×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

चीन र अमेरिकाबीच युद्ध भए !

  •  
  • मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    स्केच

     केशवप्रसाद भट्टराई

    अमेरिकी सेनाको लागि एउटा प्रसिद्ध अमेरिकी थिंकट्यांक र्‍यान्ड कर्पोरेसनको तर्फबाट डेभिड गोम्पर्ट, एस्ट्रिड केभलस र क्रिस्टिना गरफोलाद्वारा तयार गरिएको ‘चीनसँगको युद्ध’ शीर्षकमा एउटा प्रतिवेदन हालै प्रकाशित भएको छ ।

    प्रतिवेदनअनुसार चीन र अमेरिकाबीच तयारीसहितको युद्धको सम्भावना छैन । तर कुनै आसन्न संकटको स्थिति सामना गर्ने क्रममा कुनै गलत निर्णयका कारण दुवै मुलुकबीचको युद्ध स्थिति नकार्न सकिँदैन ।

    सैन्य क्षमताको आधुनिकीकरण हुँदै जाँदा र पूर्वीएसिया र दक्षिण चीन सागरमा अमेरिकी सेनालाई चीनले प्रवेश निषेध ग¥यो भने चीनको सुरक्षा व्यवस्थालाई छिचोलेर उसमाथि विजय प्राप्त गर्ने क्षमता अमेरिकासँग हुने छैन, प्रतिवेदनले भनेको छ ।

    त्यस्तो युद्धमा अन्य शक्ति राष्ट्रहरूको संलग्नता रहने छैन र आणविक हतियारको प्रयोग हुँदैन भन्ने मान्यता ग्रहण गरिएको छ । उनीहरूले के पनि उल्लेख गरेका छन् भने युद्ध आफ्नो विपक्षमा अत्यन्त क्रूर भएर आयो भने र आणविक हतियारको प्रयोगपछि स्थिति आफ्नो पक्षमा आउने निश्चित नभएको अवस्थामा चीन आत्मसमर्पणको स्थितिमा आउन सक्छ ।

    अध्ययनले २०१५-०२५ अवधिलाई आधार मानेको छ । उनीहरूका अनुसार युद्ध आजको मितिमा भएमा अमेरिकालाई जल र नभयुद्धमा प्राप्त हुने सामरिक लाभको कारण अमेरिकाको ठूलो क्षति हुँदैन । तर युद्ध २०२५ मा भयो भने चीनले आफ्नो सैन्य तथा युद्ध क्षमतामा पर्याप्त सुधार गरेर अमेरिकाको त्यस्तो लाभको स्थिति अन्त्य गरिसकेको हुनेछ । त्यस अवस्थामा उसको क्षति चीनको भन्दा कम हुने छैन ।

    दुवै मुलुकले आफ्ना सैनिक नेतृत्वलाई कठिन प्रहारको अनुमति दिएमा युद्ध अत्यन्त भयानक हुन सक्छ र त्यस स्थितिमा दुवै पक्षको क्षतिको अनुमान गर्न सकिँदैन ।

    आणविक हतियार उपयोग नहुने र परम्परागत युद्धमा अमेरिकाको शक्ति चीनको तुलनामा अत्यधिक र निर्णायक रहेको स्थितिमा विजय अमेरिकाको पक्षमा जाने र चीनले आत्मसमर्पण गर्ने अवस्था आउने र्‍यान्ड विश्लेषकहरूले लेखेका छन् ।

    तर सम्पूर्ण पराजयको स्थितिमा आफूसँग भएका आणविक हतियार प्रयोग नगर्ने सुविधा कुनै देशका शासकहरूलाई कसरी होला ? त्यसबारे ¥यान्ड विश्लेषकहरूले बताएका छैनन् ।

    सामान्यतया चीन र अमेरिकाबीचको युद्धबारे सोचिँदैन, तर पूर्वीएसिया तथा दक्षिण चीन सागरलगायतका कतिपय क्षेत्रमा यी दुई मुलुकको प्रतिद्वन्द्विताको चरित्र हेर्दा यिनीहरूबीच सैनिक मुठभेडको सम्भावना नकार्न सकिँदैन ।

    र्‍यान्ड अध्येताहरूले त्यस्तो युद्ध मूलतः पूर्वीएसिया, दक्षिण चीन सागर र पश्चिम प्रशान्त क्षेत्रमा केन्द्रित हुने र परम्परागत हातहतियारले लडिने अनुमान गरेका छन् ।

