×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भारत: कस्तो छिमेकी

  •  
  • बिहिबार, असोज २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ध्रुवबहादुर प्रधान

    दक्षिण एसियामा यतिखेर द्वन्द्व चुलिँदै गएको अवस्था छ । भारतले कश्मीर समस्याको जगमा यो द्वन्द्वलाई नयाँ मोडमा पुर्‌याएको छ, पाक सीमा क्षेत्रमा ‘सर्जिकल स्ट्राइक’ नामक कारबाही गर्दै । कश्मीर समस्याको कारण भारत र पाकिस्तानले अहिलेसम्म तीनपटक युद्ध गरिसकेका छन् । दुवै मुलुक यो समस्या समाधानतर्फ भन्दा यसलाई राजनीतिक तुष्टिको माध्यम बनाउन उद्यत् छन् । आखिर मारिने कश्मिरी जनता नै छन् ।
    आआफ्ना कुत्सित उद्देश्य साँध्न मग्न विश्व शक्तिहरू खासमा अहिले चलेकै वल्र्ड अर्डर (संसार पद्धति) लाई टिकाउने ध्येयमा छन् । लाखौं मानिस मारिने गरी चलेका विभिन्न देशका गृहयुद्धमा नभए किन ठूला मुलुकहरूको संलग्नता भन्ने प्रश्न एक किसिमले उठि नै रहन्छ । तर प्राप्ति र दम्भको होडमा यो प्रश्न सोधाइ त्यत्तिकै बिलाउँछन् । राष्ट्रसंघ महासचिव वान कि मुनले सिरिया द्वन्द्वको विषयमा हालै सम्पन्न महासभामा गरेको टिप्पणी यही सोधाइको एउटा प्रतिविम्ब हो । उनले अमेरिका, रूस, पश्चिमा राष्ट्र सबैलाई घाँटीमा अड्किने गरी भने, ‘यहाँ उपस्थित कतिपय प्रतिनिधिको हातमा सिरिया द्वन्द्वको रगत लत्पतिएको छ ।’ तर त्यो भनाइ मुनको मनको तुष मार्नेबाहेक केही हुनेवाला देखिँदैन । तिनै शक्ति मुलुकको अनुदानबाट चल्ने एकखाले उत्कृष्ट जागिरे संस्थाभन्दा खासै केही बन्न सकेको देखिँदैन राष्ट्रसंघ ।
    यो विश्व परिवेशमा भारतसमेत एउटा शक्ति मुलुक बनेर उदाउन खोजिरहेको छ । खासगरी जनसांख्यिक सामथ्र्य र भूगोलले दिएका स्रोतसाधनबीच ठूलो विश्व बजार बनिरहेको भारतले दक्षिण एसियालाई नेतृत्व दिन चाहेको हो । तर धेरैजसो सांस्कृतिक र चेतनागत मानकहरूका कारण भारत दक्षिण एसियाको प्रगतिशील नेतृत्व गर्नेभन्दा क्षेत्रीय विग्रहको खेलाडीका रूपमा चित्रित भइरहेको छ । उसका आफ्नै सामरिक समस्याबाट यो कुरा प्रस्ट भइरहेको छ । ऐतिहासिक तथा आणविक दुस्मनका रूपमा पाकिस्तानले भारतलाई सधैँ मुर्मुरिने खजाना मात्र दिइरहेको छ । अर्कोतिर चीनले मौलिक खाले आधुनिक अधिनायकवादी शासन पद्धतिबाट आफ्नो भौगोलिक अखण्डता र आर्थिक समृद्धिसहित विश्व राजनीतिमा निर्णायक खेलाडी बन्ने लक्ष्यलाई प्रमाणित गरेको अवस्था पनि प्रजातान्त्रिक भारतको लागि ठूलो तनाव हो ।
    यसैगरी नेपाल, बंगलादेश, श्रीलंकालगायत साना मुलुकहरू पनि भारतसँग सदैव असन्तुष्टिकै स्थितिमा छन् । भुटान मात्र त्यस्तो मुलुक हो, जो भारतले चाहेजसरी चल्ने मानेको छ, आमस्तरमा । विश्व जनसंख्याका ठूलो हिस्सा बोकेको एउटा क्षेत्र नै आफ्नो हिसाबले चलोस् भन्ने चाहना भारतले किञ्चित सुहाउँदैन । भारत अझै पनि संसारको त्यस्तो मुलुक हो, जसले अझै अन्य कुनै पनि मुलुकको भन्दा बढी गरिबीको भारी बोकिरहेको छ । जहाँ अझै धेरै विभेद, भेदभाव, शोषण, उत्पीडन र हिंसा व्याप्त छ । पहिले आफ्ना मामिला मिलाएर, आफू बनेर अर्कालाई बनाउँछु भन्दा सुहाउने कुरा होला । अनि त्यसले इच्छित असरसमेत निकाल्न सक्छ ।
