×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘चारैतिर हल्लिँदा बाँचिदैन जस्तो लागेको थियो’

  •  
  • बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ओमिका सुनुवार/नर्भिक अस्पताल
    एउटी नर्सको भुइँचालो अनुभव:
    म भर्खरै अस्पताल पुगेकी थिएँ। ड्युटी समय १२ बजे भए पनि म वैशाख १२ गते केही समयअघि नै अस्पताल पुगें।
    सीसीयु (कोरोनरी केयर युनिट) पुग्दा बिहानी सिफ्टका सहकर्मी नर्सहरू आ–आफ्नो काममा व्यस्त थिए। म पनि नर्सिङ स्टेसनमा औषधि मिलाउन लागेँ। केहीबेरमा डरलाग्दो आवाजसहित हल्लाउन थाल्यो।
    सुरूमा के भएको सोच्नै सकिनँ। केही नर्स सहकर्मीहरू रुन थाले। सीसीयुको चारैतिर हेरेँ, बिरामीको बेड नाचिरहेको थियो। बिरामी बेडमाथि जुरुक्क–जुरुक्क भइरहेका थिए।
    म उभिन सकिरहेकी थिइनँ। रिंगटा लागे झैं भयो। अनि बल्ल पो थाहा भो भूकम्प आएको रहेछ। चारैतिर हल्लिएको देखेर ‘आज त मरिने भो’ जस्तो लाग्यो। तर आफूलाई सम्हालेँ।
    हतार–हतार २०९ नम्बरको बेडको बिरामी समात्न गएँ। जहा सडक दुर्घटनामा परी खुट्टा भाँचिएका भारतीय नागरिक थिए। त्यहीँबाट सहकर्मीहरूलाई ‘नआत्तिनु केही हुँदैन’ भन्दै सम्झाएँ। म जस्तै अरु नर्स साथीहरू पनि अन्य बेडका बिरामी समात्न गए। विमला तामाङ बहिनी २१० नम्बर बेडको भेन्टिलेटरको बिरामी समात्न पुगिन्।
    हल्लिएर बिरामीको भेन्टिलेटर जतिबेला पनि निस्किन सक्थ्यो। बिरामी समातिरहँदा परिवारको चिन्ताले सतायो। तर तत्कालै फोन गर्न सक्ने स्थिति थिएन। फेरि त्यतिबेला परिवारिक चिन्ताभन्दा पनि बिरामीको स्याहार गर्नु बढी महत्वपूर्ण हो भन्ने लाग्यो।
    सीसीयुमा हामी पँच जना नर्स ड्युटीमा थियौं। भूकम्प आइरहेका बेला हामीलाई आफ्नो भन्दाबढी बिरामीको चिन्ता लाग्यो। सीसीयुमा क्रिटिकल केसका बिरामी हुने भएकाले पनि हामी अलि बढी नै सचेत थियौं। सानो गल्ती र लापरबाहीले पनि बिरामीको ज्यान जान सक्ने भएकाले भूकम्प आइरहेकै बेला हामी बाहिर भागेनौं। हामी सबै नर्स भित्रै बसेर बिरामीको हेरचाह गर्यौं।
    भूकम्पको कम्पन रोकिएपछि बिरामी र बेड मिलाएपछि मात्रै आफन्तको चिन्ताले सताउन थाल्यो। सबैभन्दा पहिले आमालाई फोन गरेँ। फोन लागेन। चिन्ता झन् बढ्यो। त्यसपछि श्रीमानलाई फोन गरेँ। श्रीमान पोखराबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो। उहाँ सुरक्षित भएको थाहा पाएपछि मन हलुका भयो। सावधानीपूर्वक आउन भनेँ। केही घन्टापछि आमासँग कुरा भयो। उहाँलगायत परिवारका सदस्य बाहिर चउरमा हुनुहुँदोरहेछ।
    दिउँसो ३ बजेतिर सीसीयुमा पनि भूकम्पबाट घाइते भएकालाई ल्याउन थालियो। इमरजेन्सी र अन्य वार्ड भरिएपछि सीसीयुमा घाइते ल्याउन थालिएको रहेछ। हड्डी भाँचिएका र टाउको फुटेका घाइतेहरूको लर्को नै लाग्यो। हामी उपचारमा खटियौं। यति बेलासम्म भूकम्प र त्यसको क्षतिको बारेमा हामीलाई जानकारी नै थिएन। एक जना घाइतेका आफन्तले मोबाइलमा काठमाडौंका भत्किएका घरहरूको दृश्य देखाएपछि पो झसंग भएँ।