    परम्परागत अर्थमा युद्ध पानीमा, पानीमुनि, हवाईजहाज, क्षेप्यास्त्र प्रणाली, उपग्रह तथा साइबर क्षेत्र लक्षित हुनेछ । उक्त युद्धमा जतिसुकै ठूलो नोक्सानी भए पनि आणविक हतियारको प्रयोगले दुवै पक्षमा हुने महाविनाशको स्थितिलाई प्रक्षेपण गरेर त्यस्तो हतियार प्रयोग हुने अनुमान गरिएको छैन ।

    त्यस्तै चीनको पारम्पारिक युद्ध क्षमता दृष्टिगत गर्दा साइबर क्षेत्रमा बाहेक अमेरिकाको मूल भूमिमा चीनले आक्रमण नगर्ने तर अमेरिकाले चीनमाथि व्यापक र विस्तृत क्षेत्रमाथि आक्रमण गर्नसक्ने अनुमान गरिएको छ ।

    चीन-अमेरिका युद्धमा ठूलो स्तरमा स्थल युद्धको सम्भावना देखिएको छैन । दुवै पक्षले परम्परागत युद्धमा एकअर्कालाई ठूलो क्षति पु¥याउन सक्ने सम्भावना छँदैछ । यत्रा ठूला र शक्तिशाली मुलुकबीचको युद्धले केही महिनाभित्रै दुवै मुलुकको सैनिक क्षमतालाई समाप्त पार्ने र उनीहरूले आफ्नो औद्योगिक र प्राविधिक क्षमता र जनशक्तिसमेत नयाँ ढंगमा परिचालित गर्नुपर्ने भएकाले त्यो आर्थिक व्ययभार थामिनसक्नुको हुने र त्यसले दुवै मुलुकमा मात्र नभएर विश्वभर नै आर्थिक संकटको स्थिति ल्याउनेछ ।

    युद्धका बहुआयामिक जटिलता

    दुवै मुलुकले पूर्वी र दक्षिणपूर्वी एसियामा निकट दूरीमा विराट स्तरमा आफ्ना सैन्य संरचनाहरू विकास र स्थापना गरेका छन् । अनपेक्षित तनाव र द्वन्द्व बढ्दै जाँदा शत्रु पक्षलाई आफूमाथि प्रहार गर्न दिनुभन्दा पहिल्यै उसमाथि प्रहार गरेर आफ्नो पक्षलाई लाभको स्थितिमा राख्नु स्वाभाविक सामरिक नीति हुन सक्छ ।

    त्यसरी युद्ध छेडियो भने सैनिक संख्या, प्राविधिक क्षमता, औद्योगिक सामथ्र्य र जमिन, जल, आकाश र अन्तरिक्ष तथा साइबर क्षेत्रमा लड्न सक्ने दुवै मुलुकको सैन्य क्षमता हेर्दा युद्धको स्तर र युद्धको व्ययको अनुमान सजिलै सम्भव छैन ।

    र्‍यान्ड प्रतिवेदनले के स्वीकार गरेको छ भने चीन र अमेरिका दुवैतिर युद्धको व्यवस्थित अध्ययन मूलतः सेनाका युद्ध नीति योजनाकारहरूले गर्ने गर्छन् । सेना युद्धमा हरतरहले सैनिक लाभ र विजयको लक्षले परिचालित हुन्छ । युद्धबाट हुने आर्थिक, सामाजिक र राजनीतिक क्षतिबारे उनीहरूले सोचेका हुँदैनन्, तर युद्धको परिणाम सैनिक सफलता र असफलताको सीमाभन्दा धेरै परसम्म पुगेको हुन्छ ।

    चीन र अमेरिकाजस्ता शक्तिशाली र विराट् अर्थतन्त्रका स्वामी राष्ट्रहरूबीचको युद्धले विश्व अर्थतन्त्रलाई ध्वस्त र अन्तर्राष्ट्रिय व्यवस्थालाई क्षत्विक्षत् पार्न सक्छ र परिणाममा संसारमा जताततै युद्ध,आतंक, जातीय कलह, हिंसा र अशान्तिको स्थिति आउनेछ ।

