×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

महेन्द्र मञ्जिल, बत्ती प्रकरण र राजनीति

  •  
  • शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शून्य समय/युवराज घिमिरे

    राजा महेन्द्र अहिले पनि नेपाली राजनीति र कूटनीतिको केन्द्रमा छन्, मृत्युको ४५ वर्षपछि पनि । एउटा समूह उनलाई प्रजातन्त्रविरोधी मान्छ, तर अधिकांशले उनलाई नेपालको स्वाभिमान र स्वतन्त्र हैसियत स्थापित गर्न सफल अभियन्ताका रूपमा स्विकार्न थालेका छन् ।
    भारतीय संस्थापनको मान्यताबाट प्रभावित त्यहाँको एउटा वर्ग र तिनै मान्यताबाट दीक्षित नेपाली राजनीति तथा बौद्धिक समूहको एउटा हिस्सा महेन्द्रवाद या महेन्द्र राष्ट्रवाद ‘भारत विरोध’ मा सीमित एउटा राजनीतिक दर्शन र राष्ट्रिय व्यवहार मात्र रहेको मान्यता राख्छ । चीनले महेन्द्र र नेपालका कम्युनिस्ट शक्तिहरूलाई नजिक ल्याउन मनोवैज्ञानिक वातावरण बनाइदियो राजसंस्था भरपर्दो मित्र र नेपाली राष्ट्रियताको छातासंस्था भएको आफ्नो धारणा र तदनुसारको व्यवहार प्रस्तुत गरेर ।
    महेन्द्रकै सत्रबर्से शासनकालमा विकासका महत्त्वपूर्ण पूर्वाधारका जग बसे । यो लेखको आशय अति शक्ति केन्द्रीकृत शासन व्यवस्थाको वकालत गर्नु हैन, तर विकास, स्थायित्व राष्ट्रिय स्वाभिमान तथा मुलुकको स्वतन्त्र छवि स्थापित गर्न र अन्तर्राष्ट्रिय समुदायमा नेपालको सम्मानजनक उपस्थिति स्थापना गर्न महेन्द्रको भूमिकाबारे अहिले मुलुकमा हुन थालेको सराहना कोट्याउनु अवश्य हो ।
    फरक प्रसंगमा एउटा पृष्ठभूमिका रूपमा ०१७ सालमा दलहरू तथा तिनका नेताहरूले राष्ट्रिय र स्वतन्त्रताप्रति उदासीनता देखाएको भन्ने उनको आरोपसँग किन त्यसको ५६ वर्षपछि जनताले सहमति जनाउन थालेका छन्, खुलेरै । त्यसको विश्लेषण र सुधार स्वयं दलका नेताहरूको समीक्षा र आत्मालोचनाबाट सुरु हुनुपर्ने विषय हो ।
    राजा महेन्द्रसँग कुनै शैक्षिक डिग्री थिएन, तर राजनीति, कूटनीति, मुलुकको भूरणनीति अनि त्यसको सम्मानित अस्तित्व बृहत् विश्व परिवेशमा कसरी सुनिश्चित गर्ने, त्यसबारे पर्याप्त चिन्ता र ज्ञान थियो उनीसँग, जुन उनको प्रशासनिक र समझदारीपूर्ण व्यवहारबाट सावित हुन पुग्यो ।
    उनको जीवनकालमा राजनीतिक दलहरूसँग तिक्तता बढ्नु र नेपाली कांग्रेसभित्र रहेको प्रजातान्त्रिक तथा राष्ट्रियताका, शक्तिसँग सहकार्य हुन नसक्नु ‘मुलुकले गुमाएको अवसर’ का रूपमा हेरिनु आवश्यक छ । त्यसबाट उचित पाठ नेपालीहरूले नसिकेमा नेपाल र नेपालीको अस्तित्वमा पर्ने खतराबारे वर्तमान नेतृत्व वर्ग मात्र हैन, सचेत नेपाली संवेदनशील नभएको अर्थ लाग्नेछ ।
