×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पुरुष हुनुको सकस

  •  
  • शनिबार, भदौ ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शंकर भण्डारी
    रमाइलो मेलामा घुम्न आएका हामी चारजना । तीन किशोरी र म एक अल्लारे ठिटो । भर्खरै जुँगाको रेखी बसेको । कलेज जान थालेको । ‘रोटिपिङ चढौं न’, एउटीले प्रस्ताव गर्छे । ‘भो मलाई त डर लाग्छ’, अर्की पन्छिन खोज्छे । ‘केको डर ? शंकर छँदैछन् नि’, प्रस्तावकले ढाडस दिन्छे ।
    मलाई भने रोटेपिङ चढ्नु त परै जाओस्, देखेर पनि कहाली लाग्छ । तर, यहाँ बहादुर बनिदिनुपर्छ । मौनताले स्वीकृति जोडेर चढ्छु । मनमनै कामना गर्छु, ‘यसपाली डर लुकाउन सकियोस् ।’ रोटेपिङ उकालो लागिरहँदा त मन जसोतसो थाम्छु । जब ओरालो ओर्लिन्छ आफ्नै मुटुले ठाउँ छोड्छ । बहादुरीका सारा अभिनयहरू खत्तम हुन्छन् । म कहालिन्छु जोडले ।
    ‘केटा भएर पनि डराउने’, पिङबाट ओर्लन नभ्याउँदै एउटीले टिप्पणी गर्छे ।
    ‘केटीजस्तो’, अर्कोले थप्छे ।
    ‘रोटेपिङ’, अर्कोले छेड हान्छे । त्यसपछि प्लस टु लाइफभर मेरो नाम फेरिन्छ । ‘रोटेपिङ’, क्लासमा हाँसोको पात्र बन्नपुग्छु । मानौं, रोटेपिङ चढ्दा डराउनु मेरो जीवनकै सबैभन्दा ठूलो अपराध थियो । हिटलरले मान्छे मारेभन्दा पनि बढी ।
    जीवनको त्यो क्षणदेखि आजसम्म मनमा एउटा धमिलो दाग बोकेर हिँडेको छु । कतै रोटेपिङ देख्यो कि त्यही नमीठो घटना याद आउँछ । ग्लानिबोध हुन्छ । र, लाजले आफैंभित्र खुम्चिन्छु ।
    विश्वविद्यालयका खुड्किलाहरू पार गरेर मूल गेटबाट निस्कँदै गर्दा अचेल सोच्न थालेको छु, म डराउँदैमा त्यत्रो विधि लज्जाको पात्र किन बन्नुपर्‌यो । सोध्न थालेको छु- के केटामान्छे भएर पनि डराउनु नै मेरो अपराध थियो ?
    हो, त म कहाँ डराउन हुन्छ र ? म पुरुष डराउनु हुन्न । म पुरुष, रुनु हुन्न । म पुरुष, पुरुषार्थी बन्नुपर्छ । म पुरुष, साहसी हिम्मतिलो हुनुपर्छ । म पुरुष, भावनाको वशमा होइन दिमागले चल्नुपर्छ । यस्तै सिकाएको छ समाजले । यस्तै भनेको छ समाजले । मलाई प्रश्न गर्न मन लाग्छ यो धारणामाथि ।
    के हो पुरुष ?
