् ।

    ओलीको बोली बन्दः

    शुक्रबार पूर्वराजाले तेस्र्याएका यक्ष प्रश्नहरुको जवाफ शनिवार बालकोट दरबारबाट पनि आएन । आफूू सत्तामा भाका भए, ओलीले ज्ञानेन्द्रको वचन भूइँमा खस्न नपाउँदै उखान टुक्के घुुएत्रो हानीहाल्थे । तर, यसपटक पूर्वराजाले यति धेरै सटिक यक्ष प्रश्न सोधिदिए कि ओलीको  चोथाले मुख पनि बन्द भयो ।

    kp oliआफ्नो निवास बालकोटमा शनिबार बिहान भएको जमघटमा पत्रकारले पूर्वप्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘ज्ञानेन्द्रले उठाएका प्रश्नहरुबारे के भन्नुहुन्छ ?’ जवाफमा ओलीले भने, ‘म अहिले दशैंको शुभकामना व्यक्त गरिरहेका बेलामा, यस दशैंका बेलामा कुनै भल छोप्न चाहन्न । र, म कुनै कसैको विरोध वा समर्थन, कसैको पक्ष वा विपक्षको कुरा गर्न चाहन्न ।’

    ओलीले पूर्वराजाको प्रश्नप्रति लक्षित गर्दै थपे, ‘नेपालको इतिहास हामी सबैलाई थाहा छ । हामी अगाडि बढ्छौं । नेपाल अगाडि बढ्छ ।’

    दशैंको भल छोपेर पूर्वराजाले धमिलो पानीमा माछा मार्न खोजेकोप्रति ओली कुण्ठा देखिँदादेखिँदै उनले सत्ताच्यूत हुनुको पीडाका वीच ज्ञानेन्द्रलाई प्रहार गर्न चाहेनन् । नैतिकरुपमा ज्ञानेन्द्रलाई ओठे जवाफ फर्काउने नेकपा एमालेको धरातल र ओली सामथ्र्य उनीहरुको अगस्ती चरित्र र कुशासनले नै गुम्दै गएको प्रमाण पनि हो यो ।

    ज्ञानेन्द्रको शुक्रबारको    प्रश्नपछि निकै घोत्लिएका प्रचण्डले  शनिबार बिहान बरु टि्वट गरे- ‘विजयादशमी २०७३ को शुभअवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, संविधानको स्वामित्व एवं कार्यान्वयनको हार्दिक शुभकामना

    ओलीले गालीको गोलीमा राखेको कीर्तिमान ज्ञानेन्द्रका हकमा मौनतामा पोखिनु भनेको झापा क्रान्तिका एक नायक ओली स्खलित हुँदै जाँदा ज्ञानेन्द्रपथ चम्किँदै गएको उदाहरण पनि हो यो ।

    प्रधानमन्त्री प्रचण्डको मौन कुटनीतिः

    नौ महिने म्यादी सत्तारोहण र संविधान कार्यान्यनको जटिलता नखाऊँ भने दिनभरको शिकार, खाऊँ भने खै के जातिको अनुहार भएको आत्मानुुभुति गहिरोसँगै भएकाले हुनुपर्छ, प्रधानमन्त्री प्रचण्डले दशैंको शुभकामना दिँदासमेत ज्ञानेन्द्रप्रति कुनै उत्तरापातार गरेनन् । उनले अलि दिनअघि ज्ञानेन्द्र राजाकै हैसियतमा धार्मिक कार्यक्रममा सरिक भाको पनि देखेका हुन् ।

    Pm-Prachandaखुफिया रिर्पोटहरुबाट पनि ज्ञानेन्द्रका हर कदमको सूचना पाइरहेकै छन्, तर अहम् उनले ज्ञानेन्द्रलाई सीनमा उतार्न नै सकेनन्, चाहेनन् ।

