×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

द्वन्द्वकालीन मुद्दा विशेष अदालतमा दर्ता गर्ने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको छ

  •  
  • शुक्रबार, असार १७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हरि फुयाल, महान्यायाधिवक्ता

     

    हरि फुयाल, महान्यायाधिवक्ता

    तपाई गत बैशाख ६ गतेदेखि नेपाल सरकारको महान्यायाधिवक्ता बन्नुभएको छ । शान्ति प्रक्रियाका बाँकी कामहरु गुजुल्टिएर बसेका छन् । सरकारले यी समस्याहरुलाई कसरी हेरिरहेको छ ?

    हाम्रोमा सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वसँग सम्बन्धित मुद्दाहरुमा केही महत्वपूर्ण फैसलाहरु गरेको छ । यस्तो यस्तो गर्नू भनेर धेरै फैसलाहरुमा अदालतले नजीर प्रतिपादन गरेको छ । बेपत्ता आयोग गठन गर्ने पनि सर्वोच्च अदालतले भनेर नै हो र अहिलेको सत्य निरुपण आयोग गठन गर्ने पनि अदालतकै आदेशले हो । ऐनमा भएको सुधार पनि सर्वोच्च अदालतकै आदेशले भएको हो ।

    पछिल्लो समयमा ऐनमा पनि अदालतले केही कुराहरु बोल्दिएको छ । जस्तो- केही गम्भीर प्रकृतिका मुद्दाहरुमा विशेष गरेर युद्धको नियम उल्लंघन गरेर गरिएका हत्या, यातना, बेपत्ता, बलात्कार एवं यौनजन्य हिंसा जस्ता मुद्दाहरुमा क्षमादान गर्न पाइँदैन र माफी पनि दिन पाइँदैन ।

    द्वन्द्वकालीन मुद्दाहरुबारे सर्वोच्च अदालतको खास सरोकार कहाँनेर हो ?

    नेपालको कानून यस्तो बन्नुपर्छ, जसले क्षमादान र माफी दुईवटै गर्न नसकोस् भन्ने सर्वोच्चको फैसला छ । त्यस्तै अदालतमा चलिरहेका मुद्दाहरुको सम्बन्धमा पनि छ । अदालतमा धेरै मुद्दाहरु चलिरहेका छन् । त्यस्ता मुद्दाहरु, संविधानले व्यवस्था गरेको अदालतमा चलिरहेका मुद्दाहरु टीआरसीमा लान पाइँदैन । क्षेत्राधिकार हस्तान्तरण गर्न पाइँदैन भनेर सर्वोच्च अदालतले बोलेको छ ।

    त्यस्तै सशस्त्र द्वन्द्वकालमा भएका कतिपय घटनाहरुको हाम्रोमा फौजदारीकरण भएको छैन । जस्तो-यातना बेपत्ता आदि । यी मुद्दाहरुको हदम्याद पनि कटेको छ । सशस्त्र द्वन्द्वका बेलामा भएको घटना हो, कतिपय मुद्दामा ३५ दिने हदम्याद छ, अहिले बलात्कारको मुद्दामा ६ महिने हदम्याद भएको छ । त्यस्ता मुद्दा अहिले चलाउन सक्ने अवस्था छैन । यस्ता मुद्दामा अपराधिकरण नभएका मुद्दाहरुलाई अपराधिकरण गर भनेर सर्वोच्च अदालतले बोलेको छ । र, बलात्कार लगायतका गम्भीर प्रकृतिका मुद्दाहरुको हदम्यादलाई बढाऊ, पुनर्विचार गर, अहिलेको हदम्यादले थाम्दैन भनेर सर्वोच्च अदालतले बोलेको छ । यी कुराहरुलाई हामीले सम्वोधन गर्नुपर्ने अवस्था छ ।यसलाई सम्वोधन गर्नका लागि हामीले समस्याहरुलाई पहिचान गर्न जरुरी छ ।

    अन्तरराष्ट्रिय समुदाय पनि बेलाबखत टीआरसीबारे असन्तुष्टि जनाइराख्छ, उनीहरुको भनाइ चाँहि खासमा के हो ?