    साझा प्रकाशनले प्रकाशन गरेको ‘नेपाली बृहत् शब्दकोश’ले पुरुषको परिभाषा यसरी दिन्छ- नामको रूपमा लोग्नेमान्छे र विशेषणको रूपमा भाले वीर आँटी । अर्थात् वीर र आँटिलो लोग्नेमान्छे नै पुरुष हो ।
    लोग्नेमान्छे वा केटामान्छे र पुरुष हुनुमा फरक छ । यौनिक रूपमा लोग्नेमान्छे भए पनि पुरुष हुनलाई उसले सामाजिक मापदण्डहरू अंगीकार गर्नुपर्छ । सिमोन डी बुभो ‘द सेकेनड सेक्स’मा लेख्छिन्, ‘महिला हुन्ने, बनाइन्छे’ । अर्थात् हरेक छोरीमान्छे महिलाकरणको प्रक्रियाबाट गुज्रेपछि मात्र महिला बनाइन्छे ।
    र, समाजले महिलालाई दोस्रो दर्जाको मान्छे बनाएको छ । तर, बुभोले त्यसपछाडिको वाक्य छुटाइन । पुरुष पनि समाजले नै बनाउँछ । हरेक लोग्नेमान्छे पुरुषकरणको प्रक्रियाबाट गुज्रेपछि मात्र पुरुष हुन्छ । र, समाजले उसलाई पहिलो दर्जाको मान्छे बनाएको छ । यौनिक पहिचानलाई लैंगिक पहिचान दिने प्रक्रियामा समाजमा स्थापित लैंगिक विभेदकारी संरचनाले पुरुष र महिलामा तहगत सम्बन्ध निर्माण गरिदिएको छ । यौनिक पहिचान र लैंगिक पहिचानबीचको फरक यहाँ कोट्याइरहनु नपार्ला ।
    लैंगिक विभेदकारी समाजले पुरुष हुन पुरुषत्वको आवश्यकता औंल्याउँछ । समाजले पुरुषलाई परिवारको मूली बनाइदिएको छ अर्थात् परिवार पाल्ने कर्तव्य उसको हो । परिवारको निम्ति खर्च जुटाउन नसक्ने पुरुष होइन । नभए समाज भन्छ, नामर्द । पुरुष आँटिलो हुनुपर्छ । लडाइँमा जानुपर्छ । लड्न, मर्न, मार्न तयार हुनुपर्छ ।
    जब कुनै लोग्नेमान्छे भावुक हुन्छ, अरूको दुःखमा रुन्छ, पशुपंक्षीलाई पनि प्रेम गर्छ, मानवीय स्वभाव अनुसार डराउँछ, धकाउँछ, अनि समाज भन्छः छि ! कस्तो लोग्नेमान्छे भएर पनि… । यो सोंच सिंगो समाजमा व्याप्त छ । के लोग्नेमान्छे, के स्वास्नीमान्छे हरेकलाई समाजले यही तहगत विशिष्टाको साँचोमा ढालिदिएको छ ।
    त्यसरी नै सिंगो संसार हेर्न, बुझ्न सिकाएको छ । त्यसैले त मेरा साथीहरूले मलाई जिस्क्याए । खिज्याए र त्यही सोचबाट प्रशिक्षित म, पुरुष हुनुको अभिमान प्रस्तुत गर्न नसकेर ग्लानिबोधको सिकार भइरहेँ ।
    समाजले निर्माण गरिदिएको छ पुरुषत्वको मानक । अक्सफोर्ड एड्भान्स लर्नर्स डिक्सनरीको आठौं संस्करणमा पुरुषत्वलाई बल र सुन्दरतासँग जोडेर व्याख्या गरिएको छ । पुरुषहरू बलियो हुनुपर्छ जसरी रामायणको राम बलियो छ । त्यसैले भनिन्छ, पुरुषार्थी राम । पुरुष सुन्दर हुनुपर्छ जसरी महाभारतको कृष्ण छ । हजारौं गोपिनीलाई मोहवशमा पार्ने । समाजमा पुरुषत्वको धारणा बसाउन यिनै मिथक र साहित्यहरूले भूमिका पूरा गरिरहेका छन् ।
    माथि पनि भनियो, पुरुषत्वको यस्तो खालको मान्यता लैंगिक विभेदको कारक हो । यस्तै मान्यताहरूले नै पुरुषलाई रक्षक र महिलालाई आरक्षित बनाउँछ । त्यसैले गाडीमा सँगै यात्रा गर्दा पुरुष जुरुक्क उठेर उभिएको महिलालाई सिट छोडिदिन्छ । उसमा समाजले थोपरेको चेतले भनिरहेको हुन्छ, ‘बस महिला तिमी म पुरुष उभिन सक्छु, तिमी सक्दिनौ ।’
    त्यसैले लैंगिक अध्येता जुडिथ बट्लर भन्छिन्- वास्तवमा पुरुषत्व केही होइन, समाजको संरचनाले निर्माण गरिदिएको लोग्नेमान्छेले देखाउने आचरण हो ।