    ज्ञानेन्द्रको शुक्रबारको  प्रश्नपछि निकै घोत्लिएका प्रचण्डले  शनिबार बिहान बरु टि्वट गरे- ‘विजयादशमी २०७३ को शुभअवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, संविधानको स्वामित्व एवं कार्यान्वयनको हार्दिक शुभकामना ।’

    यसको अर्थ ज्ञानेन्द्रको प्रश्नले प्रचण्डलाई नपिरोलेको भन्ने कदापि हुन सक्दैन, बरु उनले ज्ञानेन्द्रकै शैली सिको गरेर पीडा लुकाएर हाँस्ने कोशिश गरे, गरिरहेका छन् । प्रचण्डले ज्ञानेन्द्रका मुद्धा चोरेर, उनका माग आफैं क्रमशः पूरा गर्दै ज्ञानेन्द्रलाई मुद्दाविहीन बनाइदिने चलाखी देखाउनकै लागि पनि हुन सक्छ, वा यसरी दोहोरी खेल्दा आफैंलाई, आफ्नै उपलव्धी र सत्तालाई नकारात्मक असर पर्ने आंकलन गरेर पनि हुन सक्छ ।

    मुख्य सत्तारुढ दल कांग्रेसले कोजाग्रत पूणिर्माका चियापानका मेलोमा ज्ञानेन्द्र प्रश्नको टालटुुले बचाऊ गर्ला । अन्यथा यो सवाल एक कानले सुनेर अर्को कानले उडाएको कलाबिहिन नाट्क गर्न कांग्रेस विवश छ

    दोहोरी खेल्नुभन्दा चुप लागेर आफ्नो बाटो तताउनुलाई नै सही मार्ग सम्झिएको हुनुपर्छ प्रचण्डले । अन्यथा प्रतिक्रियात्मक राजनीतिका एक नम्बर नेता प्रचण्ड यसरी ज्ञानेन्द्र कथन सुन्या नसुन्यै, देख्या नदेख्यै गर्नेखाले वाम नेता पक्कै होइनन् ।

    कांग्रेसमा तैं चुप मै चुपको अवस्था

    मुख्य सत्तारुढ दल कांग्रेसले कोजाग्रत पूणिर्माका चियापानका मेलोमा ज्ञानेन्द्र प्रश्नको टालटुुले बचाऊ गर्ला । अन्यथा यो सवाल एक कानले सुनेर अर्को कानले उडाएको कलाबिहिन नाट्क गर्न कांग्रेस विवश छ ।

    त्यसैले यस विषयमा बढानीलकण्ठ दरबारका प्रतिक्रियाहरु शेर गर्जन बनेका छैनन् । अन्य भुरेटाकुरे दलहरुले दिने प्रतिक्रिया उही ज्ञानेन्द्र सँगसँगै समाचार बन्ने रहर बाहेक खास ठूलो महत्वको हुँदैन ।

    Nepali-congressतर, यो ज्ञानेन्द्र प्रश्नले कांग्रेसभित्रकै महामन्त्री शशांक कोइराला, कुलबहादुर गुरुङ, खुमबहादुर खड्काको कित्ता निकै उत्साहित र मनमनै ठिक्क पर्‍यो गणतन्त्रवादीलाई भन्ने तहमा पक्कै भएको हुनुपर्छ ।

    तर, अहिल्यै पूूर्वराजाको कुरामा प्रतिक्रिया दिँदा त्यसले व्याक फायर हुने कटुु सत्यका कारण नै हुन सक्छ, कांग्रेसभित्रको राजावादी कित्ता पनि मौन नै रहेको छ । लोक जान्दछ, कांग्रेसमा खुमबहादुर खड्का र शशांक कोइराला वा कुलबहादुर गुरुङहरु संस्थागत पार्टी निर्णयबाटै हिन्दूधर्म, राजसंस्था र गणतन्त्रको निर्मम समीक्षा गरेर कांग्रेसलाई जननायक वीपीकै मेलमिलापको नीति र विचारमा फर्काउन उद्दत्त छन् । तर, उनीहरुका लागि यो ज्ञानेन्द्र अभिव्यक्ति मात्रै समग्र अनुकुल परिस्थिति हैन भन्ने चेतले नै सबैलाई तै चुप, मै चुपको स्थितिमा कैद गरेको हुनुपर्छ ।

