×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मेसेन्जरमा च्याट गर्छन् र इन्टरनेटमा पढ्छन् दृष्टिविहीन

  •  
  • शनिबार, असार २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    असार २५, २०७३- पेसाले शिक्षक ओमप्रकाश बन्जाडे अरू जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैनन् । हतपत्ति कसैको फोटोमा लाइक गर्दैनन् । कमेन्ट पनि लेख्दैनन् । गरुन् पनि कसरी ? दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन् । फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन् । फेसबुकमा राखिएको लिंक पछ्याउँदै समाचार सुन्छन् । दुनियाँको खबर थाहा पाउँछन् र आफ्नो दृष्टिकोण बनाउँछन् ।

    दृष्टिविहीन भएर के भो ? अरूले जस्तै ओमप्रकाशको पनि चल्तीका सामाजिक सञ्जालमा उपस्थिति छ । एन्ड्रोइड मोबाइल चलाउने उनी मोबाइलमार्फत भाइबर र स्काइपमा गफ गर्छन् ।

    युट्युबबाट गीत सुन्छन् । सामाजिक सञ्जाल र प्रविधि प्रयोगले उनी अपडेट मात्रै भएका छैनन्, ज्ञानको दायरा पनि फराकिलो बनाइरहेछन् । भन्छन्, ‘प्रविधिले मान्छेको आत्मविश्वास ह्वात्तै बढाइदिँदो रहेछ ।’

    राम्रो शैक्षिक पृष्ठभूमि भएका र सहरमा करिअर संघर्ष गरिरहेका अधिकांश दृष्टिविहीन अरूभन्दा कम छैनन् । प्रविधिको सहयोगमा उनीहरूले आफूलाई अब्बल तुल्याउने प्रयास त गरिरहेका छन् नै, दृष्टिविहीन ‘कमजोर’ हुन्छन् भन्ने आम सोचाइलाई परिवर्तन गरिदिएका छन् ।

    ओमप्रकाशले आफूले बोक्ने एन्ड्रोइड मोबाइलमा ‘टक व्याक’ एप्लिकेसन अन गरेका छन् । जसले गर्दा उनले स्क्रिनमा जहाँ छुन्छन्, त्यहाँ के फङ्सन छ वा के लेखिएको छ भनेर एप्लिकेसनले पढेर सुनाइदिन्छ । उनको ल्यापटपमा जेडब्लूएस अर्थात् ‘जव एक्सेस विथ स्पिच’ नामक सफ्टवेयर छ, जसले कम्युटरमा टाइप गर्न, इमेल इन्टरनेट चलाउन सघाउँछन् ।

    क्रसर जहाँ लग्यो सफ्टवेयरले त्यहीअनुसार निर्देशन दिन्छ र त्यसैका आधारमा उनी अन्यले जस्तै ल्यापटप चलाउँछन् । उनको ल्यापटपमा एनभीडीए अर्थात् ‘नन भिजुअल डेक्सटप एक्सेस’ नामक सफ्टवेयर पनि छ । दृष्टिविहीनकै निम्ति बनाइएको यो सफ्टवेयरले हिन्दी र नेपाली भाषामा कम्युटरमा लेखिएको सामग्री पढेर सुनाइदिन्छ । ओमले सुनाए, ‘पहिले–पहिले रेडियो मात्रै समाचार र सूचनाको स्रोत थियो ।

    अहिले म हरेक दिन यही सफ्टवेयरको सहयोगमा प्रमुख अखबारको अनलाइनमा रहेको समाचार सुन्छु ।’ मोबाइलमा भने उनले लेखा नामक एप्लिकेसन राखेका छन् । यसले पनि एनभीडीएले जस्तै हिन्दी र नेपाली भाषा पढेर सुनाइदिन्छ ।

    पेसाले शिक्षक भएका कारण पनि ओमलाई अपडेट भइरहन जरुरी हुन्छ । ‘प्रविधि हुन्थेन भने यतिका काम कहाँ गर्न सकिन्थ्यो र ?’ उनले अनुभव सुनाए, ‘आफ्नो कुरा अरूलाई सुनाउन र अरूको कुरा सुन्न प्रविधिले नै सघाएको छ ।’ व्रेल सेन्स नामक ल्यापटप जस्तै प्रविधि पनि ओमसँग छ ।