    यो पृष्ठभूमिमै हेरिनुपर्छ महेन्द्र मञ्जिलमा ऊर्जामन्त्रीको आदेशमा बत्ती काटिएपछि उत्पन्न परिस्थिति अनि पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवीका पक्षमा देखा परेको गैरराजनीति व्यापक समर्थन र तत्काल सरकारले प्रदर्शन गरेको सुझबुझलाई । रत्न राज्यलक्ष्मी देवी शाहले पाएको समर्थनलाई महेन्द्रबाट अलग गरिनु हुँदैन, यद्यपि राजसंस्था र परम्परामा नबाँधिएको भए रत्नराज्य सम्भवतः एउटा वैराग्य प्राप्त साध्वीको दर्जामा उक्लिएको मान्ने थिए धेरैले ।

    राजा महेन्द्र धार्मिक आस्था र पूर्वीय दर्शनका ज्ञाता थिए । सम्भवतः पञ्चायतको प्रयोग त्यो पर्सनको एउटा पाटो थियो । तर, सायद अन्धविश्वासी थिएनन् उनी । स्वाभाविकै हो त्यो, किनकि ज्ञानले अन्धविश्वासलाई डढाउँछ ।
    राजाहरूले एकैपल्ट दुइटा विवाह गर्ने परम्परा किन र कसरी बस्यो ? त्यो सम्भवतः उनीहरू सामान्य व्यक्तिभन्दा माथि हुन भन्ने मान्यता स्थापित गर्न त्यसो गरिएको हुन सक्छ । एउटै विवाह गरे राम्रो हुँदैन भन्ने मान्यता स्थापित हुन पुग्यो । तर महेन्द्र पहिलो राजा थिए त्यो अन्धविश्वासमा आधारित परम्परालाई चुनौती दिने र अवज्ञा गर्ने ।
    तर दुर्भाग्य, इन्द्रराज्य लक्ष्मी देवीसँगको उनको विवाह र १२ वर्षपछि उनको मृत्युले अन्धविश्वासको त्यो जग मजबुत बन्न पुग्यो, त्यो बेलाको नेपाली समाजमा । अन्धविश्वासविरुद्धको अभियन्ताको लागि त्यस्तो चोट कति असह्य हुन्छ, त्यो कठिन हुन्छ । लोकाचारकै लागि खगेन्द्र संग्रौलाले समेत आमाको मृत्युमा ‘गरुड पुराण’ सुन्न बाध्य भएको ‘पीडा’ सार्वजनिक गरेका थिए । तर अन्धविश्वासको जगमा स्थापित ‘अनिष्ट’ को सामना महेन्द्रले चुपचाप भोगे ।
    विश्व पुरुष प्रधान छ । प्रवृत्ति पुरुष प्रधान छ । तर महिलाहरूलाई ‘गुड ह्युमर’ मा राख्ने चलन सायद सर्वत्र छ ।पश्चिमतिर हरेक सफल व्यक्तिको (सफलता) पछाडि एउटा महिला हुन्छिन्’ भनिएजस्तै नेपालमा ‘नारीको पूजा जहाँ हुन्छ त्यहाँ देवता रमाउँछन्’ भनिए पनि यी औपचारिकताका शब्द या मान्यता बन्न पुगेका छन् । समाजले त्यस्तो मान्यतालाई व्यवहारमा सिकेको प्रमाण दुर्लभ छन् ।
    त्यसैबाट फाइदा उठाएर पश्चिमी मान्यताबाट निर्देशित ‘नारी समानता’ आन्दोलनले केही महान् पूर्वीय मान्यताको मौलिक मूल्यलाई चुनौती दिएका छन् । नारी समानताको महत्त्वपूर्ण कसीलाई ‘भौतिक’ आवरण र आर्थिक लाभ–हानिको प्रसंगमा उठाइने ती आवाजमा भोलि ‘आको दूध’ को मूल्यसमेत पैसामा तौलिने अवस्था आउन सक्छ ।