    मौकामा चौका हान्न राजावादी कांग्रेसीहरुलाई ज्ञानेन्द्र प्रश्न एक बलियो आधारभुमि अवश्यै भएको छ ।

    राजसंस्था पुर्नस्थापनाका तीनवटा बाटाहरु छन् । पहिलो, जनताले स्वतःस्फूृत राजा फर्काउने । दोस्रो, राजनीतिक दलहरुबाट राजसंस्था फर्काउने राजनीतिक निर्णय गराउने । तेस्रो, सेना वा वैदेशिक शक्तिको आडमा राजसंस्था पुर्नस्थापित गराउने ।

    प्रश्नको जवाफी प्रश्न- ज्ञानेन्द्रलाई नैः

    हो, पूर्वराजा ज्ञानेन्द्रले उठाएका कुनै पनि प्रश्नमा कसैको विमति छैन   । सत्य आखिर तीतो हुन्छ । ज्ञानेन्द्र प्रश्न तीता सत्य, वर्तमानका कथ्य हुन् । तर, के यसरी प्रश्नहरु म्ाात्रै राखेर ज्ञानेन्द्रले गुमेको राजसंस्थाको हैसियत पुनस्र्थापित गराउन सक्छन् त ? मूल प्रश्नको उत्तर यो पंक्तिकारको मात्रै हैन, आम जनताको पुनः ज्ञानेन्द्रप्रति नै छ ।

    यसका केही कारण छन्

    राजसंस्था पुर्नस्थापनाका तीनवटा बाटाहरु छन् । पहिलो, जनताले स्वतःस्फूृत राजा फर्काउने । दोस्रो, राजनीतिक दलहरुबाट राजसंस्था फर्काउने राजनीतिक निर्णय गराउने । तेस्रो, सेना वा वैदेशिक शक्तिको आडमा राजसंस्था पुर्नस्थापित गराउने ।

    पहिलो, जनता जाग्ने र राजसंस्था फर्काउन ज्ञानेन्द्रले पटक-पटक र यसपटक पनि गरेको आह्वान किन सम्भव छैन भने एक त त्यो स्तरमा ज्ञानेन्द्रले जनतालाई आकषिर्त र संगठित गर्न सकेन्न ।

    ज्ञानेन्द्रकै कुरामा दम हुने हो भने, जनतालाई आकषिर्त गर्नेगरी त्यसको अगुवाई स्वयं ज्ञानेन्द्रले यसरी वक्तव्यमा हैन, खुल्लारुपमा राजनीतिको मैदानमा आफूनै आउनुपर्छ वा उनले आफ्ना परिवारका कोही सदस्यलाई अघि सानुपछ

    अर्को कुरा एक जनताको छोरो, बहुमत जनताले पत्याए आफैं देशप्रमुख हुन सक्छ भने किन शाह वंशकै सन्तान चाहियो ? भन्ने प्रश्न जनताका मन मष्तिष्कमा सधै रहन्छ , गणतन्त्रको प्रयोगले यहाँ भैंसी गोठालाका छोराहरु व्ाा कुनै पनि नेता पत्नीहरु देशप्रमुख हुने नजिर बसाइसक्यो । यो जनप्रभाव मेटाउन ज्ञानेन्द्रले अतिरिक्त मेहनेत गर्नैपर्छ ।

    यदि, ज्ञानेन्द्रकै कुरामा दम हुने हो भने, जनतालाई आकषिर्त गर्नेगरी त्यसको अगुवाई स्वयं ज्ञानेन्द्रले यसरी वक्तव्यमा हैन, खुल्लारुपमा राजनीतिको मैदानमा आफूनै आउनुपर्छ वा उनले आफ्ना परिवारका कोही सदस्यलाई अघि सानुपर्छ ।

    जनताबाट राजाको प्रत्यक्ष नेतृत्वमा आउने कुनै पनि शक्तिलाई एकपटक टेष्ट गर्ने मत आउन सक्छ । तर, के त्यसरी खुलमखुल्ला राजनीतिक मोर्चाको लिडरसिप लिने भिजन, मिसन र रहर छ ज्ञानेन्द्रसँग ?