    चीनको सैन्य क्षमताको सुधार र आधुनिकीकरणको वास्तविक स्थितिको सही आकलन अमेरिकी सैन्य नीतिनिर्माता र योजनाकारलाई नहुन सक्छ । सरसर्ति र वर्तमान सैन्य क्षमताको आधारमा त्यस्तो युद्धमा अमेरिकी विजय प्रस्ट र निश्चित देखिन्छ । तर युद्ध गणितको नियमजस्तो नहुने भएकाले युद्ध अनिर्णीत हुँदै जाँदा र दुवै पक्षको क्षतिमा असामान्य स्तरमा वृद्धि हुँदै गएमा अमेरिकाले त्यसलाई सैनिक आधारमा नियन्त्रण सक्दैन । महत्वपूर्ण कुरो, युद्धमा विजय प्राप्त गर्नुभन्दा पनि क्षति कसरी कम पार्ने भन्ने हो ।

    चीनको सैन्य क्षमतामा सुधार र विस्तार हुँदै जाँदा अमेरिकाको तुलनात्मक सैनिक लाभको स्थितिमा ह्रास आउनु स्वाभाविक नै हुने भयो । त्यसमाथि पूर्वीएसिया र दक्षिणी चीन सागरमा चीनले क्षेत्र निषेध गरेमा अमेरिकाले चीनको सुरक्षा पंक्तिलाई ध्वस्त पारेर निर्णायक विजय प्राप्त गर्न सक्नेमा आश्वस्त हुन सकिने स्थिति नभएको र्‍यान्ड अध्येताहरू स्वीकार गर्छन् ।

    र्‍यान्डको अध्ययन मूलतः अमेरिकाका नीति निर्माण तहका व्यक्ति र संस्थाहरू भए पनि चीनका नीतिनिर्माताहरूले पनि यो प्रतिवेदनमा उल्लेख भएअनुसारका अमेरिकासँगको त्यस्तो युद्धको रणनीतिक मार्ग र त्यसबाट चीनमाथि पर्ने आर्थिक क्षति, आन्तरिक सन्तुलन र समन्वयको सम्भावित अवस्थाबारे अध्ययन गरिरहेकै हुनुपर्ने अध्ययनको ठहर रहेको छ ।

    चीन र अमेरिकाबीचको युद्ध परिणामलाई युद्धको सघनताको स्तर र अवधिले निर्धारण गर्छ । युद्ध सीमित स्तर भयो र थोरै अवधिको भयो भने त्यसले ल्याउने परिणाम एउटा र दुवै मुलुक सम्पूर्ण क्षमताले लामो समयसम्म र सम्पूर्ण क्षमताले लडिरहे भने युद्धको परिणाम कुनै पनि समय यो वा त्यो मुलुकको पक्ष वा विपक्षमा जान सक्छ ।

    युद्धमा त्यस्तो सघनताको स्तरको निर्णय राजनीतिक नेतृत्वले गर्छ, तर युद्धअवधिको निर्णय भने मुलुकहरूसँग उपलब्ध आर्थिक क्षमता, हातहतियारको प्रभावकारिता, उपलब्धता र सैनिक संगठनको क्षमता र इच्छाशक्तिले गर्छ । त्यसको लामो समयसम्मको पूर्वानुमान गर्न सकिँदैन ।

    दुवै देशको अर्थतन्त्रको लागि यस्तो युद्धले ठूलो क्षति आमन्त्रण गर्ने भए पनि चीनका लागि यो निकै घातक हुनेछ । त्यस्तो युद्धको स्थितिमा पूर्वीएसिया, दक्षिण चीन सागर र पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरू र विश्वका अन्य मुलुकहरूसँगको उसको व्यापार चौपट हुनेछ र उसका इन्धन जहाजहरू समुद्री नाकाबन्दीको सिकार हुन सक्ने भएकाले चीन आर्थिक रूपमा थिलथिलो पर्ने सम्भावना छ ।

    त्यस्तो युद्ध एक वर्षसम्म चल्यो भने चीनको कुल गार्हस्थ उत्पादनमा २५ देखि ३५ प्रतिशतसम्म गिरावट आउने र अमेरिकाको हकमा यो १० प्रतिशतसम्म हुन सक्नेछ ।