    संयुक्त राष्ट्र संघ र अन्तरराष्ट्रिय समुदायले के भनेको छ भने सर्वोच्च अदालतले गरेका फैसलाहरुलाई नमानिकन नेपालको संक्रमणकालीन न्यायसम्बन्धी काम गरिरहेको आयोगले गर्ने काममा हाम्रो मान्यता छैन भनेर संयुक्त राष्ट्र संघको महासचिवले सर्कुलरै जारी गर्नुभएको छ । त्यो सर्कलरले संयुक्त राष्ट्र संघ नेपालमा इन्भल्व नहुने भन्ने कुरा उल्लेख गरेको छ ।

    पीडितहरुले किन आयोगमाथि प्रश्न उठाएका होलान् ? उनीहरुको चासो केमा हो ?

    पीडितहरुको ठूलो समुदाय छ । दुबै पक्षमा पीडितहरु छन् । पीडितहरु अहिलेको उजुरी दिने प्रक्रियामा त संलग्न छन्, तर पीडितलाई प्रतिनिधित्व गर्ने नेतृत्वदायी तहमा रहेका पीडितका संस्थाहरुले आलोचनात्मरुपमा मात्रै यो प्रक्रियालाई लिएका छन् । र, उनीहरुले पनि पूर्णरुपमा सहयोग गर्दैनौं भनेका छन् र आलोचना गरेका छन् । उनीहरुको पनि चित्त नबुझाइकन र प्रक्रियामा सामेल नगराइकन अगाडि बढ्न पनि गाह्रो छ ।

    यीबाहेक नागरिक समाज र मानवअधिकारवादी पनि त ऐन र आयोगको कामप्रति असन्तुष्ट छन् हैन ?

    यसमा नेपालमा काम गर्ने नागरिक समाज पनि छन् । ती नागरिक समाजका पनि दण्डहीनताका सम्बन्धमा आफ्नै मान्यताहरु छन् । अदालतका फैसलामा उनीहरुले महत्वपूर्ण भूमिका खेलेका छन् ।

    उनीहरुको भनाइ पनि निश्चित कुराहरु, विशेष गरेर सर्वोच्च अदालतले गरेका फैसलाहरुलाई नमानिकन यो प्रक्रिया अगाडि बढाउन सकिँदैन भन्ने छ । त्यसकारण संयुक्त राष्ट्र संघ, अन्तरराष्ट्रिय समुदाय, पीडित अनि नागरिक समाजको विश्वास लिनुपर्ने अवस्था छ ।

    नेपाली सेना र प्रहरीका पनि आफ्नै गुनासो होलान् नि ? तपाईसँग सम्वाद सेना प्रहरीका अधिकृतहरु के भन्छन् ?

    सशस्त्र द्वन्द्वमा प्रत्यक्ष सहभागी भएका नेपाली सेना लगायत सुरक्षा फौजका मान्छेहरु पनि छन् । सुरक्षा फौजले के भन्छन् भने हामीले कर्तव्यपालनका सिलसिलामा गरेको कामका सम्बन्धमा हामीलाई दण्ड गर्ने ? उहाँहरुको चासो नै त्यही छ ।

    राज्यले विशेष अवस्थामा परिचालन गरेका बेलामा ती सुरक्षा निकायहरु परिचालित भए । अब उनीहरुको भनाइ पनि नसुनिकन, उनीहरुका कुरालाई पनि ध्यान नदिइकन उनीहरुलाई यो प्रक्रियामा सामेल गराउन सकिँदैन । यदि उनीहरु यो प्रक्रियामा आएनन्, सामेल भएनन् र बयान दिन जाँदैनौं भने भनेदेखि यो प्रक्रिया सफल हुँदैन । त्यसकारण उनीहरुलाई पनि तपाईहरु यसमा आउनोस् भनेर यो सबै प्रक्रियाका बारेमा सत्य-तथ्य बताएर यो प्रक्रियालाई सहयोग गर्नोस् भन्न जरुरी छ ।

    माओवादी नेतालेचाँहि तपाईसँग भेट्दा के भन्छन् ?