    राजावादी भन्ने वित्तिकै कमल थापाहरुको अनुहार र लोकमान सिंह कार्कीहरुको छायाँ देख्नुपर्ने वर्तमान राजाका हिमायती भैकन पनि कांग्रेस, एमाले माओवादी वा मधेसी जनजाति नेता हुन विवश धेरै जनका लागि खट्किरहेको प्रश्न हो, पूर्व मौसुफका लागि ।

    नाति हृदयेन्द्र वा बुहारी हिमानीलाई सांस्कृतिक राजा बनाउने, आफू शक्ति बाहिर बस्ने, छोरा पारशलाई नागरिक दलको प्रमुख बनाएर राजावादी कित्ताको शक्तिकेन्द्र बनाउने रोडम्याप पनि ज्ञानेन्द्रका लागि सुखद हुनसक्छ ।

    सूर्य खड्का

    किनकि ज्ञानेन्द्र र पारश ओझेल पर्दा सिंगो राजसंस्थामाथि जनभरोसा उकालो लाग्ने अवस्था उनलाई हेक्का हुनुपर्छ । म हैन, पृथ्वीनारायण शाहको विरासत पुर्नस्थापित गर्ने सोच, चिन्तन, शैली र व्यवहार उनका प्र्रश्नको उत्तर भेट्टाउने विकल्प बन्न सक्छ ।

    छोरा पारशको सुधारिँदो छवि, आम युवाप्रतिको उनको लोकप्रियता, बुहारीको आम लोकपि्रयता र नाति हृदयेन्द्रको निर्दोष वाल छवि ज्ञानेन्द्रका उर्जा र शक्ति हुन्, शक्तिशाली दशैं प्रश्नजस्तै । के यो मनन गर्न उनी तयार छन् ?

    दोस्रो, विकल्का लागि पूर्वराजा ज्ञानेन्द्रले कांग्रेस, एमाले र माओवादी, मधेशी वा अन्य दलमा साथका लागि हात अघि बढाउनै पर्छ । म त राजा पो त, सबै झुकेर मकहाँ आउन् भन्ने राजकीय अहं पूर्वराजाले त्याग्न सक्लान् ? शहांक कोइराला, खुमबहादुर खड्का वा कुलबहादुर गुरुङहरुले राजासँग हात मिलाउन पर्खेर बसेको अवस्थालाई उनले अब वार्ता र संवाद तथा अन्य दृश्य अदृश्य कसरतबाट अघि बढाउने आँट र जाँगर गर्लान् ? किनकि राजनीतिक दलले नीतिगत निर्णय नगर्दासम्म र नेतृत्व पनि दलले नैै नलिएसम्म जनभावना र समर्थन जत्ति धेरै भए पनि त्यो निर्णय नहुने तथ्य अब ज्ञानेन्द्रले बुुझ्न ढिला गर्नु हुँदैन ।

    संविधानमा जनताको राय सुुझाव मागिँदा दुुईतिहाइ जनताले हिन्दू राज्यका पक्षमा दिएको समर्थन किन लागू भएन ? यदि त्यो कमल थापा जस्ता अवसरवादीहरु बाहेक अरु कुनै दलको राजनीतिक एजेण्डा भएको भए, कार्यान्वयन संभव थिएन र ? थियो नि ।

    हो, यही एक वर्ष अघिको कठोर नजिर नै नमिठो सबक र प्रेरणा हो ज्ञानेन्द्रका लागि की उनको गुमेको संस्था पुर्नस्थापित गर्ने सहज मार्ग । यसका लागि पूर्वराजाले कांग्रेसभित्रका राजावादी र अन्य सबै दलभित्र खेल्ने र आफ्नो बनाउने दाऊपेच सिघ्र बनाउलान् ? के त्यसो गर्न पूर्वमौसुफ तयार होइबक्सन्छ त ?