    त्यसपछि त्यो सम्बन्धले कस्तो आयाम पाउला त ? अर्थात् नारीको सम्मानित र महत्त्वपूर्ण स्वरूप ‘आमा’ को हो, जसमा त्याग, ममता र निस्वार्थको प्रधानता हुन्छ । ती प्रवृत्तिलाई कसरी सम्मानित गर्ने र शोषणबाट मुक्त राख्ने त्यो चुनौती हो यो, समाजको लागि । लैंगिक समानताको लडाइँमा केही पूर्वीय यथार्थ बेवास्ता गर्न मिल्दैन, कम से कम यो भूभागमा ।
    त्यसैले रत्नराज्यलक्ष्मी देवी शाहलाई त्यस अर्थमा अत्यन्त संवेदनशील र फरक तरिकाले हेर्ने साहस गर्नुपर्छ नेपाल सरकारले, समाजले र लैंगिक समानताको वकालत गर्ने संस्थाहरूले ढिलै भए पनि ।
    दिदी इन्द्रराज्य लक्ष्मीको स्वर्गारोहणपछि उनले विवाह गरिन्, तत्कालीन युवराज महेन्द्रसँग । दुईदेखि ११ वर्षसम्मका ६ बालबालिकाका आमाको ममतापूर्ण जिम्मेवारी उनले तत्काल निर्वाह गर्नुपर्‌यो । आफैँले बच्चा नजन्माउने सर्तमा कुशल र आदर्श आमाको भूमिका सहज हुँदैन । तर उनले त्यो दुर्लभ र कठिन भूमिका निभाइन्, विनाप्रचार ।
    पूर्वीय दर्शनमा हरेक आमा ‘निष्काम कर्मयोगी’ हुन्छन् । कुपत्रो जायेत, क्वचिदपि कुमाता नभवति’ को यथार्थलाई यहीको माटोमा मात्र अनुभव र अनुभूति गर्न सकिन्छ । रत्नराज्यले आफैँले कुनै बच्चालाई जन्म नदिए पनि कर्मले राजदरबारका ६ शिशुहरूसँगै अरू नथुप्रैका आमा बनिन्, बालमन्दिरलाई अभिभावकत्व प्रदान गरेर ।
    आइतबार महेन्द्र मञ्जिल अँध्यारो आवरणमा धकेलिँदा त्यसमा कुनै राजनीतिक उद्देश्य थियो कि थिएन, वा त्यो गणतन्त्रलाई संस्थागत रूप दिने अनगिन्ती प्रयासको शृंखलामा एउटा नयाँ प्रयोग थियो भन्न सकिन्न । तर उनी स्वभावतः मौन रहिन् । गीतामा भनिएजस्तै दुःख, सुख, सर्दी, गर्मी या समृद्धि र कष्टमा समभाव, समव्यवहार देखाएकी छन् उनले । विवेकको दृष्टि हुनेहरू धेरैले उनको यो महानता बुझेका छन् त्यत्तिकै मौनताका साथ स्विकारेका छन् ।
    महेन्द्रसँग राजनीतिक मतभेद राखेका बीपी र थुप्रै अरूलाई रत्न मन्दिरमा या नारायणहिटीमा आफैँले पकाएर खुवाएकी छन् उनले । बीपीले आत्मवृत्तान्तमा स्विकारेका छन् यो कुरा, राजाको बसाइ र खुवाइ साधारण नै थियो भन्ने सन्देशका साथ । रत्न अत्यन्त ‘निजी’ व्यक्ति भएकाले उनी र राजा महेन्द्र बीचका सम्बन्धबारे, त्यो सम्बन्धबीचका मान्यताबारे केही कुरा बाहिर आएका छैनन् । आउने पनि छैनन् सायद ।
    महेन्द्र मञ्जिल प्रकरणपछि नेपाली राजनीतिमा जनताको निर्णायक भूमिका पुनस्र्थापित भयो भने त्यसले वास्तवमा महेन्द्र र दलहरूबीच स्थापित हुन नसकेको सौहार्दपूर्ण सहकार्यको वातावरण अनि निष्काम कर्मयोगी रत्नराज्यले ८९ औं जन्मदिनमा पाएको अपमानजनक उपहार सबै कलंकहरूको प्रायश्चित हुनेछ ।