    माओवादी विरुद्धमा करिब दुई सयवटा मुद्दा अदालतमा नियमित प्रक्रियामा चलिरहेका छन् । तर, ती मुद्दाहरु कस्ता छन् भने प्रसनिले द्वन्द्वका बेलामा हाले । वयान पनि प्रहरीले नै गरेको छ । देख्ने एकदुई जना मान्छेहरु राखेका छन्, अनि तिनै प्रहरीको वयानका आधारमा मुद्दा अदालतमा पुगेका छन् ।

    सशस्त्र द्वन्द्वमा सहभागी भएका माओवादीका पनि सरोकार र चासोका विषयहरु छन् । माओवादीको भनाइ के छ भने यत्रो राजनीतिक परिवर्तनमा हामीले यति ठूलो भूमिका खेल्यौं । अनि हामीचाँहि अहिले फेरि अदालत जानुपर्ने ?

    गणतन्त्र ल्याउन र यत्रो परिवर्तन गर्नलाई, संविधान ल्याउनलाई हामीले भूमिका खेल्यौं, अब हामीले जेल जानुपर्ने ? भन्ने माओवादीको भनाइ छ ।

    अब सेनाको भनाइ, सुरक्षाफौजको भनाइ, माओवादीहरुको भनाइ सँगसँगै हामीले संयुक्त राष्ट्र संघ र अन्तरराष्ट्रिय समुदाय एवं पीडितहरुले पनि त केही भनिरहेका छन् । यी सबैका भनाइहरुलाई वीचमा लिएर आएर विन विन सिचुएसन कसरी बनाउन सकिन्छ ? वास्तवमा मैले पछिल्लो समयमा यसमा गृहकार्य गरेको छु । यो एकदमै अप्ठ्यारो काम हो ।

    शान्ति प्रक्रिया सम्पन्न गर्नका लागि अरु पनि के-के चुनौती देख्नुभएको छ ?

    यो सँगसँगै हामीसँग केही परिस्थितिहरु पनि छन्, बाध्यात्मक परिस्थितिहरु छन् । जस्तो-हाम्रा सुरक्षा फौजका धेरै ठूलो संख्यामा मानिसहरु अन्तराष्ट्रिय तालिम लिन जान पाएका छैनन् । उनीहरुलाई शान्ति मिसनमा जाँदा पनि, बाहिर जाँदाखेरि पनि कुमार लामा बेलायतमा पक्राउ परेजस्तै गरेर पक्राउ परिन्छ कि भन्ने डर छ । त्यस्तै माओवादीका नेताहरुमा पनि त्यस्तो भइहाल्छ कि भन्ने भित्र मनोविज्ञान देखिन्छ ।

    यद्यपि कुमार लामाजस्तै पक्राउ हुन यो त्यति सजिलो काम होइन । तर, संसारमा अहिले धेरै देशहरु छन्, जसले विश्वव्यापी क्षेत्राधिकारको प्रयोग गर्छन् । त्यो प्रयोग गर्ने भएको हुनाले कुन देशमा कानून छ/छैन, उजुर परेको छ कि छैन भनेर विचार गरेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले आन्तरिक रुपमा सुरक्षा फौज र माओवादीलाई यो समस्याको समाधान निकाल्नुपर्छ भन्ने वाध्यता र दबाव पनि सिर्जना भएको छ ।

    तपाईले माथि भन्नुभएजस्तै सरोकारवालाहरुको फरक-फरक चासोलाई एउटै सूत्रमा ल्याउने उपाय के हुन सक्छ ?