    गणतन्त्रको असली माया, असली चुनौति जति प्रचण्डलाई हेक्का छ, अरु दल र नेतालाई यो छैन । अब ज्ञानेन्द्रलाई हाउगुजी सम्झेर अरु दल र नेताले प्रचण्डलाई साथ दिने कि प्रचण्डको ईष्र्यामा ज्ञानेन्द्रलाई बाटो सहज पारिदिने ? छनौट केपी ओली, शेरबहादुर देउवा र मधेसी दलहरुका लागि पनि ज्ञानेन्द्रका प्रश्नले दिएका गम्भीर धक्केदार चुनौति हुन

    तेस्रो,पूर्वराजाकै शव्दमा लोकसम्मतिका आधारमा चल्ने शाहवंशीय परम्परालाई नै अनुशरण गर्दा पनि तेस्रो विकल्प कठोर र अव्यवहारिक छ । अब देशभित्रको शक्ति बाहेक कसैले पनि कुनै युुगान्तकारी परिवर्तन या त गर्न सक्दैन, गरे, गराए पनि टिक्न पनि सक्दैन ।

    त्यसैले यो केवल आशाको खेती मात्रै हुन सक्छ । तर संविधान कार्यान्वयनमा वर्तमान शक्तिकेन्द्रका दलहरु कांग्रेस, एमाले, माओवादी वा मधेसी र जनजाति दलहरु यसैगरी क्रमशः विफल हुँदै गए र आगामी चुनावहरु समयमा सम्पन्न हुन सकेन्न भने यहाँ दलहरुको विफलता वा गणतन्त्रको असफलतामा पूर्वराजाले हिलोमा माछा मार्ने मौका पाउन सक्छन् ।

    त्यो काल्पनिक बढी र यथार्थ कम हुन सक्छ । सेना अब राजाको पछि, दलहरुलाई बाईपास गरेर आउने संकेत र संभावना कम छ । भारत वा मोदीले दिल्लीबाटै नेपाललाई राजतन्त्रात्मक वा हिन्दुु मुलुक घोषणा गरे पनि नेपालमा उल्टो रियाक्सन हुने निश्चित छ ।

    यो सवाल चाहिँ फेरि पनि प्रचण्डसँग ठोकिन्छ । किनकि गणतन्त्रका एकल रक्षक र प्रेमी उनै हुन् । प्रचण्ड बलिया हुँदै गए, गणतन्त्र रोगाउँदै पनि नमरिहाल्ला । गणतन्त्रको असली माया, असली चुनौति जति प्रचण्डलाई हेक्का छ, अरु दल र नेतालाई यो छैन । अब ज्ञानेन्द्रलाई हाउगुजी सम्झेर अरु दल र नेताले प्रचण्डलाई साथ दिने कि प्रचण्डको ईष्र्यामा ज्ञानेन्द्रलाई बाटो सहज पारिदिने ? छनौट केपी ओली, शेरबहादुर देउवा र मधेसी दलहरुका लागि पनि ज्ञानेन्द्रका प्रश्नले दिएका गम्भीर धक्केदार चुनौति हुन् ।

    यसप्रकार पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रको दशौं दशैंमा जनताका हाईहाई हुँदै जानुलाई र गणतन्त्र रोगाउँदै जानुलाई कसले कसरी क्यास गर्लान् ? त्यो भने समय क्रममा नै पुष्टि हुँदै जाला ।

    (यो लेख खड्काको व्यक्तिगत विचार हो )

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, असोज २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.