    बदलिँदो पुरुषार्थ
    पुरुषार्थको मान्यता पनि समाजको बनोटसँगै फेरिँदो छ । त्रेतायुगकालीन ‘मर्यादा पुरुष राम’ आफ्नो समयको मानक पुरुष हो । द्वापरयुगकालीन कृष्ण आफ्नो समयको मानक पुरुष हो । समाजले हरेक समयमा तत्कालीन जीवनशैली अनुरूपको पुरुषार्थको विशिष्टता कायम गरेको छ । तर, यो विशिष्टता सारमा नभई रूपमा मात्र हो ।
    साहित्यकार हृदयचन्द्रसिंह प्रधानको समयमा पुरुषको पुरुषत्व जुँगाले बचाउँथ्यो । त्यसैले ‘जुँगा’ निबन्धमा उनले जुँगा फालेर समाजमा कायम रहेको लैंगिक विभेदकारी मान्यतामाथि आफ्नो ठाउँबाट प्रश्न उठाए । अब जमाना क्लिन सेभ्ड पुरुषको छ । क्लिन स्भेड अनुहार, जिम गरेर बनाएको बडी र कम्तीमा मोटरबाइक चढ्ने हैसियत भएको पुरुष पो पुरुष ।
    आधुनिक समाजले बनाएको मान्यता यस्तै छ । यस्तै प्रचार गर्छन् व्यावसायिक सिनेमा र साहित्य । सिनेमाका पर्दामा देखिने ‘नायक’हरू पुरुषको मानक बनेका छन् । हिजो कृष्ण रोलमोडल थिए भने अहिले सलमान खान बनेका छन् ।
    पुँजीवादको विकास र बढ्दो बजारीकरणले उपभोक्तावादको विकास गरेको छ । यसले पुरुषार्थको मान्यतालाई पनि धनपैसासँग जोडिदिएको छ । टोल्सटोयका साहित्यमा पाइने रवाफी पुरुषभन्दा निकै फरक छन् यो युगका पुरुषहरू ।
    ती गर्लफ्रेन्डलाई बाइकमा पछाडि चप्काएर डेटिङ जान्छन् । श्रीमतीलाई ‘टोय टु हेड’ गहना र आधुनिक भेषभूषाले सजाएर आफू क्लिन सुटमा डिनर पार्टी जान्छन् । तब न पुरुष । खल्तीमा ब्यालेन्स भरिएको एटीएम कार्ड, कम्तीमा राम्रो मोटरबाइक (सके कार) र हातमा महँगो मोबाइल समाते पो पुरुष, नभए नामर्द । यस्तै भन्छ आधुनिक पुरुषार्थको अघोषित परिभाषा ।
    थिचिएको पुरुष
    मातृसत्तात्मक कालको विघटनपछि स्थापित लैंगिक विभेदकारी सामाजिक संरचनाले निर्माण गरिदिएको पुरुषत्वले पुरुष थिचिएको छ । हरेक युगमा उसले आफ्नो पुरुषार्थ बचाइराख्न सक्दो दुःख गर्नु परेको छ । आम मानिस हुने अवसर जसरी महिलाले पाएकी छैनन् त्यसरी नै यो अवसरबाट पुरुष पनि वञ्चित छ । हो, पहिलो दर्जाको मान्छे हुनुको नाताले ऊ विशेषाधिकार सम्पन्न छ । तर, यो विशेषाधिकारको आडम्बर जोगाउन उसले आफ्ना मानवीय गुणहरूलाई तिलाञ्जलि दिनु परेको छ ।
    श्रवण मुकारुङले लेखेको गीत छ, ‘तिमी तारेभीर म त लहरा’ । गीतमा पुरुष तारेभीर हो, महिला लहरा । गीतले भनेजस्तै सामाजिक संरचनाले पुरुषलाई भीर बनाइदिएको छ । महिलालाई लहरा । महिलाहरू जीवनभर त्यही भीरको सहारामा लहरिँदै बाँच्नुपर्छ । अनि पुरुषले सकीनसकी पहरा भइरहनुपर्छ । पुरषतत्वको लाज जोगाउन चढिरहनुपर्छ चिप्लो हिमाल । उक्लिरहनुपर्छ मान्यताका लिस्नोहरू ।
    अझै पनि हाम्रो समाजमा कुनै महिला पैसा कमाउन जान्छे र पुरुष घरकै काममा सीमित हुन्छ भने भनिन्छ, जोइटिंग्रे । त्यसैले जोइटिंग्रे नभनिन र पुरुष भइरहन पनि हाम्रो देशका लाखौं लोग्नमान्छे खाडीको पचास, पचपन्न डिग्रीमा शरीर जोतिरहेका छन् । यही मान्यताले नै त्यसैगरी काम गर्न विदेशीका महिलालाई हेप्छ र अनेक बदनामकारी विशेषण थोपरिदिन्छ ।
