×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दाइजोमा अडिएको घिनलाग्दो प्रतिष्ठा

  •  
  • आइतबार, साउन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शैलेन्द्र थापा
    फलानाको छोराको विहेमा गएको खोइ दाइजो त केही पनि देखिएन,
    फलानाको छोराले कस्तो ठाउँमा बिहे गरेछ ? दाइजो त केही छैन नि ?12514059_873003166154947_5923873632571871133_o

    सानै उमेर देखी मैले घर गाउँमा सुनेका शब्द हुन यी । म त्यस्तो समाजमा जन्मिएँ र हुर्किएँ जहाँ कसैको विहे भयो भने तामाका गाग्री र ताउला तथा स्टिलका भाँडा वा टिनको दराज आदी दाइजोको रुपमा घरमा भित्र्याउनुलाई प्रतिष्ठाको विषय मानिन्थ्यो । त्यस्ता कयौं विहे जहाँ दाईजो स्वरुप आएका गाग्री ताउला म आफैले पनि सकि नसकि बोकेर ल्याएको छु । शुरुमा जन्ती जाने प्रत्येकले त्यस्ता भाँडा बोकेर ल्याउनु पथ्र्याे । समयको क्रम सँगै समाजमा अलि विकसित भएछ क्यारे अब ती दाइजो रुपी भाँडा र अन्य सामान बोक्ने छुट्टै व्यक्ति खटाइयो । त्यस पछि हामी जन्ती जानेहरुलाई पनि अलि सजिलो महसुस भयो ताकी कुनै दाइजो बोक्नु नपरेपछि बाटोमा स्वतः स्फूर्त हिड्न पाइयो ।
    र ती दाइजो अब बेहुलाको घरमा सिधै भित्र्याउन नपाइने, त्यसलाई अक्षता र फुलले बाहिर आँगन वा पिढिमा पुजा गर्नुपर्ने त्यो पनि सबै सामान जम्मा गरेर । त्यसबेला ती बेहुलाकी आमा र उनका नजिकका आफन्त टिप्न विर्सिएको घिरौला जत्रो नाक बनाउथे ताकी छोराले ल्याएको दाइजो जो सबैलाई देखाउन पाइयो किनकी पुजा गर्ने बेलामा त सबै दाइजो एकै ठाउँमा राख्नुपथ्र्याे । ती तामाका खवटा अब त्यस घरको सम्पत्ति भए र प्रतिष्ठाको विषय पनि । अब भोली देखी गाउँमा मेला पात र पधेँरामा त्यसैको चर्चा हुन्थ्यो । फलानाको बुहारीले त गाग्री ताउला गरेर यति र उति वटा ल्याइछ, वा दराज र सोफा ल्याइछ, यस्तै यस्तै अनि ती नयाँ बुहारीको बाबुको हैसियत दाँज्ने मौका पनि यहि हुन्थ्यो । किनकी छोरीका बाबुले त्यस गाउँमा हुने प्रायः सबै छोरीहरुको विहेमा गाग्री वा ताउलो दाइजो चढाउथे जुन सापटी दिए जस्तै हुन्थ्यो र आफ्नो छोरीको विहेमा पनि ती सामान अरुले फिर्ता गर्थे ।
    तर ती दाइजो जसलाई मैले जम्मामा खवटा वा कवाडीको संज्ञा दिएको छु । त्यो मेरो समाजका मान्छेको प्रतिष्ठाको विषय बन्न थाल्यो ।
    सामान्य गाग्री ताउलोबाट शुरु भएको दाइजो अब सोफा दराज वा टेलिभिजन सम्म पुग्यो । तर नि कति काम लागे कति देखाउनको लागि भन्ने कुरा त्यो समाजले जान्दछ र बुझ्दछ ।
    त्यस्तै समाजमा म हुर्किएँ र त्यही चरित्र देखें । जब म केही बुझ्ने हुन थालें तब मलाई यो समाजको कुरीती र कूसंस्कार भन्दा बढि केही होइन जस्तो लाग्न थाल्यो । कसैले दिएको र लिएको उपहारले कसैको जिन्दगी चल्ने होइन भन्ने बुझ्न थाले । कसैको इज्जत र प्रतिष्ठाको मापक त्यो दाइजो रुपी भाँडा हुन सक्दैन भन्ने ज्ञान र बुझाई म मा बढ्दै गयो । यसै वीचमा म यस प्रथाको भित्र भित्रै बिरोधी पनि हुन थाले तर यो त्यस्तो पाखण्डी समाज रहेछ जो अहिले पनि त्यहि दाइजोलाई प्रतिष्ठाको विषय मान्दछ ।