    संसारको सबैभन्दा ठूलो उत्पादक मुलुक र दोस्रो ठूलो अर्थतन्त्र थला परेपछि विश्व चरम आर्थिक संकटको स्थितिमा पुग्नेछ । भूमण्डलीकरणले जोडेको आजको विश्वले भोग्ने आर्थिक संकटले संसारभर अस्थिरता र अराजकता निमन्त्रण गर्नेछ । उक्त युद्धमा अमेरिकाको विजयको सम्भावना बढी छ तर अमेरिकी नेतृत्वको वर्तमान विश्व व्यवस्था भने ध्वस्त हुनेछ ।

    आफ्नो पराजयको अवस्थामा एक अर्ब पैंतीस करोड जनता र आठ करोड ६० लाख कम्युनिस्ट पार्टीका कार्यकर्ताको सुरक्षाको लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ पराजय स्विकार्न तयार होलान् भन्ने र्‍यान्डका विश्लेषकहरूको तर्कलाई स्वीकार गर्न एसिया टाइम्सका चीनविज्ञ पिटर ली तयार छैनन् ।
    अमेरिका त्यति सजिलै आक्रमण गर्न आउने, उसले चीनलाई पराजित गर्ने र अपमानित अवस्थामा आत्मसमर्पण गराउने सम्भावनालाई पिटर ली स्वीकार गर्दैनन् ।
    उनी के पनि भन्छन् भने चीन आजभन्दा धेरै कमजोर स्थितिमा हुँदा पनि कोरिया र भियतनाम युद्धमा अमेरिकासँग भिडेकै हो । सँगै उनीहरूले पनि स्वीकार गरेका छन् -ताइवानको स्वतन्त्रता, हङकङको सम्भावित विद्रोह र पश्चिमी राष्ट्रहरूको समर्थनमा वा समर्थनविनाको अवस्थामा पनि तिब्बत र सिन्जियाङमा हुन सक्ने सम्भावित विद्रोहको स्थितिमा चीन परम्परागत युद्धमै सीमित होला भनेर अनुमान गर्न सकिँदैन ।

    चीन–अमेरिकाको युद्धमा अन्य शक्तिराष्ट्रको संलग्नताको सवाल

    र्‍यान्डका विश्लेषकहरूले चीन- अमेरिकाबीचको सम्भावित युद्धमा अर्को कुनै पनि शक्तिको संलग्नता नरहने अनुमानको आधारमा आफ्नो अध्ययन र निष्कर्षलाई सीमित गरेका छन् ।

    विभिन्न क्षेत्रमा जस्तो- पूर्वीएसिया र दक्षिण चीन सागरमा चीन र अमेरिकाबीच तनावपूर्ण सम्बन्ध रहिआएको छ । त्यस्तै तनावबीच कुनै एकअर्को पक्षको रणनीतिक उद्देश्यबारे गलत आकलन, संकट, दुर्घटनाको निहुँमा दुई मुलुकबीच युद्ध छेडिन सक्छ ।

    सामान्यतया चीन र अमेरिकाबीचको युद्धबारे सोचिँदैन, तर पूर्वीएसिया तथा दक्षिण चीन सागरलगायतका कतिपय क्षेत्रमा यी दुई मुलुकको प्रतिद्वन्द्विताको चरित्र हेर्दा यिनीहरूबीच सैनिक मुठभेडको सम्भावना नकार्न सकिँदैन ।

    उदाहरणको लागि क्षेत्रका जापान, दक्षिण कोरिया, फिलिपिन्स, ताइवानजस्ता मुलुकको अमेरिकासँग सुरक्षा सन्धि भएकाले ती मुलुकमाथि कुनै आक्रमण भए उनीहरूको सुरक्षा अमेरिकाको दायित्व हो । पूर्वी तथा दक्षिणी चीन सागरका विवादित टापु र जलक्षेत्रमा चीन र अमेरिका दुवैका रणनीतिक थ्रेसहोल्ड छन् र हुनुपर्छ । नियतवश वा असावधानी स्थितिमा कुनै पक्षबाट हुने त्यस्तो थ्रेसहोल्डको उल्लंघनले युद्ध निम्तिन सक्छ ।

    जापान वा फिलिपिन्स र चीनबीचका विवादित टापु सम्बन्धमा चीनले कुनै निर्णय लिँदा स्वाभाविक रूपमा अमेरिका, जापान वा फिलिपिन्सको पक्षमा उभिनेछ । चीन र अमेरिकाबीचको युद्धमा अमेरिकी सैनिक अड्डासमेत रहेको जापान निरपेक्ष रहिरहन सम्भव देखिँदैन ।

