×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बुहारी चाहिने तर छोरी पाउन नहुने समाज

  •  
  • बुधबार, असार २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शैलेन्द्र थापा
    म त्यस्तो समाजमा हुर्किए जहाँ बुहारी चाहिएको छ त्यो पनि ३२ लक्षणले युक्त । तर त्यही घर र समाज जहाँ छोरी पाउने कल्पना सम्म गर्न सकिदैन । अझ सिधा भन्ने हो भने त्यो यस्तो विकृत समाज हो जहाँ छोरी पाउनुलाई अभिसाप मानिन्छ । र यो समाज कसैलाई एक पटक झुक्किएर पाएको जीवन आफ्नो खुशी बाँच्न दिदैन । फलानाको बुहारी सुत्केरी भइछ, अनि के पाइछ ? छोरी ? जब छोरी शब्द उच्चारण हुन्छ अनि ती व्यक्ति नाक खुम्चाउछन् । ताकी छोरी पाउनु ठुलै अपराध र चुत्थो काम हो ।
    अझ यसमा घरका ससुरा र अन्य पुरुष होइनन्, ती सासु वा अन्य महिला सदस्य बढी तनावमा आउछन् र बुहारीको स्याहार गर्न नपरे हुन्थ्यो जस्तो गर्छन् । सासुहरु जो आफु बुहारी हुँदाको दिन चटक्क भुल्छन् र सासुबाट पाएको तनाव आफ्ना बुहारीहरुमा पनि लागू गरेर कडा सासु भएको परिचय दिन चाहन्छन् । आफु पनि कसैको छोरी र बुहारी भएको बिर्सन्छन् अनि छोराले बुहारीलाई सहयोग गरेको देख्न त के सुन्न सम्म चाहन्नन् । कठै ! मेरो समाज ।
    अझ म जन्मीएको र हुर्किएको समाज यस्तो छ जहाँ बुहारी बिहानै वा सबेरै उठ्नु पर्छ चाहे घरमा काम होस् वा नहोस् । एउटी बुहारी जो ढिला सुतेकी छ र बिहान अली बेर सम्म सुती भने अब त्यो घरमा रडाको मच्चीन कुनै कारण चाहिँदैन । किनकी त्यो बुहारी होइन मानांै काम गर्न राखिएकी कामदार हो । ती सासुहरु जो बुहारीलाई दबाबमा राख्दा संसार जीते जस्तै गौरवको अनुभूति गर्छन् । हो त्यही त समस्या छ । बुहारी चाहिएको छ तर त्यही बुहारीले छोरी पाएको हेर्न नसक्ने समाज हो यो । र यो सोचाई परिवर्तन हुन कैयाँै वर्ष लाग्ला । यस कोटीमा मेरो समाजका पढेका वा नपढेका सबै पर्छन् । त्यो बुहारी जो कसैकी छोरी हो र आफ्नो बाबुको घरबाट सारा कुरा छोडेर आएकी छ भन्ने सोचाई यो समाजलाई कहिले आउँछ ? अझ भनौं छोराले बुहारीलाई माया गरेको वा कतै घुम्न गएको सम्म देख्न नसक्ने समाज जहाँ म हुर्किएँ र बढें । छोरा बुहारी सँगै मेलापात गएको र सँगै धारा पँधेरा जाँदा लुकी लुकी हेर्ने र धेरै नबाँच्न हो कि के हो ? एक छिन पनि छुटिन नहुने ? भन्ने जस्ता शब्द मेरा कानले सानो उमेरमा पटक पटक सुनेको छ ।
    छोरालाई काँडाले कोतर्दा महिनौ स्याहार गर्न र विछ्यौनामा खाना खाजा पु¥याउन तयार हुनेहरु बुहारीले अप्रेसन गरेर बच्चा पाउँदा १÷२ महिना पछि जति सुकै अप्ठ्यारो काम गरोस भो नगर भन्न सम्म नसक्ने सासु ससुरा भएको समाज मैले देखेको छु । त्यो बुहारीको पनि इच्छा र चाहना होला भन्ने सम्म हेक्का नभएकाहरुको जमात देखेको छु । अझ छोरालाई बोर्डिङ् र छोरीलाई सरकारी स्कूलमा भर्ना गरेका थुप्रै उदाहरण देखेको छु त्यसैले त भन्न मन लाग्छ एक पटक