    हामीले यी सबै कुराहरुलाई मध्यनजर राखेर न्युनतम के हो र के कुरामा जान सकिन्छ भन्ने हेरिरहेका छौं । सबैका सरोकारका विषयहरु के छन्, को एक कदम अगाडि बढ्न सक्छन् र को एक कदम पछाडि हट्न सक्छन् भनेर मैले सुरक्षा फौजका मान्छेहरुसँग पनि सल्लाह लिइरहेको छु । माओवादीहरुसँग पनि सल्लाह गरेको छु । संयुक्त राष्ट्र संघसँग पनि कुरा गरेको छु र पीडितहरु एवं नागरिक समाजका मानिसहरुसँग पनि बारम्बार कुरा गरेको छु ।

    शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा सरकारको भूमिमा महत्वपूर्ण हुन्छ, यसबारे प्रधानमन्त्री केपी ओलीको चासो र के-कस्तो कस्तो पाउनुभएको छ ?

    यो सम्बन्धमा प्रधानमन्त्रीज्यूले मलाई सबै सरोकारवालाहरुको कुरा बुझ्नू, सबैको विन विन सिचुएसन हुने कुरा लिएर आउनू, कसैलाई पनि अन्याय भएको फिलिङ नहोस् भन्नुभएको छ । र, सर्वोच्च अदालतको सिद्धान्तलाई सबैले शीरोपर गर्नुपर्छ र त्यसैलाई आधार बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूबाट निर्देशन भएको छ । र, मैले त्यहीअनुसार मानिसहरुसँग कुरा गरेको छु ।

    माओवादीविरुद्ध नियमित अदालतमा विचाराधीन द्वन्द्वकालका मुद्दाहरु अब आयोगमा सर्छन् कि के हुन्छ ?

    सर्वोच्चले भनेका चारवटा गम्भीर प्रकृतिका अपराधमा क्षमादान नदिने भनेर कानूनमा संशोधन गर्ने सहमतिको नजिक झण्डै-झण्डै सरोकारवालाहरुवीच कुरा भएको छ ।

    पछिल्लो समयमा माओवादी विरुद्धमा करिब दुई सयवटा मुद्दा अदालतमा नियमित प्रक्रियामा चलिरहेका छन् । तर, ती मुद्दाहरु कस्ता छन् भने प्रसनि (प्रहरी सहायक निरीक्षक) ले द्वन्द्वका बेलामा हालेका मुद्दाहरु छन् । ज्यानसम्बन्धी, लागूऔषध, आगजनी लगायतका मुद्दाहरु छन् । तर, ती सबै द्वन्द्वसँग सम्बन्धित मुद्दाहरु हुन् । प्रतिवादीहरु पनि ठूलो संख्यामा छन् । वयान कसले गरेको छ भने प्रहरीले नै गरेको छ । देख्ने एकदुई जना मान्छेहरु राखेका छन्, अनि तिनै प्रहरीको वयानका आधारमा मुद्दा अदालतमा पुगेका छन् । र, मुद्दा मुल्तवीमा छन् । मुद्दा सक्रिय अवस्थामा रहेका छैनन् ।

    अदालतमा मुल्तवीमा रहेका यस्ता मुद्दाहरु फिर्ता लिन मिल्ने खालका हुन् कि होइनन् ?

    वास्तवमा यी मुद्दाहरु पहिल्यै नखोजेर हो । यी मुद्दाहरु पहिल्यै फिर्ता लिन सकिन्थ्यो । तर, हाम्रो अहिलेको संविधानले मुद्दा फिर्ता प्रक्रियालाई कडा बनाएको छ । गृहमन्त्रालयले मुद्दा फिर्ताको मापदण्ड कडा बनाएको छ । यो मापदण्डअनुसार र सर्वोच्च अदालतले बनाएको मुद्दा फिर्ताको सिद्धान्तअन्तरगत मुद्दा फिर्ता लिन गाह्रो छ ।

    तर, माओवादीले त अदालतमा विचाराधीन मुद्दाहरु आयोगमा सर्नुपर्ने माग गरिरहेका छन् नि ?