    जनवरी २०१४ मा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकको अवधिमा जापानी प्रधानमन्त्री सिन्जो आबेले गिडोन र्‍याचम्यानलाई दिएको अन्तर्वार्तामा भनेका थिए- पहिलो विश्वयुद्धअघि बेलायत र जर्मनीबीच सघन र व्यापक आर्थिक सम्बन्ध हुँदाहुँदै पनि दुई मुलुक एकअर्काविरुद्ध लडेका थिए ।

    आबेले जोड दिए- जापान र चीनबीचको सम्बन्धको वर्तमान अवस्था त्यतिखेरको बेलायत-जर्मनीको सम्बन्धजस्तै हो । आबे आफैँले स्वीकार गरेको सन्दर्भमा त्यस्तो युद्धमा जापान पनि संलग्न रहने सम्भावना नकार्न सकिँदैन । त्यस अवस्थामा युद्ध निर्णायक तर कठिन र विध्वंसक चरणमा प्रवेश गर्नेछ । त्यही स्थिति फिलिपिन्स, अस्ट्रेलिया वा न्युजिल्यान्डको हकमा समेत लागू हुने नै भयो ।

    त्यस अवस्थामा रूस चीनको पक्षमा उभिन सक्छ तर र्‍यान्ड विश्लेषकहरू त्यसले चीन-अमेरिका युद्धमा खास नपार्ने बताउँछन् जबकि रूसले गएको दसकमा आफ्नो सेनालाई आधुनिकीकरण गर्न र आणविक हतियारले सुसज्जित पनडुब्बी, लडाकु जेट विमान र हेलिकप्टरहरू तैनाथीका लागि ६ सय अर्ब डलर खर्च गरेको छ ।

    रूसले पूर्वीएसियामा आफ्नो महत्वपूर्ण सुरक्षा सरोकार राख्न थालेको छ र यसै क्रममा २३ पनडुब्बीसहित ७३ जहाज र ५० युद्धक जहाजसहितको रूसको प्रशान्त बेडाको पनि आधुनिकीकरण गरेको छ । जापानको उत्तरमा रहेको र दोस्रो विश्वयुद्धदेखि रूसको अधीनमा रहेको र असाधारण रणनीतिक महत्वको कुरिल द्वीप समूहमा रूसले निर्माण गरेको सैनिक अड्डामा विकास गरिएको सामरिक सुविधा र प्रशान्त बेडालाई कम आँक्न सकिँदैन ।

    मलेसिया–सिंगापुर र इन्डोनेसियाबीचको मलक्का जलमार्ग चीनको ७० प्रतिशतभन्दा बढी तेल आयात हुने प्रमुख जलमार्ग हो । चीन–अमेरिका युद्ध लम्बिँदै जाँदा यो जलमार्गनिकटको अन्डमान र निकोबर टापुमा तैनाथ भारतको शक्तिशाली जलसेनाको सहयोगमा अमेरिकाले यो जलमार्गको नाकाबन्दी गर्न सक्छ ।

    गत अप्रिलमा भारत र अमेरिकाबीच परस्पर सैन्य र इन्धन आपूर्तिसम्बन्धी सहमति भएको र यसअन्तर्गत भारतका जल, स्थल र वायु सैनिक अड्डालाई अमेरिकाले उपयोग गर्न सक्ने भएकाले यसलाई दुई मुलुकबीचको सैन्य सन्धिको प्रारम्भिक चरणको रूपमा लिन सकिने सन्दर्भमा बुझ्नुपर्छ । मलाक्का नाकाबान्दीमा भारतीय संलग्नता रहेमा हिमालय क्षेत्रमा चीन र सीमावर्ती क्षेत्रमा पाकिस्तानी हस्तक्षेपको सम्भावना नकार्न सकिँदैन ।

    आफ्नो सीमाको आसपासमा समेत विकास हुने यो सामरिक चुनौतीको स्थितिबारे नेपालका नीतिनिर्माताहरू के सोचिरहेका छन् ? प्रश्न उठ्नुपर्छ र उत्तर खोजिनुपर्छ । भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्राटिजिक स्टडिजसँग आबद्ध छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.