    के यस्तो भएको भारतसँग सामथ्र्य र सम्भावना नभएरै हो त ? विल्कुल होइन । भारत विकास र सामारिक शक्तिको हिसाबले चीनभन्दा अझै पाँच दसक पछाडि पर्नुको एउटै कारण हो, मानसिकता । नभए पूरै संसार आज भारत जान र बुझ्न चाहन्छ । संसारमा मानवताका मूल्य श्रीगणेश गर्ने वैदिक सनातन धर्मसंस्कृतिको आधारभूमि हुनु नै भारतको सबैभन्दा ठूलो विश्व आकर्षण हो । जसका आधारमा भारत आज दुनियाँका लागि समभाव र सहिष्णुताको उत्कट परिचायक बन्नुपर्ने थियो ।
    तर आज ऊ युद्ध, अविश्वास र क्लेषको प्रतिच्छायामा रुमल्लिनु परिरहेको छ । आफनो सीमा क्षेत्रलाई चुस्त राख्न नसकेको विषयलाई ढाक्न वर्तमान भारतीय सरकारलाई केही न केही मसला चाहिएको थियो । सर्जिकल स्ट्राइक गरियो । तर नेपालीहरूमाथि लगभग एक वर्ष लगाएको नाकाबन्दी केको स्ट्राइक थियो त ? नेपालीहरूले भारतीय भूमिमा गएर आक्रमण त गरेका थिएनन् पक्कै । नेपाली जनताले मतादेशको माध्यमबाट आफ्नो संविधान आफैं बनाएपछि, अन्तिम अवस्थामा आएर नगर भन्दा मानेनन् भनेर भोलिपल्टैदेखि गौँडा रोक्नुको औचित्य भारतीय संस्थापनले सायदै प्रमाणित गर्न सक्ला ।
    विचरा नेपालीहरू सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनहरू मिचेर मित्र मुलुकले नै त्यस्तो व्यवहार गर्दा मरुभूमिमा तिर्खाले छट्पटाए झैं बसे । विश्व समुदायका अगुवाहरूले त्यतिबेला देखाएको उदासीनता नेपाली जनताको लागि अर्को पीडा थियो । महासचिव मुनले अहिले सिरियाको मामिलामा झैं त्यतिबेला नेपालमा मानवीय संकट छ भन्दै घुमाउरो टिप्पणी गरे । शरण पर्दा राष्ट्रसंघको प्रस्ताव लत्याउने शक्ति मुलुकहरूको बोलवाला चलेको विश्वमा त्यो भनाइले माखो मारेन ।
    यतिखेर नेपाल र भारतबीचको समस्या अल्पकालीन समाधानमा गएजस्तो देखिन्छ, तर कटु यथार्थ भुल्न मिल्दैन कि भारतले अझै पनि लगभग ८० प्रतिशत जनादेशको समर्थन पाएको संविधानलाई स्वागत गरेको छैन । बरु जनयुद्धको जोसबाट समयक्रमसँगै अघोर भ्रान्तिमा पुगिसकेका माओवादी अध्यक्ष प्रचण्डलाई प्रयोग गरी नेपाललाई पुरानै शैलीमा काबुमा राख्ने प्रवृत्ति पुनरावृत गराइएको छ । यसबाट भारतलाई कालान्तरमा झन् अहित हुने देखिन्छ । सत्य के हो भने नेपालमा सधैँ यस्तै राजनीतिक मति चलिरहन्छ भन्ने छैन । भ्रष्टाचार र लाचारीको जगमा बनेका राजनीतिक नेतृत्वलाई आउने युवा पुस्ताले नस्विकार्ने पक्का छ । लाग्ला केही वर्ष, बस् त्यत्ति हो ।

    छुच्चोपन, दारिद्रय र भित्रभित्र कोपरिएर अरूको शान्ति हेर्न खप्न नसक्ने प्रवृत्ति यो क्षेत्रमा कसरी पलायो, यसका नायकहरू को–को हुन्, यसबारे गतिलो समाजशास्त्रीय अध्ययन जरुरी छ ।