    तर एकदुईजना नजदिकीहरूका अनुसार आफ्नो मृत्युपछि आफूले दिएको ‘सिन्दुर’ बाहेक अरू भेषभूषामा परहेज नगर्न सुझाव दिएका थिए रे राजा महेन्द्रले, जुन प्रचलित केही परम्परा र अन्धविश्वासप्रतिको अर्को अविश्वासको प्रमाण थियो सायद उनको ।
    निजी सम्पत्तिबाट पोखरामा जग्गा किनेर ‘रत्न मन्दिर’ रत्नलाई समर्पित गरे उनले, तर ०६३ पछिको सरकारले उनको सम्पत्ति जफत गर्‌यो । त्यो बेलाको परिस्थिति अर्कै थियो । सरकारले धेरै निर्णयहरू अपारदर्शी अनि प्रतिशोधको नियतका साथ लियो । तर महेन्द्र मञ्जिलमा अन्यायपूर्ण तरिकाले बत्तीको लाइन काटिँदा सामाजिक सञ्जालमार्फत अन्यायको विरोध भयो यसपटक ।
    कता–कता त्यसमा अहिलेको राजनीतिज्ञहरूप्रतिको आक्रोश र वितृष्णा अनि महेन्द्रप्रतिको मौन श्रद्धा र सम्मानले प्रेरित गरेको थिएन होला भन्न सकिन्न । सामाजिक सञ्जालहरूमा बत्ती जोडेपछि पनि सरकारले माफी माग्नुपर्ने माग आइरहँदा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरे ‘असावधानीवश’ भएको त्रुटि र जनताको आवाजलाई आदर गर्दै सच्याएकोमा ‘ऊर्जा मन्त्रालय र सरकार’ लाई धन्यवाद दिँदै त्यो ‘माफी अभियान’ समाप्त गर्नको लागि आग्रह पनि हो ।
    ‘महेन्द्र मञ्जिल’ रत्नको लागि एउटा भौतिक संरचना मात्र हैन, जीवन्त भोगाइ र महेन्द्रसँगको समर्पित सामीप्यताको प्रतीक पनि हो । त्यसैले दुई महिनाअघि उपचारार्थ ‘नर्भिक अस्पताल’ जाँदा पनि डाक्टरको सल्लाह अवज्ञा गर्दै महेन्द्र मञ्जिलमै फर्किइन् रानी ।
    प्रतिशोध र बाह्य मन्त्रणामा आधारित राजनीति सञ्चालन गर्न र मुलुकलाई धाराशायी बनाउने खेलमा लागेका केही नेताहरूले राजनीति र लोकतन्त्रलाई जनताबाट खोसे ०६३ यता, महत्त्वपूर्ण निर्णयमा जनतालाई सहभागी हुनबाट वञ्चित गरेर । त्यही क्रममा रत्नराज्यलगायत पूर्व राजपरिवारका सदस्यहरूबाट उनीहरूको ‘मौलिक अधिकार’ मानिनुपर्ने सम्पत्ति खोसियो । कानुनी आधारविना सम्पत्ति खोसिँदा त्यसलाई चुनौती उनीहरूले दिएनन्, दिने छैनन् सम्भवतः ।
    तर, महेन्द्र मञ्जिल प्रकरणपछि नेपाली राजनीतिमा जनताको निर्णायक भूमिका पुनस्र्थापित भयो भने त्यसले वास्तवमा महेन्द्र र दलहरूबीच स्थापित हुन नसकेको सौहार्दपूर्ण सहकार्यको वातावरण अनि ०६३ यता राजनीतिक दलहरूका नेतृत्वले मुलुकप्रति गरेको गद्दारी र निष्काम कर्मयोगी रत्नराज्यले ८९ औं जन्मदिनमा पाएको अपमानजनक उपहार सबै कलंकहरूको प्रायश्चित हुनेछ र राष्ट्र अग्रगमन, स्थायित्व, शान्ति, विकास र सम्मानतर्फ अगाडि बढ्नेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, भदौ १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.