    माओवादीहरुको सरोकार के छ भनेदेखि ती दुई सय मुद्दाहरु ‘सेटल’ गरिनुपर्छ, किनभने ती हामीलाई द्वन्द्वका बेलामा पक्राउ गर्नका लागि राखिएका मुद्दाहरु हुन् ।
    तर, उहाँहरु पीडितहरुले हालेका मुद्दाहरुको सन्दर्भमा उदार देखिनुभएको छ । जहाँ पीडित आफैंले हालेको मुद्दा छ, ती मुद्दामा हामी अदालती प्रक्रियामा सहयोग गछौर्ं । यो उदारता उहाँहरुले देखाउनुभएको छ ।

    अब यी विचाराधीन मुद्दाहरुको समाधान के त ? यी मुद्दाहरु नियमित अदालतमै चल्न दिने ?

    वास्तवमा अहिले हामीले सोलुसन के निकाल्नु छ भने दुई सय मुद्दाहरु, जो पीडितले हालेका होइनन्, तत्कालीन पुलिसले हालेका यी मुद्दाहरुलाई कसरी डिस्पोज गर्ने ? यो एउटा काम गर्नुपर्ने छ ।

    त्यसैगरी अहिले विभिन्न अदालतमा पीडितले हालेका ८ वटा गम्भीर प्रकृतिका मुद्दाहरु अदालतमा चलिराखेका छन्, यसमा पीडितले हामी आफैंले हालेका हौं भनेका छौं । (यसमा वालकृष्ण ढुंगेलको पर्दैन, उनको मुद्दा त फैसला नै भइसक्यो) जस्तो- केशव राईको मुद्दा, चितवनमा चलेको फुजेलको घटना, मैना सुनुवारको मुद्दा, काभ्रेको सुभद्रा चौलागाईको मुद्दालगायत ८ वटा यस्ता मुद्दाहरु अदालतमा छन् । यी माओवादीविरुद्धका पनि छन् र सेनाका विरुद्ध परेका मुद्दा पनि छन् । यी ८ वटा मुद्दालाई कसरी अदालतमा कायम राखिराख्ने भन्ने चुनौती छ ।

    हाम्रो जिज्ञासा, अदालतमा रहेका यी मुद्दाहरुको छिनोफानो कसरी गर्न सकिएला ?

    म केमा खुशी छु भने यसमा लगभग पीडितहरुले पनि ती २ सय मुद्दाहरु हामीलाई सरोकार छैन भनेका छन् । पीडितले उजुरी हालेका मुद्दाहरु चाँहि अदालतमै नियमितरुपमा चल्नुपर्छ भन्ने उहाँहरुको माग छ । त्यसकारण यसमा एउटा समाधान निस्कन्छ कि भन्ने मलाई लाग्छ । र, समाधानको नजिक पुगिएको छ भन्ने लाग्छ ।

    अहिले सबैपक्षवीच कुराकानी भएको छ, डाइलग भएको छ र दूरी धेरै घटेको छ । यसको एकैचोटिमा दीर्घकालीन समाधान निकाल्ने विषयमा छलफलहरु भएका छन् ।

    दुईसय वटा मुद्दाहरुमा त होला, तर पीडितले हालेका ८ वटा मुद्दा नि ?

    सर्वोच्च अदालतले भनेका चारवटा गम्भीर प्रकृतिका अपराधहरुमा क्षमादान नदिने भनेर अहिलेको कानूनमा संशोधन गर्ने सहमतिको नजिक झण्डै-झण्डै सरोकारवालाहरुवीच कुरा भएको छ । यसमा जुन मुद्दामा क्षमादान दिइँदैन, त्यसलाई माफी मिनाहा पनि नगर्ने, प्रक्रियामा जाने ।