    जस्तो-नेपालमा भारतप्रतिको मनोविज्ञान कायम छ, अन्य दक्षिण एसियाली छिमेकी मुलुकहरूमा त्योभन्दा बढी नकारात्मक पक्ष भावना छ । केही गरेर विश्वासमा लिने, आफ्नो हितमा काम गराउने शैली मात्रै टिकाउ हुन सक्छ । त्यसो नगर्दा भारतीय एजेन्डाले हरेक मुलुकमा आउने वर्षमा ठक्कर खाने देखिन्छ । श्रीलंकामा गरिएको राजनीतिक प्रयोग उल्टिने अवस्था छ । नेपालमा अबको निर्वाचनको दृश्य अहिले लगभग बनिसकेको छ । पाकिस्तान एकातिर कश्मीरसँग भारतसँग पौँठाजोरी खेल्दै अर्कोतिर बलुचिस्तानको विकासमा चीनसँग विशाल सहकार्य गर्दैछ ।
    यो परिवेशमा हरेक छिमेकीसँग धुनमुनिने गरी आफ्नो भए नभएको तागत खेर फाल्नुभन्दा भारतले समदूरीको मित्रता अगाडि बढाउन जरुरी छ । आखिर मित्रताबाट सबैभन्दा बढी फाइदा लिने भारतले नै हो । मात्रै दुई नदीको ऊर्जाले भारत र भुटानबीच त्यस्तो गठजोड बन्यो । नेपालले त एउटा सार्वभौम मुलुकले पाउने सम्मान मात्र खोजेको हो । त्यसको इमानदार प्रत्याभूति हुँदा भारतले सारा हिमालय पर्वतको फाइदा आफ्नै खेती खलियानमा पाउँछ । नेपालले आफ्नो अपार जलराशि मोडेर तिब्बततिरै फर्काउन सक्ने होइन ।
    आधुनिक संसारमा मानव जातिले खोजेको समृद्धि मात्रै हो । समृद्धिकै कारण आज विकसित पश्चिमा जगत् मानव विकासका उत्कृष्टतम् प्राचीन मूल्यहरूको पुनर्खोजतर्फ लागेको छ । सांस्कृतिक क्रान्ति नामक तथाकथित अभियानबाट रुग्ण बनेको चीन अब बौद्धधर्मलाई खुलेआम बढावा दिँदै आफ्नो वातावरण मानवमैत्री बनाउन खोजिरहेको छ । केही ठूला शक्तिराष्ट्रका स्वार्थहरूलाई समयले ठेगान लगायो भने मुस्लिम जगत् पुनः शान्तिको बाटोमा आउनेछ । परन्तु दक्षिण एसियामा त केही समस्यै थिएन । एक हदमा गरिबी थियो तर सनातन संस्कृतिको बलमा मिलाप एवं सेवायः परमोधर्मको भावना सर्वत्र थियो ।
    यो छुच्चोपन, दारिद्र्य र भित्रभित्र कोपरिएर अरूको शान्ति हेर्न खप्न नसक्ने प्रवृत्ति यो क्षेत्रमा कसरी पलायो, यसका नायकहरू को–को हुन्, यसबारे गतिलो समाजशास्त्रीय अध्ययन जरुरी छ । यो क्षेत्रको नेता मुलुक भारतले यसबारे सिंहावलोकन गर्नु वर्तमान समयको अहम् आवश्यकता हो । नभएदेखि यो अवस्था अर्वुद रोग जसरी फैलिँदै जानुको विकल्प देखिँदैन ।
    अन्त्यमा, फेरि ऋषिमन
    प्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा संसद्मा सम्बोधन गर्दै नरेन्द्र मोदीले ऋषिमनको दुहाइ दिनुभयो । काठमाडौंका सडकमा जनता उर्लेर स्वागत गरेपछि उहाँ भावातित मुद्रामा ऋषिमनको चर्चा गर्दै हुनुहुन्थ्यो । नेपालमा संविधाान जारी भएपछि उहाँ दुर्वासा शैलीमा रन्किँदै आफ्ना शुक्राचार्यहरूको वश परिरहेकै स्थिति छ । हाम्रा पौराणिक ग्रन्थहरूले ऋषिभित्रका पनि विभिन्न वर्ग छुट्ट्याइदिएका छन् ।
    भारतीय राष्ट्रपति शीघ्र नेपाल आउँदै हुनुहुन्छ । उहाँको स्वागतमा नेपालीहरूले कुनै कसर राख्दैनन् । तर उहाँले कुन मनको कुरा गर्नुहुन्छ, ठूलो प्रतीक्षाको विषय छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असोज २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.