    जसले जुनसुकै कम्प्युटरमा टाइप गरिएका सामग्रीलाई छामेर पढ्न मिल्ने अर्थात् ब्रेल लिपिमा अनुवाद गरिदिन्छ । ओमले कक्षामा पढाउने शैक्षिक सामग्री पनि इन्टरनेटबाट डाउनलोड गर्छन् र यही प्रविधिको सहायताले सजिलै छामेर पढ्छन् ।

    ब्लाइन्ड क्रप्स अमेरिका नामक संस्थाले नेपाल आएका बेला २२ जना दृष्टिविहीनलाई यस्तो सामग्री प्रविधि उपलब्ध गराएको थियो । दुई साताअघि काठमाडौंको कुमारी फिल्म हलमा कालोपोथी हेर्न जाँदा लक्ष्मी नेपालसँगै अरू साथीहरू पनि थिए । पुरै फिल्म हेरुन्जेल साथीहरूले पात्रको संवाद नेपालीमा अनुवाद नगरिदिएको भए लक्ष्मीले फिल्म बुझ्ने थिइनन् ।

    त्यसो त खस भाषामा निर्माण गरिएको फिल्ममा नेपालीभाषीका निम्ति सब टाइटल पनि थियो । लक्ष्मीले नेपाली भाषा नबुझेर बताइदिनुपरेको थिएन । कारण अर्कै थियो । उनी दृष्टिविहीन हुन् । लक्ष्मीले ध्वनि र संवादका आधारमा पुरै फिल्म बुझिन् । ‘द्वन्द्व शान्ति र विकास’ विषयमा स्नातकोत्तर गरिरहेकी लक्ष्मी दृष्टिविहीन भए पनि अरूजस्तै फिल्म हेर्छिन् । अर्थ र भाव बुझ्ने प्रयास गर्छिन् । लक्ष्मीले सुनाइन्, ‘गज्जबको फिल्म रहेछ ।’

    ओम र लक्ष्मी जस्तै सुशील अधिकारी पनि प्रविधि र सूचनाको दुनियाँबाट अलग छैनन् । न उनी विश्वभर भए गरेका घटना र परिघटनाबारे अनभिज्ञ नै छन् । ‘प्रविधिले सहज बनाइदिएको जीवनबारे जति व्याख्या गरे पनि कम हुन्छ,’ सुशीलले भने, ‘दृष्टि भएकाले जस्तै हामी सबै काम गर्न सक्छौं भन्ने बनाइदिएको छ ।’

    एसएलसी सकेपछि कम्प्युटर सिकेका सुशील कम्प्युटर, मोबाइल र ट्याबलेट सबै सजिलै चलाउँछन् । ओमले जस्तै उनले पनि लेखेको कुरा बोलेर सुनाइदिने एप्लिकेसनहरू प्रयोग गरिरहेछन् ।

    सुरु–सुरुका दिन इमेल गर्न पनि अरूको भर पर्नुपर्दा उनलाई दिक्क लाग्थ्यो । ‘त्यसो गर्दा गोप्यता भन्ने नै नहुने,’ उनले भने, ‘अरूको भर पर्दा नमज्जा लाग्थ्यो ।’ पछि कम्प्युटर सिकेपछि र टकिङ सफ्टवेयरहरूको प्रयोग गर्न जान्न भएपछि सुशीललाई अरूको भर पर्नु परेन ।

    प्लस टु सकेपछि मात्रै सुशीलले मोबाइल चलाउन थालेका हुन् । सुरुमा उनीसँग किप्याडयुक्त नोकियाको फोन थियो । उनी छामेका भरका कुन बटन थिच्ने भन्ने अनुमान गर्थे । तर कसैले पठाएको एसएमएस पढ्न भने उनलाई अरूकै सहयोग चाहिन्थ्यो ।

    एन्ड्रोइड फोनको व्यापकतासँगै त्यो झन्झट पनि हट्यो । कतिसम्म भने सुशीलले आफ्नो रुचि र सुनेकै भरमा कम्प्युटर प्रोग्रामिङको काम पनि सिके । उनी ध्वनि सम्पादनको काम पनि मज्जाले गर्छन् ।