    भूकम्प त हामीले सोचेको भन्दा निकै ठूलो गएको रहेछ। घाइतेका आफन्त धरहरा पनि ढल्यो भन्दैथिए। त्यो सुनेर म छाँगाबाट खसेजस्तै भएँ। भूकम्पले अस्पताल र सीसीयु पनि भत्काएको भए बिरामीको हालत के हन्थ्यो होला? हामी स्वास्थ्यकर्मीको अवस्था के हुन्थ्यो होला भन्दै एकछिन कल्पनामा हराएँ ।
    आङ सिरिङ्ग भयो। तर बाहिर यत्रो ठूलो क्षति हुँदा पनि आफूले काम गर्ने अस्पतालमा ठूलो क्षति नपुगेकाले मनमनै ढुक्कको सास फेरेँ। अस्पतालहरू भूकम्प प्रतिरोधी हुनुपर्छ भनेको सही रहेछ। भूकम्प प्रतिरोधी भएकाले अस्पतालको संरचनामा केही भएन। तर एकैपटक धेरै घाइतेको उपचार गर्नुपर्ने, विद्युत आपूर्तिमा समस्या हुने तथा अक्सिजन सप्लाईमा गडबडी आउँदा केही समस्या भने पर्नसक्ने रहेछ। सीसीयुमा केहीबेर अक्सिजन समस्या आएपछि हामीले एम्बु ब्यागबाट अचेत बिरामीलाई अक्सिजन दियौं।
    सीसीयुको सिनियर स्टाफ भएकाले म माथि बहिनीहरूलाई सम्झाउने र यो संकटको घडीमा एकढिक्का बनाउने जिम्मेवारी पनि थपिएको थियो। बहिनीहरूलाई नर्सिङ पेशाका चुनौती र धर्मका बारेमा सम्झाएँ। हामी बिरामीको सेवा गर्न चुक्ने पक्षमा थिएनौं। त्यसैले त लगातारको पराकम्पन आउँदा पनि हामी नडराई भित्रै बसेर सेवा दियौं। दिनभरि खाली पेट नै काम गर्यौं। साँझ पख बिस्कुट खायौं।
    रात्रिकालीन ड्युटीका स्टाफ नर्सहरू अस्पताल आउन सक्ने अवस्था थिएन। बिहानी ड्युटीका नर्सहरू घर गइसकेकाले हामी साँझका ड्युटीवालाले नै रातमा पनि खटिनुपर्ने भयो।
    साँझतिर म सीसीयुबाट ओर्लिएँ। अस्पतालका धेरै वार्ड बाहिर खुल्ला स्थानमा सारिएको रहेछ। अस्पतालको आँगन र पार्किङमा पाल टाँगेर स्वास्थ्य सेवा प्रदान गरिएको थियो।
    क्रिटिकल केयरका सीसीयु र एनआईसीयु वार्ड प्राविधिक जटिलताका कारण तत्कालै बाहिर सार्न सकिएन। अस्पतालबाहिरको भाग भूकम्पका घाइतेले भरिएको थियो। घाइतेहरू ऐया आत्था भन्दै कराइरहेका थिए। कसैको टाउको फुटेको थियो, कसैको हातखुट्टा भाँचिएका थिए। चिकित्सक र नर्सलाई उपचार गर्न भ्याइनभ्याइ देखें। म सीसीयुको नर्स भए पनि यो संकटको घडीमा घाइतेको सेवामा सघाउनुपर्छ जस्तो लाग्यो। उपचारमा चिकित्सकलाई सघाउँदै नर्सको जिम्वेवारी निभाउन अघि सरें।
    थुप्रै घाइतेमध्ये धरहरा ढलेर चेपिएकी एक किशोरीको उपचार अझै सम्झना आउँछ। रातभरि नै भूकम्पको पराकम्पन आउने क्रम रोकिएन। भूकम्पको झड्कासँग जुध्दै हामीले रातभरि नै बिरामीको सेवा गर्यौं। केही दिनपछि सीसीयुलाई भुइँतलाको इमरजेन्सीमा सारेपछि भने ड्युटी गर्दा भूकम्पको डर केही कम भयो।
    नर्सिङ पेशा अंगालेको सात वर्षमा मैले पहिलोपटक यस्तो प्रकोपमा काम गरेको थिएँ। प्रकोप र संकटका बेला नर्सिङ सेवालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर कलेजमा पढेको ज्ञानलाई भूकम्पका बेला राम्रैसँग प्रयोग गर्ने मौका मिल्यो। नेपाल भूकम्पको उच्च जोखिममा रहेको देश हो। भविष्यमा आउनसक्ने यस्तै प्रकोपका बेला अझ व्यवस्थित तवरले नर्सिङ सेवा प्रदान गर्न यसपालिको भूकम्पले सिकाएको छ।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.