    यी चारवटा क्षमादान दिने प्रकृतिका मुद्दा हुन् कि हैनन् भनेर त्यो अदालतले नै हेर्छ । यो विषयमा अदालत स्वतन्त्र छ । अर्को, जुन हदम्यादको कुरा थियो, ती चारवटा प्रकृतिका क्षमादान दिन नमिल्ने मुद्दाहरु जुन छन्, तिनमा हदम्याद पनि हटाउने र ती मुद्दाहरु आयोगले महान्यायाधिवक्ताको कार्यालयमा पठाउने । अनि महान्यायाधिवक्ताको कार्यालयले विशेष अदालतमा मुद्दा दर्ता गर्ने भन्ने लगभग एकखालको जेन्टलमेन एग्रिमेन्ट (भद्र सहमति) पछिल्लो समयमा भएको छ ।

    यसको मतलव अहिलेसम्म गाँठो परिरहेको शान्ति प्रक्रियाको यो अन्तिम काम सफल हुन्छ भन्नेमा तपाई ढुक्क देखिनुभएको हो ?

    सबैभन्दा महत्वपूर्ण कुरो के हो भने सरकार संयुक्त राष्ट्रसंघलाई कुनै न कुनै प्रक्रियामा टीआरसी र बेपत्ता आयोगमा संलग्न गराउन चाहन्छ । राष्ट्र संघलाई सहभागी गराएर यसलाई अन्तरराष्ट्रिय विश्वसनीयता दिलाउन चाहन्छ ।

    अब अहिले देखिएका संक्रमणकालीन न्यायका यति कुराहरु हल गरियो भनेदेखि समस्या समाधान हुन्छ । पछिल्लो समयमा मलाई खुशी लागेको कुरा के हो भने माओवादीका मान्छेहरु हामी अदालतलाई मान्छौं, मानवअधिकारलाई मान्छौं, कानूनको शासन मान्छौं भनिरहेका छन् । संविधान त हामीले मान्यौं, यसले अंगीकार गरेको सिद्धान्त किन मान्दैनौं ? अदालतलाई पनि मान्छौं । तर, यी ईस्युहरु सधैं अल्झाएर नराखौं, हामी टीआरसीको प्रक्रियालाई पूर्णरुपमा सहायता गर्छौं भनेका छन् । टीआरसीले मुद्दा चलाउन पठायो भने त्यसलाई हामी मान्छौं भन्ने माओवादीको तर्फबाट स्वीकारोक्ति आएको छ । नेपालमा कानूनको शासन र मानवअधिकारको स्वीकार्यताको यो एउटा कोसेढुंगा हो ।

    यो कुरामा नेपाली सेना र अरु सुरक्षाफौज पनि सकारात्मक देखिएका छन् । उनीहरुको प्रतिवद्धता पनि त्यसैगरी आएको छ । हामीलाई गलत हिसाबले नबुझियोस्, हामी कानून, संविधान, अदालत, संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई कुनै पनि हिसाबले असहयोग गर्दैनौं भन्ने सुरक्षा निकायको प्रतिवद्धता आएको छ । र, पीडितहरुलाई यो प्रक्रियामा खुल्लारुपमा सहभागी हुन अनुरोध गर्छौं भन्ने उहाँको भनाइ छ । कसैले व्यक्तिगत रुपमा गराएको घटना अपवाद हो, त्यसमा उजुर-बाजुर गरेर हेरे हुन्छ भन्ने छ ।

    तर, पीडितहरुलाई मनाउन चाहिँ अलि गाह्रै होला कि ?