    केही महिनाअघिसम्म दृष्टिकोण नामक रेडियो कार्यक्रमको ध्वनि सम्पादनको काम गर्थे । उद्यमशीलता विकाससम्बन्धी काम गर्ने संस्थाको कोषाध्यक्षसमेत रहेका सुशीलले गत वर्षको भूकम्पका बेला सोसल मिडियाबाटै भूकम्प पीडितका लागि आर्थिक सहायता जुटाएका थिए । कतिसम्म भने उनी गुगल म्यापको प्रयोग गरेर बाटोघाटोसमेत पत्ता लगाउँछन् । उनले भने, ‘विदेशमा त एकदमै सजिलो हुन्छ । तर नेपालमा उति सजिलो छैन ।’

    कम्प्युटरभन्दा धेरै मोबाइलकै प्रयोग गर्छन् सुशील । कतिसम्म भने उनी मोबाइलकै सहायतामा अनलाइन सपिङ गर्छन् । तर मोबाइल रिचार्ज गर्न भने उनलाई सधैं अरूकै भर पर्नुपर्छ । सुशीलले सुनाए, अनलाइनबाटै मोबाइल रिचार्ज गर्न पाए हुन्थ्यो । तर दृष्टिविहीनका निम्ति त्यो सजिलो छैन । किनकि बैंक खाता खोल्न दृष्टिविहीनले ल्याप्चेको प्रयोग गर्छन् । ल्याचे प्रयोग गरेका कारण उनीहरूले अनलाइन खाता खोल्न पाउँदैनन् । सुशीलले भने, ‘प्रविधिको कस्तो कस्तो विकास भइसक्यो हामी भने आजसम्म अनलाइन बैंकिङ सेवा उपयोग गर्नबाट वञ्चित छौं ।’

    बुटवलकी रन्जिता रेग्मी गिर्वाण उच्च माविमा नेपाली र सामाजिक शिक्षा पढाउँछिन् । ओम र सुशीलजस्तै दृष्टिविहीन भए पनि प्रविधि र इन्टरनेट सहायताले उनले आफूलाई अब्बल बनाएकी छन् ।

    आइफोन चलाउनुअघि रन्जिताले किप्याडवाला नोकियोको फोन बोक्थिन् । छामेर उनी अंकहरू चिन्थिन् र डायल गर्थिन् । सुरुमा आइफोन हातमा पर्दा उनलाई लागेको थियो, समथर स्क्रिन भएको जता छुँदा पनि एउटा न एउटा अप्सन थिचिने मोबाइल कसरी चलाउन सकिएला र ? तर केही महिनामै उनको हात आइफोनमा बस्यो ।

    आइफोनको सेटिङमा रहेको भ्वाइस ओभर नामक अप्सन अन गरेपछि उनले जहाँ छुन्छिन् त्यो मोबाइलको कुन अप्सन हो एप्लिकेसनले पढेर सुनाइदिन्छ । त्यसैमा डबल क्लिक गरेपछि भने त्यो अप्सन सुरु हुन्छ । रन्जिताले अनुभव सुनाइन्, ‘आइफोन बोकेपछि म अपडेट हुन थालेको छु । सबैजसो वेबसाइटका समाचार सुन्ने भएको छु । फेसबुकमा पनि अभ्यस्त भएकी छु ।’

    लक्ष्मीजस्तै रन्जिता पनि फुर्सदका बेला युट्युबमा फिल्म सुन्छिन् । केही साताअघि मात्रै उनले प्रेमगीत र ड्रिम्स दुवै फिल्म हेरिन् । उनले सुनाइन्, ‘मारधाड वाला फिल्म त बुझिँदैन । तर संवाद धेरै भएका फिल्म सजिलै बुझिन्छ ।’ आफूले फिल्म हेर्ने गरेको कुरा भने उनका धेरै साथीलाई अनौठो लाग्छ । रन्जिताले गुनासोको स्वरमा भनिन्, ‘दृष्टि नहुनेबित्तिकै सबै कुरामा पछि हुन्छन् । तिनीहरू रहर र चाहना हुन्न भन्ने बुझाइ छ धेरैको ।’

