२०६२ साल मंसिर ७ गते १२ बुँदे सहमतिमा सक्रिय भूमिका खेल्ने अहिलेका नेपालका राजदूत रन्जित राय र बाबुराम समेतको ठूलो भूमिका थियो । दिल्लीको १२ बुँदे सहमतिको धेय नेपाल टुक्रयाएर भारतमा गाभ्ने षडयन्त्रको खेल थियो ।
देशलाई यसरी यो विकराल अवस्थामा ल्याउनमा एक नम्बरको लेण्डुपको रूपमा काम गर्ने कांग्रेसका गिरिजा प्रसाद कोइराला थिए । गिरिजा मरेर गए । गिरिजा र माधव नेपाल भारतीय गुप्तचरको पञ्जामा फसेपछि गद्दार कृष्ण सिटौला बाबुराम भट्टराई यी दुबै ‘रअ’का बफादार सेवक भएकाले यिनीहरूले जे जे भन्छन् त्यही त्यही लागु भयो । यिनीहरू सँगसँघै मिलेर सक्रिय भए ।
यी दुई एक भएपछि सुबास नेम्वाड पनि राष्ट्रघातमा सम्मिलित भए । यिनीहरू धर्मनिरपेक्ष, गणतन्त्र कायम गर्न २०६३ सालपछि नैं लागेका थिए । बाबुराम भट्टराई, कृष्ण सिटौला, सुबास नेम्वाड लगायत नेपालको अधोगति गराउने गद्दारहरू आफू पनि फसे, देशलाई पनि फसाए । यिनीहरूले जसरी देश र नेपाली जनतालाई भौडीमा हाल्न खोजे त्यसरी नैं यिनीहरूलाई नेपाली जनताले थुक्नेछन्, कठघरामा उभ्याउने छन् ।
भारतमा अंगे्रजहरूको दवदवा बढ्न लागेपछि हिमवतखण्डको पनि मूल्य, मान्यता र पहिचान समाप्त गरिन लागेको अवस्थामा यसक्षेत्रमा एउटा सपुत पृथ्वीनारायण शाहको जन्म हुन गएको हो । वि.सं. १८०० मा बनारसको भ्रमण गरेर हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, योद्धा र केही हातहतियार समेत ल्याएर अस्रसस्त्र सुसन्जित गरेर राष्ट्रिय एकीकरण गरेका थिए ।
नेपालको एकीकरण जसरी भयो त्यसरी नैं राष्ट्रनिर्माताको सन्देश– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने कुरालाई हामी नेपालीहरूले मध्यनजर राखी नेपालको सार्वभौमसत्ता, एकता र पहिचानलाई युगयुगान्तरसम्म सुदृढ राख्न विश्वको एक मात्र हिन्दु अधिराज्य र शाहवंशीय राजसंस्थाको संरक्षणमा एकतावद्ध भएर ‘सार्वभौम–नेपाल’ बचाउनमा हामी सबै एक हौंं ।




