पाएको जिन्दगी अरु कसैलाई अप्ठ्यारो नपर्ने गरी आफ्नो इच्छाले बाँच्न नदिने समाज हो यो । जहाँ आफ्नो इच्छाभन्दा समाजको मनोभावना पटक पटक बुझ्नु पर्ने र यही समाजको लागि भन्दै पटक पटक तनावमा बाच्नुपर्ने कयौँ उदाहरण छन् । तर कसैको दुःखमा साथ दिन नसक्ने समाज प्रत्येक व्यक्तिको चियो– चर्चो र कुरा काट्न चाही एक कदम अगाडी छ । बुहारीले छोरी पाई भन्दा अध्यारो मुख लगाउने सासुहरुको कमी नभएको समाज हो मेरो । त्यसैले लाग्छ कठै विना गल्ती सजाय भोगीरहेका ती अभागी बुहारीहरु । छोराले बुहारीलाई एक कप चिया पकाएर दिदा श्रीमती तह लगाउन नसकेको भनेर आँखा तर्ने सासु ससुरा थुप्रै देखेको छु तर तीनको सोचाइ कहिले परिवर्तन हुन्छ खोई ? विचरा त्यो बुहारीको पनि ज्यान नै हो एकछिन आराम गरोस् भन्ने सोचाइ कहिले आउँछ खाई ? छोरी माथि गरिएको लगानी खेर गए जस्तो मान्ने यो समाज त्यही बुहारी सँग राम्रो मुखले बोल्दा आफु तल परेको महासुश गर्ने र बुहारी सँग खुशीसाथ बस्दा आफ्नो सर्वस्व गएजस्तो ठान्ने सासुहरु भएको मेरो समाज ।
    हो म त्यस्तै समाजमा हुर्किए जहाँ बुहारीले हासेर बोल्न पाउदिन, सामाजिक भेलामा जान पाउँदिन, श्रीमान सँग सँगै मेलापात गर्न पाउँदिन वा एकछिन श्रीमान् सँग दुःख सुख साटासाट गर्न पाउँदिन अनि त्यही तनावमा बुहारीले आत्महत्या सम्म गरेको देखेको छु । त्यसले सासु ससुरालाई फरक नपर्ला तर त्यही छोरी हुर्काई, बढाई, पढाई अर्काको घरमा सुम्पिएका बाबु आमाको हालत के होला ? बुहारीलाई राम्रो व्यवहार गर्न नसक्नेहरु छोरा सँग राम्रो व्यवहार खोज्छन् अनि कहाँबाट पाउछन् त्यो व्यवहार ? कसैकी छोरीलाई श्रीमती बनाएर ल्याएपछि उचित सम्मान र संरक्षण दिनुपर्छ भन्ने छोराहरुलाई त्यसैलाइ कारण बनाएर तनाव दिने बाबु आमाको कहाँ कमी छ र ? यहाँ पुरुषबाट महिला पीडित भएको एकातीर छदैछ तर सासुबाट बुहारी, जेठानीबाट देवरानी वा आमाजु र नन्दबाट बुहारी र भाउजुले तनाव खेप्नु परेका कयौ उदाहरण छन् यो समाजमा ।
    मेरो समाज त्यही हो जहाँ बुहारी चाहिएको छ तर छोरी होइन । छोरीलाई शिक्षामा लगानी गर्दा मुख अमिलो हुन्छ तर पढेकी बुहारी चाहिएको छ । नाती चाहिएको छ नातीनी होइन । र त यो समग्रमा पाखण्डी समाज जस्तो लाग्छ मलाई । म एक छोरीको पिता हुँ । अब मलाई वा मेरी श्रीमतीलाई दोश्रो सन्तान चाहिएको होइन एक सन्तानमा म खुशी छु तर मलाई यो समाजले त्यो खुशीमा दिदैन । फलानाको छोरा छ कि छैन ? यि प्रश्नहरु मेरा इष्टमित्रले सुन्नु पर्ने हुन्छ । र म आफ्नो जिन्दगी खुशीले वाँचौ कि यो समाजले के भन्छ भन्दै त्रासमा बाँचौं ? यि र यस्ता कुरिती र तुच्छ सोचाइ भएको समाजमा आफ्ना खुशीहरु कुन दुनियामा छन् खोइ ?

    लेखक खोप्लाङ्ग गाविस निवासी
    सशस्त्र प्रहरी निरीक्षक हुन्

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, असार २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.