    अरबबाट पैसा कमाएर आएको छोरोमान्छेलाई गर्वको नजरले हेर्ने समाजले अरबबाट पैसा कमाएर आएकी छोरीमान्छेलाई अनेक उपमा दिने सोच यही पुरुषार्थ निर्माण गर्ने सोच हो ।
    सामाजिक संरचनाले पुरुषलाई भीर बनाइदिएको छ । महिलालाई लहरा । महिलाहरू जीवनभर त्यही भीरको सहारामा लहरिँदै बाँच्नुपर्छ । अनि पुरुष सकीनसकी पहरा भइरहनुपर्छ ।
    समाजले कोरिदिएको लैंगिक विभेदको धर्सोले एकातिर महिलालाई मान्छे हुनै दिएको छैन । अर्कोतर्फ पुरुषलाई बोक्नै नसक्ने भारी थमाइदिएको छ । केटीको स्कुटीपछाडि हुइँकिरहेको केटालाई देखेर हाँस्छ समाज । केटीले छाताको हेन्डिल समाएर केटालाई ओढाइरहेको देख्दा आँखा तर्छ समाज । केटाहरूको हूलमा केटीको विषयमा छेडखानी गर्न नसक्ने केटोलाई साथीहरू भन्छन्– नामर्द । अझ अगाडि बढेर कसैले त उसको पुरुषत्वमै प्रश्न गर्छन् ।
    पुरुषत्वको गह्रुँगो भारीले थिचिएर झोलचोक्टा भइरहेको छ लोग्नेमान्छेको मानवीय गुण । समाजले निर्माण गरिदिएको मान्यताअनुरूपको पुरुष बन्ने दौडमै सकिन्छ उसको जीवन । त्यसैले अमेरिकी आलोचक क्रिस वार्कर भन्छन्, ‘नट्ट ब्वाय (उपद्रयाहा केटो) देखि ब्याड म्यान (खराब मान्छे) हुँदै औद्योगिक समाजको बिग्रेको मालजस्तो स्याड म्यान (दुखी मान्छे) भइरहेका छन् पुरुषहरू ।’
    पुरुषत्व कायम राखिराख्न लोग्नेमान्छे युद्ध लड्छ । बाजी थाप्छ । हानथापी गर्छ । पुरुषार्थ कायम गर्न नसकेर समाजको हँसीको पात्र बन्नुभन्दा आत्महत्या गर्नु श्रेयस्कर सम्झन्छ, यस्तै भन्छन् अर्का आलोचक वारेन फरेल । त्यस्तै आलोचक विडुल्फ तर्क गर्छन्, पुरुषत्वलाई बचाइराख्ने असम्भव प्रयत्नमा पुरुषहरू एक्लोपना र आजीवन लज्जाबोधले थिचिएका छन् ।’ पुरुषको जीवनप्रति सहानुभूति प्रकट गर्दै सुसान फालुदी आफ्नो कथा ‘बेडरक अफ मिसिजनी’मा भन्छिन्, ‘परिवार र समाजप्रति पुरषले निर्वाह गर्नुपर्ने दायित्व पुरुषहरूकै निम्ति धोका हो ।’
    लैंगिक विभेदको जगमा निर्माण गरिदिएका पुरुषत्वका मापदण्डहरूले लोग्नेमान्छे थिचिँदो छ । यी मान्यताहरू केही मुठ्ठीभरका सम्भ्रान्त कुलीन पुरुषहरूलाई त ठिकै होला । आमलोग्नेमान्छेहरू भने यो थेग्न सक्दैनन् । तर पनि तिनले आफ्नो पुरुषत्व त जोगाइराख्नैपर्छ । त्यसैले ती पुरुषत्वको खोक्रो आडम्बर जोगाउन लागिपर्छन् । अनेक गर्छन् । केही नसके जाँड खाएर श्रीमती कुटेर भए पनि आफ्नो पुरुषत्व साबित गर्ने प्रयास गर्छन् ।
    आखिर कहिलेसम्म पुरुष बनिराख्नका निम्ति बोकिराख्ने हो पुरुषत्वको गह्रुँगो भारी ? कहिलेसम्म गरिरहनुपर्ने हो हुँदै नभएको पुरुषत्वको झूठो अभिनय ? पुरुषत्वको यो आडम्बरी बोझले युगौंदेखि थिचिएको छ लोग्नेमान्छे । जसरी यही विभेदकारी संरचनाले दोस्रो दर्जाकी बनाइएकी छन् महिला ।
    त्यसैले मलाई पुरुष हुनुछैन । भो मलाई चाहिँदैन यो खोक्रो आडम्बरी पुरषत्व । मलाई आममान्छे हुनु छ । दुःख पर्दा रुनसक्ने । खुसी हुँदा हाँस्नसक्ने । मानवीय गुण र कमजोरी दुवै भएको साधारण मान्छे ।

    annapurnapos

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, भदौ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.