    यसै सिलसिलामा केही वर्ष अघि काठमाडौको एक चर्चित एफ.एम. ले तराइका एक इन्जिनियरको अन्तरवार्ता लिदै रहेछ जहाँ दाइजोको विषयमा व्यापक बहस हुदै थियो । ती इन्जिनियर आफू दाइजो बिरोधी भएको बताउँदै थिए । जसै प्रश्न कर्ताले तपाई चाहि विहेमा दाइजो लिनुहुन्छ की हुन्न भन्ने प्रश्न गरिन् तब उनले सगर्व भने, हो म दाइजो लिन्छु । फेरि प्रश्न कर्ताले सोधिन् तपाई आफै दाइजो विरोधी कुरा गर्नुहुन्छ अनि आफुचाहि दाइजो लिनुहुन्छ, यो कस्तो विरोधाभाष कुरा हो ? तब ती इन्जिनियरले भने–मैले दाइजो नलिएका कारण म माथि पर्ने सामाजिक तिरस्कारको जिम्मा चाही कस्ले लिन्छ ? हो यो समाजले दाइजो नलिदा के गर्छ भन्ने कुरा यहीबाट प्रष्ट हुन्छ । तराइमा दाइजो कै कारण बुहारीहरु मारिएको खबर प्रशस्त सुनिन्छ । ती बुहारी जसलाई भौतिक रुपमै मारिन्छ कतिलाई जिउँदै जलाएका छन् । तर मान्छेलाई समाप्त पार्न भौतिक रुपमा मात्रै सिध्याउनु पर्दैन, पहाडका थुप्रै बुहारीहरु दाइजोको कारण भौतिक रुपमा कम तर मानसिक रुपमा पटक–पटक मारिएका छन् । दाइजो लिने दिने कूसंस्कारको विरोधी हुँदा हुँदै पनि म आफै त्यस प्रकारको चक्रव्युहमा जुन दिन फसे त्यसले आज पनि मलाई उत्तिकै पीडा र तनाव दिन्छ । जुन मेरो इच्छा भन्दा बाहिरको कुरा थियो । मेरो इच्छा र चाहना नहँुदा नहँुदै पनि यही समाजका लागि स्वीकार्नु प¥यो । त्यसैले यस्तो सोचाइ आउछ कि कति दिन अरुका लागि बाँच्ने ? अरुले के भन्ला कस्तो भन्ला भनेर तिनीहरुकै चित्त बुझाउनमा यो जीवन खर्च गर्ने हो भने आफ्नो निजि जीवन चाहि खोइ ? मैले आफ्नो इच्छा र चाहनामा बाँच्न पाउनु पर्छ कि पर्दैन ? कि यो समाजको कूसंस्कारको साक्षी भएर बसिरहने ? यदि त्यो हो भने मेरो आफ्नो संसार खोई ? अनि दाइजोलाई कुनै बाबुको हैसीयत बनाउने यो समाजको कूसंस्कार र कुरीती कस्ले हटाउछ, कहिले हट्छ ? तराई क्षेत्रमा कार्यरत रहदा विहेभन्दा २÷४ दिन अघि नै दाइजोको छिनोफानो गर्न बेहुला र बेहुलीको पारीवारीक जमघटको साक्षी बस्ने अवसर मैले पाएँ । जहाँ दाइजो कति लिने र कति दिने विहे अघि नै सम्झौता हुन्छ र विहेपछि त्यो भनिए अनुसारको दाइजो नपाएपछि पारिवारिक कलह बढ्छ । तर म जुन समाजमा जन्मिएँ र हुर्किएँ त्यहाँ विहे अघि यस प्रकारको सम्झौता गरिदैन तर विहेको दिन छोराका बाबु आमाको मनमा के इच्छा छु त्यो छोरीका बाबुले बुझेर त्यहि अनुसारको दाइजो टक्रयाउनु पर्छ । त्यो पनि यही समाजलाई देखाउनको लागि त्यसैले त यो कुसंस्कारको अन्त्य हुनै पर्छ । भौतिक रुपमा वा मानसिक रुपमा बुहारीहरु मारिनबाट बचाउनको लागि ।

    लेखक खोप्लाङ्ग गाविस निवासी सशस्त्र प्रहरी निरीक्षक हुन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.