    रन्जिताको जस्तै सामाजिक सञ्जालको प्रयोगमा लक्ष्मीको पनि औधी रुचि छ । उनी आफूले हिँडदा डुल्दाका थुप्रै फोटो राख्छिन् । अरूको फोटामा पनि लाइक र कमेन्ट गर्छिन् ।

    केका आधारमा गर्छिन् त लाइक र कमेन्ट ? उनले भनिन्, ‘फोटोमुनि लेखिएको क्याप्सनका आधारमा लाइक र कमेन्ट गर्छु ।’ दृष्टिविहीनकै लागि भनेर आइफोनले फोटोको व्याख्या गरिदिने एप्लिकेसन ल्याउँदैछ भन्ने लक्ष्मीले सुनेकी छिन् । उनले भनिन्, ‘त्यसो भए त गज्जप हुन्थ्यो ।’

    लक्ष्मीको बुझाइमा युरोप र अमेरिकाका दृष्टिविहीनले उपयोगमा ल्याएजस्तै प्रविधि प्रयोग गर्ने पाएमा दृष्टिविहीनहरू सबै कुरामा अब्बल हुन्छन् । उनले दृष्टिविहीनलाई रंग छुट्याउन बनेको डिभाइस र पैसा चिन्न सघाउने डिभाइसको प्रसंग निकालिन् ।

    भनिन्, ‘कलर चिन्ने डिभाइस भए त ड्रेस लगाउँदा कलर म्याचिङ गरेर लगाउन हुन्थ्यो ।’ डलर र पाउन्ड चिन्ने डिभाइस भए पनि नेपाली रुपैयाँ चिन्ने डिभाइस छैन । उनले सुनेकी छिन्, त्यस्तो डिभाइस नेपालमै बन्दै छ रे । भन्छिन्, ‘त्यस्तो भए कति जाति हुन्थ्यो ।’

    सूचना र प्रविधिले जमाना फेरियो, तर नेपाली समाज उस्तै छ । यस्तो देख्दा लक्ष्मी र रन्जिता दुवैलाई दिक्क लाग्छ । रन्जिताले भनिन्, ‘मैले मेसेन्जरमा साथीलाई म्यासेज पठाउँदा उनीहरू जवाफ नै फर्काउँदैनन् ।’ किन त ? उनले सुनाइन्, ‘धेरैलाई के लाग्दो रैछ भने, दृष्टिविहीनको फेसबुक अरू कसैले चलाइदिन्छ ।’

    रन्जिताको जस्तै अनुभव लक्ष्मीको पनि छ । मोबाइल चलाउँदा पनि मान्छेले छक्क परेर हेर्छन् । उनले भनिन्, ‘धेरैलाई दृष्टिविहीनको आत्मविश्वासमाथि भरै छैन ।’ लक्ष्मीको बुझाइ छ, सामाजिक सञ्जालको प्रयोग अरूका निम्ति सौख होला तर हाम्रा निम्ति अनिवार्य आवश्यकता हो ।

    प्रविधिले कोल्टे फेरे पनि हाम्रो शिक्षा प्रणाली उस्तै छ । यसमा पनि लक्ष्मीको ठूलो गुनासो छ । उनले भनिन्, ‘विदेशतिर परीक्षा पनि कम्प्युटरबाटै दिन मिल्छ । तर नेपालमा त्यस्तो सुविधा छैन ।’

    उनको गुनासो छ, ‘लेख्नका लागि आफूभन्दा तल्लो तहका सहयोगी राख्नुपर्छ । यो व्यावहारिक छँदै छैन ।’ अमिल्दो शिक्षा प्रणाली दृष्टिविहीनहरूका प्रगतिको बाधक रहेको उनको निष्कर्ष छ ।

    गुनासो धेरथोर भए पनि दृष्टिविहीनहरू प्रविधिको प्रयोगमार्फत आफूलाई समयअनुसार डोर्‍याइरहेका छन् । त्यति मात्रै होइन उनीहरूले आफूलाई प्रतिस्पर्धी बनाइरहेका छन् र दृष्टि नहुनु कमजोरी होइन भन्ने मान्यता स्थापित गराउने प्रयत्नमा छन् । सुशीलले आत्मश्विासले भरिएको स्वरमा सुनाए, ‘समयभन्दा हामी कुनै हालतमा पछि छैनौं ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.