    पीडितहरुका सम्बन्धमा पनि यदि पीडितहरुका ८ वटा मुद्दामध्ये चार प्रकृतिका मुद्दामा क्षमादान नदिने र उहाँहरुका ८ वटा मुद्दालाई अदालतबाट पनि नचलाउने र अदालतमै चल्न दिने हो भनेदेखि पीडितहरु हामी प्रक्रियामा सामेल हुन्छौं भन्ने कुरा आएको छ ।

    तर, पीडितहरुका केही सरोकारहरु छन् । त्यो के हो भने आयोग कति स्वतन्त्र छ ? उसँग कति बजेट र जनशक्ति छ ? उसका कति स्टाफहरु छन् ? आयोगले यो तोकिएको समयमा काम सम्पन्न गर्न सक्छ कि सक्दैन ? यस्तो बेलामा आयोगले आलटाल गर्ने र हामीलाई न्याय नदिने कार्य त गर्दैन ? हामीलाई अल्झाइराख्ने काम त हुँदैन ? पीडितहरुका यस्ता सरोकारहरु छन् । उहाँहरुले प्रक्रियाको इमान्दारिता र निश्पक्षतामाथि प्रश्न उठाउनुभएको छ ।

    पीडितले उठाएका यी प्रश्नको समाधान आयोगबाट सम्भव होला त ?

    यसको हल हामीले गर्न सक्दैनौं, यसको हल आयोग आफैंले गर्ने हो । मलाई के लाग्छ भने यति धेरै अधिकार पाइसकेपछि आयोगले यसलाई स्वतन्त्र र निश्पक्षरुपमा गर्नुपर्छ ।

    आयोगको पनि केही स्टाटस बढाउनुपर्छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्यसरह उनीहरुको स्टाटस बढाउने, उनीहरुका सुविधा बढाउने र उनीहरुलाई बजेट दिने कुरामा सरकारले बजेट पनि व्यवस्था गरिसकेको छ ।

    तर, तपाईले अघि भन्नुभयो कि यसमा अन्तरराष्ट्रिय समुदायले पनि ‘इन्भल्व’ हुन रुची देखाएका छैनन । आयोगले गरेको कामको अन्तरराष्ट्रियरुपमा वैधता जुटाउने के गर्नुपर्ला ?

    सबैभन्दा महत्वपूर्ण कुरो के हो भने सरकार संयुक्त राष्ट्रसंघलाई कुनै न कुनै प्रक्रियामा टीआरसी र बेपत्ता आयोगमा संलग्न गराउन चाहन्छ । राष्ट्र संघलाई सहभागी गराएर यसलाई अन्तरराष्ट्रिय विश्वसनीयता दिलाउन चाहन्छ । पीडितहरुले पनि यही कुरो खोजेका छन् । हामीले यो कुरो संयुक्त राष्ट्र संघलाई भनेका छौं, बि्रफिङ गरेका छौं ।

    उसोभए हामीले शान्ति प्रक्रियाको बाँकी काम सकारात्मक ढंगबाट अघि बढिरहेको छ भनेर ठान्दा हुन्छ त ?

    पछिल्लो समयमा यो विषय धेरै संग्लिँदै गएको र धेरै सकारात्मक दिशामा अगाडि बढेको छ । सबै पक्षले समाधान खोजौं, यो विषयलाई धेरै समयसम्म नराखौं, राष्ट्रिय इनर्जी यसैमा मात्रै खर्च गरेर नराखौं, शान्ति प्रक्रियाको यो अन्तिम खुड्किलो हो, यसलाई पार गरौं भन्ने कुरा महसुस गरेका छन् ।

    विपक्षी दल नेपाली कांग्रेस यसमा के भन्छ ?

    यो कुरो विपक्षी दल नेपाली कांग्रेससँग पनि पुगेको छ । उहाँहरुले यो प्रोसेसलाई सकारात्मक रुपमा लिएका छौं, अब कानून आएपछि प्रतिक्रिया दिन्छौं भन्नुभएको छ ।

    भनेपछि, महान्यायाधिवक्ता बनेको तीन महिनावीचको यो अवधिमा तपाई अलि बढी नै खट्नुभएछ……

    वास्तवमा यो कामको नेतृत्व कानूनमन्त्रीले लिनुभएको छ । कानून सचिव पनि यसमा संलग्न हुनुहुन्छ । कानूनमन्त्रीले लिएको नेतृत्वलाई हामीले सहायता गरिरहेका छौं ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, असार १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.